Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

परराष्ट्र नीति भारतको जिम्मा प्रचण्डले लगाएका कि एमालेका महेन्द्रबहादुर पाण्डेले? वक्तव्य त कपिपेस्ट छ त

Posted on September 19, 2016 by Salokya

prachanda_india_visit-1 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा जारी भएको संयुक्त वक्तव्यको एउटा बुँदालाई लिएर अहिले आलोचना गरिएको छ। आलोचना गर्नलाई सबैभन्दा अगाडि राष्ट्रवादीहरु आएका छन्। अहिले चर्को राष्ट्रवाद एमालेकै छ। ऐरेगैरेका विश्लेषणदेखि एमालेका प्रदीप ज्ञवाली जस्ता नेताहरु यो बुँदाको कुव्याख्या गरिरहेका छन्। सत्य के हो त? यदि यही व्याख्या अनुसार देश बेचेको वा परराष्ट्र नीति भारतको जिम्मा लगाइएको हो भने त प्रचण्डले भन्दा पहिला एमालेकै नेता तथा तत्कालीन परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले त्यसो गरेका हुन्। किनभने प्रचण्डको भ्रमणमा निस्केको संयुक्त विज्ञप्तिको त्यो बुँदा त पाण्डेले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिको कपिपेस्ट मात्रै हो। प्रमाण हेर्नुस्।

यो हो जुलाई २६, २०१४ मा सुष्मा स्वराजको नेपाल भ्रमणका क्रममा महेन्द्रबहादुर पाण्डेले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिको बुँदा
mea1

अनि यो हो सेप्टेम्बर १६, २०१६ मा प्रचण्डको भारत भ्रमणका क्रममा प्रचण्ड र मोदीको हस्ताक्षर भएको संयुक्त विज्ञप्तिको बुँदा
mea2

हेर्नुस् त कपिपेस्ट छैन त कुरा?

माइसंसारले चिटिङ गरे जस्तो लाग्यो भने महेन्द्रबहादुर पाण्डेले हस्ताक्षर गरेको संयुक्त वक्तव्य भारतीय विदेश मन्त्रालयको साइटमा छ। हेर्न यहाँ क्लिक गर्नुस्।

अझ विश्वास नलागे नेपाली लेखककै यो किताबमा हेर्नुस्।

5 thoughts on “परराष्ट्र नीति भारतको जिम्मा प्रचण्डले लगाएका कि एमालेका महेन्द्रबहादुर पाण्डेले? वक्तव्य त कपिपेस्ट छ त”

  1. Parshuram Nepal says:
    September 22, 2016 at 3:37 pm

    Yehi ho UML ko nakkali rastrabad. Khurafati gaph hanna ta UML lai kasle sak6 ra. Jhut ko kheti garna sarai sipalu chhan emale Jan haru. Aba janata le ne chhutyaune din aayo emale ka e sab rastrabadi gaph bhaneko satta nabhayeko chhatpati matra ho nothing more than that.

    Reply
  2. Raju says:
    September 20, 2016 at 8:39 pm

    यमाले काम पार्टी हो जस्तो लागेन हो कुरा अर्कै रहेछ

    Reply
  3. Rohini says:
    September 19, 2016 at 8:44 pm

    यसलाई भन्छन फोहोरी राजनीति | नेपाली नेताहरुको अदुर्दर्शिताले देशमा छिमेकी मुलुकहरुलाई अनाबस्यक रुपमा बिबादमा मुछ्ने काम भैराखेको छ | यसले देशको हित गर्दैन |

    Reply
  4. निधि says:
    September 19, 2016 at 7:54 pm

    नेपालको अहिलेसम्म सबैभन्दा गए गुज्रेको परराष्ट्र मन्त्रि हुन् महेन्द्र बहादुर| अंग्रेजी पढ़ाउछु भन्ने मास्टरले दुई प्यारा अंग्रेजी पनि शुद्ध लेख्न नसक्ने| उनका बिद्यार्थीहरुको के हाल भयो होला? एमालेमा हानाथाप हुँदा उनलाई चिट्ठा परेर मन्त्रि भएका हुन| उनैले जिम्मा लगाएका हुन| उनी मन्त्रि हुँदा खालि एमालेको मात्र मंत्री बने, मुलुकको होइन| केपीले भनेपछि अरुको सुन्दै नसुन्ने तर माकुने र वामदेवलाई सुटुक्क कानाँ कुरा लाउथें ‘रे|
    प्रकाशशरण उनीभन्दा कैंयौ गुणा फिट छन्, समावेशीपन चिन्तनका छन् भलै उनले महेंद्रेले जस्तो एमाले फजुल गफ लाउन जानेका छैनन्|

    Reply
  5. Shankar says:
    September 19, 2016 at 5:07 pm

    कुरा एमाले रास्त्रबादी कि माउबादी, ने म कि पा, जनमोर्चा बा कांग्रेस प्रजातान्त्रिक कि प्रजातन्त्र पार्टी ,सद्भावना , त् म लो पा , फोरम हैन | रास्त्रबाद , प्रजातन्त्र यी सब यिनका खाल मात्र हुन् | उसै मरिचमान ले भेडाको छाला वोडेका ब्वासा भनेका हुन् ?
    असली रुप यिनको आफ्नो र पार्टीको कार्यकर्ता को स्वार्थ र नेपाल आमा को लुछाचुडी मात्र हो |
    न भए एक दर्जन ले आफ्नो स्वास्नीलाई समेत बिधायक बनाउन भ्याइसकेका छन् ,टन्न सरकारी कोस बाट जनताको कर चोरेका छन् , तेही पैसामा सुबिधा लिन्छन , देश बिदेस घुम्छन , कति जाना जाने , के गर्ने कुनै एजेन्डा र दस्ताबेज छैन , बेला बेला मा नियम लाइ मिच् छन् | येस्ता ले जारि गरेको बक्ताब्या को बिस्वास हुन्छ ???

    हामि नेपालि हुलिदिएको गणतन्त्र र लादिएको प्रजातन्त्र भोग्दैछाम | हुलिदिएको गणतन्त्र येस्मानेमा कि एउटा राजा निकालेर दर्जन राजा थपिए , पारस गयो , प्रकाश आयो , ज्वाई हरु आए , फेरी यो प्रजातन्त्र हो कि भाडभैलो र छाडा तन्त्र को कुनै फरक छैन | डन हरु पायो देश ले | हफ्ता दिनुपर्ने कल्चर आयो |

    नेपालि ले येसरी मुल्यांकन गर्न पर्छ , इन्डिया ले जुनसुकै बेला पनि नाकाबन्दी र दुख दिन सक्छ | त्यो उसको नदीनाला र देश को प्राकृतिक स्रोत हडप्ने कुनियत ले | तेसैले हाम्रो लाइ येउतै उपाय भनेको उतारी नाका हरु आवाद राख्नु , चिनिया लगानी यहा भित्राउनु ,
    आदि आदि
    नाकाबन्दी कसरि हटेको थ्यो ? इन्डियन ले नेपालि लाइ माया गरेर ??
    अनि उसलाई यहाको सरकार बनाउन , ढाल्न उक्साउने यी प्रचण्ड , देउवा , निधि , महतो , उपेन्द्र आदिलाई नेपाल को सासन गर्ने अधिकार छ ? नेपालि ले सोच्ने पर्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme