Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अर्जुनको ज्वाइँलाई कृष्णको सिफारिश : अलग-अलग गुटबाट ज्वाइँ-ससुरा दुवै मन्त्री बन्दै

Posted on August 25, 2016August 25, 2016 by Salokya

jwaisasura
नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा एउटा रमाइलो हेर्न पाइएको थियो- ज्वाइँ ससुरा मैदानमा। ससुरा अर्जुननरसिंह केसी र ज्वाइँ गगन थापा महामन्त्री पदका लागि भिड्दै थिए। दुवैको गुट फरक। अर्जुन सभापति निर्वाचित भएका देउवा प्यानलका अनि गगन चाहिँ सभापतिका अर्का उम्मेदवार कृष्ण सिटौला प्यानलका। जित भने रामचन्द्र पौडेल प्यानलका सशांक कोइरालाको भयो। अर्जुन दोस्रो अनि गगन तेस्रो।

यो भयो चुनावको कुरा। चुनाव सकिएपछि पनि गुट सकिएको छैन। अब यी दुवै ज्वाइँ ससुरा प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्दैछन्। त्यो पनि अलग अलग गुटको सिफारिशमा।

अर्जुननरसिंह केसी त प्रचण्डले शपथ लिएकै बेला मन्त्री बन्नुपर्ने। तर रक्षा मन्त्री खान्नँ, जनसम्पर्कका मन्त्रालय चाहिन्छ भनेर उनले मानेनन्। अहिले भने उनले सहरी विकास मन्त्रालय पाउने भएका छन्।

गगन थापाले चाहिँ स्वास्थ्य मन्त्रालय पाउने भएका छन्। पहिलो पटक मन्त्री बन्न लागेका गगन चाहिँ सिटौला गुटको सिफारिशमा मन्त्री हुँदैछन्।

को- को बन्दैछन् मन्त्री?
शेरबहादुर देउवा (संस्थापन) पक्ष
डा प्रकाशशरण महत – परराष्ट्र,
बालकृष्ण खाँड – रक्षा
सूर्यमान गुरुङ – श्रम तथा रोजगार,
अर्जुननरसिंह केसी – सहरी विकास,
केशवकुमार बुढाथोकी – सामान्य प्रशासन,
जीवनबहादुर शाही – पर्यटन

रामचन्द्र पौडेल पक्षधर
दीपक गिरी – सिंचाई,
रोमी गौचन थकाली – वाणिज्य तथा आपूर्ति,
सीतादेवी यादव – शान्ति तथा पुनर्निमाण,
हृदयराम थानी – सहकारी तथा गरिबी निवारण,
नविन्द्रराज जोशी – उद्योग

कृष्ण सिटौला पक्ष
गगन थापा – स्वास्थ्य

खुमबहादुर खड्का पक्ष
शंकर भण्डारी – वन

अहिलेका मन्त्रीहरु

उपप्रधानमन्त्री
विमलेन्द्र निधि गृह
कृष्णबहादुर महरा अर्थ

मन्त्री
रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात
जनार्दन शर्मा ऊर्जा
दीपक बोहरा आपूर्ति
गौरीशंकर चौधरी कृषि विकास
दलजित श्रीपाइली युवा तथा खेलकुद
विक्रम पाण्डे भूमिसुधार तथा व्यवस्था
जयदेव जोशी जनसङ्ख्या तथा वातावरण
हितराज पाण्डे सङ्घीय मामिला तथा स्थानीय विकास
सुरेन्द्रकुमार कार्की सूचना तथा सञ्चार
धनिराम पौडेल विना विभागीय
अजय शंकर नायक कानुन, न्याय, तथा संसदीय मामिला

राज्य मन्त्री
श्रीप्रसाद जवेगु सङ्घीय मामिला तथा स्थानीय विकास
सत्यनारायण भगत ऊर्जा
राधिका तामाङ्ग कृषि विकास
धनमाया विक विना विभागीय

5 thoughts on “अर्जुनको ज्वाइँलाई कृष्णको सिफारिश : अलग-अलग गुटबाट ज्वाइँ-ससुरा दुवै मन्त्री बन्दै”

  1. कमल says:
    August 26, 2016 at 9:35 pm

    नेपाली कांग्रेस भनेकै ससुरा ज्वाईं, बाबु छोरा, छोरी, दाजु भाई भतिज, पति पत्नी र नातागोताको हो| आफ्नो नातागोता छैन भने नेपाली कांग्रेसमा टिक्न गाह्रो पर्छ| नत्र कुलबहादुर गुरुङ र भिम बहादुर तामांगको जस्तो हालत हुन्छ| नेपाली कांग्रेस भ्रष्टचारीको मात्र होइन महा भ्रष्टचारीको पार्टी पनि हो| खुमबहादुर र जयप्रकाश गुप्तालाई जेलबाट फर्कदा शहीद लाई जस्तो फुल मालाले स्वागत गर्ने पार्टी हो| गिरिजाले सुजाताको लागि चमत्कार नै गरे| लोकतन्त्र ल्याउनमा जिरो माइनस योगदान भएकी सुजाताले गिरिजा पुत्री भएको हिसाबले मात्र उपप्रधान मन्त्रि र परराष्ट्र मन्त्रि पड्काए|
    फ्यामिली ट्री पार्टी भनेर घोसना गरे हुन्छ| ज्ञानेले समेत असक्षम भनेर बर्खास्त गरेका र बोल्ने नजान्ने नौ महीनामा सिण्डिकेट प्रधान मन्त्रि हुन् तयार छ|
    यो भन्दा ठुलो दुर्भाग्य र विडम्बना अरु के?

    Reply
  2. K. Thapa says:
    August 26, 2016 at 7:50 pm

    यी डाकाले लुट्नु लुटे जनता देश छोडेर हिडे अब केहि बाँकि छैन नेता धनि भए जनता तट पल्टे

    Reply
  3. nimesh, ktm says:
    August 26, 2016 at 10:39 am

    खुंखार भ्रष्टाचारीको भाग पनि रहेछ त कांग्रेसमा . कस्तो बिडम्बना नेपाली राजनीतिको जो चोर उसकै ठुलो स्वरको स्थिति छ नेपाली राजनीति

    Reply
  4. deepak says:
    August 26, 2016 at 9:34 am

    naya nepal haina purano nai thik thiyo jasto lagna thalyo malai ta.

    Reply
  5. Shankar says:
    August 26, 2016 at 1:19 am

    अब ज्वाई ससुरा ले मिलेर चार हात र चार खुट्टा ले नेपाल लुट्ने भो | भरे जनतालाई देखाउन गगनेको मासुपसल छदै छ |
    हिजो गोबिन्दे ,वाग्ले घुस खाएर अख्तियार लाइ देखाउने बेलामा लाखौको कबिता , किताब लेखेको र कमाएको भन्थे |

    प्रचण्ड ले लुटेको जत्ति छोराको बंगुर खेति पति पालन मा हाल्दे भैहाल्यो |
    रामबरण लाइ अमेरिका जान सरकारको सहयोग चाहिएको छ यतिबेला |बाबुराम कमरेड को घरभाडा मात्र महिनाको १ लाख ५० हाजार ( नया सक्ति पार्टी ले तिर्ने अरे , नया सक्ति पार्टीमा चै काँ बात आउने ?
    लुट लुट सैतान हो देश लुट |
    बाउ को छोरा हो भने
    सैतान नै भएर लुट
    साधुको बद्नाम न गर |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme