Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमान्डु : मेड इन चाइना

Posted on October 12, 2016October 17, 2016 by Salokya


काठमान्डु : मेड इन चाइना। सुन्ने बित्तिकै कस्तो अनौठो लाग्ने। हाम्रो देशको राजधानी कसरी चाइनामा बनेको हुनसक्छ र? काठमाडौँ त हामी आफैले बनाएका हौँ। तर काठमान्डु हाम्रो देशको राजधानीमात्र होइन, अस्ट्रेलियामा यो एउटा ब्रान्डको रुपमा पनि परिचित रहेछ। ट्रेकिङका लागि चाहिने महँगा सामानहरु उत्पादन र बेच्ने ब्रान्ड। मेलबर्नको एउटा काठमान्डु आउटलेटमा पसेर यसो हेर्दा एउटा सामानमा लेखिएको रहेछ- काठमान्डु- मेड इन चाइना।

काठमान्डु ब्रान्डबारे सन् २००९ मा नै एउटा ब्लग माइसंसारमा आइसकेको छ। (यहाँ क्लिक गरी पढ्नुस्) सन् २०१३ मा अर्को ब्लग थियो – मनाङमा भेटिएको अस्ट्रेलियन ‘काठमान्डु’ (यहाँ क्लिक गरी पढ्नुस्)

न्युज़िल्यान्डकी प्रतिष्ठित महिला ब्यवसायी जान क्यामेरून र जान पासनले सन् १९८७ मै काठमान्डु होल्डिङ्ग्स लिमिटेड कम्पनी खोलेका थिए। यसले पहिलो स्टोर खोलेको पनि सन् १९८७ मा मेलबर्नको हार्डवेयर लेन मै रहेछ।

काठमान्डु नाम रहे पनि काठमाडौँमा यसका सामान किन्न पाइँदैन। अस्ट्रेलियाबाहेक न्युजिल्यान्ड र युकेमा यसका स्टोरहरु छन्।

img_9337
काठमान्डुको स्टोरका भित्ताहरुमा नेपालका हिमाल भने देखिनँ। हामीलाई काठमान्डु भन्ने बित्तिकै नेपालसँग जोड्न मन लागे पनि यो काठमान्डु चाहिँ हाम्रो नाम लिएर उनीहरुले बनाएको ब्रान्ड मात्रै रहेछ। हामीकहाँ तिर पनि ह्वाइट हाउस, चेल्सी नाम राखेका कलेजहरु हुन्छन् नि, साँच्चिकै त्यो ठाउँसँग गोरु बेचेको साइनो पनि नरहे पनि।


अधिकांश सामान भने चीनमै बनेका हुने रहेछन्।


ग्रिन प्रोडक्ट पनि यताको चलेको फेसन हो। जस्तै यो ब्याग हेर्नुस् न। यसो हेर्दा उस्तै देखिन्छ।


तर यो १७ वटा प्लास्टिक बोतलबाट बनेको हो।


काठमान्डुको स्लोगन चाहिँ लिभ द ड्रिम रैछ।

img_9343
सेल लागेको बेला रैछ। सामानहरु ७० प्रतिशतसम्म छुटमा थिए।


के के सामान पाइँदो रहेछ भनेर हेर्दै थिएँ- यो इमर्जेन्सी ब्ल्याङ्केट चाहिँ २ डलर पनि नपर्ने रहेछ। तर एक पटक मात्र प्रयोग गर्न मिल्ने खालको रहेछ।

मेलबर्नमा मौसम खराब भएको बेला साथीहरुले बाहिर घुमाउन भन्दा सपिङ मल घुमाउन उचित ठाने। आफ्नो त क्यामेरा हराएर नयाँ किन्नु पर्दा रित्तिएको गोजी, त्यसमाथि हरेक सामान हेर्दा भाउमा X83 गरेर हेर्दा जे पनि महँगो लाग्ने। फोटो खिचेरै सपिङ मल हेरियो।

11 thoughts on “काठमान्डु : मेड इन चाइना”

  1. Pingback: नेपाल बाहिरका ‘काठमान्डु’ – MySansar
  2. Pingback: अस्ट्रेलियामा भेटिएको ‘नेपाल’ « Mysansar
  3. Birat Ghimire says:
    October 13, 2016 at 10:52 am

    I found KTM is one of the bike brands in australia too.

    Reply
  4. Kapil Raj Regmi says:
    October 13, 2016 at 10:52 am

    Product is genuine and comfort I have asked the meaning of Kathmandu to the staff member they were unknown about Kathmandu and Nepal

    Reply
  5. Dilli Gurung says:
    October 13, 2016 at 10:51 am

    I have found extremely good customer reviews on this brand. One African guy was saying that his Kathmandu brand jacket is 7 years old and it is still in very good condition.

    Reply
  6. Indivar Dhakal says:
    October 12, 2016 at 11:46 pm

    Its a chain store owned by the descendants of Edmund Hillary and yes the brand is named after Kathmandu city. Very expensive store though.

    Reply
  7. नगेन चाम्लिङ says:
    October 12, 2016 at 6:42 pm

    Yasko owner nepali ta haina?

    Reply
    1. Rajesh Khanal says:
      October 12, 2016 at 11:11 pm

      Haina Sir khaire nai xa

      Reply
  8. Guru Gopal says:
    October 12, 2016 at 3:09 pm

    Kathmandu
    Made by india
    Hunuparne kasari mistake vayaxa ta ???

    Reply
  9. Santosh Acharya says:
    October 12, 2016 at 11:21 am

    One of the reputable brand for trekking and winter wear. Expensive but worthy

    Reply
  10. Suman Shrestha says:
    October 12, 2016 at 10:00 am

    One of the most expensive trekking accessories brand

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme