Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के भगवान कृष्णको मृत्यु टिटानस लागेर भएको थियो?

Posted on August 25, 2016 by Salokya

krishna-hindu-godआज कृष्ण जन्माष्टमि। हिन्दुहरुले श्रीकृष्ण मन्दिरमा पूजा आराधना गरी जन्माष्टमि मनाउँदैछन्। कृष्णको जन्म कसरी भएको थियो, उनका विभिन्न पराक्रमका कथाहरु त हामीले सानैदेखि सुन्दै आएका नै छौँ। तर कृष्णको मृत्युबारे भने खासै चर्चा हुँदैन। हुनत भगवानको मृत्युको पनि के कुरा गर्नु भनेर होला। तर महाभारतमा कृष्णको मृत्युको पनि प्रसंग उल्लेख नभएको भने होइन है।

महाभारतमा मौसल पर्व नामको एउटा अध्याय छ जसमा मृत्यु प्रसंग सविस्तार उल्लेख छ। त्यत्रो पराक्रम गर्ने कृष्णको मृत्यु एउटा वाण लागेर भएको हुन्छ। त्यो पनि कुनै महावीरले हानेको हैन, सामान्य शिकारीले हानेको। त्यो पनि खुट्टामा।

महाभारत युद्ध सकिएको हुन्छ। गान्धारीले कृष्णलाई सराप दिन्छन्- रोक्न सक्ने युद्ध पनि नरोकेको भन्दै। ३६ वर्षपछि उनको मृत्यु र यदुवंश पूरै सखाप हुने भन्दै।

समय बित्दै जान्छ। एक दिन कृष्णको छोरा साम्बाले महिलाको भेषमा लुगाभित्र ढुंगा राखेर ऋषिलाई सोध्न जान्छन्- यसको छोरा जन्मिन्छ कि छोरी। ऋषिलाई झोँक चल्छ। त्यसरी जिस्केको थाहा पाएपछि त्यो पेटमा भएकोले सम्पूर्ण यदुवंशलाई सखाप पार्नेछ।

यो दोस्रो सराप रहेछ।

त्यो पेटभित्रको ढुंगा माछाले खाएर त्यो माछा समात्ने एक शिकारीले त्यो ढुंगाबाट वाण बनाउँछन्।

समुद्र छेउमा रमाइलो गर्न गएका यदुवंशीहरु मदिराले लट्ठ भएर एक अर्काको दोष बताउन थाल्छन्। एक अर्कासित झगडा गरेर उनीहरुको मृत्यु हुन्छ।

बलरामको पनि मृत्यु हुन्छ। अनि एक दिन जंगलमा बसिरहेका बेला जिरु नामका शिकारीले कृष्णको खुट्टाको औँलालाई हरिण ठान्छन् र वाण चलाउँछन्। त्यही वाण लागेर कृष्णको मृत्यु हुन्छ। जीवन भर त्यत्रो पराक्रम गर्ने महापुरुषको मृत्यु जाबो खुट्टामा लागेको वाणका कारण नहुनुपर्ने। शायद वाणका कारण टिटानस लागेर पो मृत्यु भएको थियो कि। अथवा ‘प्रभुको इच्छा’, ‘प्रभुको माया’ भन्दिए भो।

कृष्णको मृत्युसँगै द्वापर युग समाप्त हुन्छ र हामी अहिले बाँचिरहेको कलियुग सुरु हुन्छ।

death-of-krishna-1

8 thoughts on “के भगवान कृष्णको मृत्यु टिटानस लागेर भएको थियो?”

  1. Rekha Ghale says:
    August 28, 2016 at 4:12 pm

    साम्भाले ढुग्गा हैन फलामको मुसल सारीमा छोपेक थए
    अनी ॠषिले सराप दियपछी सो मुसल खोलामा लगेर बगाइ दिएका थिए
    त्यो ठुलो माछाले खायो अनी मछुवार्ले माछ्को पेत मा पायो र फलाम बेचिदीयो त्यही फलाम बाट बाण बनै सिकारीको हात मा पुग्न गयो पछी त्यही बाण लगेर श्री कृष्ण bhagawan को मृत्‍यु भयको कुरो चै महाभारत मा पाईन्छ
    त्यो ढुङ्यो हैन

    Reply
  2. अार्यन says:
    August 28, 2016 at 3:35 pm

    अलीकती थप
    त्यो मुशल काठको थियो र त्यसलाइ नाश गर्न घोटीएको थियो । घोट्दा निस्केको धुलो बाट धारीलो पात भएको झाडी उत्पती हुन्छ । यदुबंशीहरू मात्तिएर त्यही धारीलो झाडी ले हाना हान गरेर मर्छन । र अन्त्यमा बाकी रहेको काठको टुक्रा पानीमा फालीन्छ । त्यो टुक्रा माछाले निलेको हुन्छ । शिकारीले त्यही टुक्रा राखेर बाण बनाएको हुन्छ जुन श्री कृष्णको खुट्टामा लाग्छ । त्यो बाणको टुक्रा काठको हो त्यसैले टिटानस हुन सक्दैन ।

    Reply
  3. Paresh says:
    August 26, 2016 at 10:21 am

    बाणको टुप्पोमा विष चोविएको थियो र त्यही विष लागेर तत्काल कृष्ण मरेको भन्ने पढिन्छ । शिकारीले रहरले भन्दा पनि आहाराको लागि वाण प्रहार गरेको भए किन विष चोबेको होला भनेर बेला बखत मनमा आउँछ ।

    Reply
  4. Prakash Poudyal says:
    August 25, 2016 at 10:42 pm

    भगवान जस्तोको मृतु मा, प्रहरी मुचुल्का त उठाएकै हुनु पर्छ | फेरी पोस्ट मार्टम पनि गरेकै होला | हानेको बान को प्रणाम पनि संकलन गरेकै होला | हान्ने को बयान पनि लिएयेकै होला. कता गायब भयो इ सब प्रमाण | येत्रो ठुलो हत्या मा आयोग किन नबनाएको | कसले लुकायो इ प्रणाम हरु | मलाई त अब यो लेख पढे पछि कतै भगवन को हत्या मा इ लेखक कै मिलो माटो त छैन भन्ने मा संका लाग्यो | हामी लै तितानुस भनेर भुलाउन खोजे को जस्तो छ | कहिँ तितानुस ले पनि तुरुन्तै मर्चा, समय लाग्दैन ? दाल मे कुच कला हे |

    Reply
  5. Suman says:
    August 25, 2016 at 2:26 pm

    Ha ha ha ! Nice comedy!

    Reply
  6. sushil says:
    August 25, 2016 at 1:58 pm

    मान्छेलाई फुर्सद हुनुपर्छ कस्तो कस्तो कुरा खेल्न थाल्छ है दिमागमा? लोल.

    Reply
  7. Ganesh says:
    August 25, 2016 at 1:08 pm

    यत्रो कथा हालेर तर्क चैं फिस्स ! फेरी एक बाजी उडाउन नि भ्याएछन् !

    Reply
  8. Rohini says:
    August 25, 2016 at 11:44 am

    The hunter who had made a arrow out of the small piece was once hunting and Krishna was resting under a banyan tree. The hunter from a far distance saw the base of Krishna’s foot which he thought to be a dear. Thus he took the arrow made out of the small iron piece and shot the Lord. Afterwards when he came near he was surprised to see the Lord Himself. He was very grieved and asked for forgiveness. The Lord said, “You were Bali in your previous birth and I was Lord Rama and I had killed you secretly and you wanted to take revenge. Thus in this birth I am fulfilling your desire and this was all my plan only.” thus saying this Lord Krishna went away to his eternal abode, Goloka.

    We are not enough pure thus we may think that Krishna died but the truth is that Krishna can never die,He is eternal, but for his earthly Lilas he takes birth and dies too like normal people.

    Source:
    http://www.iskcondesiretree.com/forum/topics/how-did-shri-krishna-leave-this-planet

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme