Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खोकना जात्रा : के हो के होइन? पाठीलाई सास्ती दिएको त हो नि

Posted on August 21, 2016August 21, 2016 by Salokya

Khokana_Jatra (25)
खोकनामा हिजो देवपोखरी जात्रा सकियो। केही वर्षदेखि यो जात्रा विवादमा आएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा बदनाम भएपछि हिजो जात्रा हुनुअघि पत्रकार सम्मेलन गरेर आयोजकहरुले नराम्रो नलेखिदिन आग्रह गरे। आयोजक समितिका तर्फबाट बोल्दै श्यामकृष्ण डंगोलले भने, ‘पाठीलाई टोकी टोकी मार्ने भनेर लेखिन्छ। त्यसो हैन।’

हो, पाठीलाई टोकी टोकी मार्ने हैन। तर लुछाचुँडी चाहिँ गर्ने नै हो। परम्परा र अरु देशका समुदायमा पनि यस्तै हुन्छ भनेर ढाकछोप गर्न खोजिए पनि वास्तवमा एउटा सभ्य समाजमा एउटा निरीह प्राणीलाई यस्तो अत्याचार गर्नु सुहाउने कुरा हैन। परम्परा त पहिले सति जाने पनि थियो। नरबलि भनिने मान्छेको बलि चढाउने पनि थियो। तर औँला काटेर रगत चढाएर पनि नरबलि छल्न सकिने अर्को परम्परा बस्यो। यहाँ पनि जिउँदो पाठीको साटो पाठीको प्रतिमूर्ति बनाएर परम्परा धान्न सकिन्छ होला।

जमानामा त्यो पोखरीमा मान्छेहरु खसेर मरेका मर्‍यै भए रे। पाठो फ्याँकेर कसैगरी त्यो क्रम रोकियो रे। अब वर्षेनी त्यसरी पाठो फ्याँकेर जात्रा गरिएन भने देवी रिसाउँछिन् रे। यस्तै तर्क गर्दा रैछन् त्यहाँका बूढापाकाहरु। हैन कस्तो देवी होलान् त ती ? देवीदेवता त अरुको कल्याण पो चाहन्छन्। यातना चाहने हो भने त देवी कसरी हुन्छिन् र। तर त्यसो भन्दैमा हामी बाहिरियाहरु कराएर, चिच्याएर केही हुनेवाला छैन। हाम्रो हस्तक्षेप उनीहरुलाई स्वीकार्य नहोला पनि।खाँचो छ त्यहाँका बासिन्दालाई यो क्रुर परम्पराका खराबीका विषयमा बुझाउने। उनीहरुलाई स्वयंलाई यो परम्परा विकृति हो भनी बुझाउने र स्वस्फूर्त यसलाई बन्द गराउन उनीहरुबाटै आवाज उठाउन लगाउने।

यो पत्रकार सम्मेलनमा आयोजकहरुको तर्क र स्पष्टोक्ति सुन्नुस्-

अनि यी फोटोहरु हेर्नुस्।
Khokana_Jatra (17)

Khokana_Jatra (27)

Khokana_Jatra (28)

Khokana_Jatra (29)

Khokana_Jatra (30)

Khokana_Jatra (31)

क्रुरता देखिन्छ स्पष्टै। तर जबसम्म यस्तो गर्नेहरुले परम्पराका नाममा यसलाई धान्दै बस्छन्, हाम्रो विरोधले केही हुनेवाला छैन। गढिमाइ मेलाका बारेमा पनि यस्तै सुनिन्छ। तर पोहोर त्यहाँ जाँदा थाहा भयो, यो मेलामा त मानिसहरुको सागर नै उर्लिँदो रहेछ। उनीहरुको आस्था र विश्वास रहेछ। यसलाई हामीले कानुन बनाएर रोक्दैमा रोकिने हैन रहेछ। उनीहरुलाई नै यसबारे नबुझाएसम्म केही हुनेवाला छैन। खोकनामा पनि त्यही हो। स्थानीय बासिन्दाले जबसम्म यो खराब हो भन्ने चेतना पाउँदैनन्, यसमा गर्व गरिरहन्छन्, यस्तो रोकिनेवाला छैन।

15 thoughts on “खोकना जात्रा : के हो के होइन? पाठीलाई सास्ती दिएको त हो नि”

  1. Rekha Ghale says:
    August 28, 2016 at 4:19 pm

    आफ्नो बाल्बच्चा र पशुको बच्चा उस्तै हैन र ???
    मानब कस्तो निस्थुरी होल है

    Reply
  2. Bhola says:
    August 26, 2016 at 9:02 am

    Nepali leaders prachanda’s and baburam is1000times cruel than this culture but nobody opposed to them ,why is such big debate on this people ‘s culture?

    Reply
  3. Bhola says:
    August 26, 2016 at 8:52 am

    This is our culture of khokana people how is it cruel?If you say it is cruel culture or bad , how was cruelty on Maoists prachanda’s and baburam Indian government ‘s inspired war ?

    Reply
  4. Basanta Shakya says:
    August 24, 2016 at 12:32 pm

    क्रुरता देखिन्छ स्पष्टै। तर जबसम्म यस्तो गर्नेहरुले परम्पराका नाममा यसलाई धान्दै बस्छन्, हाम्रो विरोधले केही हुनेवाला छैन। यसलाई हामीले कानुन बनाएर रोक्दैमा रोकिने हैन रहेछ। उनीहरुलाई नै यसबारे नबुझाएसम्म केही हुनेवाला छैन। स्थानीय बासिन्दाले जबसम्म यो खराब हो भन्ने चेतना पाउँदैनन्, यसमा गर्व गरिरहन्छन्, यस्तो रोकिनेवाला छैन।

    Reply
  5. bibek Dhakal says:
    August 23, 2016 at 7:22 pm

    र यहि बेला हाम्रो भन्दा धेरै सभ्य समाज भनाउदो अमेरिकामा जन्मे हुर्केकी एक १२ बर्षिया किशोरी आफुले ढालेको (आफ्नो शिकारी पिता को सहयोगले) जिराफ, मिर्ग आदि जंगली जनावर, उनको भाषामा ‘ट्रफी’ , संग फोटो खिचाउदा सभ्य भनाउदोहरुबाटै वह वाहि पाइरहेकी छिन र उनलाई प्रोहोत्साहन गर्ने हरु पनि धेरै जसो संसारका अरु सभ्य समाजकै छन्.
    https://www.facebook.com/aryanna.braidsandbowshunting/
    के भन्ने?

    Reply
  6. सिर्जने says:
    August 22, 2016 at 11:49 pm

    वाहियात परम्परा, यो परम्पराको तुरुन्त अन्त्येस्ठि गर्नुपर्छ!

    Reply
  7. Surendra Maharjan says:
    August 22, 2016 at 6:47 pm

    म मासु खान्छु तर मरेको जनवारको Mareko होइन !
    हे खोकना वासी तापैन्हारुलाई कसैले Eak पल्ट मुर्ख बनाएर यसरि जात्र मनाउन लगायो अझै तेही गर्नु हुन्छा त? तपैन्लाई chahin बाख्रीKo सिंगले पेटमा घोची घोची मर्यो भने kasto होला त्यति मात्र सोच्नुस त.

    Reply
  8. Pradeep MS says:
    August 22, 2016 at 2:14 pm

    यो परम्परा, यो जात्रा हेरेर/खेलेर हुर्कने त्यस भेगका मानिसमा माया र दयाको भाव कम हुने अझ भनौं निर्दयी बन्ने हुन् कि भन्ने लाग्दछ | जस्टो सुकै तर्क (बास्तवमा Audioमा सुनिएको तर्क नै गलत थियो) राखेर यस परम्पराको बचाउ गर्न खोजेता पनि गलत कुरा गलत नै हुन्छ, त्यै भएर परम्परा पनि धान्ने अनि पाठोले कुनै प्रकारको अमानबिय व्यवहारको सामना पनि गर्न नपर्ने लेखक को उत्तम उपाय अबलम्बन गर्नु नै बुद्धिमानी हुने छ |

    Reply
  9. Shiva Hari Adhikari says:
    August 22, 2016 at 8:03 am

    jiudai pathhi luchhi luchhi marnu ta malai ni thik lagdaina hajur yadi yo kura sacho ho vane baru chwatta katera mareko pathhi luchne parampara basalda hunthiyo ki

    Reply
  10. Dhiren says:
    August 22, 2016 at 7:10 am

    पाठोको लुछालुछी गर्नु जंगलीपन हो, अमानवीय हो| यो तु बन्द हुनपर्छ| यो अपसंस्कृति हो, कुपरम्परा हो| गढीमाई जस्तै खत्तम हो| यस्ता परम्परा जरै संग उखेल्न पर्छ| सांकेतिक रुपमा मनाउने गर्नपर्छ जसले गर्दा परम्पराको स्मरण भइरहोस| रथ जात्रा र भोटो देखाउने पनि त्यस्तै गर्नपर्छ, भन्या मतलब सांकेतिक रुपमा मात्र|
    पाठोको सट्टामा एउटा नक्कली परालको बनावटी पाठो चलाए हुन्न? संस्कृति को जोगाड पनि हुने, अमानवीय पनि नहुने| आधा जंगली त् छँदै छौ, कि पुरै जंगली हुने पर्यो?

    Reply
  11. Janak says:
    August 22, 2016 at 6:28 am

    it is so shameful event, I could not express my sadness in my words. Do we have any nepali, who opposed this kind of inhuman act. They need to bring to justice and prosecute for animal cruelty. Where is the nepali vets and animal right activator?

    Reply
  12. Shankar says:
    August 22, 2016 at 1:08 am

    यो पाठो लुछाचुडी गरेको लाइ के अचम्म मान्नु , ४६ साल मा आफ्नै आँखा अगाडी आयो ,आयो भन्दै बिचरा गरिब पुलिस मार्ने यिनै कांग्रेसी , माले , मसाले , माउबादी कार्यकर्ता नै थे| गरिब रोइ रहेको थ्यो , मेरा स्वास्नी , बाल्बचा छ भन्दै थ्यो , तर यिनीहरु यत्ति धुर्त र निर्दयी थे कि गोदी गोदी मारे |
    आज यिनैका मालिक पालै पालो ९ महिने सरकार बनाएर आफु पनि लुट्दै , कार्यकर्ता लाइ पनि देश लुताउदै छन् | कुन दिन बिदेसिको प्रत्यक्ष्य हैकम( अप्रत्यक्ष्य त् अहिले चलि नै रा छ ) यो देश मा चल्ने हो हेर्न बाँकी छ |

    Reply
  13. ankit sharma says:
    August 22, 2016 at 12:35 am

    Create employment for these youths. Then no need for any intervetion to stop this “Tradition”. It will stop automatically.

    Reply
  14. Rohini says:
    August 21, 2016 at 11:43 pm

    यो क्रुरताको अन्त्य हुनु पर्छ | आशा गरौ आउने वर्ष देखि पाठीहरु मारिने छैनन् |

    Reply
  15. Suman says:
    August 21, 2016 at 11:37 pm

    धिक्कार छ !!! यी मानब रुपी दानवहरु लाई जसले एउटा अबला जीव लाई अफ्रिकाको जंगलमा भर्खर जन्मेको मृगको पाठो लाई जंगली कुकुरले जस्तै जिउदै लुछी लुछी मार्छन ति जंगली र यी राजधानी का मानबहरु बिचमा फरक के रहयो !
    मैले यो भनेर कसैको संस्कृति माथि आछेप लगाएको होइन तर परम्पराका नाम मा हाम्रा पुराना आधुनिक सभ्यता संग मेल नखाने कुरीति हरु लाई परिमार्जन गर्नै पर्छ !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme