Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रामवरण : एउटा छोरो डाक्टर, अर्को छोरो इन्जिनियर, तर उनैलाई चाहियो राज्यकोषको तीन करोड

Posted on August 29, 2016August 30, 2016 by सूर्य खड्का

surya_khadka देशले डा. चन्द्रमोहन यादव, इन्जिनियर चन्द्रशेखर यादव र सुश्री अनिता यादवको पितालाई प्रथम गणतान्त्रिक राष्ट्रपति बनाको थियो हो?
कि स्व.जुलेखा यादवकी पति पो बनेका थिए की नेपालका पहिलो नागरिक राष्ट्राध्यक्ष राष्ट्रपति?

वा, थानी यादव र रामरति यादव दम्पत्तिका सुपुत्र हुन् त पहिलो नेपाली राष्ट्रपति ?

थाहा छैन, को थिए गणतन्त्र नेपालका पहिलो राष्ट्रपति – गणतन्त्रका विरोधीहरुलाई। तर जसले त्यो बेला कमल थापाहरुको सरकारको गोली खाएर लडेका थिए, दुर्जकुमार राईहरुको निशाना थापेर ‘गणतन्त्र जिन्दावाद’ भनेका थिए, ती चाहिं जान्दछन् देशले पहिलो नागरिक राष्ट्रपति बनाका थिए। त्यस्तो नागरिक जो स्वाभिमानको पर्याय, नैतिक ईमानको उचाईमा सगरमाथा भन्दा उँचो। सदाचारी, सहिष्णु, वेदागी र त्यागी। किनभने त्यो देशप्रमुख, बदलिएको व्यवस्थाको पहिलो नेतृत्वकर्ता लोभी नहुनेलाई बनाका हुन्। त्यो पौरखी भनेर बनाका हुन्।

थप कारण , त्यो नागरिक राष्ट्रप्रमुखकको पद २५ थान अरु निरपराध नागरिकको मृत्युमा वा शहादतमा साटिएको थियो। कमल थापाहरुको वर्वर दमनको सोधभर्नामा स्थापित गरिएको थियो। त्यसैले त्यो सिंगो संघर्षको प्रतिक, नयां युगको संवाहक र सिंगै जनमनको प्रतिनिधि धरोहर र गणतन्त्रकै प्रतिक हुने जनअपेक्षा थियो, छ र रहिरन्छ पनि शायद।

तर, के त्यो पदीय उचाईमा फिट एण्ड फाइन र काविल सावित भए त रामवरण यादव अर्थात् देशका प्रथम गणतन्त्रका शिखर धरोहर? हो, नेपालको गणतन्त्रमा किन धमिरा लागो र यो किन रोगाउँदै कुपोषण लागेको बालक झैं भैरहेको छ भन्ने अनेक कारक र कारण मध्येका एक हुन् उनै डा. रामवरण यादव। र त उनी अहिले मगन्ते भएर भीख मागिरहेका छन सरकारसँग। अनि क्रान्तिकारी प्रधानमन्त्री प्रचण्ड दिइरहेका छन् एक चुटकीको निर्णयमा तिनै डा. रामवरण यादवलाई लाखका लाख, उपचार सहयोग।

प्रचण्डको दस्तखतले पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई थप ६० लाख रुपैयाँ उपचार खर्च प्राप्त भइसक्यो। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवलाई क्यान्सर भाकाले थप उपचारका लागि उनी अमेरिकै जानुपर्ने रे। अमेरिका जाने खर्च सरकारले नै व्यहोर्नु पर्ने रे। कुरो क्लियर छ। डा. यादवको निजी सचिवालयका अनुसार यादवको सेप्टेम्बर तेस्रो हप्ता हेनरी फोर्ड सेन्टरमा उपचार हुनेछ।

थप कुरो, पूर्व राष्ट्रपति यादवको उपचारका लागि सरकारले थप ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ। यो रकम पेश्की मात्र हो। र, यादवको सबै उपचार खर्च सरकारले नै व्यहोर्नेछ। चिकित्सकहरुका अनुसार यादवको उपचारमा ३ करोडभन्दा बढी खर्च लाग्नेछ।

डा. यादवलाई सरकारले दान गरेको यो दोस्रोपल्ट रैछ। यसअघि भारतमा उपचार गराउन जाने क्रममा पनि सरकारले १० लाख रुपैयाँ देको रे । तर नेहरु अस्पतालले निःशुल्क उपचार गरिदिएको थियो रे । उक्त अस्पतालको शिक्षण अस्पतालमा यादव आफैंले अध्ययन गरेका थिए रे।

सरकारले पूर्व राष्ट्रपति डा. यादवलाई ६० लाख उपचार खर्च बाहेक जाने आउने विजनेश क्लासको टिकट, दैनिक ३०० डलर भत्ता पनि दिने प्रचण्डसत्ताको लिखत भारछ । साथमा उनका तीन जना सहयोगीलाई हवाइ टिकट र दैनिक १५० डलर दैनिक भत्ता दिने सरकारीे निर्णय भा रछ।

दिने गणतन्त्रका लागि जीवनभर लडेका प्रचण्ड, लिने गणतन्त्रकै पहिलो राष्ट्रपति। अझ प्रचण्डै थे क्यार पहिलो गणतान्त्रिक प्रधानमन्त्री पनि । यसमा मन दुखाई नगरौं । तर पनि प्रचण्ड वा सरकार जवाफ देऊ स्वर्गवासी डा. चित्र वाग्लेले यो स्तरको राज्यको पैसो किन नपाको ? के ती देशद्रोही थिए, जस्ले मोफसलमा बसेर स्वाथ्य क्रान्ति नै गरेका थिए । धेरै भन्नु छैन तर तलका तथ्यहरु भन्छन, यी अयोग्य थिए, गणतन्का प्रतिक पात्र हुन, सम्मानीत र प्रेरक हुन्।

– स्व. गिरिजा प्रसाद कोइराला र प्रचण्डको शासकीय महत्वाकांक्षाको परस्परविरोधी स्वार्थखेलको कागताली परेर मात्रै आफू राष्ट्रपति भाको हुं भन्ने यी मनुवाले पुष्टि गरे । यी राष्ट्रपति शव्दको ओझ, वोझ र गरिमा धान्न लायक थिएन रैछन्।

-पूर्वराष्ट्रपतिले पृथ्वी नारायण शाहको इतिहास भत्काको हो, गणतन्त्रको नाममा । तर ती भिखारी सावित भए, बाटाका मगन्ते भन्दा ज्यादा।

– एउटा छोरो डा. अर्को छोरो इन्जिनियर अनि यिनलाई चाहिने राज्य कोषकै ३ करोड । हो हजुर मगन्ते क्लासले जुनसुकै हालतमा मागेरै बस्छ भन्ने उदाहरण यही नै हो ।

राजाहरुको क्लास र भैसी गोठालाहरुको क्लास कस्तो हुन्छ ? चरित्र, व्यवहार र जनप्रेम भन्ने नमुना रामवरण र ज्ञानेन्द्र शाहलाई तुलना गरेर हेरौ त ? कहांको भिखारी मानसिक्ताका यादव, कहाको उदार ज्ञानेन्द्र जो गद्धी छोडदा हाँसेथे ।

आखिर पूर्वराजा भन्दा पृथक र उच्च हुन सकेन्न नी पूर्व राष्ट्रपति हैन त गणतन्त्रका धुरन्धर समर्थक मान्यवरहरु ? त्यसैले पूर्व राजा अग्ला हुँदा पुडका भाका छैनन् त डा. यादव ?

गणतन्त्र भनेको के पूर्व विशिष्ठका लागि राज्यकोषलाई दूहुनो गाई बनाउने हो डा. रामवरणले जस्तो ? टुक्रे राज्य एकिकृत गरेर आधुनिक नेपालको रचना गरेर सत्ता र भत्ता खाका थे पूर्व राजाहरुले । तर डा. यादवले के के योगदान गरेका थे ? पूर्व कांग्रेसी बाहेक उनको योगदानको चर्चाहोस न शहरमा यही मौकामा ?

गणतन्त्रका पहिलो जननिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई ९ महिनामा यी यादवले भारतको निर्देशनमा सत्ताच्यूत नगरेको भे अन्तरिम संविधान मिचिन्थ्यो ? त्यो संविधान नमिचेको भए कार्यकारी प्रधानमन्त्री सेरेमोनियल राष्ट्रपतिले आउट गर्ने गलत नजिर बस्थ्यो ? अहिले प्रचण्ड प्रम भए त उनको चलाखीपूर्ण योग्यताले भए हैन र ? तर तिनै प्रचण्ड यस्तालाई केवल पूर्वराष्ट्रपतिको नाममा किन राज्यकोष बांडछन मनपरी ?

पहिलो संविधानसभा बिनाकाम तुहाउन डा. रामवरणको नालायकी भुमिका कतै समिक्षित हुनुपर्दैन ? केवल उनको डेरा भाडा, खर्च राज्यले भरेर मात्रै हुन्छ ?

डा. रामवरणले पाउने सुविधा कर्णलीका विपन्नले भुकम्प पीडिले पाउछन त प्रमज्यू ?

स्वदेश भन्दा विदेश, त्यसमा नी अमेरिकै उपचार हुनुपर्ने कस्तो क्यान्सर डा. रामवरणको मात्रै ? कति छन नेपालमा क्यान्सर पीडित ? तिनले यसको एक अंश पाउछन त प्रचण्ड सरकारबाट ?

डा. यादवले मधेश आनदोलनलाई घिऊ थप्न, भारतलाई नाकाबन्दीका लागि ग्राउण्ड तयार गर्न दिएको योगदानको पुरस्कार हो यो सहायता?

यी र यस्ता प्रश्नहरु अब जनजनबाट सोधियोस्। किनकी राज्यको तीन करोड बढी गैसक्यो अब डा. रामवरणलाई । यी नमरुन्जेल अब यो सहायतामा पूर्णविराम नलाग्ला । पंक्तिकारको पूर्ण सहमति व्यक्ति रामवरणको उपचारमा सहायताका लागि । तर पूर्ण विमती र कटाक्ष यस्ता गणतान्त्रिक सेता हात्तिहरुको विपक्षमा । तपाईको के मत छ पाम । सदर बदर जनताले गर्लान । गणतन्त्र दुव्लाउदै, रोगउदै गाको रामवरणहरु प्रवृत्तिले हो, गणतन्त्रका हिमायतीहरुलाई समयमा नै चेतना भया ।

48 thoughts on “रामवरण : एउटा छोरो डाक्टर, अर्को छोरो इन्जिनियर, तर उनैलाई चाहियो राज्यकोषको तीन करोड”

  1. purna lamichhane says:
    September 10, 2016 at 3:19 am

    जिबन भर गिरिजाबाबु को चाकरी त असुल गर्ने पर्यो राष्ट्र पति पनि त गिर्जाबाबु ले banai दिएर जानु भएको थियो जनता ले बनाएका पनि त होइनन नि साचो कुरा गर्ने पर्दा !! साएद म भएको भए पेन्सन लिदो हु त कुत्ति को छोरो !!!!

    Reply
  2. Manoj Sharma says:
    September 1, 2016 at 12:56 pm

    लण्डन र अमेरिका बसेर आफुलाई भद्र ठान्ने सबै “भ्रस्ट” Sorry Typo Error “भद्र हरुलाई देश को स्थिथी के थाहा पाइ राख्नु पर्‍यो र???? उनिहरु त भुकम्प पीडित, बाड् पीडितको नाममा Donation , सेमिनार्स, गरि Dollars /Pounds भेला पारेर दुई चार नेतालाई Dinner , Sponsor /Invitation गर्दिदा ठुला भई हाल्छन! नेपाल मा साधारण रोगलागेर मर्ने को सन्ख्या कती छ भनेर डा के.सी लाई सोधे हुन्छ..!
    They Dont even know how people are laughing at us ..Look at the recent example set by ex PM of London ???? Carrying his own stuffs himself ?

    “एउटा छोरो डा. अर्को छोरो इन्जिनियर अनि यिनलाई चाहिने राज्य कोषकै ३ करोड । हो हजुर मगन्ते क्लासले जुनसुकै हालतमा मागेरै बस्छ भन्ने उदाहरण यही नै हो ।
    राजाहरुको क्लास र भैसी गोठालाहरुको क्लास कस्तो हुन्छ ? चरित्र, व्यवहार र जनप्रेम भन्ने नमुना रामवरण र ज्ञानेन्द्र शाहलाई तुलना गरेर हेरौ त ? कहांको भिखारी मानसिक्ताका यादव, कहाको उदार ज्ञानेन्द्र जो गद्धी छोडदा हाँसेथे ।”

    कती कुरा बुझ्नु भो “सुर्य खड्का” को यो कुरो?? सक्नु हुन्छ भने बिरोध गरौ र स्विस बैंक को हिसाब मागौ होइन भने बिदेशमा बसेर (तेही नेपालको खुन चुसेर गएका हरु) हुतिहारो कुरा नगरौ … यो नामर्न्दांगी हो, हिजडापन हो

    सुन्दै छु “गगन थापा” ले यो सबै अब गर्न नदिने अरे.. उनलाई सुभकामना

    Reply
    1. Shankar says:
      September 2, 2016 at 12:02 am

      विदेश मा बस्ने नेपाल चुसेर आएका रे ? क्या खतरा दिमाग | रेमिन्त्यास ले चलेको देश छ , बिदेस बसेका कोखेदो किन ?अनि के तपाइहरु चै अझै जुकाले झैँ देश चुस्दै चुस्दै ?

      Reply
  3. Gaurab Nepali "Oodaaseen" says:
    August 31, 2016 at 9:51 pm

    सात सात वर्ष गणतन्त्र लै काँधमा बोक्ने गणतन्त्रका महाराजा धिरज हुन् रामबरण ! धेरै चित्त दुखेको हुनुपर्छ धिराज रामबर्नको एस्तो गोचाई पोचाई लेखबाट ! क्यान्सर २५० किसिमको हुन्छ ! बास्तबमा यो शरीर क्यान्सर बिना मुक्त छैन दिन प्रतिदिन मारिरहेको हुन्छ सशरीर ! त्येसैले त मान्छे धर्म अशल कर्म तिर लागेका हुन्छन पायो भने अल्कत्रनै खाने चाँही गर्नु हुन्न

    Reply
  4. Shankar says:
    August 31, 2016 at 2:48 pm

    हाम्रो घर जग्गा कर बढ दो छ |हाम्रो पैसा मा यो लुटेरा हरु विदेश उपचार गराउने ?
    देश लुट्ने . बिदेसिको दलाली बाहेक के छ योगदान यिनीहरुको हाम्रो देश मा ?
    एकातिर धुर्मुस हरु आफ़्नोघर बेचेर भुकम्प पिडित को घर्बनाउने , आर्को तिर यी चोर हरु राज्यकोष लुट्ने ?

    Reply
  5. जंगम says:
    August 31, 2016 at 1:24 pm

    हो रचनाजीको कुरा एकदम ठिक हो | जस्ले जति लेखे पनि जति भुके पनि सर्बोच्चले अंकुश नलगाईकन यी सबै पक्षका लुटेराहरुले राष्ट्रको ढुकुटी लुट्न छाडदैनन् |
    कुनै सांसद, मन्त्री, प्रधानमन्त्री कसैले पनि यस बारेमा चुँइं बोल्दैनन किनकि उनीहरुले पनि त लुट्न पाउँछन निबर्तमान भएपछि !

    Reply
  6. Raj says:
    August 31, 2016 at 12:10 pm

    Please do not write this type of news in Mysansar blog.
    We must respect the leader who always talks and spends his/her live in democracy.

    Before writing about Dr. Yadav, try to read, understand, and digest his contribution to the nation.

    Have anyone spoken about the corruption made by political leaders or any officials?

    1. He is from farmer family.
    2. He spent his most of the time for democracy.
    3. He is from Madhesi group, but always thought about Madhesi as well as Hilly people all over Nepal.
    4. He was always against ‘One Madesh One state’. Was there any leader saying against this statement while the Madhesh was burning?
    5. He demanded that all groups should be included in the constitution. He, however, signed the constitution without any hesitation.
    6. The duty of the country is to provide treatment to the governmental officials and high profile people according to their services and tax-pays. Even a governmental officer can get health related treatments. But the country should manage the limitation while spending the money.
    7. When he became the Health Minister of Nepal before, please try to open the books/reports/journals/newspapers and read them well. He had brought revolution in the sector of the health.
    8. If you can compare many health ministers of Nepal after the advent of democracy, you cannot compare him with anyone. He had vision and mission. Find out how many hospitals were opened and decentralised?
    9. Please be positive and know the true leaders and persons. But it must be limitation while distributing the funds for treatment or something like that. Do not hate only to Madhesi people who get properties from the government.
    10. If you do not think I am right, please do not be negative for me.

    Thank you all!

    Reply
    1. Shankar says:
      September 1, 2016 at 3:03 am

      You are absolutely wrong and biased. May be you are his relative.
      Mysansar and all commenters are always against the all kinds of corruptions and illegal activities. We don’t discriminate people on the basis of race and color.

      Ram Baran is comparatively calm than Bijaya gachhedar, paramaanand jha. But in terms of taking benefit from poor nation he is not even a inch away from them. All of them including oli, deuwaa are looters.

      Reply
  7. दीपक कार्कि says:
    August 31, 2016 at 9:33 am

    लूट को तंत्र रहे रहेछ यो लोकतन्त्र भनेको. यहीसाबित गर्दाई छन सत्ताधारीरा र पूरबसत्ताधारी हरू

    Reply
    1. mahesh says:
      August 31, 2016 at 4:19 pm

      यिनी हरु लाइ सधै उच्च स्तर को उपचार को आबश्यक पर्ने भए देश भित्रै किन एस्तो सुबिधा सम्पन्न अस्पताल बनाउदेनन? देश भित्रै बने त गाली को सत्ता तालि नै पाउथे नि. आखिर नेपाली नेता घास खाने नै हुन् यिनी हरु लाइ सधै उच्च स्तर को उपचार को आबश्यक पर्ने भए देश भित्रै किन एस्तो सुबिधा सम्पन्न अस्पताल बनाउदेनन? देश भित्रै बने त गाली को सत्ता तालि नै पाउथे नि. आखिर नेपाली नेता घास खाने नै हुन्

      Reply
  8. hari says:
    August 31, 2016 at 8:20 am

    मग्न पाए र मिलेसम्म कसले माग्दैन? दिए कसलाई चाहिदैन?

    अर्को कुरा उनका कमाउने छोरा छोरी छन् भन्दैमा ति छोरा छोरी ले उनलाई बुढेसकाल मा हेर्नुपर्छ वा राम्रो उपचार गर्लान वा गर्नैपर्छ भन्ने सोच पुरानो जमाना को सोच हो / नया जमानामा साधारणतया व्यक्ति सकेसम्म नातापाता को भर पर्न खोज्दैन र भर पर्नु पनि हुन्न.

    एउटा साधारण कर्मचारी ले त सुबिधा माथि सुविधा पाउने देशमा देशको रास्ट्रपति नै भैसकेको, त्यो पनि प्रजातान्त्रिक तरिकाले जनप्रतिनिधिले चुनेको, त्यो पनि नेपालकै इतिहासको पहिलो रास्ट्रपति, व्यक्ति लै ३ करोड त के १० करोड लागे पनि वेहोर्न सकिन्छ / अनगिन्ति नेता, कर्मचारी र NGOहरुले (सवैले होइन, तर धेरैले ) देशलाई लुट्नुसम्म लुटिसके, तेस्तो कुरा पो को बिरोध गर्ने / सधै सिधा किसिमले राजनीति गरेको, भ्रस्टाचामा नाम नआएको (कुनै उल्लेखनिय राम्रो काम नगरे पनि नराम्रो कम त गरेनन ) मान्छेको त के यतिसारो बिरोध गर्नु?

    अनावस्यक रुपमा कसैको पनि बिरोध गर्ने प्रवृति बाट प्रेरित देखिन्छा यो लेख /

    (म न त रामवरण को मान्छे हो, न त उनको समर्थक वा उनको पार्टी को हो, न त तरैवासी हो; आफ्नो मन मा लागेको न्यायोचित कुरा व्यक्त गरेको मात्र हो/)

    Reply
  9. रचना says:
    August 31, 2016 at 7:01 am

    उमेशजी तथा सूर्य खड्काजी,
    यो बिषयलाई सर्बोच्चमा पुर्याउनुहोस् र जनताको गडगडाहट ताली र मुक्तकण्ठको प्रशंशा खाँदै जनताको हिरो बन्नुहोस् |

    Reply
  10. Suraj Shrestha says:
    August 31, 2016 at 6:53 am

    नेपालमा राजनैतिक पुर्व र बर्तमान पदाधिकारीहरु कार्यकर्ता तथा कर्मचारीहरुले राष्ट्रको खर्चमा औषधोउपचार गराउने नौलो कुरा होईन । गिरीजा, सुशील, खडग, झलनाथ, ओनसारी, रामबरण, गुगलब्वाय, शेर, सत्यमोहन, सहाना, अम्बर लगायत………… अझ सयकडौ के हजारौले राज्यको ढुकुटीबाट खर्च लिएकै हो । अनि नेपालका प्रथम राष्ट्रपति रामबरणले स्वास्थ उपचारकोलागी आर्थिक सहायता मागेर के अपराध गर्यो । नेपालमा गरीबपति देखि अरबपति सबैलाई राज्य दोहन गर्न अलिकति पनि अप्ट्यारो लाग्दैन ।

    डा. सुरज श्रेष्ठ

    Reply
  11. Yubaraj says:
    August 30, 2016 at 9:55 pm

    I used my teen and young age for Congress politics and my education was destroyed by the politics. At the end we produce such white elephants like Dr. Ram Baran and lot, I started hating this leader (all party) much more than anything. They all are bunch of corrupt mind whose common mission is to steal country money.
    Hate you all leaders and citizen who follow those bastards…

    Reply
  12. Nimesh Koirala says:
    August 30, 2016 at 8:29 pm

    Wow what a joke for poor Nepalese people. Look at the family history

    1 Dr Ram Barans Yadav – Ex presided of nepal and Doctor
    2. Dr chandra Mohan Yadav – MP and Docfor
    3, Er chanda Shekhar Yadav – lives in USA , Engineer
    4. Wife of Dr chandra Mohan Yadav is also a renound doctor
    5. Kiran Yadav – niece, mp, Nepali convress central member
    6. Husband of Kiran Yadav is also an engineer

    state still has to support him for medical bills. God bless Nepal

    Reply
  13. Samir Chohan says:
    August 30, 2016 at 5:36 pm

    राम बरण यादब, नभयर रामजङ थापा वा राम प्रसाद कोइराला , भयको भय यति धेरै लफड़ा हुदैनथो// बल्कि ,अहिलेको परिस्थितिमा सबैभन्दा सक्तिसलि हून्रथेओ होला…..

    हाल सालै , के पि ओलि Thailand गयर आऍ, खर्छ – पानि कता बाट आयो ??
    50 औ मन्छे लाइ , करौदौ बाडेर गय , including , so called Google BOy……………………………..

    सयद्, देश्को पहिलो रास्त्रपाति को येस्तो बिजोक कुनै देश्मा भयेन होला,
    कुनै इज्जत नै छैन ,,,

    Reply
    1. sushil says:
      August 31, 2016 at 6:26 am

      चौहानजी! मैले पर्खिएर बसेको थिएँ, “मधेसी” भनेर हेप्यो भनेर इस्यु बनाएर बोल्नको लागि को आउला(?) भनेर, तपाईं आउनुभएछ, आउनुस स्वागत छ यहाँलाई।
      अस्ति तपाईंको मधेश आन्दोलनमा मर्नेको ज्यानको मूल्य कति थियो रे? कि त्यहाँ पनि छोटा मधेशी र बडा मधेशी भन्ने हुन्छ? नेपालीहरु सबैले बराबर सुविधा पाउनु पर्ने होइन र? यो लेखको आशय आफुले सक्दा सक्दै पनि राज्यको ढुकुटी लुट्ने प्रवृति विरुद्ध हो. अझ त्यस माथि पुर्व रास्ट्रपतिको जुन पोजिटिभ इमेज थियो (संक्रमण कालमा अविभावक बनेर देश सम्हालेको), त्यस अनुसार यसरी घर भाडा देखि प्रत्येक खर्च राज्यबाट लिने कुरा पचाउन अझ गार्हो हुन्छ. सारा जिन्दगी एउटा पार्टीको राजनीति गर्ने अनि सुख, सुविधा, पेन्सन चाहिं सरकारी ढुकुटीबाट लिने त मिलेन नि!

      Reply
    2. Shankar says:
      August 31, 2016 at 2:51 pm

      एसको बाउ जस्तो छ लुट्ने चाही | तेसैले अत्तो थापी निउ खोज्छ |
      यहा पहाडी मदिसेको कुरा छ ? देश लुट्ने ओली .देउवा बा जो सुकै को पनि बिरोध भैरा छ |

      Reply
  14. Bharat Mainali says:
    August 30, 2016 at 4:21 pm

    हामी यस्ताे देशमा बस्छाै की एउटा मान्छेकाे लागि लाखाै नागरिककाे रगत र पसिना जबर्जस्ति सिरिन्जबाट तानिन्छ । जस्तै पुकदाले रामवरणलाइ सुविधा दिने गरेकाे निर्णय

    Reply
  15. Nepali kancha says:
    August 30, 2016 at 3:52 pm

    Every one has right to have his or her opinion. You do not have to agree or disagree on all the things all the times. Surya ji get the facts before writing such article. Dr ram Baran yadav has following children

    1. Dr chandra mohan yadav son
    2. Er Chandra shekhar yadav son
    3. Anita yadav daughter
    Wife of chandra mohan yadav is also doctor.

    Reply
  16. तर्क प्रसाद says:
    August 30, 2016 at 3:48 pm

    केही कुरा भन्न मन लग्यो
    १)डा. चित्त प्रसाद वाग्लेलाई यी कांग्रेस, एमाले,माओबादीले मारेका हुन् भन्दा पनि हुन्छ |
    २)यी रामबरण जस्ता सेता हात्तीलाई अन्तरिक्षमा जानु परे पनि सरकारले खर्च बेहोर्ने चलन खारेज गर्नु पर्छ | यस्ता कथित भी.आइ.पी.लाई नेपालमै उपचार गराउंदा लाग्ने खर्च सरकारले बेहोर्ने नियम बनाएमा भने त्यति नाइको-नास्ती गर्न मिल्दैन |
    ३)यदि सेता हात्तिको डेरा, गाडी,बडीगार्ड,औसधोपचार लगायतका खर्च नेपाल सरकारले अथवा नेपाली जनताको खुन पसिनाले नै सधै, मरुन्जेल,नै गर्नु पर्ने हो भने यिनीहरुको सम्पति राष्ट्रियकारण गर्नु पर्छ | यिनीहरुको कमाइ वा सम्पतिमा घुन-पुत्लो लाग्न नहुने तर यिनीहरुले राष्ट्र लुटिरहन पाउने नियम कदापि न्याय संगत हुन् सक्दैन |
    ४) यो लुटको बारेमा सर्बोच्मा अझ सम्म निबेदन परेजस्तो लागेन | ओकिल साथी हो, मुद्दा हाल्नु होस् | यस मुद्दाको सुनुवाई सुन्न र जान्न चाहन्छन् नेपाली जनताले |

    Reply
    1. ranjan parajuli says:
      September 16, 2016 at 11:02 am

      मेरो पनि सहमती हजुर को राय मा

      Reply
  17. Rajib Thapa says:
    August 30, 2016 at 2:04 pm

    धेरै राम्रो विचार , धन्यवाद

    Reply
  18. hari says:
    August 30, 2016 at 12:58 pm

    खाडीको गर्मिमा पसिना बगाएर पठाएको पैसा मन्त्रिपरिषद ले भटाभट निर्णय गर्दै बाड्दै गर्नु भ्रष्टाचार हैन ? दिउसै लुटपाट पो मचाउन थाले त बजियाहरुले । यस्तो त कुनै देशमा पनि छैन ।

    हैन सुर्य जी संग पो कुरा मिल्न थाल्यो त आफ्नो ! खाटी गणतन्त्रबादी मान्छे कतै राजा नै ठिक बरु भन्छु कि के हो ?

    Reply
  19. Omkar Bhandari says:
    August 30, 2016 at 12:52 pm

    सूर्य खड्का म पनि तपाईको कुराको समर्थक हुँ । मलाई तपाईको यो कुरा साह्रै चित्त बुझ्यो ।

    Reply
  20. Shankar says:
    August 30, 2016 at 12:25 pm

    सुर्य जी नेपालि जातिको अपमान गर्दै देस नै अन्त बाट चलेको छ |छबिलाल सिखंदी मात्र हो तेसैले यो सब निर्णय हुन्छ |हिजो हारेको सुजाता , माकुने , गच्छेदार पद मा ल्याइएका थे|
    थोडी नेपालि जनता ले मन पराएका थिए ?
    बिस्तारै नेपाल मा कति भू पु पियम हुन्छ , रास्ट्रपति हुन्छ सब एक दिन बुढो हुन्छ , सब ले उपचार खर्च भन्दै हामि तिरेको कर को पैसा लुट्दै जाने ? सुन्दै कहाली लाग्छ |

    ओलीकै पालामा सांसद को सुबिधा भत्ता फेरी कुस्त बढाएको छ रे |
    यी लुटेरा ले देश लुटेर सिध्याउने भयो |

    Reply
  21. नारायण पौड्याल says:
    August 30, 2016 at 11:58 am

    नेपालमा पनि क्यान्सर उपचारकै लागी भनेर चिनियाँहरुले बनाईदिएको क्यान्सर अस्पताल छ। जब साधारण नेपालीहरु तहाँ गएर उपचार पश्चात ठिक पनि भईरहेका छन् भने, यी पूर्व राष्ट्रपति भनाउँदोलाई चाही किन अमेरिका नै जानु पर्यो? के चितवनमा गएर उपचार गर्न सकिंदैन? यो सरकारी सुविधा भनेको कुरो पनि “Money attracts money but more money attracts less money” भनेको जस्तै रहेछ। सरकारले कसैलाई पनि कुनै पनि नाममा पैसा बाँड्नु उचित कुरो हैन, सरकारले सेवा बाँड्नु पर्छ। तर हाम्रो देशमा त शक्ति र सम्पती भएका लाई नै पैसा दिन्छ किनकी उनीहरुको त्यहाँ पहुँचा राख्छन। डा. बाग्ले होस् या सिन्डिकेटको बिरुध्ध लाग्दा गोली ठोकिएका अधिकृत, उनीहरू सबैले सरकारकै प्रतिनिधित्व गर्दछन। नेपालमा बाँच् निकै कठीन छ, किनकी यहाँ नियम छैन, ठुला र पहूँचवालालाई नियम लाग्दैन। लाचार जीवन बाँच्न बाध्य छन्, सर्वसाधारण जनाता। म राजतन्त्रको पक्षधर त हैन तर कुकुरलाई घिउ नपचेको जस्तै नेपालीलाई प्रजातन्त्र पचेको छैन किनकी हाम्रा कुकुर नेताहरुले यसलाई छाडातन्त्र बनाए। युवा र नेपालीको भावना बुझ्ने गगन थापा जस्ता मान्छे मन्त्री भए पनि यो देशमा केही लछार पाटो लाग्दैन, हेर्दैजानुहोला यी पनि हिरो बाट जिरो हुनेछन् किनकि यहाँ राम्रो गर्ने परिपाटी छैन। सत्तामा जाउ, मोज गर, अकुत सम्पति कमाउ, अरू बालै भएन। हे पशुपतिनाथ, नेपाललाई जोगाउ……

    Reply
  22. govind thapa says:
    August 30, 2016 at 11:56 am

    पूर्व रास्ट्रपति लाई सरकारले खर्च दिनुपर्छ तर यसरि अनावश्यक खर्च दिनु नितान्त गलत हो क्यान्सर नेपाल मा सम्भब छैन कि कसो ?? कति नेपाली सरकारी अस्पतालमा उपचार गराएपछि बाहिर औसधि किन्नुपर्ने। . महँगो भएर किन्न नसकेको अवश्था छ। . यतातिर ध्यान जानु पर्ने सरकार। ।अब यी गगन स्वाथ्य मन्त्रि भाका छन् गोबिन्द केसी को माग ( धेरै भन्दा धेरै ठाउमा सरकारी मेडिकल खोलेर जनतालाई सस्तो सुलभ तरिकाले उपचार उपचार पाउने जसले गर्दा निजि मेडिकलमा पढ्न नसकेर विदेश धाउन पर्दैन थियो कि ?? डाक्टर हरु थोरै लगानीमा पढेपछि पैसाकै पछि दौडिने चलन पनि हट्थ्यो कि ?? ) पुरा गरेर चाडो भन्दा चाडो यता तिर ध्यान जावस। शिक्षा मन्त्रि लाई पनि यहि सुझाब सबै सरकारी बिद्यालयमा उच्चस्तर को पढाई होश निजि बिद्यालयमा धाउन नपरोस। । स्वश्य र शिक्षा माथि सरकारले फ्री पढ्न पाउने फ्री उपचार पाउने व्यबस्थाको सुनिस्चित गर्ने बाताबरण को सुरुवात गर्नुपर्छ।

    Reply
  23. नारायण says:
    August 30, 2016 at 11:53 am

    नेपालमा पनि क्यान्सर उपचारकै लागी भनेर चिनियाँहरुले बनाईदिएको क्यान्सर अस्पताल छ। जब साधारण नेपालीहरु तहाँ गएर उपचार पश्चात ठिक पनि भईरहेका छन् भने, यी पूर्व राष्ट्रपति भनाउँदोलाई चाही किन अमेरिका नै जानु पर्यो? के चितवनमा गएर उपचार गर्न सकिंदैन? यो सरकारी सुविधा भनेको कुरो पनि “Money attracts money but more money attracts less money” भनेको जस्तै रहेछ। सरकारले कसैलाई पनि कुनै पनि नाममा पैसा बाँड्नु उचित कुरो हैन, सरकारले सेवा बाँड्नु पर्छ। तर हाम्रो देशमा त शक्ति र सम्पती भएका लाई नै पैसा दिन्छ किनकी उनीहरुको त्यहाँ पहुँचा राख्छन। डा. बाग्ले होस् या सिन्डिकेटको बिरुध्ध लाग्दा गोली ठोकिएका अधिकृत, उनीहरू सबैले सरकारकै प्रतिनिधित्व गर्दछन। नेपालमा बाँच् निकै कठीन छ, किनकी यहाँ नियम छैन, ठुला र पहूँचवालालाई नियम लाग्दैन। लाचार जीवन बाँच्न बाध्य छन्, सर्वसाधारण जनाता। म राजतन्त्रको पक्षधर त हैन तर कुकुरलाई घिउ नपचेको जस्तै नेपालीलाई प्रजातन्त्र पचेको छैन किनकी हाम्रा कुकुर नेताहरुले यसलाई छाडातन्त्र बनाए। युवा र नेपालीको भावना बुझ्ने गगन थापा जस्ता मान्छे मन्त्री भए पनि यो देशमा केही लछार पाटो लाग्दैन, हेर्दैजानुहोला यी पनि हिरो बाट जिरो हुनेछन् किनकि यहाँ राम्रो गर्ने परिपाटी छैन। सत्तामा जाउ, मोज गर, अकुत सम्पति कमाउ, अरू बालै भएन। हे पशुपतिनाथ, नेपाललाई जोगाउ……

    Reply
    1. Prakash Edm says:
      August 30, 2016 at 10:34 pm

      गगन थापा को पनि के कुरा गर्नु र, एलिजाबेथ को फोटो मुनि सफत लिए. सबै उही हुन्.

      Reply
  24. Bishwa says:
    August 30, 2016 at 11:18 am

    ए साथीहो गणतन्त्र ल्याएकै तापैहामिले हैन र? भोट हाल्ने को? अनि किन अरुलाई दोस दिने ?

    Reply
  25. Bijaya says:
    August 30, 2016 at 9:43 am

    I have strong reservation on what you are writing.You seem to be preconceived.Had he been corrupted,then there was no need to support him.Does he have to be dependent on his son/daughter/relative’s income for his own treatment?
    He has served the nation and over and above he served with honesty and no one can raise question on his financial integrity.
    In this scenario it is not only justified but was a duty of the nation to provide him required fund for his treatment. I’m quite sure that he doesn’t have sufficient fund in his bank accounts so that he can get better treatment.Please do not so negative….when nation increases salary and benefit during his service period ..we say why it is increased?Please do not suffer from negative syndrom>At least we should be happy that he didn’t earn dishonestly during his tenure…As a citizen im proud that my president was honest and was not corrupt!!! im happily contribute my share of tax burden arising from this.

    Reply
  26. Hari says:
    August 30, 2016 at 9:04 am

    We cannot compare King with current leaders or ex president,that will be stupid.

    Reply
  27. sushil says:
    August 30, 2016 at 7:09 am

    यो लेख प्रति मेरो पूर्ण समर्थन छ। खान लाउन नपाउने पनि छन् यहाँ, तर सक्ने र हुने खानेले पनि जनताको भाग खोसेर उडाउनु जधन्य अपराध हो। यी गिद्धहरुलाई जनताको पिरले कहिल्यै पोल्दैन। यी रोगी साहबहरुलाई जस्तै आम नेपालीलाई पनि कमसेकम सामान्य उपचार सजिलै पाउने व्यवस्था गर्नु नि। सजिलै गद्दी छाडिदिने पूर्वराजा प्रति त कृतघ्न छन् यिनीहरु, हामी त झन् “न आमातिरको मामा न बाउतिरको काका”।

    Reply
  28. Kancha Tamang says:
    August 30, 2016 at 6:56 am

    पछि आफुले पनि माग्न पाइने हुनाले मन्त्रि चोर हरु ले निर्णय गराएर पैसा दिन्छन !
    नत्र भने मरी जानु !!!!!

    Reply
  29. Ram Thapa says:
    August 30, 2016 at 6:37 am

    This is a day time robbery from nation’s coffer. No where in the world this is happening. They are elite in the society and have got millions of money. While a poor Nepali can not get a free citamole Mr President getting 3 Karod including free ticket for his 3 relatives and $150 daily allowances. Prachanda expect this in the future that’s why he approved money.

    This is has to be stopped. Lets do protest campaign until this sorted out . Why can’t MR GOVINDA KC do hunger strikes for this one.

    Reply
    1. y.n.singh. says:
      August 30, 2016 at 5:34 pm

      येही कुरा थाइलेडं र सिंगापूर जानेहरु को बारे मा पनि भन्न सक्नु पर्छ.

      Reply
      1. Shankar says:
        August 30, 2016 at 11:08 pm

        सिङ्ग जी
        लुटेरा , नेता हरुको कुनै जात हुन्न, तपाइँ हामीले कर तिरेको पैसा लुटेको हो | के पहाडी के मधेसी सबै नेता लुत्तेरा हो | हामि बीच लडाउने , अनि आफु देश लुट्ने तेही तिनको धन्दा हो |

        Reply
  30. Pradip says:
    August 30, 2016 at 3:03 am

    Nepalese people are dying without simple and cheap medicines and we are paying for those who has no contributions in any way to our country and society.

    We should have a law that should restrict any type of medical treatment in a foreign country to all the political leaders if the Government is paying for the treatment, they must get treated in Nepal in a Government hospital. However any one can get a medical treatment anywhere in the world if they use their personal fund.

    Reply
  31. श्रेय अधिकारी says:
    August 30, 2016 at 2:29 am

    लौ यो कुरो मा चै सुर्य जी संग कहिले नमिल्ने मत पनि मिल्यो

    Reply
  32. विशाल लामा says:
    August 30, 2016 at 1:37 am

    धेरै राम्रोकुरा उठाउनु भयो धन्यावाद ।

    Reply
  33. पदम प्रसाद कोइरला says:
    August 30, 2016 at 1:34 am

    यहाँ रास्ट्रको सम्पत्ती दुरुपयोग भयो , पुर्ब रास्ट्रपतीको २/२ वटा छोरा सक्षम छन रास्ट्रपतिको उपचार गर्न राज्य कोस्को रकम खर्च गर्न जरुरी छैन भन्न खोजेको बुझिन्छ तर यहाँ मधेशी बाहेकका अरु ब्यक्तिले सहि कुरा लेखे भने पनि पहाडिले पूर्ब रास्ट्रपतिको हैन रास्ट्रपती मधेसी भयकोले मधेसिको बिरोध ग-यो भनेर भन्छन है सोचेर कमेन्ट गरौ ।

    Reply
  34. Sunil, London says:
    August 30, 2016 at 1:29 am

    सुर्य खड्का जी को अत्यन्त “पूर्वाग्रही” लेख पढ्दा दुख का साथै आफुलाई नेपाली भन्न लाज लाग्यो मलाई त !!! आखिर रामवरण नेपाल को पहिला राष्ट्रपति पो हुन् त , उनि कलियुगका रामचन्द्र पनि हुन् , हामीले देवता झैँ पूजा गर्नु पर्ने मान्छेलाई राज्य ले जाबो २-३ करोड उपचार खर्च दिदा तपाइलाई किन ज्वरो आएको हँ ?
    विचरा राष्ट्रपति जस्तो इज्जतदार मान्छेले सरकारले मेरो घरभाडा तिरेन , बिजुली महशुल तिरेन , टेलिफोन महशुल तिरेन अब म त “सपही गाउँ” को घरमा बस्न जान्छु भनेर बारम्बार ताकेता गर्नु पर्ने र पत्रपत्रिका मा छपाउनु पर्ने परिस्थिति आउनु भनेको नेपाल सरकार र सम्पूर्ण नेपाली जनता कै बेइज्जत हैन र ?
    ७ वर्ष सम्म नेपालको राष्ट्रपति पद चलाउनु भनेको चानचुने कुरो हो र ? नेपाल लाई उचाइको शिखर मा पुर्याउने महान व्यक्तित्व को प्राण रक्षा को लागि राज्य ले २-३ अर्ब पनि खर्च गर्न कन्जुस्याई गर्नु हुन्न !!!!!
    राष्ट्रपति भैसकेको मान्छेको दैनिक भत्ता जाबो ३ सय डलर रे , अझै सहयोगी हरुको त त्यसको पनि आधा १५० डलर रे , हेर मान्छेको इज्जत गर्न नजान्ने नालायक सरकार !!!
    उहाको खाना खर्च देखि पोशाक खर्च पनि नेपाल सरकारले व्यहोर्नु पर्छ अब देखि, अझै नेपाल सरकार को एउटा कर्तव्य त बाकी नै छ , उहाकी अविवाहित छोरी को विवाह करोडौ खर्च गरेर धुमधाम संग गराउन पर्छ नेपाल सरकारले , यसका लागि हामी सबै नेपाली ले सरकार संग आग्रह गर्नुपर्छ , सुर्य जी लाई चेतना भया ?

    Reply
    1. फडिन शर्मा says:
      August 30, 2016 at 11:19 am

      निकै राम्रो व्यङ्ग्य आशा छ व्यङ्ग्यकै रुपमा लेखिएको हो ।

      Reply
      1. Sunil, London says:
        August 30, 2016 at 9:45 pm

        शर्मा जी तपाइले कुरा बुझ्नु भो खुशी लाग्यो, व्यंग्य कै रुपमा लेखेको हुँ, तर माइसंसार का पाठक हरु ले के के बुझे त्यो मैले नै बुझ्न सकिन, थुप्रै Dislike आएछ !!!! जे होस् तपाई एकजना लाई मात्र कुरा बुझाउन सके पनि मेरो कोशिश सफल भएको मान्छु !!!!

        Reply
        1. Prakash says:
          September 7, 2016 at 6:10 am

          कतिपय नबुझ्ने ले support गरेर like पनि गर्या हुनु पर्छ तपाइको कमेन्ट मा.

          Reply
  35. सिर्जने says:
    August 29, 2016 at 11:46 pm

    पूर्व राष्ट्रपतिको हैसियतले रामबरणलाइ देशले उपचार खर्च दिनुपर्छ तर, सर्बसाधारण जनताले जति उपचार पाउछन त्यति मात्रै, बिदेशमा होइन / गरिब देशको धनि परिवारलाई देशको ढुकुटीबाट खर्च माग्न लाज लाग्नुपर्ने हो / यो त तपाई हामी जस्ता सर्बसाधारण पशुपतिछेत्रमा शिवरात्रीमा लाइन बसेर दाल रोटि हात थपेको जस्तै हो, तर करोडको स्केलमा / दिनेलाई भन्दा माग्नेलाई लाज लाग्नुपर्ने!

    Reply
  36. N. B. says:
    August 29, 2016 at 11:29 pm

    यो देशको आबस्यकता नै होइन गणतन्त्र, खासमा हामीलाई विकेन्द्रीकरण चाहिएको थियो तर एस्लाई दिग्भ्रमित गरियो अनि गणतन्त्र मा लगियो…….!!! नेता भनाउँदा कहाँ बाट आका हुन् र येही समाज बाट त् हो नि…!!! १% पनि गतिला नागरिक नभाको देशमा १००% असल नेता खोजेर पाइन्न…….!!! सबैले आ आफ्नो स्वार्थ को गठरी बाँधेर गणतन्त्र मा निस्केका हुन्….!!! माओबादि लाइ पावर गिरिजा लाइ रास्ट्रपति अन्य लाइ अन्य धेरै कुराको लोभ थियो…!!! तन्त्र ले मात्र देश बन्दैन चाहे त्यो राज प्रजा लोक गण जुनसुकै तन्त्र होस् गर्ने त् मानिस ले हो……….!!! राजतन्त्र फाले पछि त् राजा अनि राजपरिवार को ठाउँ लिन सबै लाइ होड छ …..!!! यो जम्बो जेट नेता हरुको लागत भन्दा त् राजतन्त्र को लागत कम थियो नेपालमा……….!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme