Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेतृ विद्या भण्डारीको कुमारी प्रथा विरोधदेखि राष्ट्रपति विद्या भण्डारीको कुमारी पूजासम्म

Posted on September 23, 2016September 23, 2016 by Salokya

kumari_jatra-12
सन् २००२ को सेप्टेम्बरमा तत्कालीन एमाले नेतृ विद्या भण्डारीले काठमाडौँमा एउटा प्रेस कन्फ्रेन्सको आयोजना गरेकी थिइन्। त्यसमा उनले कुमारी प्रथा खारेज गर्नुपर्ने विषयमा कडा आवाज उठाइन्। ‘यो बाल अधिकारको हनन् मात्रै हैन, महिलाको र मानवअधिकारकै हनन् हो’, उनको त्यतिबेलाको भनाई अङ्ग्रेजी साप्ताहिक नेपालीटाइम्सको आर्काइभमा सुरक्षित छ। उनले भनेकी थिइन्, ‘एउटी बालिकालाई सामान्य समाजबाट अलग्याइन्छ र केही वर्षपछि जब उनको मासिक धर्म सुरु हुन्छ, उसलाई फ्याँकिन्छ।’ उनले मनोवैज्ञानिक रुपमा पनि बालिकालाई नराम्रो असर पर्ने तर्क गरेकी थिइन्।

सन् २००२ मा प्रकाशित नेपालीपोस्टको समाचार अंश। यसमा उल्लेख गरिएका मध्ये विद्या भण्डारी हाल राष्ट्रपति हुन् भने सपना प्रधान मल्ल सर्वोच्च अदालतका न्यायाधीश भइसकिन्।
सन् २००२ मा प्रकाशित नेपालीपोस्टको समाचार अंश। यसमा उल्लेख गरिएका मध्ये विद्या भण्डारी हाल राष्ट्रपति हुन् भने सपना प्रधान मल्ल सर्वोच्च अदालतका न्यायाधीश भइसकिन्।

उनको भनाईलाई आफ्नो आस्थामाथि प्रहार गरेको भन्दै काठमाडौँका आदिवासीले रुचाएनन्। कृष्णप्रसाद भट्टराईलाई हराउने उनले त्यतिबेलादेखि काठमाडौँमा कहिल्यै पनि चुनाव जितिनन्।

तर समयक्रमले उनलाई कस्तो मोडमा पुर्‍याइदियो भने उनलाई व्यक्तिगत रुपमा जतिसुकै नराम्रो लागोस्, कुमारीको पूजा र प्रार्थना नगरी नहुने। राष्ट्रप्रमुखका रुपमा इन्द्रजात्राको दिन उनले कुमारीको पूजा र प्रार्थना गर्नै पर्छ। इन्द्रजात्राको सुरुको दिन राष्ट्रप्रमुखका रुपमा उनी उपस्थित भएर कुमारीको पूजा गरेपछि बल्ल कुमारीको रथयात्रा सुरु हुन्छ।

इन्द्रजात्राको अन्तिम दिन पनि कुमारीको दर्शन गरी टीका लगाएपछि जात्रा सकिन्छ। यसपालि इन्द्रजात्राको अन्तिम दिन नै नेपाल बाहिर आउनु परेकोले अन्तिम दिन के भयो, थाहा भएन तर माथिको फोटोमा इन्द्रजात्राको पहिलो दिन राष्ट्रपति भण्डारीले कुमारीको पूजा गर्दै गरेको देख्न सकिन्छ।
kumari_jatra-11
राजतन्त्र मासेको केही वर्षसम्म राजा ज्ञानेन्द्र पनि कुमारीको दर्शनका लागि पुग्थे। तर गणतान्त्रिक सरकारले सुरक्षा दिन नसक्ने बताएपछि उनी इन्द्रजात्रामा कुमारीको दर्शन गर्न पुग्न छाडे।

11 thoughts on “नेतृ विद्या भण्डारीको कुमारी प्रथा विरोधदेखि राष्ट्रपति विद्या भण्डारीको कुमारी पूजासम्म”

  1. damodar sharma\ says:
    October 16, 2016 at 3:21 pm

    She has been a communist all her life and she not only defied but made fun of all Hindu rites and rituals as supertitions and now how can she suddenly become a Hindu nari and visit temples and shrines with flowers and tika in her hands. Is this not Paakhandipan or a dhong to fool public?

    Reply
  2. madan shrestha says:
    September 25, 2016 at 6:54 pm

    हामि आफ्नो धर्म र पहिचान को आफै निर्मुल गर्दै छौ . अरु देश मा जनता बीच पपुलर हुन को लागि नेता हरु धार्मिक हुन्छन, हाम्रो मा धर्म र संस्कार को जति बिरोध गर्यो उति हिरो मानिन्छ, प्रचण्ड हरुले गाइ काटेका ले हिरो भए, तर प्रचण्ड आफै कुनै मन्दिर गएको देखियो भने सारा बिरोध हुन्छ, तेसैले नेता हरु लुकी लुकी मन्दिर जान्छन, अनि सार्वजनिक रुप मा आउदा संस्कार र धर्म को बिरोध गर्छन, तर तर तिनै नेता बिदेशी धर्म को चै खुलेर समर्थन गर्छन र बिदेशी धर्म को प्रचार गर्दा चै हामि तेस्ता नेता लाइ मन पराउछौ, हामि नेपालि सबै लाइ आफ्नो धर्म, संस्कार, भाषा र पहिचान नस्ट गर्न रोग लागेको छ

    Reply
  3. सुरज श्रेष्ठ says:
    September 25, 2016 at 5:45 am

    “ताक परे तिवारी नत्र गोतामे”
    यो उखान गणतन्त्र नेपालमापनि उत्तिकै सान्दर्भिक छ जति बेला पृथ्वि नारायण शाहको पालामा थियो । हामी नेपालीहरुको बलेको आगो ताप्ने बानी जस्ताको त्यस्तै छ ।

    डा. रामबरण यादव पछि श्रीमती बिधा भंडारी नेपालको राष्ट्र प्रमुख भए तर आफ्नो सुविधा बढाउन र आजीवन नेपालीहरुको तिरोबाट भरण पोषणमा निर्भर हुनेमा टाउकेहरु एकमत नै देखिन्छन् ।

    “पैसा फेंको तमाशा देखो” हिन्दी चलचित्रको गीतको अंश बहुसंख्यक नेपालीहरुले बुझेका छन् र हाम्रा निति निर्माता हरुले ।

    लेखकलाई धन्यवाद ।

    सुरज श्रेष्ठ

    Reply
  4. Shankar says:
    September 24, 2016 at 10:33 am

    अब त् रास्ट्रपति ज्यु ले आफ्नो पतिको हत्यारा खोज्नु पर्ने नि ?

    माथि बात मदन भण्डारी ले भान्लान ” माया गर्नेको ‘ माया पनि देखियो ”

    Reply
  5. Sunil, London says:
    September 23, 2016 at 9:47 pm

    झुठो कुरा नबोली र आफुले बोलेको कुरा नबिर्सी नेता भईदैन, त्यसमा पनि नेपालको नेता हुन त यो दुवै गुण अनिवार्य नै छ !!!! बिद्या भण्डारीलाई राष्ट्रपति पद चिट्ठा मा परेको हो , के गर्ने के नगर्ने भन्ने उनलाई केहि मतलव को बिषय रहेन , के बोलेको थिए त्यो त पर को बिषय हो !!!!
    रह्यो अर्को कुरा, माइसंसार को लोकप्रियता पनि खस्के झैं लाग्नथाल्यो मलाई त , पहिला पहिला त ब्लग लेख्नेबित्तिकै कमेन्ट गर्नेको घुइंचो लाग्थ्यो आजकल त ख्वै , मुश्किलले ३-४ वटा कमेन्ट देख्नसकिन्छ, कुनै कुनै ब्लग मा त शुन्य कमेन्ट पनि छन् , कुरो बुझ्न गार्हो भयो, अलि स्तरिय ब्लग मात्र प्रकाशन गर्ने पो हो कि ?

    Reply
  6. nirmal balami says:
    September 23, 2016 at 3:29 pm

    कुरा गर्ने ठाउँमा बसेर कुरा गर्न कति सजिलो अनि काम गर्ने ठाउँमा पुगेर काम काम गर्न कति गार्‍हो।

    Reply
  7. aashish says:
    September 23, 2016 at 1:00 pm

    पत्रकारिता पनि के हो के हो?

    २००२ मा बिद्या भण्डारी एउटा नेता मात्र थियिन / आफ्नो मनको कुरा खुलेर बोलिन

    २०१६ मा बिद्या भण्डारी नेपालको रास्ट्रपति हुन्/ यो ठाउँमा बसेर देशको संस्कृति को बिरुद्धमा बोल्नु कतिको गैरजिम्मेवारी कुरा हो भनेर सोच्नुस
    अहिले पनि ‘कुमारी’को बिरुद्ध मा बोल्ने हो भने अर्को बबाल हुन्छ देशमा / बुद्धि लगाउनुस पासा बुद्धि //

    आफ्नो व्यक्तिगत भाव २००२ मा भनेको बिद्या भण्डारीले अहिले २०१६ रास्ट्रपति भएर भन्न मिल्दैन.

    Reply
    1. Sunil, London says:
      September 24, 2016 at 8:37 pm

      त्यसो भए अवसरवादी राष्ट्रपति भन्नु पर्यो , राष्ट्रपति पद खुस्केपछि फेरी कुमारी प्रथा हटाउनु पर्छ भन्छिन होला बिद्या Madam ले !!!!!!!!!! मखु ला पासा ?

      Reply
  8. राजेन्द्र राइ says:
    September 23, 2016 at 6:42 am

    नेता र नेतृहरुको यसतै कृयाकलपले सामाजमा बिरोधभास उत्पन्न गराउछ।

    Reply
  9. गगनजंग says:
    September 23, 2016 at 6:29 am

    विद्या भण्डारीले राष्ट्रपतिको पदको अवमुल्यन गरेकी छिन| स्कुल उद्घाटन सम्म पुग्ने र पुजा आजामा र मन्दिर धाउदै ब्यस्त| कम्युनिस्टहरुको यस्तै ढोंग नै मन नपर्ने| ओलीको चिट्ठा परेको हो उनलाई|
    जति चांडो हट्न सक्यो उति राम्रो| जे आशा गरिएको थियो सबै माटोमा मिल्यो| हामीलाई चाहिएन नंया एइश्वर्य पम्फा देवी|

    Reply
    1. प्रविण says:
      September 25, 2016 at 12:27 pm

      गगनजी राष्ट्रपतिमा निर्वाचित भएपछि कुनै पनि राजनितिक पार्टीको साधारण सदस्य समेतबाट राजिनामा दिनु पर्ने हुन्छ तसर्थ सम्माननीय राष्ट्रपतिलाई कम्यूनिष्ट भन्नु उपयूक्त नहोला कि ।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme