Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गाईजात्राका नाममा सम्प्रदायलक्षित आपत्तिजनक कार्टुन

Posted on August 19, 2016 by Salokya

kamana-cover पञ्चायत कालमा गाईजात्राको महत्व बेग्लै हुन्थ्यो। वाक तथा प्रकाशन स्वतन्त्रता गाईजात्राको बेला बल्ल पाइन्थ्यो। अनि त मान्छेले मन खोलेर व्यङ्ग्य गर्ने, हाँस्ने हँसाउने गर्थे। गाईजात्रा विशेषका रुपमा पत्रिकाहरु निस्कन्थे। अब त्यो बेला रहेन। गाईजात्रा हास्य कलाकारहरुको प्रहसन देखाउने चाड भएको छ। बाह्रै मास गाईजात्रे ताल हुने भएकोले होला पत्रिका पनि गाईजात्रा विशेष निस्कन छाडे। तर कामना मासिकले भने गाईजात्रा विशेषाङ्कको परम्परा धानिरहेको छ। तर यसपालि यो विशेषाङ्कमा मधेसी दाजुभाइप्रति लक्षित गरी बनाइएका कार्टुन देखेर निकै नरमाइलो लाग्यो।

यी कार्टुन व्यङ्ग्य हैनन्। यो त सम्प्रदायलक्षित ह्यारेसमेन्ट हो। रेसिस्ट सोच हो जुन कार्टुनका माध्यमबाट अभिव्यक्त भएको छ। गाईजात्राका नाममा यसले प्रश्रय पाउनु दुःखद छ। हेर्नुस् दुई कार्टुन

कार्टुन १ – जसले मधेसी समुदायलाई ब्ल्याकमेलरको रुपमा प्रस्तुत गरेको छ
racist

कार्टुन २- जसमा दुवै पात्रको बोली वाहियात छ। यसले के हँसाउँछ र यसले यस्तो लेख्ने दिमाग र छाप्ने दिमागको हाँसो उडाउँछ
racist1

3 thoughts on “गाईजात्राका नाममा सम्प्रदायलक्षित आपत्तिजनक कार्टुन”

  1. Shankar says:
    August 20, 2016 at 11:48 am

    –मोदी ले पानि और जवानी पहाड़ोमे ये हि जगह नही टिकती, भन्नु
    –नेपाल भ्रमण ताका घर को नेपालि नोकर लाइ बडी चर्चा गर्नु
    —नेपालि भासी नेपालि ( त्यहा नेपाल मा जनजाति मानिएका धेरै छन् ) लाइ भुटान बाट खेद्नु मा भुटान लाइ मद्दत गर्नु
    —-गोर्खाल्याण्ड मा नेपालि जातिलाई पेल्नु
    —नेपाल को बुद्द ,नदीनाला , प्राक्र्तितिक स्रोत लाइ पेवा ठान्नु , गाउको तन्नेरी लाइ बहादुर र पहाडी केटीलाई बेस्सेको नजर ले हेर्नु
    —बिभिन्न जाल झेल गरेर धेरै असमान र एक तर्फी फाइदा को सन्धि गर्न नेपालि लाइ बाध्य पार्नु
    —-नेपाल मा स्थिर सासन भए बिकास होला , नेपालि एक जुट होला , प्राकृतिक स्रोत हडप्न बाधा पुग्ला भनेर राजतन्त्र सखाप पार्न माउबादिलाइ तालिम , हतियार र आधार सिबिर बनाउन दिएर नेपालि रगत को होलि खेलेको , बिरेन्द्र को बंस सखाप , मदन भण्डारी को हत्या मा सड्यन्त्र आदि धेरै गैर कानुनि ,र आपराधिक गतिबिधि गरेको |
    मिर्जालाई काठमान्डू मै आइ गोलि प्रहार ,तेस्तै युनुस अन्सारी माथि
    —-बिहारीलाई नेपालि बनाएर ,नेपालि सांसद मा घुसाएर नेपालको संसदीय व्यवस्थालाई लाइ पक्ष्याघात को बिमारी बनाएको
    —नेपालि ले संबिधान उसलाई नसोधी बनाएको भनेर नेपाल मा नाकाबन्दी र झ्याइ गरेको ( पैसा बाड्ने र सपना बाड्ने गरे र नेपालि जनता झुक्काए पनि त्यो बेला मा ओली ले मोदीलाई सुघाइदियेकै हो र नेपालि बनेका बिहारी नेतालाई थान्ग्नामा सुतायेकै हो )

    यी सब अपमान को अगाडी गाइजात्राको कार्टुन त् खुंखार चोर लाइ सानो स्वर ले ये चोर भनेको जस्तो मात्र हो |
    किनकि हाम्रा तराइ दाजुभाइ त् तराई मा खेति पातीमा व्यस्त होला बा उतै घर गोठ मा होला | अधिकांस त् चम्पारण जिल्ला कै ति हुन् |

    Reply
    1. Rosham says:
      August 20, 2016 at 10:13 pm

      चित्त बुजो तपाइको कुरा | म पनि मधेसकै हु हामीले तेस्तो छुट्टै मधेस खोजेको छैनौ | अरु सबै भरौटे हरु हुन् |

      Reply
  2. Ritika says:
    August 20, 2016 at 7:54 am

    निकृष्ट आचरण । रेसिस्ट जानवरहरु, मान्छेलाई मान्छे नगन्नेहरु ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme