Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आसन डगमगायो अख्तियार प्रमुखको

Posted on October 19, 2016 by Salokya

1465736181lokman आफ्नो विरुद्ध चुइँक्क गर्नेलाई छानी छानी तारो बनाएर सताउने, अख्तियार दुरुपयोगको अनुसन्धान गर्नुपर्नेमा आफै अख्तियार दुरुपयोग गर्दै हिँड्ने अख्तियार प्रमुख लोकमानसिंह कार्कीको आसन अन्ततः आज बेस्कनै डगमगाएको छ।

त्यसो त गत भदौ ३१ गते लोकमान नियुक्तिको मुद्दामा आफ्नै पुरानो फैसलामा गरिएको व्याख्या संवैधानिक सिद्धान्त विपरित भन्दै पुनरावलोकन थाल्ने प्रधान न्यायाधीश सुशीला कार्कीको आदेशसँगै लोकमान तर्सनुपर्ने स्थिति आइसकेको थियो।

र त उनले यत्रो वर्ष चुप बसी त्यस्तो फैसला आएकै दिन लडाकु शिविरमा भएको भ्रष्टाचारको बारे छानबिन सुरु गरेको भन्दै अख्तियार प्रवक्तालाई पत्रकार सम्मेलन गर्न लगाएका थिए।

त्यसपछि अदालती प्रक्रियालाई छल्न उनी विदेश गएका थिए। क्यानडा जाने भनेर १० दिनको विदा लिए पनि एक महिना विदेश बसेर आजै बल्ल फर्किए। फर्कनुअघि मुद्दा पुनरावलोकन गरिएको अदालती सूचना घरमा टाँस्न खोज्दा आफ्नै ज्वाइँ र मान्छे लगाएर अवरोध गराए, तामेलदार नै बेपत्ता हुने स्थिति ल्याए। जसोतसो अदालतले सूचना टाँसेर हिजो तामेल गर्‍यो।

जे छल्न उनले हत्कन्डा गरेका थिए, त्यो सफल भएन। फर्कँदा उनको आसन डगमगाइसकेको थियो।

उनी फर्केकै दिन संसदले संविधानको व्यवस्था अनुसार महाभियोग सिफारिश समिति गठन गरिसकेको थियो। यो सिफारिश समितिमा तीन जना सांसदको हस्ताक्षरसहित उजुरी परेपछि बल्ल महाभियोगको प्रस्तावबारे छानबिन हुने स्थिति थियो। आफूविरुद्ध लाग्नेलाई तारो बनाउने भएकोले तीन जना बहादुर सांसद कहाँबाट आउलान् भन्ने लागिरहेको थियो धेरैलाई।

तर अचम्मै भयो। माओवादी र एमालेका १५७ सांसदले महाभियोग प्रस्तावको सूचना संसद सचिवालयमा साँझ दर्ता गरे। झलनाथ खनाल, माधव नेपाल, सुवास नेम्वाङसम्मका नेताले त्यसमा हस्ताक्षर गरे।

संविधानको व्यवस्था अनुसार एक चौथाई सांसदले महाभियोगको प्रस्ताव दर्ता गरेपछि अब यो प्रक्रिया टुङ्गो नलागेसम्म लोकमानको कुर्सी गुम्नेछ। संसदले औपचारिक रुपमा यसबारे प्रक्रिया थाल्ने बित्तिकै अब उनले अख्तियार प्रमुखका हैसियतमा केही काम गर्न पाउने छैनन्। उनी निलम्बनमा जाने छन्।

संसद सचिवालयले राति नै राष्ट्रपति, प्रधानमन्त्रीको कार्यालय, अख्तियार, संवैधानिक परिषद् आदिमा महाभियोगको प्रस्ताव दर्ता भएको जानकारी गराइसकेको छ।

महाभियोग प्रस्ताव पासै हुन भने दुई तिहाई बहुमत आवश्यक हुन्छ। अहिलेको अवस्थामा ३९७ सांसद। कांग्रे्स, एमाले र माओवादीका सबै सांसद मिले मात्र यो सम्भव हुन्छ।

उता न्यायपालिकामा पनि पुनरावलोकनको फैसला हुने आदेश पढ्दा नै स्पष्ट संकेत आउँछ के हुनेवाला छ। तत्कालीन अन्तरिम संविधान २०६३ को धारा ११९ (५) मा अख्तियारका प्रमुख आयुक्तको योग्यतामा लेखा राजस्व, इन्जिनियरिङ, कानुन, विकास वा अनुसन्धानको क्षेत्रमा कम्तिमा २० वर्ष काम गरी अनुभव र ख्याति प्राप्त गरेको उल्लेख थियो। सर्वोच्चले यसअघि गरेको फैसलामा लोकमानले २०४१ सालदेखि २०४७ सालसम्म राजप्रासाद सेवामा गरेको कामलाई नै विशेषज्ञताको योग्यतामा समावेश गरेको थियो। सर्वोच्चको पुनरावलोकसम्बन्धी उत्प्रेषणयुक्त परमादेशले यसैलाई कानुनी सिद्धान्त विपरीत भनेको थियो।

13 thoughts on “आसन डगमगायो अख्तियार प्रमुखको”

  1. karbir says:
    October 27, 2016 at 2:42 am

    लोकेका हनुमान यता पनि रचन बरि लै लै ….भनि गीत गाउन पो मन लायो त साइलि l

    Reply
  2. तीर्थ श्रमीक says:
    October 20, 2016 at 10:47 pm

    कागलाई वेल पाक्यो हर्ष न विषमत भने झैँ नेता नेता को युद्ध हो यो / हामी सर्व साधारण लाइ यसले के फरक पर्ला र / नेताहरू लाई आफू अनुकूल भएन र यो नाटक गर्दै छन् / भोलि फेरी अर्को आयुक्त आउछ अनि अर्को कनक मणीले दुख पाउने सकेत आउछ अनि फेरी खेल शुरु / हामी जनतालाई अलमलमा पारेर मस्ती गर्नु छ यी देश माराहरुलाई … .

    Reply
  3. Shankar says:
    October 20, 2016 at 10:02 pm

    देश मा ‘र ‘ को ब्यापक छल खेल भएकोले , युरोपियन युनियन को र सी आइ ये को चलखेल पनि झन् भएकोले कानुनि राज्य को र विधिको सासन को कुरै न गरु | जे पनि हुन् सक्छ , लोकमान उचाल्ने पनि ‘र ‘ भएकोले नातामा बाबुराम ,प्रचण्ड , अमरेस सिङ्ग , खिलराज जो सब ”र” द्वारा गाइदेद छ भनिन्छ , भाइ परेन ??
    अरु र का दाजु भाइ राज गर्ने , उ चै बोका बन्ने ? हुन् त् राजनीतिमा कोइ कोइ बोका पनि बन्छन जस्तै साउदी राजकुमार पनि हालै बोका बन्यो |
    नेपाल देश अब स्वाभिमान भएर अगि बढ्ने हो भने ”र्र” का पाल्तु हरु , पंचायत , बहुदल हुदै गणतन्त्र मा समेत देश लुटिरहेका कसिंगर हरु फालिनु पर्छ | के यो सम्भब छ ?
    कुचो बढार्ने कसले ?
    ज्ञानेन्द्र ले कुचो समाउन खोजेको मात्र , आफै बढ़ारिये| कोइ छ माइ का लाल ?

    Reply
  4. मीरा प्रधान (हाल फ्रान्स ) says:
    October 20, 2016 at 10:02 pm

    लोकै हँसाए अख्तियार प्रमुखले
    के ठानेथे खै यो पदको कर्तव्य
    माथि पुगें भन्ने दम्भ पो थियो कि
    चियाई हेरेनन् आफ्नै खोक्रो वर्चस्व
    कसमाथि बदला कसलाई सताउने
    नेतृत्व हैन छानी तारो हान्ने
    मुखले एउटा कामले अर्कै
    जित्ने आफु सताइने अरु

    Reply
  5. प्रविण कुमार के.सी. says:
    October 20, 2016 at 4:51 pm

    महाअभियोगको कारवाही सफल भयो भने अब आउने कुनै पनि अख्‍तियार प्रमुखले सरकार सरकारी अधिकारीहरुको भ्रष्टाचार सम्बन्धी छानविन गर्ने आँट गर्ने छैन । सरकार र सरकारी अधिकारीहरुलाई भ्रष्टाचार सम्बन्धी छानविन गर्ने र कारवाही गर्ने कोही नभएपछि देशमा सुशासन नै सुशासन मात्र हुनेछ ।

    Reply
  6. कल्याण says:
    October 20, 2016 at 4:12 pm

    भ्रष्ट हरुको जात धर्म पार्टी ,सिद्धान्त केही नहुदो रछ।भ्रष्ट हरु एकजुट भए चाहे तिनिहरु कनकमणी गिरोह र माओबादी सधै आपसी बिरोधी खेमाका किन नहुन।अन्तत भ्रष्ट हरुको रामराज्य मा लोकमान ले धक्का दिएका कारण ले सबै भ्रष्ट र तिनिहरुका गोयबल्स प्रचार समयन्त्र(कथित मिडिया जुन कनकणी ले पाट्न दरबार बाट सम्पादकिय नियन्त्रण गर्छ्न) यी सबैलाई डलरमणीले एकजुत गरायो र यी बहादुर लोकमान विरुद्ध षड्यन्त्र रचियो।यो योजनामा निम्न लिखित लेनदेन भएको छ।
    १)नारायणकाजी को सम्पर्क सुत्र प्रयोग गर्दै डलरमणि गिरोहको नाईके कमदी माओबादी हेड्क्वार्टर सम्म पुगि लोकमान विरुद्ध सहयोग गरे आफू र आफ्न्ना प्रचार समयन्त्र हरु ले जनयुद्ध को समयको मानवअधिकार हनन को घटनामा अब माओवादी विरुद्ध नबोल्ने बाचा(त्यसको उदाहरण प्रचण्ड पिएम बनेको भोलिपल्ट वीर अस्पताल मा अनशनमा उतारेको फुजेल का गङगामाया लाई कनकमणि ले फेरि अनसन बन्द गराएको ।जुन माओबादी लाई यहि मुद्दा(बर्गेनिङ)  मा बिश्वास दिलाउन गरियको थियो।)
    २) एमालेसँग कनकमणी गिरोह ले गोबिन्द केसि प्रयोग गरेर रोकिराखेको मनमोहन मेडिकल कलेज खोल्न(अफिलियसन)पाउन अबरोध नगर्ने।यो लेनदेन अब केही समयमा नै सतहमा छर्लङै भैहाल्नेछ।
    ३) काङ्रेस मा त कनकनमणि गिरोहको एजेन्ट हरु पहिले देखि नै सकृय छदैछ्न (त्यहा कमदी को इनटेरेस्ट अनुसार नै निर्णय गराउन कनमणी सफल भैरहेको छ।
    यसरी कमदी गिरोहले समानान्तर लुट्को सत्ता चलाईराखेको छ।।हेर्दै जाउ अब के के देख्न पाईने हो।

    Reply
    1. गौतम says:
      October 21, 2016 at 9:27 am

      कल्याणों जी ले टाउकोमा फेन्सी टोपी लगाएर दरवार वादी लोक man को वकालत गर्नु भएछ / टिनको टोपी फुकालेर चिम्टाले च्यापेको नाक खोलेर यसो साँचो सच्चाई सुँघ्ने हो को मित्र ? हैन पारसलाई देश को नेतृत्व दिनुपर्छ भन्ने कुण्डल मुन्डल मोटरसाइकल र्याली गर्ने कि अब ?

      Reply
  7. Mk says:
    October 20, 2016 at 8:33 am

    अब गोरु ब्याउने भो, क्यारे !?

    Reply
  8. पराजुली मनोज says:
    October 19, 2016 at 6:44 pm

    आज “पार्टी” होला भोली>>>>
    फेरी अर्को लोकमान र अर्कै लोकमान तन्त्रे आउछन्
    …..यहाँ एसो कुर्नु पर्छ, नाटक दैनिक हेर्न पाईन्छ! के सार्हो आत्तिएको हौ तपाईंहरु…
    “हात्ती आयो हात्ती आयो फुस्सा”
    ०४६ साल बाट ०७६ साल हुन लागि सक्ग्यो—तपाईंहरु पनि,
    न डरनाउस, केही हुँदैन!! 😀 😀 😀 😀

    Reply
  9. Xenish Man says:
    October 19, 2016 at 6:07 pm

    कनकमणीको घरमा चै पार्टी नै चल्दै होला

    Reply
    1. Surya Kanta Sedai says:
      October 19, 2016 at 7:59 pm

      कनक मणि को मुद्दा अख्तियार मा छ सर लोकमान को घर मा होइन ,,,,,

      Reply
      1. राजन says:
        October 21, 2016 at 10:42 pm

        के हो यो कनकमणी मुद्दा भनेको ? के गरेका रहेछन् कसैले नगरेको त्यस्तो कनकमणीले ?

        Reply
    2. Surya Kanta Sedai says:
      October 19, 2016 at 8:02 pm

      कनक मनि डलर मणि सबैको बिस्तारै पालो आउदैछ सर मातृभुमी लुट्ने लुटेरा का दिन संधै आउदैन ।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme