Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बत्ती काट्दा मच्चिएको कोकोहोलो, पुत्ला जलाइयो, २४ घण्टामै जोडियो

Posted on August 23, 2016 by Salokya

14102703_1253408664692695_999039832880560286_n
यो साता बत्तीले निकै कोकोहोलो मच्चियो।

नेपालको झण्डै आधा जनसंख्यामा विद्युत नपुगेकोले उनीहरु अन्धकारमै बस्नु परेको छ। विद्युत पुगेको ठाउँमा पनि दिनमा १२ घण्टाभन्दा बढी लोडसेडिङ हुँदै आएको छ। देशमा अरु पनि थुप्रै समस्याहरु छन्। तर कोकोहोलो यो कारणले हैन, नारायणहिटी मन्दिरभित्रको महेन्द्र मञ्जिलको बत्ती काटियो भनेर मच्चियो। केही राजावादीहरु सडकमै पनि उत्रिए। अन्ततः संस्कृति मन्त्रालयले ३० लाखभन्दा बढी बक्यौता रहेको बिल तिरिदिने भएपछि २४ घण्टामै बत्ती जोडियो पनि। २४ घण्टामै सकियो कोकोहोलो।
14045721_1053739538074476_1698634557991076543_n
यो प्रकरणले एउटा शिक्षा भने दिएको छ। अब जोपायो त्यहीको घरमा विद्युत प्राधिकरणले बत्ती काट्न पाउने छैन। बूढाबूढी बसेको घरमा त झन् मानवीय हिसाबले पनि काटन् पाइन्न। भलै उसको छोराबुहारी, नातिनातिनी प्रशस्त सम्पतिवाला होस् र बिल नतिरेको होस्। एउटा सूची पनि निकाल्नुपर्‍यो। सरकारले आर्थिक सहयोग भनेर वर्षेनी करोडौँ रकम आफू नजिकका मान्छेलाई बाँडे जस्तो निःशुल्क बत्ती पनि बाड्ने सूची निकाल्नुपर्‍यो। त्यसपछि प्राधिकरणलाई पनि आनन्द- यस्तो सूचीमा नाम भएकोमा बत्ती काट्न जान परेन। बत्ती काट्यो भनेर सर्वसाधारणलाई कोकोहोलो मच्चाउनु पनि परेन। अनि यसरी पुत्ला जलाउनु पनि परेन। फोटो : राजकुमार थापा

5 thoughts on “बत्ती काट्दा मच्चिएको कोकोहोलो, पुत्ला जलाइयो, २४ घण्टामै जोडियो”

  1. रवी says:
    August 23, 2016 at 10:46 pm

    बरु अस्पताल र पाठशालामा बत्ती नभएको बारे बिरोध जनाएको हुन्थ्यो|
    सम्पतिवालहरुले किन बिजुलीको बिल नतिर्ने? त्यसै भएर राजावादीहरु नेपालमा अपाच्य भएको| कसले बहाना हो रत्नाको सम्पति छैन भनेर? राजावादीहरुको अलिकति पनि विवेक भएको भए नेता र भुतपुर्ब राज परिवार पट्टि होइन जनता पट्टि लागेको भए जनताले मान्ने थिए| अब ज्ञानेलाई नागार्जुनबाट हटाउने वा बील तिर्ने पनि कारवाही गर्ने होला राजा फाल्नेहरुले| राजावादी नेताहरु र मुसो प्रबित्तिका नेताहरुले केहि पाठ सिक्न पर्ने हो| सरकारले पनि पुत्ला जलाए भन्दैमा डराई हाल्न पर्ने थिएन|

    Reply
  2. राजन says:
    August 23, 2016 at 10:29 pm

    बिरेन्द्र हत्याकांड का मुख्य योजनाकार मुमा बडामहारानी को लाइन काट्ने हीम्मत कत्रो हं ?

    Reply
  3. राजन says:
    August 23, 2016 at 10:22 pm

    फोक्कटको खान पल्किएको मगन्ते राजपरीवारका केहि भरौटे अझै जीउंदै रैछन् ।

    Reply
  4. Shankar says:
    August 23, 2016 at 1:06 pm

    अनि हाम्रो घरको बत्तिको पैसा चै कुन मन्त्रालय ले तिर्ने ?
    देश मा मैले नै राजा हरुकोसासन को को अन्त गरे भन्ने छबिलाल दाहाल को सासन छ |अनि रत्न बसेको घर को बिजली उसैको सरकार ले तिर्छ भन्दा त् कुरा मिलेन ?
    तेस्तै भुकम्प पिडित करोडौ जनता घरबार बिहिन छन् , तर अरबपति पुर्ब राजा लाइ गणतन्त्र लेउने सरकार ले आबाश र भत्ता दिएर पालेको छ |गरिब जन प्रेमी राजा पनि निर्धक्क बसेकोछ |
    यसैले यी माकुने ,प्रचण्ड , ओली , देउबा सब टापटिपे र नेपाल लुट्ने र कार्यकर्ता लुटाउने मात्र हुन् , मूल ससक इन्डिया नै हो|
    राजाहरु रास्त्रबादी देखिन खोजे हटाइए , पछिल्ल्लो चोटी ओली रास्त्रबादी बन्न खोज्यो उ हटाइयो , मनै न परेपनि फेरी प्रचण्ड उर्फ छविलाल लाइ इन्डिया ले लेउन बाध्य भो | जसरि हिजो गिरिजा , एमाले सासक हरुले नेपाल का ठुला नदीहरु इन्डिया लाइ नैबेद चडाएर खुसि बनाए बापत ठुलो पार्टी बनेर फलि फुलिरहेछन , अब यो माथि यमराज को अदालत को वान्टेड छबिलाल आफु सत्ता मा टिक्न नेपाल आमा को के के कुरा सग सौदा गर्ने हो बडो डरलाग्दो अबस्था छ |

    Reply
  5. Bishnu Samari says:
    August 23, 2016 at 12:43 pm

    बिचरा उर्जा मन्त्री ले आफु संलग्न भएको निजी अस्पातल जनमैत्री अस्पातल ले नेपाल बिद्युत प्राधिकरणलाई ९८ लाख तिर्न बाँकी छदा केही गरेनछन अनी पूर्व राजपरिवारको ब्रिदा बस्ने सरकारी निवासको लाइन काटेर सस्तो लोकप्रियाता कमाउन आटेछन बिचराको योजना फेल खायो -जय माओवादी जय कङ्रेस जय इन्डिया बिचरा नेपाली जनता

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme