Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपति भवन : आफ्नो देशको राजारानीको फोटो नचाहिने, विदेशी मुलुकको रानीको झुण्ड्याउने?

Posted on August 26, 2016August 26, 2016 by Salokya

Sapath (4)
कांग्रेसका १३ मन्त्रीहरुले आज शितल निवासमा शपथ लिए। शपथ खुवाए राष्ट्रपति विद्या भण्डारीले। शपथ समारोहमा निजी मिडियालाई प्रवेश दिइएन। सरकारी मिडियाले मात्रै प्रवेश पाए। तिनै सरकारी मिडियाले जारी गरेको एउटा फोटो हेर्दा तीन छक्क परियो। राष्ट्रपति भवनको शपथ खुवाउने ठाउँमा त महारानीको फोटो पो रहेछ। गणतान्त्रिक नेपालमा कहाँबाट महारानीको फोटो आयो भन्ठान्नुभो? नेपालको हैन रहेछ। नेपालको राजतन्त्र त मिल्काइसके नि। मिल्काएर त राष्ट्रपति बन्नपुग्यो। तर यी गणतन्त्रका नेताहरुको राजपरिवारमोह भने सकिएको रहेनछ। त्यसैको तलतल लागेर होला बेलायती महारानीको पेन्टिङ झुण्ड्याइदिएछन्।

Rss_Images_1472191570751_PRO_KTM_160826
सुहायो त? नेपालका गणतान्त्रिक मन्त्रीहरु बेलायती महारानीको पेन्टिङ मुनि बसेर शपथ खाँदै।

10 thoughts on “राष्ट्रपति भवन : आफ्नो देशको राजारानीको फोटो नचाहिने, विदेशी मुलुकको रानीको झुण्ड्याउने?”

  1. Kiran says:
    August 28, 2016 at 5:21 am

    *** The Picture tells thousand words – “No patriotism” ***

    Reply
  2. Ram Babu Shrestha says:
    August 27, 2016 at 9:17 am

    नेपाललाई यति िछटो बेलायत बनाई िदएकोमा धन्यबाद िदनु त कता कता गाली गर्न थाले बा…………

    Reply
  3. Arjun says:
    August 27, 2016 at 6:10 am

    Dont be surprised if you see Bande Mataram hanging there as well with Ashok Chakra

    Reply
  4. K. Thapa says:
    August 27, 2016 at 1:18 am

    यी डाकाले लुट्नु लुटे जनता देश छोडेर हिडे अब केहि बाँकि छैन नेता धनि भए जनता तट पल्टे

    Reply
  5. बासु says:
    August 27, 2016 at 12:18 am

    कम्निस्ट दलहरुले सधै विदेशीकै फोटो मुनि बसेर त नारा दिने र काम गर्ने गर्या छन् नि | यो विदेशीको फोटो चाहिं राजतन्त्रको तलतल नै हो | स्वदेशी राखे जनताले पत्याउन छोड्लान | अनि?

    Reply
  6. सिर्जने says:
    August 27, 2016 at 12:03 am

    ति पानीमरुवा भातमारा मन्त्रीहरु ले येसो भित्ता तिर फर्केर पनि हेरेनछन्? हेर्या भे त क्यै भन्नुपर्ने? एलीजाबेथ को नेपा’ला के काम?

    Reply
  7. कमल says:
    August 26, 2016 at 9:44 pm

    त्यस भएर सरकारी मेडियालाई मात्र प्रवेश दिएको रहेछ|
    राष्ट्रपति मन्दिर मन्दिर घुम्दै फुर्सद छैन| भन्दाखेरि चै एमालेको कम्युनिष्ट रे| के हो धर्म निरपेक्ष भनेको? नभने पनि हुन्छ| कस्तो हिपोक्रेसी हो यो? अर्कोतिर राजतन्त्र फालेर त्यस्तो फोटो राख्ने के काम, पुज्नै छ भने बरु गणतान्त्रिक देशको प्रधान मन्त्रीकै राखेको भए के हुन्थ्यो|
    त्यस्तै ठाममा गएर कांग्रेसी मन्त्रि हरुलाई फोटो खिचाउन पर्ने|
    शीतल निवासको काम न काजको तर तलब भत्ता मात्र बुझ्ने घाम तपुवा गफाडी एडभाईजरहरुलाई तुरन्त हटाउन पर्यो|

    Reply
  8. Ken Thapa says:
    August 26, 2016 at 7:42 pm

    These morons accept the British Imperialism and Indian Expansionism.

    Reply
  9. harkbahadur says:
    August 26, 2016 at 7:02 pm

    धिक्कार छ यो मन्त्रि मण्डल र यो सरकारका व्यक्तिहरु. एस्तो निक्कम्मा सरकार ले के गर्ला. बिदेशी रानी को फोटो राख्ने तर आफ्नै देश को ऎतिहसिक राजा रानी को फोटो राख्नु नहुने. यो केहि होइन यी नेता हरुमा बिध्यमान रहेको अहम घमण्डीपन हो. यीनीहरुलाइ बिदेशी को पक्का दलाल भन्ने कुरा त यसै बाट थाहा हुन्छ.

    Reply
  10. Shankar says:
    August 26, 2016 at 2:34 pm

    उनीहरु लाइ सत्तामा लेउने मालिक(इन्डिया ) को पनि मालिक |तस्विर राख्नु परेन त् |
    संका त् यहा यो पो उठ्यो , रास्ट्रपति भबन को डेकोरेसन जिम्मा पनि भारत लाइ दिएको हो कि ?तेसो हो भने जासुसी यन्त्र जडान गरेको हुन् सक्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme