Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जय लोकमानतन्त्र : लोकमानको पावरले ‘सानो राजा’ याद दिलायो

Posted on October 18, 2016October 19, 2016 by mysansar

-सुनील गौतम-

lokman आजकल नेपाली मिडिया पढ्दा लाजका साथै रमाइलो पनि लाग्न थालेको छ। प्रसङ्ग हाम्रा अख्तियार प्रमुख लोकमान कार्कीको हो। उहाँलाई सर्वोच्च अदालतबाट काटिएको पत्र बुझाउने प्रसङ्गले नेपालदेखि विदेशसम्म चर्चा पाएको छ। कहिले वडाका सचिव आइपुग्दैनन् त कहिले सर्वोच्चका तामेलदार मोबाइल बन्द गरेर गायब हुन्छन। घरमा सूचना टाँस्ने टोलीलाई केही मानिसहरुले धम्की दिएर फर्काए। उक्त टोलीका नाइके खुद लोकमान सरका “ज्वाई नारान” थिए। तै पत्र तामेल भयो मंगलबार।

सर्वोच्च अदालतको स्थान राज्यमा कस्तो हुनुपर्छ भन्ने कुरो म जस्ता साधारण व्यक्तिले बताई रहनु नपर्ला। नेपाल सरकारको तलब खाएर बसेको कर्मचारीले यो काम गर्ने नसकेका हुन् कि गर्न नचाहेका हुन् त्यो कुरो बुझिनसक्नु छ। लोकमान सरसँग मेरो कुनै चिनाजानी मित्रता वा शत्रुता केही छैन। कुरो नेपाल कानुनी राज्य हो कि हैन भन्ने हो।

सर्वोच्चको आदेशलाई लोकमानले मात्र धोति लगाइदिएका हैनन्, बालकृष्ण ढुंगेल भन्ने एक अर्का व्यक्ति सर्वोच्चको पक्राउको आदेशका बावजुद खुल्लेआम घुमेर कानुनी राज्यको उपहास गरिरहेका छन्।

जब सर्वोच्च अदालत जस्तो संस्थाले एकजना नागरिकलाई एउटा पत्र बुझ्न बाध्य पार्न सक्दैन भने साधारण जनताले न्याय खोज्न कहाँ जाने होला?
लोकमान सर कानूनको दायरा भित्र परे भने लहरा तान्दा पहरा भने झैँ आफु पनि फँसिएला भन्ने डरले कुनै तत्वले उनलाई पत्र बुझाउने काममा अवरोध खडा गरेका हुन् कि?

१२-१५ जनाको हुलले एउटा पत्र टाँस गर्नबाट रोक्न सक्छन् भने प्रहरी प्रशासनको काम के हो त? १५-२० जना प्रहरीलाई साथ पठाउन सकिदैन थियो? तेसो भए त नेपालमा ३-४ सय मान्छे जम्मा गर्न सक्यो भने आफूले जे चाह्यो तेही गर्न मिल्दो रहेछ भन्ने सन्देश नेपाली जनतामा जान बेर लाग्ला र?

जे होस् म लोकमान सरलाई सलाम ठोक्न चाहन्छु, उहाँ हाल विदेशमा छुट्टी मनाइरहनु भएको छ रे। तर उहाँको अनुपस्थितिमा पनि उहाँलाई कुनै समस्या नपरोस् भनेर उहाँले सबै लाई निर्देशित गर्न सक्नु भनेको चानचुने कुरो हो र? नेपाल बिद्युत प्राधिकरण का कर्मचारीले नारायणहिटी दरबारको बिद्युत लाइन काट्दा कुनै अवरोध नहुनु तर लोकमान सरको घरमा सूचना टाँस गर्न खोज्दा अवरोध खडा गरेर कर्मचारी फर्काउने हिम्मत राख्नु चानचुने कुरो हो र ?

मलाई पंचायतकाल को यौटा कुरा याद आयो। तिनताक शरदचन्द्र शाहलाई “सानो राजा” भनिने गर्थ्यो। र उनी देशको प्रधानमन्त्री भन्दा शक्तिशाली थिए, हाल लोकमान सर को “पावर” देख्दा इतिहास दोहोरिएको पो हो कि जस्तो लाग्न थाल्यो।

[यो ब्लग माइसंसारका लागि ‘तपाईँ पनि लेख्नुस्’ बक्समा प्राप्त भएको हो। तपाईँ पनि माइसंसारका लागि यसै गरी ब्लग पठाउन सक्नुहुन्छ यहाँ क्लिक गरी। इमेलमा पठाउनु परे [email protected]]

6 thoughts on “जय लोकमानतन्त्र : लोकमानको पावरले ‘सानो राजा’ याद दिलायो”

  1. Niraj says:
    October 20, 2016 at 1:26 am

    All this Lokman phenomenon upsets every Nepali citizen. Man, how can we expect any logical and fair investigation from such a guy? And how can I believe the decision he and the institution he headed ever ever reach a right conclusion. And we people, including myself, were applauding this swine(xcuse me if it’s too derogatory). Shame on us!

    Reply
  2. Mishra Bharat says:
    October 19, 2016 at 11:49 am

    येस्तै हो नया नेपाल् मा जस्लाइ जनता ले घृणा गर्छ उहीँ लोक मान, जस्ले १८००० मान्छे मार्यो उहीँ पुस्प कमल ,जो राष्ट्र लाई हरयेर आफू जित्छ त्येही वीर बहदुर व बिजय जो धनी कन्जुश छदेश जनता लुट्न सक्छ त्येही गरिब दास जो प्रेमको नातक गर्छ तेहि प्रेम प्रसाद वाहा वाहा नेपाल ????

    Reply
  3. Shukla Ji says:
    October 19, 2016 at 9:10 am

    यसको केंद्र मा ओली कमल थापा गठबंधन र पुरानो प्रहरी सेना को संरचना जिम्मेवार छ…..

    Reply
  4. Dhital Haribol says:
    October 19, 2016 at 12:19 pm

    Well said, I completely agreed with the writer, if Supreme Court can’t handle one single person, how we normal Nepali can expect the justice will be fair.
    Very sad to experience such crap in my Country Nepal.

    Reply
  5. पराजुली मनोज says:
    October 19, 2016 at 4:02 am

    अन्तरास्ट्रिय “गतिछाडा” प्रजातान्त्रिक/गणतान्त्रिक संबैधानिक निकायका अङहरु तथा कर्मचारीतन्त्रको “रास्ट्रघाती” खुल्लम खुल्ला प्रतियोगिता!!!
    ‘नेपाल’ भन्ने देशको एकमात्र “शक्तिशाली” कर्मचारीतन्त्र, सरकारीतन्त्र तथा “खोइ के के तन्त्रका “महान योद्धाको खुल्लम खुल्ला “चुनौती”
    “जोरी” खोज्ने कुनै पनि-
    राजनीतिक दल
    तिनिहरुको पनि “भुइदल”
    भूमिगत दल
    वाहियात दल
    भक्त दल
    एबम “मागेर-खाओ दल”

    राजनेता (भनाउदा) र उनिहरुका “भक्तहरु”
    आसे-पासे तथा भरौटे र धुपौरेहरु

    तथा

    “नेपाल सरकार” का कुनै पनि “कर्मचारी” भन्ने “स्वयमपाक्के” तथा “स्वयम सेवक” हरुकसैले पनि—–

    “मेरो” स्वाभिमान माथि आच आउने तथा जोरी खोज्ने कोशीस गरेमा सबैलाई “नाङेझार” बनाइदिने छु!
    त्यसैले मलाई सर्बसम्मतीले बिजेता घोषणा गरियोस र भबिस्यमा कुनै पनि प्रतिद्वन्दी या त “यस्ता” आयोजनाहरु आयोजन् नगरियो!
    कसैलेपनी “प्रायोजक” हुने कोशीश गरिएमा “लडाकु हतियार” अझै सम्म पनि कतै सुरक्षित राखिएको जानकारी गराउदै, सो को “दुरुपायोग” गर्न पनि पछी नपर्ने-
    स्कुल, कलेज तथा सर्बसाधारणको पहुच हुने स्थानमा “फेरी” बिस्फोट गर्ने अर्को “नाटक” मन्चन गरिने छ!
    “Setting” गरेर हुन्छ कि
    मुद्दालाई “झिनो” बनाएर हुन्छ कि
    निरिह कर्मचारीलाई सजाय दिएर हुन्छ कि
    केही साम्सदहरु सम्सदमा “चिच्याएर” हुन्छ कि
    जनतालाई “भ्रमित” गरेर हुन्छ कि
    यो “प्रतियोगिता” तुरुन्तै खारेज हुनु पर्यो
    -लोकमान कार्की

    Reply
  6. Keshav Shrestha says:
    October 19, 2016 at 3:24 am

    श्री ५ बड़ामहाराज धीराज लोक मान कार्कि की जय

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme