Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आयो-आयो, गयो- गयो भन्न छाडेको एक महिना भएछ

Posted on August 23, 2016August 23, 2016 by Salokya

drone4 आयो- आयो !
गयो- गयो !!

भूकम्प भनेको आउँछ कि जान्छ थाहा भएन तर भूकम्प आएपछि हल्लाउन चाहिँ हल्लाउँछ। गएको वर्ष वैशाख १२ मा ठूलै भूकम्प गएपछि केही दिनसम्म दिनकै कति चोटी हल्लाउँथ्यो। हल्लाएन भने के मिस भएको जस्तो हुने गरी हल्लाउँथ्यो। नहल्लाउँदा नि हल्लाएको जस्तो हुन्थ्यो भने कहिले चाहिँ हल्लाउँदा नहल्लिएको जस्तो हुन्थ्यो। बिस्तारै परकम्पको क्रम कम हुँदै गयो। आज सिस्मोनेपाल अर्थात् राष्ट्रिय भूकम्प मापन केन्द्रको साइट हेर्दा पो थाहा भयो- भूइँचालो नगएको एक महिना भइसकेछ।

पछिल्लो पटक भूकम्प जुलाई २३ मा गएको रहेछ। गोरखा केन्द्र बनाई ४.१ म्याग्निच्युडको। आज अगस्त २३। जुलाई २३ देखि आज अगस्त २३ हुँदासम्म ४ म्याग्निच्युडको कम्पन रेकर्ड भएको रहेनछ। ४ भन्दा कमको महसूस नहुने खालको कम्पन भने केन्द्रले सार्वजनिक गर्ने गर्दैन।

त्यसो भए वैशाख १२ को भूकम्पपछि कति पटक परकम्प गयो त?

४६५ पटक। यो पनि ४ वा त्योभन्दा माथिको मात्रै तथ्याङ्क हो फेरि।

परकम्प त आउन छाड्यो। तर भूकम्पले भत्किएका घरहरु भने अझै उठ्न सकेका छैनन्। काठमाडौँका भूकम्पपीडितहरुको त अहिले बल्ल लगत लिइराखेका छन्। सुस्त पनि कति सुस्त हो कति।

मान्छेहरु अब बिस्तारै डराउन छाडिसके। चर्किएका, टेको लगाइएका घरहरुमा पनि मान्छेहरु बस्न थालिसकेका छन्। अग्लो घर भन्यो कि मान्छेहरु डराउँथे उतिबेला। अब त्यो पनि रहेन।

IMG_5624
वैशाख १२ को भूकम्प गएको केही घण्टापछि मैले खिचेको फोटो।

IMG_5614
वैशाख १२ को भूकम्प गएको केही घण्टापछि मैले खिचेको फोटो।

1 thought on “आयो-आयो, गयो- गयो भन्न छाडेको एक महिना भएछ”

  1. Shankar says:
    August 24, 2016 at 6:03 pm

    हैन यो माइसंसार त् दैब ले पनि पढ दो रहेछ कि के हो ? हल्लिन छोडेको १ महिना भो भन्नासाथ म्यान्मार लाइ ६.८ रेक्टर स्केल र इटाली लाइ ६.२ रेक्टर ले हल्लाइदियो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme