Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लोकमान प्रकरणमा नयाँ ट्विस्ट : पावर देखाउँदै लोकमान

Posted on October 20, 2016October 21, 2016 by Salokya

lokman बुधबार राति एकाएक अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भइसकेको खबर आयो। लोकमानका लागि मात्रै हैन धेरैका लागि यो अप्रत्याशित नै थियो। रातारात संसद सचिवालयले पत्र लेखेर लोकमानविरुद्ध महाभियोग प्रस्ताव दर्ता भइसकेकोले संविधान अनुसार यसको टुङ्गो नलागुन्जेल उनले अब पद अनुसारको काम नगर्न नसक्ने जनाउ दियो। बुधबारको घटनाक्रम हेर्दा जसरी सहज ढंगले यो प्रकरण अघि बढ्छ भन्ने लागेको थियो। तर त्यसको २४ घण्टा पनि नबित्दै बिहीबार नयाँ ट्विस्ट आयो।

table
-बिहीबार दिउँसो १ बजे संसदको बैठक बसेर महाभियोग प्रस्ताव औपचारिक रुपमा टेबल हुने र त्यसमा छलफल हुने कार्यक्रम निर्धारित थियो। बुधबारकै तयारी अनुसार हुने भएको भए बिहीबार नै संसदबाट यो प्रस्ताव महाभियोग सिफारिश समितिमा जान्थ्यो र त्यसले अनुसन्धान सुरु गर्थ्यो। तर छलफल त के, संसदको बैठक समेत बस्न सकेन। विशेष कारण भन्दै संसदको बैठक आइतबारसम्मका लागि स्थगित भयो।

-सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई थाहा नै नदिइकन महाभियोग प्रस्ताव ल्याइएको बताए। केन्द्रीय समितिको बैठकमा महाभियोग प्रस्तावबारे छलफल भयो तर निर्णय लिन बाँकी छ।

– सत्ता साझेदारको कुरा त यस्तो भयो लौ, महाभियोग प्रस्तावका प्रस्तावक नै माओवादी सांसद थिए। प्रस्तावक रहेको पार्टीकै संसदीय दलको बैठकमा झन् के भयो हेर्नुस् त। सांसदहरुले आफूलाई थाहै नदिइकन हस्ताक्षर लिएर महाभियोग प्रस्तावका लागि उपयोग गरेको आरोप लगाए। बिजुलीको पोल माग्न गरिएको हस्ताक्षरलाई दुरुपयोग गरेको भन्दै मन्त्री जनार्दन शर्मालाई कारबाही गर्नुपर्ने माग बैठकमा उठेछ। बैठकमा प्रधानमन्त्री प्रचण्डले एमालेले आफ्नो दललाई फसाउन षडयन्त्र गरेको आरोपसमेत लगाएछन्।

– कान्तिपुरका अनुसार लोकमानको बचाउमा भारतीय रिसर्च एन्ड एनालाइसिस विङ (रअ) राजधानीमा सक्रिय हुँदै भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्रभावमा राख्न सक्ने केही कूटनीतिज्ञ, राजनीतिक दलका नेता तथा नागरिक समाजका व्यक्तिलाई समेत उपयोग गरिरहेको छ।

– चौथो ठूलो दल राप्रपा नेपाल लोकमानलाई महाभियोगको विपक्षमा उभिएको छ। नउभियोस् पनि किन अध्यक्ष कमल थापाका भाइ गणेश थापाविरुद्ध भ्रष्टाचारको विषयमा अनुसन्धान लोकमानले थन्क्याइदिएका थिए। थापाका ज्वाइँ लोकमानको घरमा अदालतको पूर्जी टाँस्न नदिन सक्रिय थिए।

अब के ?
सहज रुपमा अघि बढेको भए बिहीबारै महाभियोग प्रस्ताव सिफारिश समितिमा गएर त्यहाँबाट छानबिन प्रक्रिया सुरु हुन्थ्यो। तर संसदमा औपचारिक रुपमा यो विषय प्रवेश गर्नै पाएन। संसदको बैठक आइतबार राखिएकोले कम्तिमा आइतबारसम्म विभिन्न नाटकीय घटनाक्रमको साक्षी बन्नुपर्ने हुनसक्छ।

लोकमानले अझै पावर देखाउन सक्छन् वा महाभियोगको कलंकबाट बच्न राजीनामा दिने एउटा विकल्प हुनसक्छ। नेताहरुलाई तर्साइ राख्ने एउटा हतियार विदेशीले सहजै किन गुमाउन चाहन्थ्यो र। तर महाभियोगै एउटा मात्र लोकमानको संकट चाहिँ होइन। न्यायपालिकाले उनको नियुक्तिमाथि प्रश्न उठाएको मुद्दाको फैसला गर्न बाँकी छ।

न्यायपालिकाको कामकारबाहीलाई अवरोध गर्न गुण्डा खटाउनेदेखि लिएर समानान्तर सत्ता चलाउनेसम्मका उनका कामकारबाहीको फलस्वरुप जनमत पनि उनीविरुद्ध बन्दै गएको छ। यस्तो अवस्थामा महाभियोग प्रस्तावबाट मुख लुकाएर भाग्न दलहरुले आँट नगर्लान्।

यो एउटा डु अर डाइको स्थिति पनि हो। यदि लोकमान संसदको महाभियोग र अदालतबाट पनि बचे भने उनी उत्तर कोरियाका किमभन्दा खतरा सर्वेसर्वा भएर निस्कने छन्। उनले आफूविरुद्ध लाग्ने कसैलाई छाड्ने छैनन्, छानी छानी प्रहार गर्नेछन् र अहिलेको जस्तो असुली धन्दा झन् व्यापक हुनेछ।

6 thoughts on “लोकमान प्रकरणमा नयाँ ट्विस्ट : पावर देखाउँदै लोकमान”

  1. Arjun Kumar Sharma says:
    October 26, 2016 at 5:30 pm

    धन्य रहेछ नेपाली काँग्रेस, लोकमनालाई जोगाउन सक्दैन रे ! सक्ने भए जोगाउने रहेछ, थुइक्क नेतृत्वका पाजीहरु हो !! फेरि चुनाव आउछ भन्ने पनि थाहा छैन भातेहरुलाई !!!

    Reply
  2. Ekraj says:
    October 21, 2016 at 5:54 pm

    This is so clear that what sort of mafias and corrupts are in the position of law and order enforcement.
    Who really believes there is a functioning law and order in Nepal?

    Reply
  3. Red says:
    October 21, 2016 at 3:00 pm

    निलम्वित भइसकेपछि पनि सरकारी आवासमा बस्न पाउने नियम छ र?

    Reply
  4. अमिरमान शाक्य says:
    October 21, 2016 at 2:53 pm

    महाअभियोगको कारवाही सफल भयो भने दाहाल सरकार अझै ७/८ महिना टिक्ने निश्चित प्राय छ तर ……….. यदि यसो भएन र लोकमान फेरी गएर अख्तियार प्रमुख आयुक्तको कुर्चिमा बस्‍न पाए भने सबै भन्दा पहिले घर्राबाट लडाकु शिविर सम्बन्धी फाईल झिके भने खै के हो कुन्नी ? त्यसपछि निलम्बनमा पर्ने पालो ……………………. को । अनि चलेन त सरकार ।

    Reply
  5. gyan says:
    October 21, 2016 at 1:03 pm

    यसमा लोकमानले उनमुक्ती पाउनु पर्छ । अनि लाेकमानले उनी विरूद्ध लाग्ने एक एकलाइ छाड्ने छैन । पछि अरू अाउँछन् उसले पनि अाफ्नाे विरोध गर्ने छोड्ने छैन । एवं रूपले सबैमा त्रास फैलिने छ । यसबाट कमसे कम देश विगारने भ्रष्टहरू त सखाप हुन्छन । यदि लोकमानलाई कारबाहि भयो भने भ्रष्टाचार गर्नेहरूलाई प्रोट्साहन पक्कै हुन्छ । ग्यारेन्टी ।

    Reply
  6. SAM says:
    October 21, 2016 at 9:36 am

    Yeti fast kaam pani hudo raicha hamro desh maa..

    Bhukampa Pidit laai rahat ni yeasari rata rat badhe ko bhaye, jantaa lee dukha paune thyenan hola

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme