Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँका स्कूलहरुमा बम राख्न लाउने चण्डाल यो रहेछ

Posted on September 20, 2016 by Salokya


काठमाडौँका विभिन्न स्कूलहरुमा बिहानैदेखि आतंक मच्चाउन खोजियो। दुई ठाउँमा बिहान सबेरै सामान्य विस्फोट भयो भने डल्लु लगायतका केही ठाउँमा बम नै राखिएको थिएन, बम जस्तो बनाएर तर्साउन मात्रै राखिएको थियो। शंकास्पद वस्तुहरु सँगै राखिएका पर्चामा उल्लेख भए अनुसार स्कूल जस्तो ठाउँमा यसरी बम राखेर आतंक मच्चाउन लाउने चण्डालको नाम चाहिँ क. निर्माण रहेछ। माओवादी कम्युनिस्ट केन्द्र नेपाल र यसका भ्रातृ संगठनहरु अखिल क्रान्तिकारी राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ्ग कम्युनिष्ट फोर्स नेपालको नाम पर्चामा रहेछ। यिनीहरुको गुरु चाहिँ हालका प्रधानमन्त्री र उसको दल रहेछ। किनभने यो माओवादीबाट छुट्टिएको सानो समूह रहेछ। यसमा एक जना माओवादी लडाकु पनि रहेछ।

14285598_531565220373170_966958371_o
किन रे यसरी आतंक मच्चाएको भन्दा पर्चामा लेखिए अनुसार स्कूलहरु अनिश्चितकालीन बन्द गरेन भनेर रे।

बम राख्नेहरु मध्ये दुई जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ।

माओवादी कम्युनिस्ट केन्द्र नेपाल २०७१ सालमा राजनीतिक वार्ता समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाको रोहवरमा मकवानपुर जिल्ला प्रशासन कार्यालयमा अत्याधुनिक हतियार, गोली, बारुद र सकेटबम सरकारलाई बुझाएको समूह हो। पार्टीका अध्यक्ष डिएस महतले समितिका संयोजक ढुङ्गानाको रोहवरमा एसएमजी एकथान, त्यसको गोली दुईथान, माउजर तीनथान, एक नाले र दुईथाले गरी १४ वटा पेस्तोल, भरुवा बन्दूक चारथान, विभिन्न हतियारमा प्रयोग हुने ७४ थान गोली, डेटोनेटर ४१ थान, बारुद तीन केजी, सकेटबम २० वटा बुझाएका थिए।

पोहोर भदौ २४ गते माओवादी कम्युनिस्ट केन्द्र नेपाल र जनमुक्ति मोर्चा नेपालको एकता भएर नयाँ पार्टी जन्मिएको थियो। नयाँ पार्टीको नाम माओवादी कम्युनिस्ट केन्द्र नेपाल राखिएको थियो। माओवादी कम्युनिस्ट केन्द्र नेपालका अध्यक्ष डिएस महता हुन् भने जनमुक्ति मोर्चा नेपालका अध्यक्ष डिपी शर्मा। सरकारले आफूहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै यो पार्टीले आमरण अनसन बस्ने चेतावनी दिइरहेको थियो। तर अब बम आतंक मच्चाउन थालेछ।

5 thoughts on “काठमाडौँका स्कूलहरुमा बम राख्न लाउने चण्डाल यो रहेछ”

  1. Prakash Thapa says:
    September 21, 2016 at 8:32 am

    बम disposal unit ले खाली हातले गरेको कत्ति पनि safe मलाई लागेन . के नेपाल मा आर्मी लै तेसैगरी training दिएको हुन्छ ?

    Reply
  2. रामहरी गैरे says:
    September 21, 2016 at 5:16 am

    यो सब प्रचंडे र बाबुराम कुकुर हरु लाइ दण्डित गर्नु को सट्टा पुरस्कृत गर्नु को नतिजा हो, हुन् त ढिलो चाडो हो, हेग जान बाट त इ डाँका हरु लाइ कसैले पनि बचाउन सक्दैन, एकछिन धोति हरु को दलाली गरेर बचिन्छ भनेर सोच्नु इनिहरु को महाभुल हो, भोलि राजनीति मा इनको सङ्ख्या न चाहिने बित्तिकै इनको अधोगति सुरु हुन्छ ……

    Reply
  3. नीर says:
    September 21, 2016 at 1:25 am

    साबिकको सजाय र कानुनले भियाउदैन| १० हजार तिरेर जमानीमा निस्केला भन्ने डर|
    चाकबाट मल निस्किने गरेर दिनहु तीन पल्ट बेस्कन धोबी धुलाई दिएपछि र अरुले यस्तो देखेपछि फेरी कसैले यस्तो गर्ने हिम्मत राख्ने छैन|
    चण्डाल नेता र योजनाकारलाई चै उँधो मुन्टो पारेर ढिकी कुटेको पारामा रिदम मिलाएर सार्बजनिक रुपमा नाङ्गोझार पारेर धुलाई दिन पर्छ|
    स्कुल पढ्ने नाबालिकहरुको भविश्यसंग खेलवाड गर्नेहरुसंग एकरति पनि दयामाया राख्न हुँदैन|

    Reply
  4. Govinda Paudel says:
    September 20, 2016 at 2:08 pm

    स्कुलमा बम राख्ने महानुभावहरुलाई चै आइ.एस. वा तालिबानी कानुन अनुसार कारबाही गर्ने कि सरकार? नेपालको कानुनले नभ्याउने भो । बिदेशी कानुन लगाउन नमिल्ने हो भने १०-१२ साल अगाडिको हाम्रै सुराकिवाला कानुनले नि भ्याउनु पर्ने हो येत्तिकालाई चै ।

    Reply
  5. sushil says:
    September 20, 2016 at 1:48 pm

    पहाडमा माओवादी र तराईमा बिहारीहरु रहुन्जेल नेपालमा कहिल्यै शान्ति हुँदैन। यी दुवै दक्षिणका एसेट हुन्। सर्वसाधारणलाई पटका पनि पडकाउन नदिने देशमा केटाकेटीलाई लक्षित गरेर बम राख्नु सानो तिनो कुरा हो? धेरैको ज्यान जान सक्थ्यो, यो विशुद्ध आतंककारी गतिविधि हो, चन्दा आतंक मात्रै भन्ने मिल्दैन। हथियार र विस्फोटक भनेको प्रोफेसनलको हातमा हुँदा त भर हुँदैन, त्यसैले त सेना र प्रहरीलाई २४ घण्टा ज्यानको बाजी लगाउने पेशा भनिन्छ। अब पनि सुरक्षा निकाय लोसे भएर बस्ने र राजनीतिक दबाबमा बस्ने हो भने यी निकायहरुलाई प्रत्येक जिल्लाको प्रशासन कार्यालयमा खटाइदिए हुन्छ। जंगी भएर निजामति जस्तो हेरेर बस्ने हो भने बरु निजामति मै पठाइदिए भैगो नि! माओबादीबाट टुक्रिएर गएको समूह भनेर पाइन्छ? कि जानी जानी टुक्र्याएर चन्दा उठाउन खटाएको हो कि त? माउ पार्टीले जिम्मा लिनुपर्छ र आवश्यक परे प्रम संग पनि सोधपुछ गर्नुपर्छ, गोप्य रुपमै सहि।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme