Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गाईजात्रे कार्टुनमा महिलालाई व्यङ्ग्य

Posted on August 25, 2016August 25, 2016 by Salokya

Untitled-9
गाईजात्रामा विशेष गरी कार्टुनहरु हुने पत्रिकामा उतिबेला भाँडभैलो र कामना निकै चर्चित थियो। भाँडभैलोले आफ्नो निरन्तरता कायम राख्न सकेन। तर कामनाले भने निरन्तर गाईजात्रा विशेषाङ्कको परम्परा धानिरहेको छ। पत्रिकाको मूल्य पनि एक जमानामा मात्र १० रुपैयाँ थियो। अहिले १५० रुपैयाँ पुगिसकेको छ। यस पटकको गाईजात्रा विशेषाङ्कमा महिलालाई गरिएका व्यङ्ग्य देखेको भए महिलावादीहरुले विरोधका स्वर निकाल्थे होलान्। केही व्यङ्ग्य यस्तो छ। जस्तो माथिको हेर्नुस्। उच्च पदमा महिला भन्दै सेल्फी पो खिचेको देखाइएको छ त। अनि यो कविता पढ्नुस् त। कति अश्लील छ। यो पनि महिलाको नाममा पो छापिएको छ।

Untitled-1

9 thoughts on “गाईजात्रे कार्टुनमा महिलालाई व्यङ्ग्य”

  1. लक्ष्मी says:
    August 28, 2016 at 11:30 am

    केही अवस्था बाहेक पुरुषको कुरा महिलालाइ मन पर्दैन, महिलाको पुरुषलाई | कविताका कमेन्ट गर्नेहरु सबै पुरुष छन्, उनीहरुले मन नपरेको छनक दिएका छन्, यसको अर्थ यो कविताले महिलाहरुको भावना र मर्म बोकेको छ जस्तो छ | यी महिलाको फोटो हेर्दा त कता कता दीपा श्री जस्तो पो लग्यो है!!!!!!

    Reply
  2. Bibek Dhakal says:
    August 27, 2016 at 2:44 pm

    सानो त्रुटी:
    शारदा भन्ने नाम महिला मात्र हैन पुरुष को पनि हुन सक्छ.
    उदाहरनको लागि: शारदा शमशेर जंग बाहादुर राना

    Reply
  3. Govind Belbase says:
    August 26, 2016 at 9:56 pm

    यो कविता पढ्दा यो ब्लगको दाँयापट्टि विज्ञापनमा देखिएको नग्न तस्विर भन्दा यो कविता अस्लिल छैन । अस्लिलता समाजको एक अंग हो त्यसैले वास्तविकतालइ स्वीकार्न सक्नु पर्छ । अस्लिलताबाट जोगिएको साहित्य खोज्ने हो भने यो ब्लगसंगै देखिने नांगा तस्विरहरूबाट जोगिने कुनै उपाय हुनुपर्यो । नत्र त्यही अस्लिलतामा रमाउँदै यथार्थ बोधक साहित्यलाइ अनादर गर्नु कति इमान्दारिता हो ?

    Reply
    1. सिर्जने says:
      August 27, 2016 at 12:48 am

      बेलबासे ज्यु, ती केटीहरुका फोटा त माइसंसारका अन्नदाता हुन्, दर्शकको माग अनुसार देखिने, कतिसारो देखि नसहेको ती ‘सुन्दरी’ हरुलाई तपाईले /

      Reply
  4. cRIS says:
    August 26, 2016 at 8:30 am

    नक्कली नामै लेख्नु परे पछि, भुजेल किन राख्नु पर्यो? लेखकको नियतको पटाछेप| पक्कै पनि भुजेल केटोले लेखेको होइन होला यो कविता| सोसल प्रोफाइल बनाउन खोज्य हो कि??

    Reply
  5. सिर्जने says:
    August 26, 2016 at 1:40 am

    बाहियात कबिता / गाइजात्रामै पनि नपच्ने /

    Reply
  6. Shankar says:
    August 25, 2016 at 8:04 pm

    कुन चै डंडे ले आइमाई बनेर कबिता लेखेछ | सब्द चयन अस्लिल लागे पनि यथार्थ ता बोकेको छ |

    Reply
  7. Durga Adhikari says:
    August 25, 2016 at 7:48 pm

    अस्लिल / राम्रो लागेन/ म पुरुष भयर पनि राम्रो लागेन भने महिलाहरुलाई कस्तो लग्यो होला?

    Reply
  8. Prakash Mani Adhikari says:
    August 25, 2016 at 7:37 pm

    व्यङ्ग अलि अश्लिल भयो। यस्तो व्यङ्गलाई अशिष्ट भन्न मिल्छ। म पनि यस्को समर्थन गर्न सक्तिन।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme