Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

देउताको मुखबाट जाँडको प्रसाद, खानलाई युवतीहरुको हानथाप

Posted on September 18, 2016September 18, 2016 by Salokya

DCIM100GOPROGOPR2380.शनिबार हनुमानढोका दरबार क्षेत्रमा सयौँ महिला आफूहरुमात्र रमाउन पाउने एउटा भर्खरै सुरु गरिएको चलनको प्रतीक्षामा थिए। साताव्यापी इन्द्रजात्रा पर्वको अवसरमा मात्र खोलिने हाथु द्यः (श्वेत भैरव) को विशाल मूर्तिको मुखमा पाइप राखेर त्यसबाट थ्व‍ं (राइस बियर) बगाउने गरिन्छ। त्यो पिएमा स्वस्थ र निरोगी भइन्छ भनिन्छ। पहिले भए जात्राका आठै दिन त्यो चलनमा पुरुषमात्रै रमाउँथे। तर विगत केही वर्षदेखि यो परम्परालाई तोडेर आयोजकहरुले एक दिन महिलालाई मात्र रमाउन दिने निर्णय गरेका छन्। इन्द्रजात्राको पाँचौँ दिन आज त्यही नयाँ परम्परा हेर्न त्यहाँ पुगेको थिएँ। निकै रमाइलो थियो वातावरण।

1-img_5501

1-img_5556

1-img_5563

indrajatra-1

indrajatra-2

indrajatra-3

indrajatra-4

indrajatra-5

indrajatra-6

indrajatra-7

7 thoughts on “देउताको मुखबाट जाँडको प्रसाद, खानलाई युवतीहरुको हानथाप”

  1. Ramlal Sharma says:
    October 13, 2016 at 8:27 am

    Does it really matter if its men or women who are consuming the alcohol? “युवतीहरुको हानथाप” रे! युवाहरुको हानथाप भएन र? Your title is very sexist and demeaning towards women. Please think about it. Just a suggestion.

    Reply
    1. Salokya says:
      October 13, 2016 at 10:45 am

      टाइटल मात्र हैन, कन्टेन्ट पनि हेर्नुपर्‍यो हजुर। त्यो दिन युवतीहरुको लागि मात्र थियो। अनि युवतीहरुको मात्र हानथाप भयो। युवाहरुको हानथाप भएन र भन्ने प्रश्नको उत्तर हो- भएन। किनभने युवकहरुलाई त्यहाँ जान दिइएकै थिएन। राम्रोसँग कन्टेन्ट पढ्नुभएको भए प्रष्ट हुन्थ्यो।

      Reply
      1. Ramlal Sharma says:
        October 17, 2016 at 12:54 pm

        धन्यबाद प्रष्ट पर्दिनु भएकोमा

        Reply
  2. Pradeep MS says:
    September 18, 2016 at 2:21 pm

    लाईन बसेर प्रसाद ग्रहण गर्ने ब्यवस्था गरेको भए अधिकाम्सले प्रसाद चाख्न पाउँथ्यो कि ???
    फेरी रमाईलो नहुने पो हो कि !!! कुरो यहाँ निर अद्किन नि सक्छ 🙂

    Reply
  3. प्रविण says:
    September 18, 2016 at 11:36 am

    त्यसका बाजे ! रमाईलो पो हुँदो रहेछ त । हैन यसरी बगाउने जाँडको बन्दोबस्त चाँही कस्ले कसरी कुन श्रोतबाट गर्दो रहेछ ?

    Reply
  4. Shankar says:
    September 18, 2016 at 10:21 am

    भैरब ले जस्तै गुहेस्वारी देबी लाइ पनि जाँड चढाएको देखिन्छ |जनबोलीको भासामा जाँड भनिएतापनि त्यो सोम रस हो |
    जसले मासु खान्छ , धेरै खान्छ उसलाई पचाउन को लागे न भै नहुने रस हो त्यो | देबी माता दुस्ट्को रगत पिउने हुनाले अलि कति त्यो उहालाई जरुरि परेको , तेस्तै भैरब बा लाइ पनि २,४ राँगो चपाय पछि त्यो चाहिने हो |

    अब कृष्ण प्रसाद , प्रदिप गिरि ,हरु काठमान्डू को पानि पचाउन जाड्को फ्याक्ट्री भर्सन जसलाई ‘रम् ‘ भन्छन त्यो पिउछन | बाबुराम मुसा को अचार पचाउन , गच्छेदार , लामो समय सम्मनेपाल सरकार मा रहेर खाएको घुस पचाउन , करिश्मा , रेखा , निशा , सिल्पा हरु सुन्तला को जुस पचाउन जाड को नातेदार रम्, ह्विस्की, चुस्की आदि पिउछन |राम क्रिषण , यम बराल ,सिब परियार पीउछन किनकि नारायण गोपाल धेरै पिउथे आदि आदि |

    Reply
  5. sushil says:
    September 18, 2016 at 7:24 am

    भैरवनाथको थ्व‍ं महिलाहरुको लागि मात्रै हुन्छ हो?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme