Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेरि अर्की सुन्दरीका लागि नेपालीहरु भोट माग्दै, त्यस्तो पोलको भोट जुन जितेर केही हुनेवाला छैन

Posted on October 22, 2016October 28, 2016 by Salokya

400_600_201610042341x558t1c47x अहिले फेसबुकमा केही नेपालीहरु सुन्दरी वर्षा लेखीका लागि भोट माग्दै स्टायटस र लिङ्क सेयर गरिरहेका छन्। मिस इन्टरनेसनल ब्युटी कन्टेस्टमा सहभागी हुन वर्षा अहिले जापानमा छिन्। उनी आफैले फेसबुकमा सहयोग चाहियो भन्दै भोट गर्न लिङ्क सेयर गरेकी छिन्।

तर यो लिङ्क पनि मिस इन्टरनेसनलको आधिकारिक वेबसाइट भने हैन। अस्ति भर्खरै मिस नेपाल अस्मी श्रेष्ठले पिपल्स च्वाइस अवार्ड पाइन्छ भन्दै मिस अर्थमा सहभागी भइरहेकी रोशनी खत्रीका लागि भोट दिन आह्वान गरेकी थिइन्। त्यो पनि यही अर्थात् मिस्सोलोजी नामको वेबसाइटको फोरममा राखिएको पोल नै थियो।

मिस्सोलोजी मिस युनिभर्स, मिस अर्थ, मिस इन्टरनेसनल आदि विभिन्न सौन्दर्य प्रतियोगिताको समाचार र फोटो पोस्ट गर्ने एउटा सामान्य साइट मात्र हो। यो वेबसाइटमा राखिएको पोल रमाइलोको लागि मात्र हो। यसमा मरिमेटेर भोट गरेर केही हुनेवाला छैन। यसको पोलमा जित्यो भने यसको यति भोट आयो भनेर त्यही ठाउँमा आउने मात्र हो। यसवापत् सुन्दरीहरुले कुनै अवार्ड पाउनेवाला छैनन्।

मिस इन्टरनेसनलको आधिकारिक वेबसाइट यहाँ क्लिक गरी हेर्नुस्। वेबसाइटमा वेब भोटिङ पनि हुन्छ भनेर कतै लेखिएको छैन।

मिस अर्थको भने फेसबुकमा एक सेयर गरे एक भोट र ट्विटरमा एक ट्विट गरे एक भोट काउन्ट हुने व्यवस्था गरिएको त्यसको आधिकारिक वेबसाइटमा उल्लेख छ। भोटको आधारमा मिस फोटोजेनिक छानिन्छ।

यो पनि हेर्नुस्-
मिसगाइडेड मिस नेपाल : अवार्ड पाइन्छ भन्दै तोरीलाउरे साइटको पोलमा भोट माग्दै

अपडेट : मिस इन्टरन्यासनलमा सहभागी भएकी सुन्दरी वर्षा लेखीले आफू खाली हात फर्कनु नपरेको र अवार्ड पाएको दावी गर्दै फेसबुकमा एउटा भिडियो राखेकी छिन्

जबकि मिस इन्टरन्यासनलको अवार्ड घोषणामा उनले यो अवार्ड पाएको देखिँदैन। हेर्नुस् भिडियो-

मिस इन्टरन्यासनलको आधिकारिक साइटमा पनि उनले कुनै अवार्ड पाएको उल्लेख छैन। कसले के अवार्ड पाए यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ
award_barsa

1 thought on “फेरि अर्की सुन्दरीका लागि नेपालीहरु भोट माग्दै, त्यस्तो पोलको भोट जुन जितेर केही हुनेवाला छैन”

  1. Gaire Jhabindra says:
    October 22, 2016 at 3:06 pm

    भोट पनि के हाली रहनु र खोइ ? कति पटक रात रात जागेर महंगो डाटा किनेर पनि भोट हरियो अनि प्रतियोगी ले जितेपनी पछि आएर फलानो जात र तिलानो जात भनेर सामाजिक संजालआ झगडा गर्ने बाहेक केही भएन ……. । दिक्क।मात्र

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme