[जतिबेला राजावादीहरुले आफ्नो परिचय लुकाएर हिँड्नु पर्थ्यो, त्यतिबेला पनि आफूलाई खुल्लमखुल्ला राजावादी भनेर परिचय दिएर माइसंसारमा ब्लग लेख्ने व्यक्ति हुन् सूर्य खड्का। गणतन्त्रको हावा चलेको त्यतिबेला आलोचनाको तारो बने पनि आफ्नो आस्थामा अडिग भई ब्लग लेखिरहे उनले। आज उनले पूर्व युवराज पारसलाई सम्बोधन गर्दै ब्लग लेख्दा सुरु मै नोट लेखेका थिए, ‘यो धेरै प्रतिगामी खालको छ। तपाईँको टिप्पणीसहित हालिँदिदा हुन्छ। जान चाहिं जाओस् है।’ उनकै अनुरोध अनुसार यो ब्लग जस्ताको तस्तै-]
प्रिय पारस शाह,
पूर्व युवराज, नेपाल
हार्दिक अभिवादन
विषय : खुल्लामोर्चाको राजनीतिक नेतृत्व लिन आग्रह।
महोदय,
यो पत्रगत भेटघाटमा शाही संस्कारका भाषा शब्दावली आदि प्रयोग नगरेको अन्यथा नमान्नु होला। औपचारिकता भन्दा बढी सिधै विषय प्रवेश गर्न आज्ञा चाहन्छु।
प्रथमतः तपाईको दैनिक सुस्वास्थ्य, दीर्घायु र खुसीले भरिएको जिन्दगीका लागि मंगल कामना छ। दुर्लभ जीवन बाँचेर संसारलाई देखाईदिनु भो, रोगव्याधिदेखि, दशा, महादशा वा सबैखाले षड्यन्त्रहरुलाई पनि पराजित गरेर देखाईदिनुभो। मान्छेको जीवनमा जान अन्जानमा भुलहरु भैदिन्छन्। भुलहरुको बाढीका बीच तैरिएर तंग्रिनु पनि भो, पुर्नजीवनका लागि पुनः बधाई छ।
आहा तपाई मृत्यु जित्ने, कुलत त्याग्ने, भुल सुधार गर्ने महान पारस हुनुहुन्छ, पंक्तिकारका लागि, धेरै युवाहरुका लागि, देशदेखि विदेशसम्मका। त्यसैले तपाईको हालको परिवर्तित जिन्दगीका लागि हार्दिक वधाई पनि छ। दिन विग्रिदा होस वा सप्रदा तपाईको नखानुभाको हार, र सबैथोक गुमाउदा पनि नगुमाउनु भएको धैर्यता स्मरणीय छ, सलामयोग्य छ, सदा सबैलाई। र, बांकी समयलाई अध्यात्म र समाजसेवामा जोड्ने तपाईको प्रयाश साच्चैं अनुकरणीय छ, प्रेरणादायी पनि छ। जीवन न हो, आफ्नै स्वभाव र रवाफमा बांच्न खोज्दा तपाई दुर्घटनाहरुको पर्याय बन्नुभो। तै पनि के भो त ? कमलको फूल टिप्नेहरु नै असलीमा हिलैमा हिल्लिने न हुन।
पछिल्ला दिनमा तपाईप्रति आम युवा जमात निकै सकारात्मक र आशावादी छ भन्ने तपाईलाई पक्कै हेक्का होला। परिवारमा पिता माता, पत्नि र दिदीबहिनीहरुले तपाईलाई दिएको माया र तपाई आफ्ना छोराछोरीप्रति देखाएको प्रेम धेरैका लागि शुभ खबर भाको छ देशमा। यस्तै पारिवारिक माहौलमा नै अघि बढ्दै जानुहोला भन्ने शुभकामना पनि छ।
तपाई आध्यात्मिक तथा समाजसेवाप्रति उत्सुक र अग्रसर हुनुथाल्नुभाको खबर आफैमा सुखद भए पनि तपाईका लागि खुल्ला मोर्चाको राजनीति अबको कार्यसूचि होस भन्ने हेतुुले तपाईका फ्यानहरुका तर्फबाट यी शव्द आग्रहहरु गरिदैछ। यसलाई तपाईप्रतिको आस्था, सम्मान र विश्वासका रुपमा बुझिदिनुहोला भन्ने विश्वास छ।
प्रिय पारस सरकार।
बर्ष २०७३ को बडा दशैंको शुभकामना दिदा तपाईको पिता पूर्वराजा ज्ञानेन्द्रले सोधेका यक्ष प्रश्नहरुले हाल देशका राजनीतिक मुखियाहरुको बोली बन्द भएको छ। घांटी असन्चो भएको छ। ती सटिक र यथार्थ प्रश्नहरुको जवाफ दिन नसक्नेहरु अहिले आफूमात्रै पानी माथिको ओभानो हुन खोज्दै छन। डा. वावराम भट्टराई नामक एक हिन्दुस्तानको नेपाली गोर्खे बाहेक अरुले त प्रश्नहरुको गंभिरता सम्म बुझ्न नसक्ने गरी ओठतालु सुकाएका छन। खासमै ती प्रश्नहरु यहां सापटी लिनु ठीकै होला। गत शुक्रबार साँझ दशैंको शुभकामना सन्देश जारी गर्नेक्रममा तपाईका पिता पूर्वराजा ज्ञानेन्द्रले अघि सारेका सात यक्ष प्रश्न जनमुखी छन, धरातलीय यथार्थमा आधारित पनि छन्।
गणतन्त्रवादीको मुख बुझो लाईदिने पूर्वराजा ज्ञानेन्द्रले उठाएका ७ प्रश्न :
१. बितेका दशकभित्र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन भयो त ?
उत्तरः भएन।
२. राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो भयो त ?
उत्तरः भएन। झन्-झन् कमजोर पारियो।
३. भ्रष्टाचार, अनियमितता, ढीलासुस्ती, दण्डहीनताको अन्त्य गरी जनमुखी शासन, प्रशासन प्रारम्भ गरियो त?
उत्तरः गरिएन।
४. विकास, निर्माण र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाइयो त ?
उत्तरः बनाइएन। बरु भएका पनि सिध्याइयो।
५. परिपक्व परराष्ट्र नीति तर्जुमा गरेर देशको स्वाभिमान र स्वार्थ रक्षा गरियो त ?
उत्तरः गरिएन। जता मल्खु उत्तै ढल्कु जस्तो भैरा’छ।
६. घर, परिवार छाडेर पराया भूमिमा पसीना बगाउनुपर्ने बाध्यताबाट नेपाली युवालाई मुक्त गरियो त ?
उत्तरः यो त सतप्रतिशत सही। मुक्त गरिएन। थपियो बरु।
७. अपराध र अपराधीकरणलाई निरुत्साहित गरियो ? या जनताका निम्ति के के गरिए ?
उत्तरः खास केही गरिएन। बरु कानुन हातमा लिनेहरुलाई पुरस्कृत गरिँदैछ।
हो, पारस सरकार, तपाईका पिता पूर्व महाराजाधिराज ज्ञानेन्द्रकै शव्दमा यी प्रश्नहरुको समीक्षा गर्न अब विलम्व भैसकेको मात्रै छैन, शक्ति सन्तुलन र राष्ट्रिय सहमतिका लागि राष्ट्रिय कार्यसूची र शक्ति सन्तुलनका आधारमा राष्ट्रिय सहमति कायम गरिनुपर्ने खाँचो भैसक्या छ। तपाईका पिता लोकका पूर्वराजाले आफू पनि एक शक्ति भएको सत्य तथ्य दलहरुलाई आत्मसात गर्न नै सम्झाउनुत भो तर विकल्प दिन सक्नुभएन। हिजोका दिनमा पर्ख र हेरको रणनीतिमा देखिने पूर्व मौसुफले अब बोल र भन, सके अघि सर भन्ने रणनीतिमा आफूलाई अघि सारे पनि ती भावको व्यवहारिक प्रयोग गर्ने सही पात्रै कोही देखिएको छैन।
त्यसैले तपाई राजसंस्था पुर्नस्थापनाका लागि शान्तिपूर्ण संघर्षको नेतृत्व लिन अग्रसर हुनुस प्रिय पूर्वयुवराज पारस। यसो गर्दा देशभरबाट समर्थनको बाढी आउनेछ, तपाई नेतृत्वको दललाई। र, त्यो दलले आफूअनुकुल संविधान पुर्नलेखनको काम गर्न संभव छ। यो नै तपाईले नयां ईतिहास लेखाउने नयां सुुबाटो हो , पारस सरकार। तपाईका पिताको पालामा गुमेको राजसंस्था तपाईको अगुवाईमा तपाइकै जीवनकालमा पुर्नस्थापित भाको र तपाईले सिंहासनको लोभ नगरी पृथ्वी नारायण शाहको विरासतलाई फित्र्ता गरेर उच्च बनाएको ईतिहास लेख्ने स्वर्णिम मौका छ, तपाईलाई। यो मौकामा चौका किन नहान्ने त पारस सरकार ?
राजसंस्था पुर्नस्थापनाका तपाईले नेतृत्व लिने उदघोष गर्नु भो भने एक दल खोल्नुस देशभक्त सोच, सिद्धान्त र कार्यक्रमसहितको। जनताले स्वतःस्फूृत राजा फर्काउने तपाईको अभियानमा साथ र समर्थन दिने छन। यो किन आवश्यक छ भने तपाईका पिता पूर्वराजा ज्ञानेन्द्रले उठाएका कुनै पनि प्रश्नमा कसैको विमति छैन । सत्य आखिर तीतो हुन्छ। ज्ञानेन्द्र प्रश्न तीता सत्य, वर्तमानका कथ्य हुन्। तर, के यसरी प्रश्नहरु मात्रै राखेर ज्ञानेन्द्रले गुमेको राजसंस्थाको हैसियत पुनस्र्था्पित गराउन सक्छन् त ? मूल प्रश्नको उत्तर खोज्न अब तपाई नै अग्रसर हुन ढिलो भैसकेको छ। तपाई त्यो रित्तता पुरा गर्नुस पूर्वयुवराज ज्यू।
जनता जाग्ने र राजसंस्था फर्काउने तपाईका पिता ज्ञानेन्द्रको पटक पटक र यसपटकको पनि आह्वान किन सम्भव भएन भने एक त त्यो स्तरमा ज्ञानेन्द्र आव्हानले जनतालाई आकषिर्त र संगठित गर्न सकेन, दोस्रो त्यो तहमा आम जनता गोलबन्द गर्ने राजपरिवारको असली प्रतिनिधि नेतृत्व नै कोही देखा परेन। त्यसैले पिताको आव्हान पुरा गर्न, जनताको चाहना पुरा गर्न तपाई नै अग्रमोर्चामा उत्रनै पर्ने भो प्रिय पारस सरकार।
वैधानिक रुपमै गुमीसकेको राजसंस्थालाई वैधानिक रुपमै फित्र्ता गराउन खेलको नियममै हिड्नुुु आवश्यक छ। चुनाव रुपी खेल खेल्ने तपाई संकल्प गर्नुस, जनताले प्रचण्ड बहुमत तपाईहरुलाई दिने पक्का छ। जनतालाई आकषिर्त गर्नेगरी त्यसको अगुवाई स्वयं तपाई पूर्व युवराजले गर्दा राजशक्ति नै खुल्लारुपमा राजनीतिको मैदानमा आएको सन्देश जान्छ र जनता तपाईहरुको पक्षमा ओर्लन सजिलो हुन्छ। या त तपाईका पिता आफू नै आउनुपर्छ वा उनले आफ्ना परिवारका कोही सदस्यलाई अघि सानुपर्छ अब खुल्ला मोर्चाका् राजनीतिमा। टेष्टका रुपमा तपाईकी धर्मपत्नी पूर्वयुवराज्ञी हिमानी शाहले सुरु गरेको हिमानी कोषको कामलाई मानक उदाहरण लिएर हेर्नुस न , जनताको क्या मजाको समर्थन छ नी, छैन र ?
जनताबाट राजाको प्रत्यक्ष नेतृत्वमा आउने कुनै पनि शक्तिलाई एकपटक टेष्ट गर्ने मत आउने निश्चित छ। जनताले हरेक १० वर्षमा नयां शक्तिलाई टेष्ट गर्ने पनि गरेका छन। शाही परिवारको तर्फबाट खुलमखुल्ला राजनीतिक मोर्चाको लिडरसिप लिने भिजन, मिसन र नीति तथा कार्यक्रम सहित अब राजनीतिक महासमरमा होमीन तयार हुनुस पूर्व युवराज पारस शाह, छिटो तयार हुुनुुस। आधुनिक नेपालका रचनाकार पृथ्वी नारायण शाहपछिको वीरताको ईतिहास लेखाउने पालो समयले तपाईलाई नै सुम्पदैछ। मात्रै तपाई तयार रहनुस अब। पृथ्वी नारायण शाहले हतियार बोके, तपाई जनताको विश्वास बोक्न कांध तयार पार्नुस। बुलेट भन्दा व्यालेट शक्तिशाली छ आजकल। उदाहरण हेर्न प्रचण्ड र उनकै दलको हविगत हेरे पुगिहाल्छ।
जनता वाक्क छन, देशको राजधानी र दलहरुले नै नयां दिल्ल्ली सारेकोमा। भारतीय दूतावास नयां राजदरवार बनेकोमा अनि, भारतीय राजदूत नेपाली राजनीतिको मुख्य मुखिया बनाउने दलीय कुकर्मबाट। र, जनतालाई शास्ती दिने योे रोगी गणतन्त्रको दशकबाट जनतालाई मुक्ति दिन अघि बढ्नुस प्रिय पारस।। साथै यो पनि ख्याल गर्नुस की राजावादी भन्ने वित्तिकै कमल थापाहरुको अनुहार र लोकमानसिंह कार्कीहरुको छायाँ देख्नुपर्ने वर्तमानबाट पनि जनता वाक्कै छन। गाई पार्टी भन्दा नी अझै प्रखर देशभक्त राजावादी शक्ति खोजेका छन जनताले। राजाका हिमायती भैकन पनि कांग्रेस, एमाले माओवादी वा मधेसी जनजाति नेता हुन विवश धेरै जनका लागि खट्किरहेको अभाव तपाई नेतृत्वको राजनीतिक मोर्चाबाट संभव छ नी प्रिय पारस।
तपाई यो महाअभियानका लागि पिताजीलाई पनि कन्भिन्स गर्नुस। पितालाई संरक्षक तथा सल्लाहकार र पोलिसीमेकरका रुपमा राख्नुस। पूर्वमहाराजका नाती या ने की तपाईका मुटुका टुक्रा, छोरा हृदयेन्द्रलाई नयां राजाको रुपमा प्रश्तुत गर्नुहोस। उनको स्कुलिंग पनि सोही रुपमा गर्न थालिहाल्नुस। अथवा तपाइकै पिताकी बुहारी अर्थात तपाईकी धर्मपत्नी हिमानीलाई सांस्कृतिक राजा बनाउने रोडम्याप तयार गर्नुस। सामाजिक परिवर्तन, आर्थिक विकास र जनताको सम्वृद्धिका खाका तयार तयार गर्न देशभक्त वौद्धिक,प्राज्ञिक जमातलाई आव्हान गर्नुस। सबैले आआफ्नो मानो खाएर तपाईलाई साथ, सहयोग र समर्थन गर्नेछन।
प्रिय युवराज रिसानी माफ गर्नु होला , तपाईका पिता र तपाई आफू शक्तिमा रहने तर गद्धीमा बस्ने रहरबाट बाहिर बस्ने उदारता र त्याग देखाईदिनुहोस। यसो गर्दा नै तपाईहरुको कल्याण छ, राजसंस्थाको पुर्नस्थापना संभव छ। उमेरका हिसावले पिताजीले र व्याडलकका हिसावले अब तपाई दुुई ओझेलमा पर्दा सिंगै शाही विरासत पुर्नप्राप्त हुन्छ भने किन त्यति उदार त्याग असंभव छ र तपाईहरुबाट ? तपाई आफैं नागरिक दलको प्रमुख भएर राजावादी कित्ताको शक्तिकेन्द्र बन्नुहोस, प्रिय युवराज पारस।
समय हो, केही त्याग गर्दा नै धेरै फलिफाप हुन्छ भने, पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज पारस ओझेल पर्दा सिंगो राजसंस्थामाथि जनभरोसा उकालो लाग्ने अवस्था सामुन्नेमा छ भने, के तपाई यो मौकामा चौका हान्न तयार नहुने त ? पृथ्वीनारायण शाहको विरासत पुर्नस्थापित गर्ने सोच, चिन्तन, शैली र व्यवहार तपाईबाट देशले चाहेको छ, जनताले चाहेका छन, समयले चहेको छ। यो तथ्य हेक्का राखेर अघि बढ्नुहोस प्रिय पूर्वयुवराज।
तपाईको सुधारिँदो छवि, आम युवाप्रतिको तपाईको लोकप्रियता, तपाईकी धर्मपत्नीको समाजसेवी आम लोकप्रियता र छोरा हृदयेन्द्रको निर्दोष वाल छवि तथा पिता ज्ञानेन्द्रका शासकीय अनुभवलाई संयोजन र फ्यूजन गर्ने उपयुक्त मौका यही हो, पूर्व यवराज पारस। यी सबै तपाईका उर्जा र शक्ति हुन। आफ्नो शक्तिशाली ओझलाई बोझ हैन, बल बनाउन कम्मर कसेर अघि बढ्नुस प्रिय पारस।
तपाईका पिता पूर्वराजा ज्ञानेन्द्रले कांग्रेस, एमाले र माओवादी, मधेशी वा अन्य दलका राजावादी नेताहरुका साथका लागि हात अघि बढाउनै पर्नेथियो। तर म त राजा पो त, सबै झुकेर मकहाँ आउन् भन्ने राजकीय अहं पूर्वराजाबाट देखिएर हो की दलहरुलाई लाज लुकाउने ठाऊ नभएर हो ? त्यो व्यवहारिक हुन सकेन, सक्ला जस्तो नी छैन। शसांक कोइराला, खुमबहादुर खड्का वा कुलबहादुर गुरुङहरु जस्ता खांटी राजावादी कांग्रेसीहरुले पूर्वराजासँग हात मिलाउन पर्खेर बसेको अवस्थालाई क्यास गर्न पिताजी चुक्नुभो। अब तपाई नचुक्नुस प्रिय युवराज। अब नयां राजनीतिक नेतृत्वका लागि आवश्यक पक्षसंग सबैखाले वार्ता र संवाद तथा अन्य दृश्य अदृश्य कसरतबाट अघि बढाउने आँट र जाँगर तपाई गर्नुस पूर्वयुवराज।
हेर्नुस त पछाडि फर्केर। राजनीतिक दलले नीतिगत निर्णय नगर्दासम्म र नेतृत्व पनि दलले नै नलिएसम्म जनभावना र समर्थन जत्ति धेरै भए पनि त्यो निर्णय नहुने तथ्य बुझ्न ढिला गर्नु हुँदैन, कम्तिमा तपाई जत्तिको युवाले। गत वर्ष नयां संविधानमा जनताको राय सुझाव मागिँदा दुईतिहाइ जनताले हिन्दू राज्यका पक्षमा दिएको समर्थन किन लागू भएन ? यदि त्यो कमल थापा जस्ता अवसरवादीहरु बाहेक अरु कुनै दलको राजनीतिक एजेण्डा भएको भए, कार्यान्वयन संभव थिएन र ? थियो नि। हो, यही एक वर्ष अघिको कठोर नजिर नै नमिठो सबक र प्रेरणा हो राजसंस्था पुर्नस्थापनाको बाटो बदल्न। गुमेको संस्था पुर्नस्थापित गर्ने सहज मार्गका लागि गणतन्त्रमै टेकेर, जनताको मतसंग राजसंस्थाको भिजन साटेर नै नयां जुुगमा राजसंस्थाको नयां ईतिहास तपाई नै लेखाउनुस प्रिय युवराज। यसका लागि सबै होमवर्क तुुरुन्तै सुरु गर्नुस। कांग्रेसभित्रका राजावादी र अन्य सबै दलभित्रका अधिकांश राजावादीसंग खेल्ने र आफ्नो बनाउने दाऊपेच सिघ्र बनाउनुस। ढिलो गर्दै नगर्नुस है प्लीज ?
तपाईका पिता पूर्वराजाकै शव्दमा लोकसम्मतिका आधारमा चल्ने शाहवंशीय परम्परालाई नै अनुशरण गर्दा पनि अब देशभित्रको शक्ति बाहेक कसैले पनि कुनै राजसंस्था पुर्नस्थापनाका लागि युुगान्तकारी परिवर्तन या त गर्न सक्दैन, गरे, गराए पनि टिक्न पनि सक्दैन। अहिले नै हो, उपयुक्त मौका। संविधान कार्यान्वयनमा वर्तमान शक्तिकेन्द्रका दलहरु कांग्रेस, एमाले, माओवादी वा मधेसी र जनजाति दलहरु यसैगरी क्रमशः विफल हुँदै जाने निश्चित छ। आगामी चुनावहरु समयमा सम्पन्न हुन सक्ने झिना संभावनाहरु मात्रै छन। तपाई नै आउदो चुनावको महासमरका महानायक भएर मैदानमा उत्रने हो भने जनमत पुरै शाहीसंस्थातिर आउने निश्चित छ।
पंक्तिकारका यी सवालहरु काल्पनिक बढी र यथार्थ कम लाग्न सक्छन, तर वस्ती वस्तीमा जनता यसै भन्छन। यो चुरो कुरो बुुझ्न ढिलो नगर्नुस है पारस सरकार ? लोक जान्दछ, साक्षी पनि छ तपाईमाथि अन्याय भाकै थियो। त्यो अन्यायको बैगुन अब गुन लाएर फच्चे गरिदिनुहोस। खासमा राजनीति संभावनाहरुको खेल हो। संभव छ, नागरिकका मतसंग विश्वास जितेर राजसंस्था पुर्नस्थापनाको दुर्लभ ऐतिहासिक उपलव्धी हासिल गर्न। र, त्यो काम पारसबाटै, पारसकै अगुवाई र नेतृत्वमा पनि हुन सक्छ। किन भने पारस शाह एक व्यक्ति मात्रै हुँदै होइन्न, उनी एक भाग्य र दुर्भाग्यको लात्तेभकुण्डो बनेका एक असल मान्छे हुन। उनलाई २०५८ जेष्ठ १९ को कालो नारायणहिटी नरसंहारका कारण र परिणाममा प्राप्त शाही विरासतले मात्रै बनाको हो युवराजदेखि पूर्वयूवराजसम्म। यो तथ्य जनजनलाई थाहा छ। त्यसैले जनता पारस नेतृत्वको राजसंस्था पुर्नस्थापना अभियानमा सामेल हुन आतुर छन। पूर्वयुवराज पारस सरकार स्वयं यो नेतृत्व लिन मन्जुर की नामान्जुर ?
जनतालाई हेक्का छ, पारस शाह आफ्नै रहरले युवराज घोषित थिएन्न। तर जब उनले युवराजको उपमा पाए, त्यसपछि उनले युवराजको भुमिकै निर्वाह गर्न पाएन्न। उनले दिएको सल्लाह पिता ज्ञानेन्द्रले अटेर गरेका कारण पनि नेपालबाट राजसंस्था गुमेको हो। अब पारसले आफ्ना लागि मुकुट खोज्ने हैन, ऐतिहासिक राजसंस्थाको पुर्नस्थापनाका एक पटक शान्तिपूर्ण संघर्ष गर्ने मौका हो।
जनतालाई प्रष्टसंग थाहा छ, पारस शाहलाई आलोचकहरुले धेरै बदनाम गराएका थिए। तर उनले जिन्दगीमा कहिल्यै हार मानेन्न र मान्नेवाला पनि छैन्न। उनलाई अबको जीवनमा जित हासिल गर्नु छ भने केवल गुमेको शाहवंशको विरासत फित्र्ता गरे पुुग्छ। त्यसका लागि उनी केन्द्रीय नायकत्वमा बसिदिएपुुग्छ। बांकी जनताले अरु सबै साथ समर्थन दिनेछन। पारसले पाउनुभन्दा ज्यादा गुमाउनु परेको तथ्य ओपन सेक्रेट हो। अब उनले थप प्राप्ती के नै गर्नु छ र ? त्यसैले अब थप संघर्ष, त्याग र बलिदानको गाथा बुनिदिए पुग्छ। बांकी तपाईको मर्जी प्रिय पारस। मौका मिल्दा भेटेरै बात गरौला। हुन्न र कि कसो त?
(पारसको फोटो साभार : Trisara)
के राजा को सासन गर्दा तिनै ७ प्रस्न पुरा गरिएको थियो त !
नेपाल पिछाडिएको किन हो ?
राजा को सासन राम्रो थियो भने राजनीतिक प्रतिस्त्पर्दा गरेर प्रमाणित गरे हुन्छ |
नेपाल मा फेरि राजा होइन असल नेता चाहिएको छ |
सुर्य जी
तपाई कचा खेला डि लाइ मैदान मा उतारेर १०० मिटर रेस जिताउन खोज्नु हुदैछ |पारस र ज्ञानेन्द्र कुसल खेलाडी भएको भए एक त् हात मा भएको सासन सासन नै गुमाउन्न थे| आर्को
इन्डियाले दर्बार काण्ड गराउदा यिनीहरुलाई मात्र किन बाँकी राख्थ्यो ?
ज्ञानेन्द्र , राजनीतिक कुरा गर्ने बानि बसेको मान्छे टन्न मासु भात खाएर २,४ कुरा जन चासोको बिसय बोल्नु र मैदान मै उत्रेर रेस जित्नु २ फरक कुरा हुन् | अब त्यो समय छैन |
तेस्माथी आजको अबस्था मा नेपालि पतन को बाटोमा अग्रसर छ | देश भुटान भैसकेको बनेर बाबुराम डाक्टर कराई रा छ | उसको हिजो साथि प्रचण्ड ले देश लाइ भुटान बनायो भन्छ| यात त् बाबुराम झुटो बोल्यो या नेपाल को पररास्ट्र नति अब इन्डियाको अधिन भयो या नेपाल पतन तिर , पराधिन हुदै गयो |
तेस्माथी येसो हेर्दा नेपालि बुद्दिजिबि , नेता सब लाइ मोटर साइकल मा , गाडी मा तेल हाल्न पाए , चोर बाटो बात पैसा पाए देश भारत मै गए पनि बाल मतलब गर्ला जस्तो लागेन |
भन्दा सुर्य जी लागु औसधि ले गलेको , बुद्दि न भएको पारस मा पृथ्बी नारायण देख्नु हुन्छ ?
दसैमा मासु सग लाग्ने झोल पनि खानु भयो कि ?
अलिकति सोच्नुस त् ?
I find Shushilji’s (above) comments very balanced and very logical. King Gyanendra had ascended the throne in a situation when the country was going through a very difficult time. Maoists who were trained and armed by
RAW were wreaking havoc all across the country. Reports of death and killings were the headlines of all the media. Deuba government had failed to conduct election even when the due date for election had elapsed. The wound of King Birendra’s family’s assassination was still fresh and painful in the minds of all Nepalis. This was paving the way for Raw’s long waited design in abolishing monarchy and was close to success. Congress and UML’s leaders were more inclined to show their allegiance to Delhi rather than finding ways for an amicable solution. In a deteriorating situation like this, king was obliged to take power in his hand. He had even promised before BBC that he would hold election within two years and handover power to the winning party. In his own words, he had said, ” I understand that there is no scope for absolute monarchy in the 21st century. I will hold election and hand over the power.” And he had even declared the date and initiated local election. Raw knew that he was moving in the right direction. So, to foil his game plan Raw took Congress, the UML and some media into its confidence and, with the help of the Maoists, started assassinating the candidates who had registered their names to stand in the local election.
In short, KINg Gyanendra was defamed and made a victim of a massive propaganda campaign that was launched by Sonia’s Raw, thus paving the way for his exit from the palace.
मेरो नि, राजखलक त के तिनको पिउन संग पनि कुनै सम्बन्ध अथवा चिनजान छैन तर, मति भ्रस्ट भएका जनताले भने भनेर (नेताहरुको षड्यन्त्र हो भन्ने थाहा पाउँदा पाउँदै पनि, नेता हरुले जस्तो माइकमा हल्ला नगरेर राजशी शानसंग) सिंहासन छोडेर नेपालमै बसेर अझै दशैंको टिका लगाइदिने….. that makes him THE COOLEST KING in the history of mankind.. होइन के! अब सबै कुरा थाहा भए पछि हामी अझै चुप लागेर बस्न हुन्छ र? भेडा हो र हामी? बुद्धि नभएका पशु हौँ र हामी? धोति धोति भनेर गाली गरेर मात्रै हुन्छ र? देखाउनै छ भने तिनको योजनामा बिपरित हिंडेर देखाउनु पर्छ. हामीले कहिल्यै एकजुट भएर एकजना नेतालाई बलियो बनाएनौं तेसैको परिणाम आज भोग्दै छौं.
अब नेपाल मा बाँकि रहेको भनेको पारस जस्तो, लागु औशदी सेबन बाट मति बिग्रेको पागल र अपराधीको सासन मात्र हेर्न र भोग्न बाँकि छ|
अरु सबै जहानिया, अपराधी, भ्रस्ट, चोर, डाँका, अल्छी र निकम्बा ले चलाएको सत्ता देखि सकियो|
Good Luck
Leaving Paras out of this would be more beneficial in reviving monarchy. Look for some other creative and feasible ways. Apart from Gyanendra himself, no other royals seem capable of leading the revival movement and Paras is certainly not one of them. Paras doesn’t have that charm, charisma and the personality. So if there is someone who must lead the movement, look elsewhere.
Sathi, Paras is a ‘damaged human being’, and good luck if you want him to represent you. Gynendra had golden opportunity to prove he has a vision, but showed his incompetence when he brought Tulsi Giri and other non relevant and acted too little too late during second uprising. He may be nationalist, but just being nationalist should not qualify someone to be a national leader. National leader should have vision to uplift national morale, hard work ethics and qualities to lead. But again, I agree with your point, if erstwhile Monarch wants to be in power, he needs to earn it through democratic process only.
Yes.
A king fights to be one!
Charismatic Leader, how it has been possible in India, can be looked into closely.
Above all, life is social, and much more than being social it is individual. One may never miss to take the kingship within.
A giant vacuum of feeling-oneself-weak within is needed to take on being a leader.
And certain vacuum of hopelessness is needed to being a follower.
My prayers that we get fed up with politics & cultures and nationality soon enough that we can move into love-of-wisdom.
Pranam
BIPIN
यी लेखक महोदयलाई मात्र यो सुझाव छ घडीको सुइ उल्टो दिशामा घुमाउने प्रयास नगर्नु नै बेस हुनेछ ।
नैतिकता भन्ने शब्द पनि छ कि छैन कुन्नी?विदेशमा लागुऔशधी सँबन्धी अपराधमा खोरमा परेकालाइ राजनितिमा हामफाल्न आह्वान गरिन्छ।नेपाली समाजमा आउदा पिढिलाइ कस्तो संदेश दिन खोजेको हो?धन्य छ नैतिकताको खडेरि परेका ब्लगर जि।
राजाको शान र ओज रास्ट्रपतिले कायम राख्न सकेको देखिएन। त्यॊ गुरुत्व नै छैन।
नेपालमा राजसंस्था चाहिन्छ तर शासन गर्ने होइन कि अविभावक बन्ने खाले। मान्छेले अरु कोही नभएपनि अन्तिममा राजा त छन् भनेर आशा गर्ने ठाउँ रहन्छ। हिजोको दिनमा जस्तो विद्रोहीलाई बाहिरबाट हथियार र तालिम दिईदै छ र यसले देश विनाशको बाटोमा जान्छ भन्ने थाहा पाए पछि आफै अगाडी बढेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको। हाम्रा केही विद्वानहरुले राजालाई व्यापारी भन्छन अनि उता डोनाल्ड ट्रम्पको चुनावी यात्रा चाख मानेर हेर्छन। आफु राजा नहुँदा गरि खानु परेन? अनि भएको शक्ति प्रयोग गरिदैन त? ज्ञानेन्द्रलाई त बरु राम्रो व्यवस्थापकको रुपमा हेर्नुपर्छ। अझ भन्ने हो भने अहिले देशमा शान्ति भएको बेलामा केही वर्ष शासननै गर्न दिएर हेर्नु पर्छ। अहिलेका ले भन्दा त धेरै राम्रो व्यवस्थापन गर्ने थिए होलान। त्यस्तो युद्धको बेला त देश चलाए (नेताहरु त सब बेरोजगार भएका उतिबेला)। अहिले हेरौं त, कोही छ विश्वास गर्ने खालको? यति कमजोर छन् कि लोकमानले मुताउदै राखेको छ। यसलाई पनि विदेशी शक्तिले मार्ने धम्की दिएको छ रे उसलाई पनि यसलाई पनि विदेशी शक्तिले मार्ने धम्की दिएको छ रे। अनि जे गर्न पनि डराउने। हामीमै सुलसुले प्रवृति कति सम्म रहेछ भन्ने कुरा माओवादीले पहिलो चुनाव जिते पछि थाहा भो नि, जो पनि फ्याट्ट माओवादी। देशमा द्वन्द मच्चाई रहेको पार्टीलाई भित्र भित्रै सहयोग गर्नेहरु कति रहेछन त? पछि सब मालामाल। उता ओरिजिनल माओवादीहरु हेरेको हेरेइ।
तर भारतसंग जुधेकै हो है ज्ञानेन्द्र चाहिं। हाम्रै प्रतिनिधिहरुले दिल्लीमा ढोग्न गएर धोका दिएर पो मात्रै। अब त माओवादी समर्थकहरुले पनि बुझेका होलान नि सबैजना षड्यन्त्रमा फसियेछ भनेर। नेपालमा द्वन्द मच्चाएर कश्मिरमा जस्तै आफ्नो सैनिक हुल्ने धोतीको षड्यन्त्र। अब ज्ञानेन्द्र र पारसले आफ्नो घरमै पसेर केही खाइदिए जस्तो गरेर गाली गर्न छोड्नु पर्छ। संकटकालमा सेना र प्रहरीले चेकिङ्गमा गाली गरे, दुख दिए भन्दैमा राजा विरोधी बन्ने गवार चरित्रले नै देशको स्थिति खस्किएको हो (मैले पनि गरें)। कम्युनिस्ट प्रोपोगान्डाले जतिसुकै हल्ला र गाली गलौज गरेपनि शायद नेपालको राजनीति बलियो बनाउन हामीलाई राजसंस्था (संविधान भित्रको) भन्ने एउटा अर्को खम्बा पनि चाहिन्छ होला।
राजा आऊ देश बचाऊ !
Bishal
MD, USA