Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओलीको बोली

Posted on September 9, 2016 by सूर्य खड्का

surya_khadka नेपाली राजनीतिमा सिद्धान्तका, दर्शनका ठूला हैन, नेपाली जनजिव्रोका ठेट शव्दावली र उखान टुक्का प्रयोगसहित सुरिलो र चोटिलो टिप्पणीले चर्चित नेता हुन, केपी शर्मा ओली । मुख्य विपक्षी दल नेकपा एमालेका साविकका अध्यक्ष, निवर्तमान प्रधानमन्त्री, संसदमा विपक्षी दलका नेता, एक लोकप्रिय नेता ओलीले २०७३ भदौं २२ गते चन्द्रागिरीमा पर्यटकका रुपमा केवल कार चढे । साथमा उनले केवलकारका साथमा आधुनिक नेपालको रचनाकार राजा पृथ्वी नारायण शाहको शालिक राख्नु पर्ने अनपेक्षित तर सोह्रै आना सही तर्क राखे । स्थान, अवस्था र ताली आउने नआउने परिस्थिति सबै हेरेर सर्वसाधारणले पनि टवाक्क टिप्न सक्ने शव्दावली बोल्ने ओलीले चन्द्रागिरीमा पृथ्वी नारायण शाहको शालिक राख्न राखेको प्रश्ताव वास्तवमै आम नेपालीले बोल्ने बोली हो । यस अर्थमा उनको यो बोलीलाई जनस्तरबाट स्वागत गरिएको सामाजिक संजालका प्रतिक्रियाहरुले संकेत गर्दछन्।

ओलीले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको शालिक स्थापनाको तर्क यस्तो बेलामा गरेका छन, जुन बेला ओलीलाई प्रधानमन्त्रीमा प्रतिष्थापित गर्ने माओवादी अध्यक्ष प्रचण्डले नेपालगंजमा स्व. राजा वीरेन्द्रको शालिक राख्ने प्रयाशलाई तुहाएका छन । उनको जानकारी वा जानकारी वेगर जस्ले राजा वीरेन्द्रको शालिक राख्न नदिएर हटाएको भए पनि त्यो, प्रचण्डकै सत्तामा भएको हर्कत हो । किन की वीरेन्द्र स्तरका प्रजावत्सल, जनप्रेमी, विकासवादी र शान्तिवादी राजाका पक्षमा लाखौंजनमन नतमस्तक छन्।

फेरि प्रचण्डसत्ताको बोलवाला भाका बेलामा पूर्व राजा ज्ञानेन्द्रकी आमा रत्नको सरकारी निवास महेन्द्र मन्जिलको विद्यूत लाईन काटिने र रातारात जोडिने तथा छोरी प्रेरणाले पाएको दाईजो बक्सिसको लालपूर्जा बदर हुने अदालती प्रक्रिया व्यूझीदै गर्दा पूर्व प्रधानमन्त्री ओलीले पृथ्वी नारायण शाहको शालिक स्थापनको रहर गर्नु अनौठो संयोग भएको छ । एक हिसावले यो राजसंस्थावादीहरुको साथ र समर्थन ओलीलाई जाने राम्रो मेलो पनि भएको छ । मौकामा चौका हान्न ओली एक कदम अघि देखिएकै छन । संयोग वा पूर्वयोजना जे सुकै भे पनि ।

ओलीको ९ महिने सत्ताकालमा उनका शासकीय भूल र गुटका नालायकी सत्तादम्भका वीच आई एम वीथ केपी ओली भन्न नसकेको पंत्तिकार चन्द्रागिरीमा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको शालिक राख्ने विचारको घोर पक्षपाति छ । कम्तिमा यो कुरामा पंत्तिकार भन्छ, आईएमवीथ केप ीओली । र देशको माया गर्नेहरुले यो मुद्धामा भनौं , बोलौं ओलीकै बोली । किन की पृथ्वी नारायण शाहले चन्द्रागिरीको केवलकारसंगै शालिकमा पुर्नस्थापित हुदा कोही हादैन, बरु जित्छ, देशको ईतिहास र छाती फुल्छ जनजनको ।

खासमै केपी ओली लगायतका हालसम्मका ३९ थान नेपाली आमाका छोराहरुलाई प्रधानमन्त्री बन्ने राज्यको रचना पृथ्वी नारायण शाहले नै गरेको स्वर्णिम ईहिासको सम्मानका लागि पूर्वप्रधानमन्त्री ओलीले बोलेको सारगर्भित बोलीको सबै देशभक्त नेपालीले स्वागत गर्नु राजावादी हुन वा प्रतिगामी दरिने हर्कत हुनेछैन । यो स्वतन्त्र र गर्विलो ईतिहासप्रतिको एक्यवद्धता र समर्थन हुनेछ ।

ओलीले देशमा राजसंस्था नै पूर्व भएको बेलामा पूर्वप्रधानमन्त्रीका हैसियतमा पृथ्वी नारायण शाहको शालिक चन्द्रागिरी जस्तो नविन पर्यटकीय केन्द्रमा राख्न गरेको मागलाई सरकारले संवोधन गर्नु मनासिव हुनेछ । थाहा छैन, त्यो स्तरको उदार सत्ताभाव प्रचण्डमा छ वा छैन । तर कार्यकारी सरकार प्रमुखकका रुपमा राष्ट्रनिर्मातालाई सम्मान गर्न त्यो स्तरको उदार र चौडा छाति प्रधानमन्त्री प्रचण्डबाट प्रकट भए, त्यो सबैको कल्याणमा हुनेछ ।

एकपटक सोच्नुस सम्माननीय प्रधानमन्त्री ज्यू । तपाईका अति रोजाईका जननेता स्व. मदन भण्डारी त सिद्धान्तका लागि जीवन हैन, जीवनका लागि सिद्धान्त भन्ने मान्यता राख्नु हुन्थ्यो । तपाई पनि आफ्ना जिद्धीका लागि उपेक्षा हैन, ईहिासको सम्मानका लागि नयां दृष्टि र उदारताको नमूना पेश गर्नुस कम्तिमा पृथ्वी नारायणको योगदानको कदर गरेर । तपाईले कुनै बेला जंगबहादुर र वुद्धको खोजी गर्नु भएकै हो ।अब पृथ्वी नारायण शाहको सम्मानबाट त्यसको थालनी गरे तपाईको सम्मान उच्च होला । लाखौ जनताले धनयवाद प्रम प्रचण्ड भन्लान की ?

पुस २९ लाई राष्ट्रिय एकता दिवसका रुपमा पुर्नस्थापित गर्नु, देशैभर महत्वपूर्ण स्थानमा पृथ्वी नारायण शाह, वीरेन्द्र जस्ता जनताका साझा राजाहरु शालिकहरुमा प्रतिकात्मक धरोहर बन्नु कसैको अहितमा हुने छैन । त्यसैले समयानुकुल जनताको बोली बोल्ने ओली यो मामलामा सही छन ।छैन्न र प्रमज्यू ?

देश राजनीतिक जालसाजीबाट गणतन्त्रमा गएको बेला देखि नै शाह राजा र संस्थामाथि भएका जान अन्जानका सबै भुलहरु सुधार्नका लागि ओलीको यो बोली सुरुवाती विन्दु हुन सक्छ । शाह राजाहरु फेरि शक्तिमा आउन वा नआउन भन्नेतिर भन्दा विगतमा तिनले देश र जनताका नाममा गरेका असल वा खराव कर्महरु ईतिहासका धरोहरका रुपमा जीवन्त भैरहन पाउने मौका कम्तिमा गणतन्त्रले दिन सक्नुपर्छ । गणतन्त्र जनप्रेमी राजाहरुका हकमा पनि उदार र विराट बनोस ओलीको बोली जस्तै ।

ओली आफैमा रोगसंग पौठेजोरी खेलीरहेका पाका वाम नेता हुन । उनको राजनीतिक जीवनका ओराली अकालीका अनगिन्ती मोड र प्रधानमन्त्रीकालका अरु पक्षमा अहिले खास कमेन्ट नगरौं तर उनले समयसापेक्ष दिएको महान ईतिहास पात्रप्रतिको सम्मानलाईै भने सलाम गरौं । धन्यवाद ओली ज्यू त्यो चौडा छातीको सत्य बोलीका लागि । बरु सरकार अब ओलीको बोली पुरा गर्ने कहिले ?

2 thoughts on “ओलीको बोली”

  1. sushil says:
    September 10, 2016 at 8:05 am

    मलाई लाग्छ नेपाली जनताले राजतन्त्र नै हटाइएला भनेर सोचेका थिएनन्। परेका बेला राजा अगाडी आएपछि अब तिम्रो भूमिका सकियो दरवार भित्र फिर्ता जाउ मात्रै भनेका थिए। अविभावकको रुपमा राजतन्त्र सही थियो। शायद विद्रोहीको लगामको डोरो कहाँ छ र देश कता गैरहेको छ भनेर थाहा पाएर नै होला परेको बेला अगाडी आएर नेतृत्व लिएको थियो। राष्ट्रपति अथवा प्रधानमन्त्री बिक्न सक्छ तर राजाले देशको लागि भनेर बरु श्रीपेच छोडिदियो। हाम्रा नेताहरुलाई सबैभन्दा प्यारो आफ्नो प्राण हो र यिनीहरुलाई थाहा छ, अन्तराष्ट्रिय शक्तिहरुले चाहे भने जसलाई जहाँसुकै र जुनैबेला पनि उडाउन सक्छन। अरुले आफ्नो सुरक्षा संयन्त्र तिखार्दै लागेको बेलामा यिनले आफ्नोमा कार्यकर्ता भर्ना गर्दै थिए। पजेरो र प्राडोमा बिक्नेहरु आफ्नो ज्यानको लागि जे पनि बेचिदिन्छन। मधुमेह हुँदा पनि नधोकि निदाउन नसक्ने ‘नेपाली छोटा राजन’ ले देखाउनको लागि जनआन्दोलनको मर्म विरुद्ध भन्ने छ तर वास्तावमा उसको उस्तादहरुको आज्ञानुसार शालिक राख्न दिंदैन ग्यारेन्टी हो।
    मेरो विचारमा त राजतन्त्र फेरी फर्काएर ज्ञानेन्द्रलाई नै राजा बनाएर रंजितलाई दुई हातमा रुमाल फैलाएर अत्तर थाप्न लगाउनुपर्छ अनि तेसलाई आफ्नो हैसियत थाहा हुन्छ। कसैलाई फंसाउनु छ भने उसको घरमा सबैलाई सिद्ध्याएर उसलाई मात्रै जिउँदो छोडिदिए पुग्छ भन्ने नबुझ्नेहरुको देशमा यो कुरा सजिलो छैन।

    Reply
  2. Shankar says:
    September 9, 2016 at 5:52 pm

    आजकाल का नेता बेला कु बेला कहा प्वाक्क बोल्छन , बा भ्वाक पाद्छन त्यो ठेगान हुन्न|
    भारतीय संजाल भित्र सम्म छिरिसकेको ( सेना , कर्मचारी तह ) र हात हाम्रो घांटी सम्म आइसकेको परिवेश मा पृथ्बी नारायाण को हैन गान्धी को चै सालिक यी नेता हरु ले राख्न बेर मान्न न | भर्खर बेलायतकी माहारानी को तस्बिर राखेको देखिहाल्नु भो :

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme