Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रधानमन्त्री ज्यु, खै त सम्पति देखाएको ?

Posted on September 6, 2016 by Salokya

prachanda_on_chair प्रधानमन्त्रीका रुपमा प्रचण्ड र दुई उपप्रमसहित पहिलो चरणका केही मन्त्रीले शपथ खाएको एक महिना पूरा भइसक्यो। तर, मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा राखिने सम्पति विवरण भने अहिलेसम्म रित्तै छ। १५ दिनभित्र सम्पति विवरण अनिवार्य सार्वजनिक गर्ने २०४८ सालको तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको नीतिगत निर्णयलाई गिरिजालाई महान् भन्दै हिँड्ने प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले उल्लङ्घन गरेको नदेख्न पाए हुन्थ्यो भनेको।

कोइरालाको त्यो निर्णयलाई तोड्ने एउटै सरकार थियो- चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको नेतृत्वको सरकार। त्यसलगत्तै बनेको सुशील कोइरालाको सरकारले पनि झण्डै रेग्मी सरकारकै सिको गर्न लागेको थियो। तर पछि दबाब बढेर उनीहरुले सम्पति विवरण सार्वजनिक गरे। त्यतिबेलै हो सुशील कोइरालाको सम्पति तीन वटा मोबाइल देखिएको।

कसैलाई लाग्ला सम्पति विवरण सार्वजनिक गरेरै पो के हुन्छ र ! गरेर केही नहुने भए त खुरुक्क सार्वजनिक गरिहाल्थे नि।

पहिलो पटक प्रधानमन्त्री हुँदा भने प्रचण्ड र उनको मन्त्रिपरिषद्ले सम्पति विवरण सार्वजनिक गरेको थियो। यसपालि भने सम्पति विवरण सार्वजनिक गर्न उनलाई केले रोकेछ?

8 thoughts on “प्रधानमन्त्री ज्यु, खै त सम्पति देखाएको ?”

  1. chandeshwor says:
    October 6, 2016 at 8:53 pm

    It seems others are also feel easy to follow this.

    Reply
  2. Rajendra Man Singh says:
    September 9, 2016 at 10:23 pm

    Garib desh ka ultra rich neta haru.

    Reply
  3. Shankar says:
    September 8, 2016 at 4:39 pm

    नेपाल मा जसरि भारत ले खुफिया नक्कली माउबादी कम्निस्ट नेताहरु पठाएर , आफ्नो पक्ष्यमा न आउने बिरेन्द्र जस्ता , मदन भण्डारी जस्ता लाइ किनारा लागाएर हदैसम्म को हस्तछेप को राजनीति गरेको छ तेस्तै चीन तिर वाट पनि सुरु हुने हो भने येस्ता प्रचण्ड , बाबुराम ,गिरिजा , अमरेश सिङ्ग र अरु को को छन् सब जुन दुलो वाट निस्केको तेही दुलो पस्ने थिए बा बागमतीको पानीमा बग्ने थिए , के गर्ने तेसो हुन् सकेन , यी भ्रस्ट हरुले जिन्दगि देश लुट्ने भए |

    Reply
  4. प्रविण कुमार के‍.सी. says:
    September 6, 2016 at 10:59 am

    गारो छ कामरेडलाई पनि । बिवरण बुझाउ पछि कसैले झुटो बिवरण पेश गर्‍यो भन्लान् पिर । नबुझाउ नियम मानेन भन्ने पिर । सहि बिवरण बुझाउ यत्रो सम्पत्ति कहाँ बाट आयो भनेर श्रोत खोज्लान भन्ने पिर । लटर पटर पारेर बुझाए भई हाल्यो नि नभए कर्मचारीहरुले जस्तै सम्पत्ति बिवरण नबुझाएको भनेर ५००० जरिवाना तिर्ने त्यही सस्तो र सजिलो हुन्छ ।

    Reply
    1. mahesh says:
      September 6, 2016 at 3:17 pm

      लन्डन् को सम्पत्ति शंकर गैर्हे, यूरोप को बाँकी सम्पत्ति उपेन्द्र महतो, ईन्डिया को ६७ करोद नगद, ज्वाँई अर्जुन पाठक, लाजिम्पाट को २० करोद को दरबार शिशु अर्यल र बाँकी अजय् सुमार्गी को हो क्यारे, अरु बाँकी रहेको करोदौ को सम्पत्ति “छोरा ले गाई पालन बाट कमाएको र ३ वटा विवाह मा दाईजो आएको ” भै हाल्छ। आखिर ईन्डिया को दलाली गर्दै लोके लाई अख्तियार म नियुक्त गर्ने तिमी नै हौ क्यारे, कस्ले कारबाही गर्ने !!

      Reply
      1. Nirmal says:
        September 6, 2016 at 11:13 pm

        गाई पालन होइन हजुर बंगुर पालन पो होला| गाई र बंगुर जे भएपनि क्या फरक पडता है भन्नुहोला| तर जान्ने बुझ्नेलाई फरक पर्छ हजुर| बाँकी पैसो चाँही तपई हामी जस्ता अक्षर जानेकालाई दिनदहाडै मुरख बनाउने खेती गरेर हो|
        विवरण नदिए सुखै छैन| अरु नेताहरुले मौन रहेर मांग नगरी बसेका छन् जुन सबै त्यही ड्याङ्गका कुईया मूला न हुन्|

        Reply
  5. Ekraj says:
    September 6, 2016 at 3:45 am

    Between then and now Prachanda must have amassed huge wealth mostly in a illegal way. Suddenly his wealth must have increased in multiplication of 1,000,000 and he can not explain or declare his source of income because of loot, tax avoidance and illegal businesses through proxy people or business. He knows all of such practices are not only corrupt but illegal as well. In any country where law and orders are allowed to work only place for people involved in malpractice is the jail. Does law of Nepal really touch any politicians. Any such declaration will be a laughing stuff for people he are aware with their activities and involvement.

    Reply
  6. कमल says:
    September 6, 2016 at 1:25 am

    पैसा र परिवार मोहमा परेका माओवादी नेताहरु अब खत्तम छन्| टाउके नै त्यस्तो भएपछी १७,००० ले ज्यान गुमाएको ब्यर्थै भएन त?
    नैतिक पतनमा चुर्लुम्म डुबेको छोरोलाई स्वकीय सचिव बनाएपछि पारदर्शिता गुमाई हालियो|
    दौरा सुराल नलाउने तर पश्चिमा कोट पाएण्टमा रमाउने माओवादी नेताहरुले अरुलाई के पाठ सिकाउलान| कैले नौ महिना भित्र अर्को चुनाव लड्ने कमाई गरौ भन्ने मात्र ध्येय छ| कांग्रेस र एमाले त गए गूज्रेको पार्टी हुँदै हो| राप्रपा भनेको सामन्तीहरुको पंचायती बचेखुचेको खाईस्योस लाइस्योस पार्टी हो| प्रचण्डको माओवादी धन कमाउन र परिवार पोश्न तिर मात्र लागेको देखियो| भाषणमा आदर्श छाँटेर मात्र भएन प्रचण्डज्यु, हामीले अन्य उल्लिखित तीन पार्टी भन्दा भिन्न तपाइको टुक्रे पार्टीमा के पायौ? तपाई पनि बाबुराम जस्ता आदर्शको मात्र गफ दिने भन्ने साबित भैसकेको छ|
    आफ्नो सहित मन्त्रीमंडलका सबै सदस्यका आय सम्पति खुलाउनुस| निश्चित म्यादसम्म नखुलाउनेले राजीनामा दिने| खुलाएपछि साँचो झुटो त्यो जनता र मेडियाले गर्नेछ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme