साउन १ गतेदेखि विदेशमा गएका नेपाली नागरिकहरुले काँचो सुन ल्याउन नपाउने व्यवस्था भइसकेको छ। यससम्बन्धी निजी गुण्टा, झिटी भारी सम्बन्धी सूचना जेठ २५ गतेको नेपाल राजपत्रमा प्रकाशित थियो।
तर अहिले आएर फेरि विदेशबाट फर्कने नेपाली यात्रुले १०० ग्रामसम्म काँचो सुन ल्याउन पाउने नयाँ व्यवस्था भएको भन्ने हल्ला धेरैले सुनेका छन्। के यो साँचो हो त?
यस्ता हल्ला धेरै भएपछि भन्सार विभागले सूचना नै निकालेर यसबारे स्पष्ट पारेको छ। यस्तो छ सूचना
यसरी जे पायो त्यही हल्ला चलाएर सोझा नेपालीहरुलाई दु:ख दिनु त भएन नि । कस्ले चलायो होला त यस्तो निराधार हल्ला ? पक्कै पनि पत्रकारहरुले हुनु पर्दछ ।