Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नम्बर प्लेट हेरेर कुन गाडी के हो थाहा हुन्छ? अब कन्फ्युज हुने दिन आए

Posted on September 13, 2016 by Salokya

commercialपहेँलो नम्बर प्लेटको सवारी साधन देख्दा तपाईँलाई यो त स‍ंस्थानको गाडी हो भन्ने लाग्छ। त्यस्तै भाडाको गाडी कालोमा सेतो लेखिएको हुन्छ। रातोमा सेतो हो भने निजी भन्ने थाहा हुन्छ।

पख्नुस्। आज स‍ंसदमा सवारी तथा यातायात व्यवस्था ऐनमा स‍ंशोधनका लागि विधेयक पेश भएको छ। यो पास भएर लागू भइसकेपछि तपाईँ कन्फ्युज हुनुपर्नेछ। अब नम्बर प्लेट इम्बोस्ड हुनेछन्। पहेँलो नम्बर प्लेटको गाडी स‍ंस्थानको हैन, व्यवसायिक प्रयोजनका गाडीहरुको हुनेछ। अर्थात् भाडाका ट्याक्सी, बस आदिको नम्बर प्लेट अब पहेँलोमा कालो अक्षर र अङ्कको हुनेछ।

अहिले हरियो नम्बर प्लेटमा सेतो अङ्क र अक्षर भयो भने त्यो पर्यटन प्रयोजनको गाडी भनेर बुझिन्छ। अब हरियो सरियो गोल। पर्यटन पनि व्यवसायिक प्रयोजनको हुने भएर पहेँलोमा कालो अक्षर र अङ्ककै हुनेछ नम्बर प्लेट।
niji
प्राइभेट अर्थात् निजी गाडीको नम्बर प्लेट अहिले रातोमा सेतो अक्षरको हुन्छ। अब चाहिँ सेतो प्लेटमा कालो अक्षर र अङ्कको हुनेछ।

untitled-1
सेतोमा रातो अक्षर र अङ्कको भयो भने चाहिँ त्यो सरकारी र स‍ंस्थानको गाडी हुनेछ।

untitled-1
अहिले निलो प्लेटमा सेतो हुँदा कुटनीतिक सवारी भन्ने बुझिन्थ्यो। अब चाहिँ सेतो प्लेटमा निलो अक्षर र अङ्क हुनुपर्नेछ।

उपराष्टपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश,संविधान सभाका अध्यक्ष तथा उपाध्यक्ष र मन्त्रिपरिषद्का सदस्यहरु चढ्ने सरकारी साधनको नम्बर प्लेटको माथिल्लो आधा भाग र तल्लो आधा भाग क्रमशः रातो र नीलो रंगको पृष्ठभूमिमा सेतो रङ्गको अक्षर र अङ्क भइरहेकोमा अब सेतो प्लेटमा रातो अक्षर र अङ्कको हुनेछ।

9 thoughts on “नम्बर प्लेट हेरेर कुन गाडी के हो थाहा हुन्छ? अब कन्फ्युज हुने दिन आए”

  1. Basant says:
    September 18, 2016 at 7:15 pm

    फेर्नु नै पर्ने हो भने बेलायत संग मिल्दो जुल्दो बनाउदा हुन्थ्यो कि अगाडी दुइ वटा अल्फाबेट ले प्रदेश तेस्पछि को दुइ नम्बरले मोटर दर्ता गरेको बर्ष तेस्पछि कि तिन अल्फाबेट ले मोटरको संख्या, किन दक्छिन छिमेक कै भर पर्ने ? अनि एकरुपताको लागि यातायात ब्यावस्था बताई स-शुल्क लिएर बनाउदा बेश हुन्थो कि ??

    Reply
  2. Desh Bandhu Sharma says:
    September 16, 2016 at 12:15 am

    नम्बर प्लेट अंग्रेजी मा राख्नु पर्छ एउटै फ़र्माट मा. साथमा नेपाल जनाउन NP एउटा कुना मा लेखिनु पर्छ युरोपमा जस्तो | नम्बर प्लेट ट्राफिक कार्यालयले पैसा लिएर उपलब्ध गराउनु पर्छ | गाडी धनीलाई आफै बनाउन दियो भने प्लेटमा एकरुपता र quality हुदैन | कुन राज्य मा दर्ता भएको गाडीले कुन अक्षर लेख्ने भन्ने अहिलेइ निधो गरिनु पर्छ ताकि पटक पटक प्लेट फेर्न नपरोस |

    Reply
  3. K_Shankar says:
    September 15, 2016 at 4:18 pm

    “नयाँ नेपाल” जाे हाे ।

    Reply
  4. Rishi Adhikari says:
    September 14, 2016 at 12:36 am

    I think there should be only one colour for number plates for all the vehicles. The chosen colours for the plate and the letter should be of contrast in nature and easily readable. The paints used in the number plates should contain highly reflective pigments so that it is visible at night as well. At the same time there should be a light just above the number plate so that the number is readable during night.
    Different colours of number plates leads to biasness.

    Reply
  5. Rosham says:
    September 13, 2016 at 8:19 pm

    गाडीको नम्बर प्लेट हैन गाडीनै फेर्नु पर्ने हो |

    Reply
  6. Alisa says:
    September 13, 2016 at 5:55 pm

    This colouring is same like that of India

    Reply
  7. केदार says:
    September 13, 2016 at 12:52 pm

    दक्षिण को झिमेकी संग अलि अलि मिलाउन खोजेर ल्याएको हो कि जस्तो लाग्छ ।

    Reply
  8. Ankit says:
    September 13, 2016 at 11:41 am

    This is Indian Number plate system. So first step to make India and Nepal look similar is through such small changes. Then only finally, two countries can become one.

    First step is to become culturally and societally one and same.

    Reply
  9. binu says:
    September 13, 2016 at 7:59 am

    The color in the plate should be easy for mass all educated or even illiterate people.There is no sense to change the color in the plate. It makes the transportation id system more comples and making people uncomfort

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme