Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नचिनेकोलाई फेसबुक फ्रेन्ड बनाउँदाको परिणाम : बलात्कार गरेको आरोपमा अस्ट्रेलियामा नेपालीलाई जेल

Posted on September 15, 2016September 15, 2016 by Salokya

5d02f9d1fd8de5c3215001c1839f0697
नचिनेको मानिसलाई फेसबुकमा फ्रेन्ड बनाउँदा र फेसबुकमा आफ्ना सबै विवरण राख्दा कस्तोसम्मको अवस्था निम्तिन सक्छ भन्ने उदाहरण अस्ट्रेलियामा देखिएको छ। त्यहाँको अदालतले एक नेपाली युवक अन्जन श्रेष्ठलाई फेसबुक फ्रेन्डलाई बलात्कार गरेको अभियोगमा जेल सजाय सुनाएको छ। अब उनी ६ वर्ष जेलमा रहने छन् भने त्यसपछि नेपाल डिपोर्ट गरिनेछ।

यसबारे अस्ट्रेलियाको दि हेराल्ड सनले विस्तृत समाचार दिएको छ। भएको यस्तो रहेछ। २९ वर्षका अन्जन श्रेष्ठले फेसबुकमा २०/२५ वर्षकी एक युवतीले पोस्ट गरेको देख्छन्। युवतीले आफूु क्लबमा जाँदैछु भन्दै यस्तो पहिरनको लुगा लगाएर जाने भनेर फोटोसमेत राखेकी हुन्छिन्। ती युवतीलाई कहिले नभेटे पनि फेसबुकमा फ्रेन्ड भने रहेछन् दुवै।

अन्जन
अन्जन

युवतीको फेसबुक पोस्टमा १०० भन्दा बढी लाइक र कमेन्ट थियो। अन्जन कार लिएर बेर्विकको त्यही नाइट क्लबमा पुगेर पर्खेर बसेछन्। बिहानको २ बजे युवती क्लबबाट निस्कन्छन्। साथीहरु सबैले छाडेर गइसकेपछि अन्जनले आक्रमण गर्छन् युवतीलाई। मैले तँलाई फेसबुकमा भेट्टाएको हुँ भन्दै बलात्कार गर्छन्।

अन्जनले त्यसपछि फेसबुक प्रोफाइल डिटेल पनि परिवर्तन गर्छन्।

सजाय सुनाउने न्यायाधीश Geoff Chettle.
सजाय सुनाउने न्यायाधीश Geoff Chettle.

पत्रिकाका अनुसार त्यहाँको अदालतले उनलाई ६ वर्षको जेल सजाय सुनाएको छ। कम्तिमा चार वर्ष उनले पेरोल पाउने छैनन्। त्यसो त जजले एक दशकभन्दा बढी कैद सजाय सुनाउन चाहेका रहेछन्। तर यस्तो केसमा यसअघि दिइएका सजायका आधारमा उनले यति सजाय सुनाएका रहेछन्।

अन्जन सन् २००६ मा नेपालबाट अस्ट्रेलिया आएका रहेछन्। उनको अस्ट्रेलियामा श्रीमती रहेछ र बच्चा पनि जन्मिन लागेको रहेछ।

उनले प्रहरीलाई आफू गर्लफ्रेन्डले चिटिङ गरेको छ कि छैन हेर्न गएको जिकिर गरेका थिए। उनले सहमतिमै यौन सम्बन्ध गरेको बताए पनि अदालतले त्यसलाई अस्वीकार गरेको थियो।

बलात्कारको शिकार हुनेको परिचय खुलाइँदैन। तर युवती पनि नेपाली नै हुनसक्ने अनुमान छ।

5 thoughts on “नचिनेकोलाई फेसबुक फ्रेन्ड बनाउँदाको परिणाम : बलात्कार गरेको आरोपमा अस्ट्रेलियामा नेपालीलाई जेल”

  1. Hasta Bdr says:
    September 16, 2016 at 8:10 am

    ठिकै गरेछ यो मान्छे हेर्दै बलात्कारी जस्तो देखिन्छा , अस्ट्रेलियामा झुण्डायेर मार्ने कानुन thiएन रछ कि के हो ?
    घर मा स्वास्नी छदा छदै अरु तरुनी सग लाग्ने ?दोस अन्जन कै छ |
    जो कोहि होस् बलात्कारी जस्तो अपराध गर्ने लाइ फासी को सजाय हुनु पर्छ .

    Reply
  2. Shankar says:
    September 15, 2016 at 6:14 pm

    बियर लागे जस्तो छ केटो लाइ , घर मा स्वास्नी छदा छदै अरु तरुनी सग लाग्ने ?दोस अन्जन कै छ |
    फसाउने नियत को केटि रहिछ , तैपनि दोस तातो रड ले घोच्ने लाइ नै जान्छ |

    Reply
    1. Ramesh Bhandari says:
      September 16, 2016 at 8:42 am

      १००% ऊस को स्वास्नी घर maa हुदाहुदै केटि साथी राख्ने दशा लागेको रहेछ नि मर्द भाको थिय्यो

      Reply
  3. Mohit dhungana says:
    September 15, 2016 at 5:29 pm

    He just did fingering (digital penetration) and that too from outside the underware.. as reported in news papaer

    Reply
  4. Sunil. London says:
    September 15, 2016 at 3:07 pm

    फेसबुक मा नचिनेका मान्छे लाई साथि बनाउन नहुने त हैन नि , सबै चिनेका मात्र त हुदैनन् फेसबुक मा , मैले देख्दै नदेखेका मान्छे पनि मेरा फेसबुक साथी छन् !!!! यहाँ त हाम्रा “अन्जन श्रेष्ठ” साहब को सोर्है आना गल्ति देख्छु म त , माथि लेखे अनुसार ” मैले तँलाई फेसबुकमा भेट्टाएको हुँ भन्दै बलात्कार गर्छन्” ! कति सजिलो ? केटीले उनलाई बोलाएको पनि हैन रहेछ, आफै क्लब मा गएर ढुकेर बसेछन र बलात्कार पनि गरिहालेछन !!!
    के फेसबुक मा नचिनेका मान्छे लाई बलात्कार गर्न का लागि साथी बनाउने हो र ?
    ६ वर्ष हैन यस्ता पटमुर्ख लाई त्यो भन्दा बढी जेल सजाय हुनुपर्छ, अझ घरमा श्रीमती पनि छन् रे , लाज शरम पचे पछि के गर्नु , भन्छन नि “नकच्चरो को औषधि हुदैन” !!!!
    अझ “उनले प्रहरीलाई आफू गर्लफ्रेन्डले चिटिङ गरेको छ कि छैन हेर्न गएको जिकिर गरेका थिए” रे , कहिले पनि नभेटेको केटि कसरि गर्लफ्रेन्ड भै त , बुझी नसक्नु !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme