गएका केही महिना सपनाका कुरा धेरै सुनिए । सपना देखेरै मान्छेले आकाशमा उड्न सक्यो, र चन्द्रमा छुन सक्यो । ठुला-ठुला रोगको उन्मुलन देखि लिएर रेडियो र फोनको आविस्कार भएको पनि यस्तै सपनाले नै हो । अहिले देश माथि उठ्ला भन्दा झन् भासिदै जाँदा हाम्रोमा नयाँ सपना देख्ने लहर चलेको छ । कुनै एक जमानामा कला, संस्कृति मात्र नभई इन्जिनीयारिंग र प्रबिधिमा पनि अब्बल देश नेपाल कसरि यस्तो कंगाल हुन् पुग्यो ? जुन देशले अरनिको जस्ता आर्किटेक्ट जन्माउन सक्यो, आज बिज्ञान-प्रबिधिको अर्थ पनि बुझ्दैन ? कम्तिमा सपना को बहस शुरु भएको छ । खास गरि पुर्व प्रम केपी ओलीका सपनाका कुरा निकै भए । त्यस्तै हालै महाबिर पुनको आविष्कार केन्द्र खोल्ने सपनाका कुरा हुँदैछन् । यिनै दुइ खालका सपनाको चर्चा गरौ । कामको व्यस्तताले लामो समय लेख्न पाइएन, एकै पटक धेरै लेख्न पनि गार्हो भएकोले केहि भागमा लेख्ने जमर्को गर्दैछु ।
चर्चा शुरु गरौँ एउटा अकल्पनीय सपनाको — मान्छेले चन्द्रमा छोएको (No conspiracy theorist, please !) । बिज्ञान-प्रबिधिको त अपार सफलता भयो नै तर यो खासमा नेता वा नेतृत्वको पनि सफलताको परिचायक हो, त्यसैले यो सान्दर्भिक छ यहाँ । रुसले १९५७ मा पहिलो पटक अन्तरिक्षमा स्पुत्निक यान पठायो, र १९६१ को अप्रिलमा त अन्तरिक्षमा मान्छे नै पठायो । उ बेला रुस र अमेरिकाको शित-युद्ध । अमेरिकालाई नराम्रो लज्जाबोधको झट्का लाग्यो । त्यसको करिब डेढमहिना पछि तत्कालिन अमेरिकी राष्ट्रपति केनेडीले प्रतिनिधि सभाको बिशेष बैठकमा आफ्नो र आफ्नो देशको सपना प्रस्तुत गरे — १९६० को दशकमै चन्द्रमामा मान्छे उतार्ने ।
अझै पनि अनुमान गर्न सकिन्छ कि यो लक्ष चानेचुने थिएन । त्यसैले यो सार्वजनिक गर्नुभन्दा पहिले निकै गम्भीर छलफल र परामर्श गरिएको थियो । अमेरिकाकै लागि पनि एक हिसाबले अथाह मानव परिश्रम र लगानी पछि अन्तत: १९६९ को जुलाई २० मा निल आर्मस्ट्रंग चन्द्रमामा पहिलो पटक खुट्टाले छोए पछि यो सपना साकार भएको थियो । त्यतिबेला अमेरिकी राष्ट्रपति निक्सन थिए । तर मर्क्युरी र जेमिनाइ हुँदै यो एपोलो प्रोजेक्टबाट मानवको पृथ्वी बाहेकको पहिलो धरातलमा टेक्नुमा केनेडीले १९९६१ मा कंग्रेसमा गरेको भाषण नै मुख्य मार्ग-दर्शक बन्यो । इतिहासले उनलाई यहि रुपमा हेर्छ । यो भाषण यहा सुन्न सकिन्छ ।
उनले हचुवाका भरमा – ल मा २ बर्षमा चन्द्रमामा पुर्याउछु भनेर पुरा गर्न नसकेको भए उनको भाषणको कुनै महत्व राख्थेन होला । उनले बिज्ञहरु, बैज्ञानिकहरु संग व्यापक छलफल र समन्वय नगरीकन यस्तो घोषणा गरेका हैनन् । नेता भनेको यस्तो हुनुपर्छ जसले सपना पनि देखोस तर आफ्नो धरातल बुझ्न अरुको सल्लाह पनि मानोस । राजनीति गर्नेले बिज्ञान जान्नु पर्दैन तर बैज्ञानिक नै सल्लाहकार राख्नुपर्छ – सफल नेतृत्वको लागि । अहिले पनि बिकसित देशमा बिज्ञानमा ठुलै योगदान गरेको टप बैज्ञानिकलाइ नै बिज्ञान सल्लाहकार छान्छन बिकसित मुलुकमा । हाम्रोमा समस्या यहीं देख्दछु म । सफल नेता त्यस्तो हो जसले आफुलाई परिपक्व र सम्बन्धित क्षेत्रको बिज्ञहरुलाई आफ्नो वरपर राख्न सक्छ । त्यस्तो टिमको साथ लिएर पो मेरो सपना यो छ, यो पुरा गर्न कसरि सकिन्छ भनेर योजना बनाउन सकिन्छ त । नत्र बिना कुनै योजना, बिना कुनै बृहत छलफल, सार्वजनिक गरिने सपनाहरु मजाक मात्र बन्न जान्छन्। क्रमशः
सपना देख्नु नराम्रो कुरा हैन , तर सपना देखेर गफै मात्र दिएर भासन मात्र दिएर केहि हुन्न / सपना पुरा गर्न मिहेनत गर्नु पर्छ/
Nice Start Bighyan Ba, looking forward for this.
नेपाल मा
——>लौका , फारसी, घिरौला ,लौका हरु सब ले मावो , लेनिन को सपना देखे , मार्क्स ,नेहरु को सपना दखे | सपनालाई लाइ विकृतिले गर्भाधान गराइदियो अनि गिरिजा,मा कुने ,झलनाथ , मोहन बिक्रम , प्रचण्ड , बाबुराम , ओली ,बैद्द्य
,बादल , घाम छाया के के जन्मे जन्मे |मुसा ले धान को भकारी जस्तै देश धोस्त पारे र क्रमश पार्दैछन |
कति ले देश लाइ बढी गङ्गा मै मिलाइदिने कसम खाएर नेपाल को राजनीतिक मैदान पसेका छन् | असली रुप पर्दा न खसे र नाटक न सकिए सम्म देखिन्न | तर भनक धेरै लेपाइसकेक्का छन् |
बिसिस्ट तह कार्मचारी र कति सामान्य कर्मचारी समेत , नेता सब भारतीय राजदुत को भोज मा ,चाकडीमा गएका देखिन्छन ( पत्रकार लाइ भन्न पाइन्न , ति नारद हुन् , जहा पनि पुग्न सक्छन, तर बिष्णु भगवान उनीहरु पनि देशी नै जस्तो छ ) | अचम्म अचम्म देखिन्छ , लोकमान को प्रधान मन्त्रि हुने कुरा आउछ , खिल राज भएकै देखियो |
तेसैले नेपाल मा त् सपना मात्र देख्ने हैन सपना मा न चिताको समेत देखि इ रा छ |