Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रोटोकल कुन चराको नाम हो उपराष्ट्रपति ज्यु

Posted on September 8, 2016 by Salokya

img_0349
बुधबार साँझ गजबको दृश्य देखियो। सेनाले कसैको अनुमति नलिई सार्वजनिक टुँडिखेलको जग्गा मिचेर बनाएको आर्मी अफिसर्स क्लबको हलमा एउटा कार्यक्रम भएको थियो- एलजी सिने अवार्ड। त्यसमा एउटा बासी किताब लन्च गरियो। बासी यसकारण कि भारतमा गएको जनवरीमै लन्च भइसकेको शत्रुघन सिन्हाको बायोग्राफी ‘एनिथिङ बट खामोश’ किताब नेपाल लन्चका नाममा आज गरिएको थियो। लन्चका लागि उपराष्ट्रपति नन्दकिशोर पुनलाई उपस्थित गराइएको थियो। प्रोटोकल मिचेर देशको दोस्रो वरियतामा रहेका उपराष्ट्रपतिसँगै विदेशी राजदूत, व्यापारी, विदेशी कलाकार आदिले पनि एउटै स्टेजमा बसेर सँगै किताब लन्च गरे।

प्रोटोकलका हिसाबमा उपराष्ट्रपति त्यसरी सामूहिक विमोचनको कार्यक्रममा अतिथि वा दर्शकमात्र भए उपयुक्त हुन्थ्यो। दोस्रो वरियताका व्यक्तिले अरुसँगै उपस्थित भएर एउटा विदेशी कलाकारको पुस्तक सार्वजनिक गर्नु उपयुक्त देखिएन। पुस्तक विमोचनका लागि उपराष्ट्रपति उपस्थित हुन थाल्ने हो भने अरु सयौँ पुस्तक विमोचनका अफर पनि आउलान्।

img_0149
त्यसैगरी यो फोटो हेर्नुस् त। उपराष्ट्रपतिलाई बडी ल्याङ्ग्वेजका टिप्स जरुरी छ जस्तो लाग्यो। उपराष्ट्रपतिको हात अवार्ड लिँदा होस् वा दिँदा माथि नै हुनुपर्छ।

img_0340

यसमा त झन् हाम्रा उपराष्ट्रपतिलाई एक सामान्य भारतीय कलाकारले डोमिनेट गरेको बडी ल्याङ्ग्वेज देखिएको छ।

के नेपालमा उच्च पदस्थहरुका लागि यस्तो विषयमा कुनै प्रशिक्षण दिइँदैन?

11 thoughts on “प्रोटोकल कुन चराको नाम हो उपराष्ट्रपति ज्यु”

  1. Pingback: उपराष्ट्रपतिज्युलाई लैनचौर दूतावास पुग्न किन हतारो भएको होला, अचम्म ! « Mysansar
  2. Amar Rai says:
    September 9, 2016 at 10:29 am

    बिचरा प्रोटोकल भनेको के हा ? सिक्ने बेलामा जंगलबाट मानव बस्तिमा साधारण जनतालाई तर्साउदैमा ब्यास्त बरा । त्यति पनि धन्न…

    Reply
  3. Sunil, London says:
    September 8, 2016 at 8:37 pm

    Our Vice President Knows Very well that he is Vice President of Nepal and what is his Status, Which means he is Not as Important as Bollywood Actor Mr. Sinha, so he is Respecting him as a Respected Person, Our Vice President also Knows that All the Nepalese people Recognise Mr. sinha, But Couple of Indian people knows Mr. Pun !!!!

    Reply
  4. Shankar says:
    September 8, 2016 at 4:28 pm

    सब को ध्यान माल काँ छ , माल कसरि कमाउने , माल झर्छ कि झर्दैन , माल मिल्छ कि ?
    भएपछी प्रोटोकल को ध्यान कसले दिने ?

    Reply
  5. प्रविण कुमार के.सी. says:
    September 8, 2016 at 3:19 pm

    ब्यापारीहरुको प्रोटोकल भनेको कस्को व्यवसाय ठुलो छ र को धनि छ भन्ने कुराबाट निर्धारण हुन्छ । कलाकारहरुको प्रोटोकल पनि केही हदसम्म बरिष्ठता र बाँकी उस्ले कुन फिल्ममा कस्तो रोल गरेको छ भन्ने कुरामा निर्भर रहन्छ । तथापी उनिहरुलाई प्रोटोकलको त्यति मतलब पनि हुँदैन र त्यसले खासै ठुलो फरक पनि पार्दैन । तर देशकै दोश्रो बरिष्ठ संस्था (किन भने “उपराष्ट्रपति” भनेको व्यक्ति नभएर संस्था हो) लाई प्रोटोकलको स्मरण गराउने कर्मचारी त कोही हुनु पर्ने हो । अतिथि भएर आईदिनु पर्‍यो भनेर समारोह आयोजना गर्ने निकायले निमन्त्रणा त पक्कै गरेको होला । त्यो निमन्त्रणालाई उपराष्ट्रपतिको सचिवालयले अध्ययन पनि गरेरै समारोहमा सहभागी हुन जान उपयूक्त हुने बताएको होला । भनेपछि उपराष्ट्रपतिको सचिवालयमा काम गर्ने कर्मचारीहरु स्वाँठ छन् कि क्या हो ? प्रोटोकल नमिलाई जान मिल्दैन भनेर उपराष्ट्रपतिज्यूलाई सल्लाह दिन पर्दैन थियो ? यस्तै स्वाँठ कर्मचारीहरुको कारण हो बेला बेलामा देशको बेईज्जत हुने ।

    Reply
  6. राधा अधिकारी , , गोर्खा says:
    September 8, 2016 at 1:17 pm

    बिचरा उप-राष्ट्रपती : बन्दुक , खुकुरी चलाऊन, मारकाट गर्न पो आउछ त | एस्तो काम त कालो अक्षर भैंसी बराबर न हो …

    Reply
  7. prem says:
    September 8, 2016 at 12:30 pm

    बन्दुकको नाल बाट राजनिती प्रारम्भ गर्ने हरुबाट प्रोटोकलको के अपेक्षा गर्न सकिन्छ र? कार्य क्रमका दृश्यहरु यती लज्जासपद थिएकी खण्डम गर्नुको कुनै तुक छैन ।

    Reply
  8. रुपेश says:
    September 8, 2016 at 9:58 am

    उपराष्ट्रपतिका सरकारी तलब भत्ता खाएका एडभाईजर छैनन् कि? उपराष्ट्रपति होइन उपमन्त्री भए ठिक हुने थियो| राष्ट्रपति मन्दिर धाउदै व्यस्त| मुलुकलाई खत्तम पारने यस्तै हुन्|
    तर उपराष्ट्रपति जंगलबाट आए पनि दौरा सुराल लाएका छन्| तिनी धन्य छन्| अरु माओवादी त्यस्ता छैनन्|
    अर्को कुरो ओउल्याउन पर्ने, आर्मी क्लबले पैले पनि शत्रुघन कि छोरी सोनाक्षी संग मोहित भएर कार्यक्रम गरेका थिए जुन विवादमा आयो| अरु छैन क्रियाकलाप आर्मी क्लबको?
    केहि न केहि कनेक्सन होला|

    Reply
  9. aashish says:
    September 8, 2016 at 9:24 am

    तपाईले नै लेख्नु भए जस्तै “प्रोटोकल कुन चराको नाम हो”

    हाम्रो देशमा कसलाई मतलब छ र!!! CG बाट कति लाख आयो होला अनि जानु परि हाल्यो नि !!!!

    Reply
  10. सञ्जय बुढा says:
    September 8, 2016 at 7:27 am

    कमरेडले बन्दुक चलाउन सिक्नु भा’छ, प्रोटोकल सिक्न जरुरी छैन अ’रे। सत्ताको तातो पाए पुगि’गो कसले सिकेर बस्छ यो उमेरमा पनि, जानिनँ भन्यो भने त बेइज्जत पो हुन्छ त गाँठे। रह्यो कुरो डोमिनेट गरेको भन्ने, अ देखि ज्ञ सम्म हरेक चीजमा दक्षिण तिर ‘झर्ला र खाउँला’ को नजरले हेर्ने, उतैको सबैलाई आदर्श मान्ने दास मानसिकता भए’सि गर्छन् नि डोमिनेट ।

    Reply
  11. sushil says:
    September 8, 2016 at 6:56 am

    प्रोटोकल?? हवाँ “एssss फिलिमको हिरो भेटें” भनेर गजक्क पर्दैहुनुहुन्छ।
    शत्रुघन सिन्हाले भन्दै होला नि “कभी कभी देहरादुन आइए, Establishment 22 को भुल गए?”

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme