Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नबिल बैँकमा बेवारिसे छ १४ करोड रुपैयाँ : क-कसको नामको खातामा छ रकम?

Posted on August 19, 2016 by Salokya

Nabil-Bank-Logo बैँकले निश्चित अवधिसम्म चल्तीमा नभएका खातालाई डोर्मेन्ट अकाउन्टका रुपमा राख्छ। यस्तो खाताबाट रकम निकाल्न मिल्दैन। बैँक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ को दफा ८२ (३) अनुसार नेपाल राष्ट्र बैँकले यस्ता खाताहरु बारे सार्वजनिक सूचना दिनुपर्ने नियम बनाएको छ।

त्यसै अनुसार विभिन्न बैँकहरुले सूचना निकालेका छन्। यसै क्रममा नबिल बैँकले विगत १० वर्षदेखि चल्तीमा नभएका खाता वा दावी नपरेका निक्षेप खाताहरुमा मिति २०७३ असार ३१ गतेसम्म कूल रु १४ करोड १९ लाख २९ हजार ६५१ रुपैया ९० पैसा मौज्दात रहेको जानकारी दिएको छ।

बैँकले यस्ता खाता र खातावालको सूची पनि निकालेको छ। त्यसमा रहेका ५ हजार नाममध्ये केही नामहरु यस्ता छन्

नियम यस्तो छ। बैँक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ को दफा ८२
dabi

  • अधिराजकुमारी प्रेक्षा
  • पिएल सिंह (काठमाडौँका पूर्व मेयर)
  • पियुषबहादुर अमात्य (एक जमानाका नामुद व्यापारिक घराना अमात्य समूहका हस्ती)
  • आरएनएसी
  • गोविन्दराज जोशी (पूर्वमन्त्री तथा कांग्रेस नेता)
  • पद्मरत्न तुलाधर (पूर्वमन्त्री)
  • शाही नेपाली सेना कल्याणकारी कोष
  • कुन्द दीक्षित (पत्रकार)

पूरा सूची हेर्न यहाँ क्लिक गर्नुस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme