Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गणतन्त्रको १० वर्षपछि फेरि शालिक विवाद

Posted on September 2, 2016September 2, 2016 by mysansar

DSC01775
१० वर्षअघि २०६३ सालमा शालिक विवाद थियो। गणतन्त्र स्थापना गर्ने क्रममा ठाउँठाउँका राजामहाराजाका शालिकहरु ढालिएका थिए। १० वर्षपछि २०७३ सालमा फेरि शालिक विवाद भएको छ। नेपालगञ्जको धम्बोझी चोकमा बिहीबार राजावादीहरुको एक समूहले राजा वीरेन्द्रको शालिक पुनर्स्थापना गरे। नाराबाजी भयो, लाठिचार्ज भयो, स्थिति तनावपूर्ण भयो।
14191920_1731807547081950_725448430845637456_n-001

14192679_306841443008430_7937835944245183285_n
salika-news
तर पुनर्स्थापित गरिएको शालिक फेरि मध्यरातमा हटाइएछ। पुलिसले कसले हटायो थाहा छैन भन्दै पन्छिएको छ।

राखियो, हटाइयो। अब आज फेरि राख्नेहरुले के गर्ने हुन्।

4 thoughts on “गणतन्त्रको १० वर्षपछि फेरि शालिक विवाद”

  1. sudip says:
    September 3, 2016 at 1:18 pm

    जनतामा यति विधि आक्रोश पैदा गराएर यिनले आफ्नै चिहान खन्दैछन।जब आक्रोश को सीमा चरम हुन्छ अनि यी राता मन्डले र ईन्डिया का बफादार कुत्ता हरु कसरी बढारिन्छन हेर्नू छ।

    Reply
  2. Kamal says:
    September 3, 2016 at 10:17 am

    इतिहास तितो – मिठो जस्तो भए पनि साचेर राख्नु पर्छ| तितो इतिहासबाट पाठ सिक्नु पर्छ अनि दोहोराउन हुदैन त्यस्तै मिठो इतिहासको नक्कल गरेर उन्नति गर्नु पर्छ| जसले जे भने पनि राजतन्त्र नेपालको इतिहास हो यस्को जोगेर्णा गरे राम्रै हुने थियो|

    हामी नेपालीहरु अहंताको शिकार भएको छौ| मुर्ति आएर गणतन्त्र खोसेर लगिदिन्न होला|

    Reply
  3. Shankar says:
    September 2, 2016 at 6:30 pm

    मान्छे ढलिसके , राज्संश्था गइ सक्यो त् सालिक प्रति किन मोह ? बिरेन्द्र को सालिक ले राजसंस्था फर्काउने हो ?
    सक्छौ भने ज्ञानेन्द्र लाइ इन्डिया सग बार्गेन गर्न पठावो| किनकि प्रचण्ड हरुले इन्डिया कै इसारामा राजसंस्था फालेको थ्यो | ज्ञानेन्द्र पारस मा त्यो हति छैन त् सालिक ले राजसंस्था फ़र्काउछ ?
    नेपाल मा कुन चै नेताको र राजा को देन छ नेपाल बनाउन ?
    ल सब लाइ नम्बर दिने हो भने
    पृथ्बी नारायण — ८०/१०० –एकीकरण कर्ता
    महेन्द्र————७०/१०० –नेपाल र नेपालीत्त्व जोगाउन काम गरेको
    बि पी —- -४०/१०० — इन्डियाको खुफिया –नेपाल लाइ मुख्य मन्त्रि भए पुग्ने ,छुट्टै देश को स्ट्याटस न चाहिने कुरा उठाएको र नेहरु सग मिलेर नेपाल बिरुद्द सड्यन्त्र गरेको | पछि नेहरु महेन्द्र सग नजिकिएको ले फेरी देश भक्त जस्तो देखिएको
    बिरेन्द्र ——— ६० /१०० — बिकाश प्रेमी र कोसिस चै गरेको
    ज्ञानेन्द्र ———- -१० /१०० –आफ्नो तलब बढाउने , तुलसी गिरि लेउने , जो पायो तेही को कुरा सुनेर सासन गर्ने , राजसंस्था दाउमा लगाएको |
    गिरिजा ——– – ५०/१०० –इन्डिया को खुफिया भै नेपाल मा जथाभाबी सरकार गिराउने , बनाउने , पार्टी फुटाउने , १४००० का हत्यारा हरुलाई डोली चडाएर सत्ता मा लेउने गर्दै नेपाल धोस्त पारेको
    प्रचण्ड , बाबुराम ( पार्टी छुट्ट पनि कर्म एकै हो , नरक जाने संगै हो )—- -९० /१००
    -नेपाल विध्वंस पार्ने बिदेसिको गोटी भै काम गरेको ,

    Reply
  4. प्रविण कुमार के‍.सी. says:
    September 2, 2016 at 1:15 pm

    राजतन्त्रवाद न गणतन्त्रवाद ! यहाँ त फगत नातावाद, कृपावाद र फरियावाद मात्र मौलाएको छ । गणतन्त्र मौलाउनु पर्नेमा बौलाएको छ । स‌ंघीयताको नाममा भाइ भाइको दुश्मनी मौलाएको छ तर भाइचारा बौलाएको छ । एउटा राजाको साटोमा गरिब नेपालीहरुले हजारौ राजाहरु पाल्नु परेको छ । नेपालमा ५०/६० हजारमा फाल्न सकिने प्रोस्टेटको रोगलाई गणतन्त्रको नाममा ३ करोड तिरेर अमेरिकामा लगेर फाल्नु परेको छ । भूकम्पमा घर भत्केका गरिब नेपालीहरुले त्रिपाल पनि नपाएर प्लाष्टिकको छानो हाल्नु परेको छ ।

    बाँकी रह्यो सालिकको कुरो । चोक चोकमा उभिंदा राम्रै देखिन्यो । ईतिहास हो त्यसलाई किन भत्काउनु पर्थ्यो । पुनर्निर्माण गर्नेले पनि सालिकको पुनर्निर्माण किन गर्नु पर्थ्यो बरु त्यो पैसाले भूकम्प पिडितको घर बनाईदिएको भए उसको पनि गर्जो टर्थ्यो ।

    जय नेपाल ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme