Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अस्ट्रेलियामा भेटिएको ‘नेपाल’

Posted on October 21, 2016October 21, 2016 by Salokya

sal_9872

छालावाला खसीको मासु, छालारहित खसी मासु, लोकल भाले…।

नेपाली भाषामा लेखिएको यो साइनबोर्ड देख्दा नेपालकै कुनै ठाउँ हो कि जस्तो लाग्न सक्छ। तर हैन, यो ठाउँ काठमाडौँबाट हवाई दूरीमात्रै साढे नौ हजार किलोमिटरभन्दा बढी छ।

यो सिड्नीमा देखिएको मासु पसलको साइनबोर्ड हो।

अस्ट्रेलियामा भेटिएको काठमान्डु त ‘मेड इन चाइना’ रहेको र त्यसमा नेपालीहरु संलग्न नभएको ब्लग मैले यसअघि नै लेखिसकेको छु। छुटाउनुभएको भए यहाँ क्लिक गरी पढ्नुस्।

तर अस्ट्रेलियामा (म पुगेको ठाउँ सिड्नी र मेलबर्नमा) नेपाल सम्झाउने प्रशस्तै विषय छन्- बाटोमा नेपाली बोल्दै गरेका बटुवा, नेपालीले खोलेका रेस्टुरेन्ट, कलेज, पसलहरु। नेपालीमा लेखिएका साइनबोर्ड। पार्कहरुमा नेपाली टोपी लगाएर घाम ताप्दै नेपालीमा गफ गरिरहेका अभिभावकहरु।

कति छन् त नेपाली अस्ट्रेलियामा? हालैको जनगणनाको तथ्याङ्क सार्वजनिक भइसकेको छैन। पछिल्लो अर्थात् सन् २०११ को तथ्याङ्क अनुसार भने झण्डै २५ हजार नेपाली अस्ट्रेलियामा छन्। त्यसमध्ये सबैभन्दा धेरै (आधाभन्दा बढी) सिड्नी राजधानी रहेको न्यु साउथ वेल्स राज्यमा बस्छन् भने मेलबर्न राजधानी रहेको भिक्टोरिया राज्यमा पनि धेरै नेपाली बस्छन्।
nepali

अहिले अस्ट्रेलियामा रहेका नेपालीको संख्या ७० हजारसम्म पुगेको अनुमान छ। नेपालीहरु अस्ट्रेलियामा तुलनात्मक रुपमा धेरै पछि आएका समुदाय हुन्। सन् २००६ देखि यहाँ नेपालीहरुको आगमन बढेको थियो।

सिड्नीमा विशेष गरी रकडेल, कोग्रामा नेपालीहरु धेरै छन्। त्यसबाहेक अबर्न, हर्स्टभिल, ग्रान्डभिल, ब्ल्याकटाउनतिर पनि नेपालीहरु प्रशस्त बस्छन्। रकडेलको ट्रेन स्टेसनमा त नेपाली बोल्दै गरेको देख्दा कतै रत्नपार्कमा त छैन जस्तो पनि महसूस हुनसक्छ। नेपालीसितमात्र संगत गर्नुभयो र उनीहरुसँगैमात्र बस्नुभयो भने तपाईँलाई विदेश आएको जस्तो पनि नलाग्न सक्छ। मलाई पनि त्यस्तै भएको थियो। बेलाबेलामा ट्राभललाइट एप चलाएर रेलको रुट र टाइमिङ हेरेर एक्लै रेल चढेर सिड्नीको केन्द्र सिटीतिर डुल्दा, ठाउँ थाहा नभएर गुगल म्याप अन गर्दै बरालिँदा मात्र ए, म विदेशमा छु जस्तो भएको थियो।

सिड्नीमा पहिलो दिन गाडीबाट सर्सर्ती घुम्दा देखिएका केही नेपाल सम्झाउने ठाउँको फोटो-
australia-nepal-1

छक्कापञ्जाको पोस्टर। यो फिल्म नेपालमा जस्तै यहाँ पनि खुब हिट भयो।

 

australia-nepal-3

आमा रेस्टुरेन्ट : यहाँ नेपालको झण्डा र प्रवेश द्वार पनि हेर्नुस् पूरै काठमाडौँको घरको शैलिमा छ।

australia-nepal-4

सिड्नीमा पनि असन बजार छ।

australia-nepal-5

रकडेलको यो पसलमा काठमाडौँको असनमा जस्तै नुनदेखि सुनसम्म चाहिँ पाइँदैन।

australia-nepal-6

रकिङ नेपाल।

australia-nepal-7

सलाम नमस्ते। यहाँ पनि नेपाली सामान पाइन्छ।

australia-nepal-8

रकडेलको यो मासु पसलमा नेपाली भाषामा नै लेखिएको छ। के के मासु पाइन्छ भनी।

australia-nepal-10

नेपालको नाम जोडिएको अर्को सुपरमार्केट।

australia-nepal-11

नेपालीले चलाएको मोबाइल पसल।

australia-nepal-12

पसलमा बेच्न राखिएको मोबाइल कभर।

australia-nepal-13

नेपालीको स्वामित्वमा सञ्चालित पहिलो मोबाइल पसल एभरेस्ट कम्युनिकेसन र त्यहाँका कर्मचारी

australia-nepal-2

यो चाहिँ मेलबर्नको। मेलबर्नमा फ्रि ट्रयाम चढेर घुम्दै गर्दा झ्यालबाट यो देखेर खिचिहालेको।

सिड्नीमा प्रशस्त नेपाली रेस्टुरेन्टहरु छन्। गुगलले समेत १५ वटा नेपाली रेस्टुरेन्ट म्यापमा देखाउँछ। मेलबर्नमा यो संख्या अझ बढी छ।

रेस्टुरेन्टका नाम पनि रोचक छन्। सिड्नीको मुख्य ठाउँमै छ- भोजन। यसका सञ्चालनको नाम पनि अनौठो सुनिन्छ – बुलसन। विकेन्डको एक रात हामीले त्यहाँ डिनर गर्दा पृष्ठभूमिमा नेपाली संगीत बजिरहेको थियो। नेपालका फोटोहरु भित्ताभरी थिए। सिडनी रोडमा रहेको अर्को रेस्टुरेन्टको नाम छ हाम्रो आँगन। रकडेलमा रहेको रेस्टुरेन्टको नाम झन् अचम्मको छ लास्ट बस टु काठमान्डु।

मिलिटरी रोडमा ‘याक एन्ड यति’ छ भने कन्कर्ड रोडमा ‘गोरखा प्यालेस’। अबर्नमा ‘सम्बन्ध’ छ भने पारामाटामा ‘चुल्हो’।

उता, मेलबर्नमा मोडर्न नाम ‘काठमान्डु कटेज’ देखि परम्परागत नाम ‘कान्तिपुर रेस्टुरेन्ट’सम्म र ‘भुतु’ (नेवार भाषामा चुल्हो) सम्म पाइन्छ।

1 thought on “अस्ट्रेलियामा भेटिएको ‘नेपाल’”

  1. अमिरमान शाक्य says:
    October 21, 2016 at 3:07 pm

    धन्‍न त्यहाँ छविलाल दाहाल उर्फ पुष्पकमल दाहाल उर्फ प्रचण्ड, बिना दारा नङ्ग्राका बहादुर शेर, उखाने ओली, लोटस थापा, भूतपूर्व राजा, पुष्पेको जेठो छोरो सुँगुरपालक किसान, यिनिहरुका आसेपासे र यिनिहरु सबैको हाउगुजी ठोकमान ए सरी ! लोकमान रहेनछन् । यदि यसो हुने हो भने अष्ट्रेलिया पनि अबको २ बर्षभित्र नेपाल बनिसक्ने थियो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme