Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सेनाको अभ्यास : भक्तपुरको होटल राधेमा आतंकवादीले बन्धक बनाउँदा सेनाले यसरी गर्‍यो रेस्क्यु

Posted on September 19, 2016September 19, 2016 by Salokya

pr-30-05भक्तपुरको होटल राधेमा आतंकवादीले केही मानिसलाई बन्धक बनाए। अब के गर्ने त ? सेनाको उपत्यका पृतना हेडक्वार्टरको नेतृत्व र समन्वयमा विशेष फौज बाहिनी, युद्धभैरव गण तथा नेपाली सेनाका विभिन्न युनिटहरुका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र राष्ट्रिय अनुसन्धान विभागका प्रति आतंककारी कार्वाही हेर्ने युनिटका सकलदर्जाको सहभागितामा अपरेसन सञ्चालन गरियो मिसन “आतंक प्रतिकार-१”। हेर्नुस् फोटोहरु

नझुक्किनुस्, यो वास्तविक घटना होइन। तर होस्टेज रेस्क्यु अर्थात् बन्धकहरुको कसरी उद्दार गर्न सकिन्छ भनेर सेनाले गरेको अभ्यास भने वास्तविक हो। यसको निरीक्षण हिजो प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गरेका थिए।

विश्वमा बढ्दै गएको आतंककारी गतिविधीलाई दृष्टिगत गर्दै यस किसिमका आतंकवादी घटना नेपालमा पनि घटेमा त्यसलाई सशक्त रुपमा प्रतिकार गर्न विशेष फौज, पैदली फौज, सपोर्टिङ्ग युनिटहरु र अन्य सुरक्षा निकायहरु समेतलाई एकीकृत र समन्वयात्मक ढङ्गबाट परिचालन गर्ने उद्देश्यले आंतक प्रतिकार अभ्यास संचालन गरिएको हो।

pr-30-05

pr-30-07

pr-30-04

pr-30-10

pr-30-09

pr-30-08-1

4 thoughts on “सेनाको अभ्यास : भक्तपुरको होटल राधेमा आतंकवादीले बन्धक बनाउँदा सेनाले यसरी गर्‍यो रेस्क्यु”

  1. प्रविण says:
    September 20, 2016 at 12:37 pm

    ठिक ठिक ! बगाए पसिना तालिममा बग्‍ने छैन रगत रणभूमीमा ।

    Reply
  2. sushil says:
    September 20, 2016 at 7:16 am

    सानो तिनो लेनदेन, ठेक्का पट्टामा कति व्यक्ति अपहरित हुन्छन र कुरा मिलाउने नाममा अन्न्याय सहेर बसेका हुन्छन, त्यता तिर जाम न, एस्तो रेस्क्यु आम नेपालीको लागि भन्दा पनि भीआइपीको लागि मात्रै त हो नि. वरिपरिका आतंककारीलाई ठोके पो प्रसंसा गर्नु. मिल्दैन? किन मिल्दैन? हाम्रा नेताहरुले जस्तै चोर बाटोबाट भएपनि, संसोधन गरेर हुन्छ कि बाधा अड्काउ फुकाउ गरेर हुन्छ ब्यारेकबाट लुसुक्क निस्केर भएपनि ठोक्न सक्नुपर्दछ. सेनै बनेर ठोक्नु पर्छ भन्ने छ र?

    Reply
  3. fantus says:
    September 19, 2016 at 8:10 pm

    हरेक नकारात्मक सम्भाबनाहरु लाई ख्याल गर्दै नेपाली सेनाले एसरी नै तयारी गरोस् ।

    Reply
  4. Shankar says:
    September 19, 2016 at 8:03 pm

    देखाउन को लागि , अफिसर हरुको मनोरन्जनको लागि , सुतिंग को लागि गर्ने कुरा एक थरि भए
    जब साचिकै त्यो अबस्था आउछ तब एस्तो बिस्लेसन हुन्छ
    १) ति आतंक कारी कुन पार्टीका परे , कसको सरकार छ जसको सरकार छ उसैका परे भने ति सफ्ट कर्नर मा जान्छन बा बिद्रोही मात्र कहलाउछन
    २) नेता का नजिक का नातेदार , आफ्नो लबी का छन् भने त् येस्ता घटना तेसै सेलाएर जान्छ
    ३ ) सेना मा पुलिस मा पनि जर्नेल , कर्नेल , एस पी हुन् कुन पार्टीका नजिक का र नेताका भन्ने हिसाब किताब भैसकेपछि सेनाको , पुलिस जवान मात्र रोबोट हो ?
    जे भन्यो तेही गर्ने ? उनीहरु चै बम समाउन , मर्न किन जाने ?उनीहरुलाई चै प्रजातन्त्र आ छैन ?
    बिद्द्यार्र्थी चै तरुण दल , बाइ सी यल , युथ फोर्स अरे तेस्का बाजे , पढ्नु पर्ने हरु लठैत बनेर ५-६ बर्स सम्म येउतै कलेज मा नाइके भएर बस्छ |
    जाहा मन लाग्यो त्यहि जथाभाबी संगठन | ३ जाना मिल्यो , संगठन बनायो एउटा सभापति , आर्को उपसभापति आर्को सचिब , चाक् धुन जानेको छैन सभापति बन्नुपर्ने क्या जमाना आएको छ | आजकाल त् मौकापरे अन्तर्वार्ता पनि सजिलै दिन पाइने , अनि ठुलो मान्छे बन्यो | कुरा सकिएन |
    उता तिर सेना र पुलिस ले चै अनुसासन मानेर असल नागरिक बन्नु पर्ने ? पाखे नेताको नोकर हो उनीहरु ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme