Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कुन मन्त्रीको वरियता कस्तो? गगन थापा सेकेन्ड जुनिएर मन्त्री

Posted on August 26, 2016 by Salokya

Sapath (4)हेर्दाहेर्दै प्रचण्ड नेतृत्वको सरकार पनि ३१ सदस्यीय बनिसक्यो। अझै मन्त्री थप्न बाँकी नै छ। संविधानमा मन्त्रिपरिषद् २५ सदस्यीय मात्र हुने भनेर लेखिए पनि संक्रमणकालमा जति पनि बनाउन सकिन्छ भन्ने व्याख्या केपी ओली सरकारले गर्‍यो भन्दैमा प्रचण्ड सरकारले पनि दोहोर्‍याउनु पर्छ भन्ने थिएन। तर मन्त्रीका लागि कांग्रेसबाट देउवा समूह, पौडेल समूह, सिटौला समूह, खुमबहादुर खड्का समूहबीचको हानाथाप देख्नुभएन? अनि कसरी कम मन्त्री बनाएर हुन्छ त। केपी ओलीले मन्त्रालय फुटायो भनेर आलोचना गर्ने मुख अहिले त्यही फुटाएका मन्त्रालयमा मन्त्री बन्न जाँदा चाहिँ चुप?

३१ सदस्यीय मन्त्रिपरिषद्मा कुन मन्त्रीको वरियता कस्तो छ त? विमलेन्द्र निधि प्रधानमन्त्रीपछिको वरियतामा छन्। अर्थात् प्रधानमन्त्री कतै बाहिर गएमा उनको अनुपस्थितिमा कार्यवाहक जिम्मेवारी निधिले सम्हाल्नेछन्।

त्यसैगरी उपप्रधानमन्त्रीबाहेक मन्त्रीहरुमा सबभन्दा वरिष्ठ अर्थात् एक नम्बरमा छन् – अर्जुननरसिंह केसी। अनि जुनियरतर्फ अर्थात् सेकेन्ड लास्टमा छन् उनका ज्वाइँ गगन थापा। गगन थापा पहिलो पटक मन्त्री बनेका हुन्। गगनभन्दा मुनि चाहिँ ह्रदयराम थानी रहेका छन्।

हेर्नुस् वरियताक्रम अनुसारको सूची

प्रधानमन्त्री
१. पुष्पकमल दाहाल ‘प्रचण्ड’ खानेपानी तथा सरसफाई; पशुपंक्षी विकास; महिला, बालबालिका तथा समाजकल्याण; विज्ञान तथा प्रविधि

उपप्रधानमन्त्री
२. विमलेन्द्र निधि गृह
३. कृष्णबहादुर महरा अर्थ
मन्त्री
४. अर्जुननरसिंह के.सी. सहरी विकास
५. रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात
६. जनार्दन शर्मा ऊर्जा
७. डा.प्रकाशशरण महत परराष्ट्र
८. बालकृष्ण खाँण रक्षा
९. दीपक बोहरा आपूर्ति
१०. सूर्यमान गुरुङ श्रम तथा रोजगार
११. गौरीशंकर चौधरी कृषि विकास
१२. दलजित श्रीपाइली युवा तथा खेलकुद
१३. विक्रम पाण्डे भूमिसुधार तथा व्यवस्था
१४. जयदेव जोशी जनसङ्ख्या तथा वातावरण
१५. हितराज पाण्डे सङ्घीय मामिला तथा स्थानीय विकास
१६. सुरेन्द्रकुमार कार्की सूचना तथा सञ्चार
१७. धनिराम पौडेल शिक्षा
१८. अजयशंकर नायक कानुन, न्याय, तथा संसदीय मामिला
१९. केशवकुमार वुढाथोकी सामान्य प्रशासन
२०. रोमी गौचन थकाली वाणिज्य .
२१. सीतादेवी यादव शान्ति तथा पुननिर्माण
२२. जीवनबहादुर शाही संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२३. दीपक गिरी सिँचाइ
२४. नवीन्द्रराज जोशी उद्योग
२५. शंकर भण्डारी वन तथा भू-संरक्षण
२६. गगनकुमार थापा स्वास्थ्य
२७. हृदयराम थानी सहकारी तथा गरिबी निवारण

राज्य मन्त्री
२८. श्रीप्रसाद जवेगु सङ्घीय मामिला तथा स्थानीय विकास
२९ . सत्यनारायण भगत ऊर्जा
३० . राधिका तामाङ्ग कृषि विकास
३१ धनमाया वि.क. विना विभागीय

3 thoughts on “कुन मन्त्रीको वरियता कस्तो? गगन थापा सेकेन्ड जुनिएर मन्त्री”

  1. ganash bdr.shahi says:
    August 27, 2016 at 11:57 am

    ::: यो त स*बिधान को मम्म* र भाबना बिपरित आफनो सत्ता टिकाउने काम होईन र ..????

    Reply
  2. Ekraj says:
    August 27, 2016 at 6:46 am

    This game of looting in turn will never go away from Nepalese politics nor the period of conflict and non majority government will ever go away. The never ending “Sankramankal” is a deliberately designed political game and destiny for Nepal with the joint effort of India and the corrupt and immoral politicians of Nepal working for India.
    It is shame to see corrupt criminal like Khum Bahadur has so much say in Nepalese politics and he can force to appoint ministers who should have been hanged for his crime.
    Lots of outdated, old rotten corrupts like Prakash Saran Mahat and Arjun Narshing KC Don Deepak Bohara and new entrant from the same family gang retain corrupt political power within the clan is the distinct character of Nepali politics.
    We all are just wasting time talking about these brutal animals.

    Reply
  3. Shankar says:
    August 26, 2016 at 11:43 pm

    मन्त्रि भन्दा पनि लुटेरा सब्द उपयुक्त हुन्छ जस्तो लाग्छ | यिनीहरु ले देश बनाउन आएको भन्ने कुरा एउटा नेपालि ले पनि सायद अब पत्याउन्न |
    काम गर्न कुनै पद चाहिन्न , देश को बजेट चाहिन्न योकुरा धुर्मुस , सुन्तली ले प्रमाण दि सके |
    बरु जनता , पत्रकार जागृत भएर , घुस खाएको पत्तालागेर यिनलाई ठेगान लगाउने चाही सायद गाह्रो कुरो छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme