ओली सरकारले ल्याएको बजेटले सरकारी कर्मचारीको तलब बढाएको थियो। बढेको साउन महिनाको तलब उनीहरुले यही भदौ महिना सुरु हुने बित्तिकै बुझिसकेका छन्। देशको सर्वोच्च स्थानमा रहने राष्ट्रपतिको तलब कति होला? प्रधानमन्त्रीको तलब कति होला। अनि मन्त्रीहरुको चाहिँ कति होला भन्ने चासो तपाईँलाई पनि लागेको भए अर्थ मन्त्रालयले प्रकाशन गरेको यो नयाँ तलब स्केलमा हेर्नुस्, यसमा अरु सरकारी कर्मचारीको तलब कति छ पनि लेखिएको छ।