Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मिसगाइडेड मिस नेपाल : अवार्ड पाइन्छ भन्दै तोरीलाउरे साइटको पोलमा भोट माग्दै

Posted on October 16, 2016October 16, 2016 by Salokya

missnepal सौन्दर्य प्रतियोगिता जित्ने सुन्दरीहरु ‘ब्युटी विद् द ब्रेन’हुन्छन् भन्ने भनाई छ। हुन पनि हो, ब्रेन नभएको भए अरु सब सुन्दरीलाई हेरेको हेर्‍यै पारेर आफ्नो शिरमा ताज पहिरिने सौभाग्य कहाँ पाइन्छ र! तर त्यसो भन्दैमा ब्रेनसहितको ब्युटीले भनेका सबै कुरा सही नै हुन्छ भन्ने चाहिँ हुँदैन।

मिस नेपाल अस्मी श्रेष्ठले आइतबार यस्तै गरिन्। मिस अर्थमा सहभागी भइरहेकी नेपाली सुन्दरी रोशनी खत्रीलाई पिपल्स च्वाइस अवार्डमा भोट गर्न उनले फेसबुकका आफ्ना ४४ हजारभन्दा बढी फ्यान (फलोअर)हरुलाई आह्वान गरिन्। नेपालीहरुलाई इन्टरनेट/फेसबुकमा भोट गर्ने भनेपछि फेरि कसले जित्न सक्छ र, लागिहाल्छन् हुरुरुरु। फलानो बच्चा बिरामी छ, सेयर गरे फेसबुकले डलर दिन्छ भन्ने पनि पत्याई सेयर गर्नेको लर्को लाग्छ। ‘ब्युटी विद् दि ब्रेन’हरु त कम्तिमा त्यसो हुन्नन् कि भनेको। तर जुन वेबसाइटको लिङ्क उनले भोटका लागि दिइन्, त्यो आधिकारिक नभएर हाम्रो जस्तै तोरीलाउरे साइट हो। त्यसमा क्लिक गरेर भोट गर्दा अवार्ड पाउने त के, सुँघ्ने पनि स्थिति हुने छैन।

मिस नेपाल अस्मीले फेसबुकमा बिहान ९ नबज्दै राखेको स्टायटस खासमा नगमा श्रेष्ठको पोस्टलाई सेयर गर्दै राखिएको थियो। नगमा मिस अर्थ २०१२ मा नेपालको तर्फबाट प्रतिनिधित्व गरेकी सुन्दरी हुन्। अर्थात् नगमाको आह्वानमा मिसगाइड भइन् अस्मी।

ब्युटी कन्टेस्टमा भाग लिनेहरुलाई ब्युटी कन्टेस्ट के हो?, कहिले सुरु भएको?, त्यसको आधिकारिक वेबसाइट के हो? आदि बारे सामान्य जानकारी हुनुपर्ने हो। अझ एक पटक प्रतियोगितामै सहभागी भइसकेकाबाट यस्तो हुन नपर्ने हो। तर…

फेसबुकमा यस्तो पोस्ट गरेकी थिइन् नगमाले

अनि मिस नेपालले त्यसलाई सेयर गरी यसरी आफ्नो पोस्ट लेखेकी थिइन्

missnepal

खासमा कुरा के हो?

दुई सुन्दरीले आफ्ना फ्यानलाई भोट गर्न आह्वान गरेको लिङ्क missosology.info को हो। त्यसमा क्लिक गरी हेर्दा पिपल्स च्वाइस पोल भनी भोटिङ पनि भइरहेको छ। तर यो मिस अर्थ प्रतियोगिताको आयोजकले राखेको नभई, कसैले यत्तिकै रमाइलोको लागि राखेको पोल हो। यसमा लाख भोट आए पनि अवार्ड पाइने हैन। पोलमा फलानोले धेरै भोट पायो भनी रिजल्ट पब्लिस मात्र हुने हो।

मिस अर्थको आधिकारिक वेबसाइट http://www.missearth.tv/ हो। यो प्रतियोगितामा मिस फोटोजेनिक अवार्ड दिइन्छ। यो अवार्डमा एक फेसबुक सेयर वापत् एक भोट र एक ट्विट वापत् एक भोट हुने यसको आधिकारिक वेबसाइटमा उल्लेख छ।

यदि तपाईँ साँच्चिकै रोशनी खत्रीलाई मिस अर्थको फोटोजेनिक अवार्डका लागि भोट दिन चाहनु हुन्छ भने माथिका दुई सुन्दरीले देखाएको लिङ्कमा हैन, तलको लिङ्कमा क्लिक गर्नुस् र रोशनी खत्रीको फोटो मुनि रहेको सेयर वा ट्विट बटन थिची पोस्ट गरी भोट दिनुस्।

लिङ्क
http://www.missearth.tv/photogenic.php

4 thoughts on “मिसगाइडेड मिस नेपाल : अवार्ड पाइन्छ भन्दै तोरीलाउरे साइटको पोलमा भोट माग्दै”

  1. Pingback: नेपालीले मरिमेटी अनलाइन भोट गर्दा पनि मिस अर्थमा अवार्ड किन जितेन? किनकि साइट नै गलत थियो « Mysansar
  2. Shankar says:
    October 17, 2016 at 1:54 pm

    मिस नेपाल हरुलाई पहिला अलिकति फिस ख्वाउ , खै आकर्सन नै छैन मुख मा लिपस्टिक पोतेर चाक् बाङ्गो पारेपछि नै मिस नेपाल हुदोरहेछ कि के हो ?

    Reply
  3. dipak says:
    October 17, 2016 at 2:37 am

    anuhar matra ramro bhayera k garne dimag ma gobar bharya rahecha ahile ki Miss Nepal ko pani. Aba yesto bata k asaa garnu ra?

    Reply
  4. Santosh says:
    October 17, 2016 at 1:12 am

    हैत कुरो एस्तो पो र छ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme