Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पूर्वयुवराज पारसका स्वघोषित सहयोगी बाबुरामको पछि किन लागे? ९ अनुत्तरित प्रश्न

Posted on August 21, 2016 by सूर्य खड्का

surya_khadka २०६५ जेठ १५ को संविधान सभाले देशलाई दलीय तानाशाहीको जालसाजीसहित गणतन्त्र घोषणा गरेपछि ज्ञानेन्द्र शाह हाँसी हाँसी गद्दी त्यागेर नागार्जुन गएपछि अधिकांश पूर्व राजावादीहरु तत्कालीन माओवादीमा धेरै नवक्रान्तिकारी बनेर लहसिए, जसरी २०४६ सालको परिवर्तनपछि अधिकांस पूर्वपन्चहरुको नयाँ दरवार नेपाली कांग्रेस बनेको थियो। जस्ले जे अर्थ लाए पनि हालसम्म नेपाली कांग्रेस वडादेखि बलियो हुनुमा मुख्य कारक शक्ति उसको संघर्षपूर्ण विगत मात्रै हैन, २०४६ पछिका सबै पूर्वपन्चहरुलाई चारतारे सारथी बनाउन सक्नु पनि एक हो।

तर संसदीय राजनीतिमा आउन स्व. गिरिजाप्रसाद कोइरालाको हात र साथ अनि उसैको जस्तो रणनीतिक चाल चाल्न खोज्ने माओवादीले ती तमाम पूर्व दरवारियाहरुको नयाँ साथलाई त्यति दिगो र विश्वासिलो बनाउन सकेन। नयां जनसमर्थन पाएको नाममा माओवादीले सुन्निएको बेलामा नी मोटाएको अनुभुति गर्‍यो। फलतः पहिलो संविधानसभापछिको ९ महिने सरकारबाट जसै प्रचण्ड सत्ताच्यूत गरिए अनि माओवादीमा प्रवेश गरेका धेरै गणतन्त्रवादी पूर्व राजावादीहरु या त शिथिल भए, या त तितरवितर।

13876682_1094119180670425_332139056326178042_n पहिलो संविधानसभा निर्वाचनमा पहिलो भएको माओवादी दोस्रो संविधानसभामा तेस्रो हुनुका अनेक कारणहरु हेलान, तर त्यसमा उसले नवप्रवेशी कामरेडहरुको रक्षा र जुगाड गर्न नसक्नु पनि एक कारण हो। अहिले घुमीफिरी प्रचण्ड नै गणतन्त्र नेपालको दोस्रो माओवादी प्रधानमन्त्री भएका छन, उनले यसपटक के छलांग मार्छन ? त्यो अहिले अनुमान गरौं, बहसपछि गरौँला।

तर यसबेला माओवादीबाट पारपाचुके गरेका पूर्व माओवादी उपाध्यक्ष, वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री र हालका नयां शक्ति नेपालका अध्यक्ष डा. वावुराम भट्टराईका वरिपरी झुम्मिदै गरेका मान्छेहरु र खासगरी पूर्व दरवारीयाहरुको प्रसंग भने रोचक छ।

काभ्रेका एक युवा जो थाइल्याण्डमा बसेर व्यवसाय गर्छन र पूर्वयूवराज पारसका सहयोगीका रुपमा पनि स्वतः आफैंले आफैलाई चिनाएका थिए, उनको नयां शक्ति पार्टीसंगको एकता र राजनीतिक जीवनको प्रवेश धेरै युवाहरुका लागि स्यानो तथा रोचक प्रसंग हो ।

मेरो सुनिल खड्का भन्ने युवासँग कुनै लाभहानीको सम्वन्ध छैन। तत्कालीन युुवराज पारस थाइल्याण्डको समितिभेज अस्पतालमा हप्तौंसम्म बेहोस भएका बेला माइसंसारमा मैले लेखेको ब्लग अभागी पारस पढेपछि खडका आफै मेरो सम्पर्कमा आएका थिए। उनले नेपाल आउँदा भेट्छु भन्थे, भेटेनन्। पछि लागेर भेट्ने जांगर चलाइएन।

अघिल्लो साल पूर्वयूवराज पारस फेरि थाइल्याण्डमा पक्राउ पर्दाताका सुनिल काठमाडौँमा थिए। त्यतिबेला कार्यरत माउन्टेन टेलिभिजनको समाचार प्रमुखका रुपमा मैले उनलाई टेलिभिजन समाचार वा अन्तर्वार्ताका लागि भेटेको हो। बानेश्वरको एक रेष्टुंरेन्टमा सुनिल खड्कासँग करिब पौने घण्टा जति बिताएपछि उनी थुनिएका पूर्वयुवराज पारसका समाचारका लागि अन्तर्वार्ता वा बाइट लिने उपयुक्त पात्र लागेनन्। उनीसँग सामान्य औपचारिकता गरेर हिँडियो। मैले भेटेर निस्कदै गर्दा प्रतिक्षामा रहनुभएका त्यतिबेलाका सेतोपाटीडटकमका गुणराज लुइँटेल खड्कासँग भेटन पुगे। सेतोपाटीमा उनको ठूलै कथा पनि आयो। न्यूज २४ मा पनि खड्का छाए केही दिन। त्यतिबेला खड्कासँग गरेका कुराकानी समाचार नबनाएर मैले ठीकै गरेको अनुभुति त्यतिबेला भयो जब उनले नयां शक्तिमा प्रवेशको टुइटे घोषणा गरे।

समाचारमा यसरी आयो मानौं पूर्वयुवराज पारश अब सुनिल खड्का नयां शक्तिमा गएपछि एक्लो भए । र, सुनिल खड्का यस्तो युवा शक्ति हुन जसले अब नयां शक्तिलाई उभार थप्छन ।

अनुत्तरित प्रश्नः
१) ठीकै हो, देशका लागि केही गरौं भन्ने एक युवा विदेशबाट फर्केर देशमा राजनीति गर्न चाहन्छ भने उसका लागि नयां शक्ति वा कुनै पनि अमुक पार्टीले स्वागत गर्नु सामान्य कुरा हो । तर मातृभुमिका लागि युवा लगायत के के जाति संस्था वा दलहरुमार्फत् सक्रिय सुनिल आखिर कमिटीबाट निर्णय नै नगरी किन विलय भएछन नयाँ शक्तिमा?

२) आफनो टीम, कमिटीमा कुनै बहस र निर्णय नगरी सुनिलले हुकुमी शैलीमा नयां शक्तिमा बिलिन भाको तथ्य त सामाजिक संजालमा उनकै सहयोगीले छताछुल्ल पारिसके। के सुनिल आफैलाई प्राधिकारसम्पन्न मान्दा रैछन कि ? यस्तै प्रवृत्ति कपीपेस्ट त होलान् नयां घरतिर पनि?

३) इतिहासले निर्मम हुनुपर्ने कठोर सत्य के हो भने डा. बाबुराम भट्टराईले माओवादी जनयुद्धका नाममा १७ हजार बढीको ज्यान लिएका हुन्। त्यसका एक नेता हुन् ती। संविधान जारीपछि गत असोजमा भटटराईले हजारौं मुसा खाएपछि बिरालो हज गर्न हिडेजस्तै कथित नयां शक्तिका नाममा पापको प्रायश्चित गर्न कोशिश गरेका हुन्। अनि के सुनिल खड्का किन त्यस्ताको पछि लागे त मलामी जस्तै?

४) यदि सुनिल खड्का आम युवाका एक प्रतिनिधि पात्र मानिने हुन भने उनी धर्तीमा हैन, महल र शहरमा मीठा कल्पना गर्ने सपनामुखी राजनीतिका लागि समर्पित युवा मात्रै सावित भाका छन । किनकि राजनीति मीडिया र शहरमा डा. बाबुराम र सुनिलहरुकै फस्टाउने हो । रियल पोलिटिक्स त बस्तीस्तरबाट सुरु हुनुपर्ने हो जो शायद नयां शक्तिलाई लागू हुन्न।

५) यदि सुनिल पूर्वयुवराज पारसका सहयोगी नै हुन भने, थिए भने, के उनले पारससंगको त्यो स्तरको हार्दिक सम्वन्ध पारसलाई पातालमा पुरयाउने दृश्य अदृश्य शक्तिको खेलको गोटी भएर पो गरेका थिए कि? यस्ता आशंका उनकै चरम पारससेवा र ठयाक्कै रिभर्समा डा. बाबुरामसँगको विलयले नै उठाउँछ नि उठाउँदैन र? बाबुरामकोे पार्टी सदस्यता र साथ र सारथी हुन सुनिल चेष्टा पारस सिध्याएपछिको पुरस्कार हैन भनेर कसरी पत्याउने ?

६) हिजो कम्युनिष्ट पार्टीका महासचिव डा. केशरजंग रायमाझी नै राजदरवार स्थायी समितिको सभापति भएको अभिशप्त अवसरवादी वाम इतिहास दोहोरयाएका उनै डा. बाबुरामले हुन । उनी चरम क्रान्तिकारीदेखि चरम प्रजातन्त्रवादी हुनु भनेको नयां परिवेशमा नयां रायमाझी नै हुन । अनि कसरी उतिविघ्न पारसवादी वा राजावादी वा मातृभूमिवादी सुनिलहरु एकाएक नयांशक्तिका आडभरोस र पुञ्ज बन्न सक्छन त ?

७) डा. बाबुरामको नयां शक्तिले सुनिललाई पार्टीमा भित्रयाउदा दिएको महत्व र सुनिलले उनको महान देशभक्ति वा मातृभुमिप्रेम लगेर डा. वावुराममा मिसाउनु भनेको नयां जोगीका धेरै खरानीको आख्यानको प्रतिध्वनी होईन भने के भ्रमको राजनीतिका लागि पृष्ठपोषक बन्नु नै युवापुस्तालाई सुनिललले सिकाएको पाठ हो त ?

८) एउटा कथित मातृभुमिप्रेमी पौरखी केटो बाबुरामको सहयोगी बन्ने राजनीतिक जोक्स हामीकहां संभव छ, अन्त विरलै यस्तो होला।

९) भारतका कस्ता पात्र हुन डा. बाबुराम? लोकसँग यो प्रश्नको जवाफ छ । अनि सुनिलको मातृभुमिको समपर्ण बाबुराम मार्फत् कहां गएर थच्चियो त ? बस बुझ्नेहरुलाई यति नै काफी छ।

पूर्वराजपरिवारलाई सबक
पूर्व युवराज पारसको जीवन आफैंमा विरत्तलाग्दो छ। उनले थाइल्याण्ड बसाईमा अस्पतालदेखि जेलसम्मको यात्रा साथी र सहयोगीकै कारण गर्नु परेको तथ्य उनले प्रस्टयाइसकेका छन्। यस्तो बेलामा अब पारसले किन सहयोगीहरु छान्दा वा साथ लिदा ध्यान नदिने त? यदि सुनिल घोर मातृभुमिवादी र पारससेवक हुन् भने त्यो सबै नक्कली थियो र यदि पारसकै पछि लाग्ने जत्थालाई डा. बाबुरामले भित्रयाएका हुन् भने फेरि सुन्निने रोगबाट पनि नयां शक्ति गाजिएछ भनेर बुझ्दा अतिशयोक्ति नहोला। यदि कसैले सुनिललाई आर्दश मान्थे भने उनी युवा अवसरवाद र शक्तिको भक्ति गाथा बुन्ने घटीया मातृभुमिवादका विम्व मात्रै हुन्।

त्यसैले राजनीतिमा लाग्न चाहने आम युवाहरुले अब सुनिलहरु ज्स्ता चरम अवसरवादीलाई हैन, आफ्नो थातथलोको भूधरातलीय यथार्थलाई आत्मासात गरेर मात्रै अघि बढ्नु मनासिव होला। यहाँ बाबुराम वा सुनिलहरु केवल भ्रम हुन्।

4 thoughts on “पूर्वयुवराज पारसका स्वघोषित सहयोगी बाबुरामको पछि किन लागे? ९ अनुत्तरित प्रश्न”

  1. bibek Dhakal says:
    August 23, 2016 at 3:16 pm

    कत्तिको पारसमोह हो हाम्रो सुर्यजी को. भारतमा कसले हो सलमान खान माथि समेत पी एच डी गरेका थिए रे, तपाइंको पारसमाथि पी एच डि देख्ने दिन आए म अचम्म मान्नेवाला छैन

    Reply
  2. ankit sharma says:
    August 22, 2016 at 12:52 am

    Grand Design Unfolding

    – Change Panchyat with Indian Support 1990
    – Start maoist terrorism
    – Start to defame royals particularly HH Paras
    – Expansion of Kantipur to defame HH Paras
    – Royal Killings and saving a family
    – Implicitly rooting conspiracies on the mind of people
    – Declaring Maoist Terrorist and supporting them undercover
    – Create political instability with the agents
    – Let the monarch take power
    – Unite Maoist and other so called parties with hidden agenda
    – Create anarchie
    – Defame and stop support to royal government to weaken it
    – So called political parties in power with agents on key position
    – Make sure royals defaming continous by plotting agents and undercover loyals with mission
    – Emulgation of constitution with bases to disintegrate the nation
    – Create more anarchie and plot agents as the head of constitution bodies
    – Create a anti-force with hidden agenda of supporting the disintegration
    – Create more dissatisfaction in the central/federal government
    – Create strong regional/state government with anti-nation sentiments
    – Disintegration of the country on the basis of ethinical riots and disagreements
    – Security and economic policies would be transfered to the neighbouring country
    – Returning to pre-unification era

    Rest yet to uncover

    Reply
  3. बिष्णु says:
    August 21, 2016 at 9:56 pm

    सुनिल को हुन् थाहा छैन र चासो पनि नराखे हुन्छ| आईते जाइते चल्ता फिरता मनुखे हुन् जस्ता छन्| अरु पनि त्यस्ता थुप्रै छन| उनको बारेमा पुरै ब्लग खर्च गैर केहि फरक पार्नेवाला छैन|
    मुख्य पात्र त् बाबुराम हुन्| पैले आदिवासी जनजाति भन्थ्यो, अहिले कट्टर मधिसे अधिकार पन्थी छन्| रामेश्वर जस्ता कांग्रेसको भ्रमण गर्नेले साथ् दिएका छन्| आदिवासी जनजातिलाई छाडे जस्तो छ| कम्युनिस्टहरु साहरै ढोंगी छन्, माओवादी होस् कि एमाले वा संयुक्त मोर्चा इत्यादि| दुनियालाई बाहिरबाट इश्वर र धर्म छैन भन्छन र आफै चाहि लुकी लुकी वा मौका पायो कि पुजिहालछन्| खुल्लामा खुला गरे हिपोक्राट भनिने थिएन|
    हिसिला म्याडम बाबुराम मात्र होइन नयाशक्ति कै गलापासो हो| ऐश्वर्यको अर्को रुप|
    प्रचण्ड, शेरे, राम्चंद्रे, ओली पनि त्यस्तै हुन्| माकुने झन् एक नम्बरी| यी नेताहरु सबलाई रिटायर गर्नुपर्छ|
    रेग्मी जस्तो खाउँ कि नखाउँ, खाउँ कि नखाउँअनुहार भएकोलाई पनि कसले पुरस्कार दिए भन्ने समाचार आएको थियो| उनी अदालतमा जनताको एक लाख मुद्दा फर्स्यौट गर्न छाडेर अर्को कुर्सिमा बस्न आएका हुन्, फेरी न्यायलयमै फर्केर जाने बन्दोबस्त गर्दै थिए, स्वात्तै चिप्लाईदिए| त्यस्तालाई के को पुरस्कार? तिरस्कार पो गर्नपर्छ| अदालत कुन ढंगले चलेको छ हाम्लाई थाहा नभएको हो र?

    Reply
  4. Shankar says:
    August 21, 2016 at 2:13 pm

    सुर्य जी
    मानिस को ज्यान संग खेल्ने हरु ले मातृ ,मातृभूमि , मित्र लाइ धोका दिनु नौलो हैन |तपाइको आसय पारासकोपछी मान्छे लगाएर उसलाई सड्यन्त्र पुर्बक फसाइएको हुन् सक्ने बा सुनिल अपर्चुनिस्ट हुन् सक्ने जे पनि सम्भब छ | किनकि धेरै नेपालि राजनीतिग्य हरु नेपाल लाइ भारत मा मिलाउने दिर्घकालिन मिसन मा संलग्न भएको अब धेरैले बुझेका छन् |
    सुनिल , पारस हरु कुनै बिसय नै हैनन् अब कौन पुछे खेसरिका दाल ?
    भारतीय दुतावास धेरै सक्रिय भएर पुरै देश परोक्ष्य रुप मा चलाइरहेको सन्धर्भ मा देउबा , प्रचण्ड , बाबुराम ,माकुने हरु जस्तो इन्डियाको पछि लाग्ने हो भने बा यी नेताहरु सग रुस्ट भएमा ज्ञानेन्द्र पनि फर्कन सक्ने तपाइलाइ लाग्दो हो | निश्चय पनि यी धुर्त नेताहरु मध्ये कुनै एक जस्तो हुने हो भने ज्ञानेन्द्र सजिलै फर्कन सक्छ | तर ज्ञानेन्द्र बा पारस मा त्यो क्ष्यमाता नै छैन | मान्नु हुन्छ ? उनीहरु मात्र राजपरिवार मा जन्मेर तेत्ति चर्चा पाएका हुन् |
    नेता हरु यसरी ९ महिना पालैपालो देश लुट्ने सहमति गर्छन | कर्मचारी लाइ सालको एक चोटी तलब बढे पुग्या छ | सभासद ले यसरी छिटो छिटो सरकार चेन्ज हुदा पालैपालो मन्त्रि बन्न पाए पुग्छ बा सरकार गिराउने खेल मा चोर बाटो बात तेसै अकुत धन आइहाल्छ | जनता लाइ रक्सि पिएर सपना सग सुत्न बानि परि सक्या छ | बिकास कसलाई चाहिएको छ ?
    यूरोप ,अमेरिका ,अरब गएर , त्यहाको चिल्ला सडक र बिकास देखेको नेपालि लाइ मात्र ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme