कुनै देश वा ठाउँ विशेषमा प्रख्यात केही शब्द हुन्छन्, जुन त्यहीँका मान्छेले सहजै बुझ्छन्, तर बाहिरिया आयो भने नबुझेर वाल्ल पर्ने अवस्था आउन सक्छ। अस्ट्रेलियामा प्रख्यात केही त्यस्ता स्ल्याङ शब्द मैले नोटिस गरेको छु, जुन तपाईँलाई पनि रोचक लाग्न सक्छ कि।
१) माइट
यो अस्ट्रेलियामा एकदम प्रयोग हुने शब्द हो। हाम्रो ‘यार’ शब्द जस्तै हो यो। अचम्म त के भने माइट भनेर उच्चारण गरे पनि यसको स्पेलिङ चाहिँ mate हो। mate मेट नभएर माइट कसरी भयो भनेर अस्ट्रेलियनलाई वा अस्ट्रेलियामा बस्ने नेपालीलाई नसोध्नुहोला। भयो त भयो, कसरी भयो- भयो। सोध्नुभयो भने पनि जवाफ चाहिँ आउने छैन। ‘गुड्डे माइट’ यहाँको ग्रिटिङ गर्ने वाक्य हो।
२) OZ
यसो हेर्दा ओजोनको सर्ट फर्म हो कि जस्तो लाग्न सक्छ। तर हैन यो त अस्ट्रेलियनलाई जनाउने स्ल्याङ रहेछ। उच्चारण हुन्छ अजी। नेवार भाषामा अजी भनेको हजुरआमा हुन्छ। तर यहाँ Aussies को सर्ट फर्म रहेछ OZ। मोबाइल अपरेटरले पठाउने एसएमएसमा समेत OZ लेखिएको हुन्छ। एक पटक यस्तै एसएमएस आए पनि यो के भनेको OZ भनेर सोध्नुपरेको थियो।
३) चेपाङ
अस्ट्रेलियामा कहाँबाट चेपाङ आयो भनेर छक्क पर्नुहोला। यो चाहिँ नेपालीहरु माझ चर्चित स्ल्याङ हो। नेपाली नेपाली कुरा गर्दा चेपाङ-चेपाङ भन्ने गर्छन्। कुरो नबुझ्नेहरु वाल्ल। खासमा चेपाङ चाहिँ नेपालीहरुले चाइनिजहरुलाई भन्ने रहेछन्। भारतीयहरुलाई त नेपालमा जस्तै ‘धोती’ भन्ने भइहाले। चाइनिजलाई चेपाङ भनेको चाहिँ नेपालमा सुनेको थिइनँ। चेपाङ भने पनि अस्ट्रेलियाको इतिहासमा नेपालीभन्दा धेरै पहिला सन् १८१८ मा नै चाइनिजहरु अस्ट्रेलियामा आप्रवासीका रुपमा आएर बसेका हुन्। चाइनिजहरु यो देशका सबैभन्दा पहिले आइपुग्ने आप्रवासीहरुमध्ये एक हुन्।
४) आरएन
नेपालमा एनआरएन भनेको बुझिन्छ। यो आरएन भनेको के हो भनेर सुरुमा त म वाल्लै परेको थिएँ। पछि पो थाहा भयो- आरएन भनेको रजिस्टर्ड नर्स रहेछ। अस्ट्रेलियामा दर्ता भएका नर्स (आरएन) हरुको ठूलै भाउ हुन्छ यहाँ। कमाइ पनि प्रशस्तै हुन्छ। त्यसैले आरएनको प्रशस्तै चर्चा हुन्छ यहाँ।
५) कम्पो हान्ने
कम्पो खासमा कम्पनसेसनको छोटो रुप हो। नेपालीहरुले यसलाई स्ल्याङ बनाउँदा ‘कम्पो हान्ने’का रुपमा बनाएका छन्। यो भनेको कुनै कामदारले बिरामी वा घाइते भई काम गर्न असमर्थ भएको अवस्थामा रोजगारदातासँग कम्पनसेसन (क्षतिपूर्ति) माग्ने प्रक्रिया हो। कम्पो हानेपछि काम पनि गर्नुपर्दैन, तलब पनि पाइन्छ। रोजगारदाताले पनि Workers Compensation insurance गरेको हुन्छ, त्यसैबाट तिर्छ। तर कम्पो हान्दा रेकर्ड खराब हुन्छ भनेर चाहिँ नयाँ आएका नेपालीहरुले ध्यान नदिँदा पछि उनीहरुलाई रोजगार पाउनै गाह्रो अवस्था आउन सक्छ।
६) सिक हान्ने/सिकी
खासमा बिरामी नभए पनि बिरामी भएको भनी बिरामी विदा लिनुलाई अस्ट्रेलियन स्ल्याङमा सिकी भनिन्छ। त्यसलाई नेपालीहरुले नेपालिकरण गरेर ‘सिक हान्ने’ बनाएका रहेछन्।
७) Root
हामी सोझासाझा नेपालीलाई आर ओ ओ टी रुट भनेको जरा मात्रै थाहा हुन्छ। तर यहाँ त रुटको अर्थ बेग्लै लाग्दो रैछ। नेपालीमा चि** भन्या जस्तै रैछ यो शब्द। अङ्ग्रेजीको F*** जस्तै नाउन र भर्बमा प्रयोग हुने शब्द हो यो।
८) ट्रेडी
यो पनि अस्ट्रेलियामा एकदम प्रयोग हुने शब्द हो। ट्रेड्सम्यानको छोटो रुप हो यो। ट्रेडिहरुको पनि छुट्टै उपनाम हुन्छन् जस्तै ट्रक ड्राइभरलाई भनिन्छ- ट्रकी, इलेक्ट्रिसियनलाई भनिन्छ- स्पार्की, फोहर उठाउनेलाई – गार्बो अनि कार्पेन्टरलाई भन्दा रैछन्- चिप्पी।
९) मोजी/मोजिज
नेपाली अश्लील शब्दसँग यसलाई नजोड्नुस् है। लामखुट्टेलाई यहाँकाहरु मोजी भन्ने गर्दा रैछन्। हेर्नुस् न मोजी भन्या चैँ लामखुट्टे रे कोजी भन्या चैँ के होला? कोजी चैँ स्विमिङ सुटलाई भन्दा रहेछन्। कोरियातिर आर्मी सेवा अनिवार्य भन्या जस्तो यहाँ चाहिँ स्विमिङ अनिवार्य रहेछ। सानैदेखि सिक्नै पर्ने विषय।
१०) बुस/बुसवाक
अमेरिकाका पूर्व राष्ट्रपतिको नाम जर्ज बुस थियो। यो बाहेक हामीले बुस शब्द खासै सुन्नुपरेको थिएन। यहाँ चाहिँ बुसको अर्थ जंगल क्षेत्र हुने रहेछ। यहाँका मान्छेहरु बुसवाक गर्ने बुसवाक गर्ने भन्दा रहेछन्। के भन्या होला भन्ठानेको त हाम्रोमा शिवपुरी डाँडातिर पैदलयात्रा गर्ने जस्तो कामलाई बुसवाक भन्दा रैछन्।
११) बार्बी
हामीले सामान्य रुपमा बार्बी भन्दा बुझ्ने चिज हो- हिस्सी परेको बार्बी डल। यहाँ चाहिँ बार्बिक्युको छोटो रुप रैछ बार्बी। बार्बिक्यु यहाँको कल्चर नै हो। अधिकांश घरमा बार्बिक्यु मेसिनै राखिएको हुन्छ।
१२) रु
अस्ट्रेलियाको राष्ट्रिय जनावर कंगारुलाई छोटकरीमा रु भनिँदो रहेछ। राष्ट्रिय जनावर भए पनि नेपालमा जस्तो मार्न नपाइने चाहिँ हुँदैन। कंगारुको मासु अस्ट्रेलियामा उत्पादन भएर ५० भन्दा बढी देशमा निर्यात गरिन्छ। तर अधिकांश अस्ट्रेलियाली कंगारुको मासु खान रुचाउँदैनन्।
यी हुन् मैले नोटिस गरेका केही स्ल्याङ। मैले नसुनेका तर त्यहाँ प्रचलित अरु पनि स्ल्याङ छन् भने तल कमेन्टमा लेखेर अरुलाई पनि जानकारी दिनुस् है-
एउटा कुरा चित्त बुझेन नि! तपाई ले नेपाली लाई नसोध्नु किन येसो भनिएको हो, तेस्को जवाफ आउन्न भनेर लेख्नु भयो | अस्ट्रेलिया मा a लाई आइ भनेर उच्चारण गर्छन | त्येसैले mate लाई माइट भनिएको हो | TODAY लै पनि टूडाई भन्ने गर्छन |
अस्ट्रेलियामा सबै a लाई आइ भनिन्छ भने gate लाई गाइट किन भनिएन त? fate लाई पनि फाइट हैन फेट नै भनिँदो रहेछ। late लाई पनि लाइट नभनी लेट नै भनिँदो रहेछ। मिलेन है मिलेन तपाईँको कुरा 🙂
तपाई ले नेपाली हरु ले gate लाई गेट भनेको सुन्नु भयो होला तर native aussie हरु ले गाइट नै भन्छन| यो लिंक check गर्नु होस् र australian strong acccent बारे मा जान्नु होस् https://www.youtube.com/watch?v=vC170IEPGgE
gate बाहेक अरु नि? fate लाई पनि फाइट भन्छन् कि? late लाई पनि लाइट भन्छन् कि?
पक्कै भन्छन |
हो र, त्यसो भनेको सुन्न पाए हुन्थ्यो। गजब रमाइलो पो हुने रैछ त। कतै लिङ्क होला?
सालोक्य जी do डू हुन्छ भने go किन गु हुदैन भनेजस्तो कुरा भयोकि ?? अंग्रेजी भाषामा टन्न अपबादहरु छन् . खासमा खैरेहरुले हाम्रो भन्द फरक accent मा बोल्ने भएकोले पनि होला तपाइलाई अप्ठेरो परेको. Gate लाई गेट नभनेर गेइट (close pronounce मात्र) जस्तो accent प्रयोग हुञ्छ.
सुरेश जीले अस्ट्रेलियामा सबै a लाई आइ उच्चारण हुने कुरा गर्नुभएकोले अलि मिलेन कि भन्ने सन्दर्भ हो खासमा।
– त्यसो त नेपालाँ पनि चार्टर्ड अकाउण्टेण्ट लाइ CA भनिन्छ नि, रजिस्टर्ड नर्स लाइ RN भन्दा किन ट्वाल्ल पर्नु नि? Just accronym त हो नि.
– अस्ट्रेलिया मा a को उच्चारण आइ जस्तै हुन्छ, मान्नुस/नमान्नुस यहाको इच्छा.फेरी कसैले एक्सक्युज मि माइट भन्यो भने तपैले भने जस्तो नबुझेर वाल्ल चैं कोहि परेको थाहा पाइएको छैन है मैले चैं.
– जे होस्, ब्लग लेख्नु भयो, हाम्ले पढ्यौं. धन्यबाद!
यो सब मैले सुनेको र देखेको अनुभव हुन् । व्यक्तिपिच्छेका अनुभव फरक हुनसक्छन् । तपाइँले माइट भन्दा आरएन भनेका सुन्दा अलमलमा परेको नदेख्नुभएको होला । मैले चैँ अलमलमा परेको देखेर, अलमलमा परेको भनेर सुनाएको थाहा पाएर लेखेको हुँ । पढिदिनुभयो त्यसका लागि धन्यवाद । अस्ट्रेलियाबारे अझै धेरै लेख्न बाँकी नै छ । पढिदिनुहोला 🙂
हैट! धेरै पढेलेखेका साथीहरुको कुरो बुझ्नै गाह्रो हौ यार। Australia – इउस्ट्रेइलिइ , Native aussie – नेइटिभ इयुसी, canberra – केइनबेरइ, that – दइट, rat -रइट, cat – कइट होला सर।
Native को a लाई ए र इ को बिचको Tone बाट उच्चारण गरिन्छ होल।
Fate, late, mate आदि पनि त्यसरिनै उच्चारण गरिन्छ होल।
mate लाई माइट बोलचालीको सहजताको लागि भनिएको होला।
आफू परियो अनपढ गल्तिभए माफ पाउ हजुर।
Registered Nurse लाइ RN त जताततै भन्छन हैन र?
कंगारुको मासु खानु भएन?
म त भेज परेँ। तपाईँले खानु भो? कस्तो हुँदो रैछ?
मैले पनि खाएको छैन।
के धाँट्नु है तपाईंलाई? एक पटक थाहा नभएर गोरुको मासु मुखमा परेको थियो। झट्ट ओकेली त दिएँ तर जिब्रोमा स्वाद परिहाल्यो, बोकाको मासु जस्तो ह्वास्स गनाउँदो रहेछ।
अमेरिकामा घण्टा गनेर ज्याला पाउनेहरुले ओभरटाइम काम गर्ने अथवा धेरै घण्टा काम गर्नु लाई “घण्टा हान्ने” भन्छन, डलर लाइ ‘रुप्या’ भन्छन, सबैले आफ्ना सिरिमान सिरिमति लाइ ‘बुडा’ ‘बुडी’ भनेर बोलाउछन, कहिले काही जमघटमा ‘बुडा’ भनेर एउटीले भन्दा अर्कैको बुडाले हजूर भन्न पुग्छ बोलि नचिनेर अनि मैलाइ बोलाको होला भन्ठानेर!
अनि इन्डियनले चाइनिजलाइ चीङ्गकी भन्दा रा’न / अलि रैथाले अमिरिकानेले कोहि चिनेको देख्यो की “हाइ डुइङ्ग” (how are you doing) भन्छन/
सिङ्गापुरमा गोर्खाली क्यापकमा विशेषगरि मुगलिशेहरु बिच प्रयोग हुने गोर्खाली शब्दहरु:-
१. माछा- मलेसियनहरुलाई माछा भन्ने गरिन्छ।
२. सुँगुर – चाईनिजहरुलाई सुँगुर भन्ने गरिन्छ।
3. झोल/रस/जुस धोक्न जाने – बियर खान जाने।
४. पसिना आउट गर्ने – कुद्द्न जाने।
५. ज्यान हल्लाउन जाने – डिस्कोमा नाच्न जाने अनि मैया पट्याएर रमाइलो गर्ने। मुगलिसेको प्रत्येक आइतबार ज्यान हल्लाउने कार्यक्रम खुब हुन्छ।
६. दन्ते – इन्डोनेशियन र फिलिपिनो केटिहरुको प्राय दात उछिटिएकोहुन्छ त्यहीभएकालेे दन्ते। आइतबारको दिन बुगिस र East coast park मा दन्ते र नेपालीको खुब चर्तिकला देख्ने पाइन्छ
७. दुम्बा – बेबकुफ, भनेको नबुझ्ने।
८. फलाम उचाल्ने – ZYM जाने।
९. नम्बरी – एकै समयमा भर्तीभएका साथीहरू।
१०. घ्याम्पे हान्ने – एक बोतल वा गिलासमा भएजति स्वाट्ट पार्नु।
११. गेडे – समुहको अग्लो मान्छे। बिपरित प्रयोग।
१२. घारे – समुहको होचो मान्छे। बिपरित प्रयोग
१३. खैरेको बच्चा – गोरालाई प्रयोग गर्ने नयाँ शब्द।
१४. लामो/लामो जस्तो – नराम्रो वा नराम्रो भयो जस्ता अर्थमा प्रयोग। जस्तै; मेरो लामो भन्न। मेरो लामो जस्तो।
मुगलिस (MUGLISH) बोलचालको भासामा मुगलिसे भनिन्छ। मुगलिसे भनेको के होला भन्ने सोचीराख्नु भएको होला। यो एउटा British Gurkha term हो जस्को अर्थ हुन्छ – Men Unmaried Gurkhas Living In Same Housing. एउटै अपार्ट्मेन्टमा बस्ने अविवाहित गोर्खालीको समूह। तेस्का बाजे ७ बर्ष बिताइयो मुगलिसे जिन्दगी। खुब रमाईलो हुन्छ। कहिलेकाही कम्ता पट्यार बिरक्तलाग्दो हुदैन।
कारहरुको नाम:
बि एम डब्लु लाई बिमा
भोल्क्स वागन लाई भी डब
मरसिडिज लाई मर्क
good on you mate
चाईनीजलाई चेपाङ भन्दारहेछन त्यहा। यहा कोरियामा नेपालिहरुले कोरीयनहरुलाइ भोटे भन्छन ।
सेक्या, सिप्फाल जस्ता शब्द भुलेर पनि कोरीयनहरुलाई भन्न हुदैन। यधपि बोलिचालिमा निक्कै युज गर्दछन भोटेहरु haha
कुईया रेसिस्ट जस्तो कुरो भयो| कोरियनहरु गुरुङ, मगर, तामांग, राई, लिम्बु जस्तो अनुहार बनौट देखिएकोले आफ्नो देशमा जस्तो अरुलाई होच्याउने बानीले भोटे भनेको प्रष्टै देखियो|
त्यस्तैको गु मोलेर दिनहुँ खानु चै हुने तर उनैलाई नाना थरि गालि गर्ने?
इन्डियन जस्तो देखिने छेत्रीबाहुन नेपालीलाई थाईल्याण्ड मा ख्याक भनिन्छ| जात पात र रेसिस्ट विचार नेपालीको हड्डी हड्डीमा छ बर्मु बाजेले यस्तै पाठ पढाउदै आएका छन्| जहीं गएपनि यस्ता नेपाली सुध्रिने होइन| दुख लाग्छ|
NO worries
Bush bhaneko jhadi ho tyo nepalma ni use hunchha…. aru chahi yahi aayera sikeko ho
यो slang त होइन तर guild र नोन-guild सब्द को अर्थ बज्न गारो भयको थियो
यि शब्दहरु पनि सारै प्रचलन मा छन्
Bub=Baby
Ta = Thank you
Arvo= Afternoon
I go to ladies- I go to toilet (for female)
Vico =Victoria
Brissie =Brisbane
Woolies- Woolworth
Abo = Aboriginal/ indigenous people
Bikey= Motor cyclist
bloke- a man
Chips- fries potatoes
pinch- steal
Pub – Night club
Mates rate- discount
Silly Buggers (सिल्ली बागा)- खराब मान्छे
BYO- Bring your own (in a party)
Crook- Sick
See Ya =See you
हसाम्छ नेपाली टुरिस्ट ले मेइ , माइ , माइट
पहिलो नम्बरको “माइट” चाहि यु के बाटै आको हुनु पर्छ।
England ma pani ‘Mate’ word nai badhi use huncha. USA ma ‘dude’ word ko badhi prayog huncha. Australia ma ta thaha bhayena tara England ma Mate lai mite jasto kina pronunce garchan bhane yeta j word ma pani badhi ‘ai’ ko uchharan huncha. Eight lai ‘aait’ bhanera pronunce huncha. Baki chahi country harooko afnai unique slang huncha.