Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अस्ट्रेलियामा क्रिकेट कौशलबाट नेपाल चिनाउँदै सन्दीप लामिछाने

Posted on September 24, 2016October 17, 2016 by Salokya

sal_0268
विश्वकप जितिसकेको देश क्रिकेटमा नेपाल जस्तो टेस्ट खेल्ने मान्यतासमेत नपाएको आइसिसीको एसोसिएट सदस्य राष्ट्रका खेलाडीको चर्चा हुन्छ जस्तो लाग्ला। तर हुँदो रहेछ।

यु १९ विश्वकपमा तहल्का मच्चाएका सन्दीप यतिखेर अस्ट्रेलियामा छन्। उनलाई यु १९ विश्वकपका बेला बीबीसीले अस्ट्रेलियन महान खेलाडी सेन वार्नसँग तुलना गरेको थियो। उनलाई २०१५ को विश्व कप विजेता टिमका क्याप्टेन माइकल क्लार्कले आफ्नो एकेडेमीमा प्रशिक्षणका लागि बोलाएका थिए। एयरपोर्टमा सन्दीपलाई लिन क्लार्क आफै गएका थिए।

आज सन्दीपको पहिलो खेल थियो। खासमा यो सिडनीका २२ टिमहरुको प्रिमियर ग्रेड प्रतियोगिता रहेछ। क्लार्कले सन्दीपलाई आफ्नै टिममा खेलाएका थिए। टिमको नाम थियो वेस्टर्न सबअर्बस। खासमा यो न्यु साउथ वेल्स राज्यका विभिन्न ठाउँहरुको टिमले खेल्ने प्रतियोगिता रहेछ। यो सिजनका खेलहरु आजदेखि सुरु भएका रहेछन्। ५० ओभरको यो खेललाई First Grade Limited-Overs भनिने रहेछ।

वेस्टर्न सबअर्बसको खेल भएको थियो मोसमनसँग। दुवै टिमको नाउँ ठाउँको नामबाट बनेको हो।
sal_0263
सन्दीपको फिगर रह्यो ८ ओभरमा १ विकेट १७ रन।

खेल क्लार्क र सन्दीप रहेको वेस्टर्न सबअर्बसले नै जित्यो। क्लार्कले ९९ रन बनाए। अर्को ब्याट्सम्यानको छक्काका कारण क्लार्कले सतक भने बनाउन पाएनन्। खेलको थप विवरण यता छ।

अब सन्दीपको टिमले अर्को खेल अर्को शनिबार खेल्नेछ। सेड्युल यता छ।

आज निष्प्रभ सजी, बुद्धिसागरसित एलेन बोर्डर ओभल मैदानमा पुग्दा त्यहाँका अस्ट्रेलियालीहरुले हामी नेपाली भएको थाहा पाएपछि अङ्ग्रेजीमा तपाईँले सन्दीपलाई भेट्नुभयो भनी सोधिरहेका थिए। खेल हुँदै गर्दा भेट्यौँ पनि। तीन महिना त्यहाँको सिजनमा खेलेपछि श्रीलंका खेलेर त्यसपछि नेपाल आउने उनले बताए।

सिजनको यो खेल सन्दीपका कारण पनि चर्चामा रह्यो यहाँका मिडियामा।

यहाँको क्रिकेट साइटले लेख्यो- Has Michael Clarke unearthed cricket’s next big thing?

अर्को हेडलाइन थियो- Clarke’s protege eyes BBL dream

sal_0264

स्कोरबोर्ड तल जाँदै गरेका चाहिँ सन्दीपप हुन्
स्कोरबोर्ड तल जाँदै गरेका चाहिँ सन्दीपप हुन्
२३ नम्बरको जर्सी हो क्लार्कको।
२३ नम्बरको जर्सी हो क्लार्कको।
दर्शकहरु
दर्शकहरु

sal_0294

sal_0297

sal_0299

सिडनीमा रहेको बेला अकस्मात् केही घण्टामा बनाइएको योजना अनुसार खेल मैदान पुगी खेल हेरी ‘नेपाली सेन वार्न’ सन्दीपलाई भेटी टिभीमा मात्र देखेका माइकल क्लार्कले प्रत्यक्ष खेलेको पनि देख्न र फोटो खिच्न पाइयो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme