Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पोखरामा कस्तो डरलाग्दो घटना : लोग्ने स्वास्नीको झगडा परालको आगोमात्र रहेन

Posted on August 17, 2016 by Salokya

ganthan
पोखरामा आज एकदमै डरलाग्दो घटना भयो। उखान छ- लोग्नेस्वास्नीको झगडा- परालको आगो। तर कुनै कुनै सम्बन्ध यति जेलिएको हुँदो रहेछ कि त्यो परालको आगोमा मात्र सीमित नहुने रहेछ। त्यो ज्वालामुखीसरह विस्फोट हुने रहेछ- यो घटनाबारे थाहा पाउने सारा संसारलाई नै सिरिङ पार्ने गरी।

माथिको फोटो प्रष्टसँग राख्न पनि नसकिने खालको घटना हो यो। फोटोमा दुई जना ढलेका छन्। स्याङ्जाकी २१ वर्षीया सोनम रेग्मी हुन् ढलेकी युवती। अनि ढलेका युवक हुन् स्याङजाकै २२ वर्षीय सन्जीवबहादुर नेपाली। सोनमलाई पोखराको सिमलचौरस्थित घरमा निर्मम ढंगले छुरा प्रहार गरी हत्या गरेर सन्जीवले विष खाएर आफूले पनि आत्महत्या गरे।

केटी रेग्मी। केटा नेपाली। अन्तर्जातीय विवाह भएको थियो जोडीको पाँच वर्षअघि। विवाह किशोर उमेरमा भएको थियो। परिवारले स्वीकारेको थिएन। त्यसमाथि दुवैको दाम्पत्य जीवन सहज हुन सकेको थिएन। पटक पटक प्रहरीसम्मै पुग्नु परेको थियो मेलमिलापाको लागि। दाम्पत्य जीवन सहज हुन नसकेपछि सम्बन्ध विच्छेदका लागि जिल्ला अदालतमा निवेदन समेत दर्ता भइसकेको थियो। के कारणले उनीहरुको सम्बन्ध बिग्रेको थियो भन्ने चाहिँ प्रहरीले अनुसन्धान गर्न बाँकी छ।

बुधबार साँझ सोनमलाई मार्ने र आफू पनि मर्ने नियतले सुसाइड नोटसमेत लेखी सन्जीव सोनम बसेको घरमा मास्क लगाई छिरे। सोनमलाई कोठाबाट बाहिर निकाले। अनि आफूले ल्याएको छुराले पहिले पेटमा त्यसपछि घाँटीमा रोपे।

श्रीमतीको हत्यापछि उनले आफूले पनि विष खाए र उनीसँगै ढले। घरबेटी र छिमेकीहरुले रगतै रगत बगेको आँगनमा दुवै ढलेको अवस्थामा भेट्टाएका थिए। सोनमको घटनास्थलमै ज्यान गइसकेको थियो। सन्जीवको भने गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगेको अवस्थामा मृत्यु भएको थियो।

घटना भयावह छ। किशोर उमेरको प्रेमपछि भएको विवाह त्यसलाई म्यानेज गर्न नसक्दा बित्थामा दुई जनाको ज्यान गयो।

2 thoughts on “पोखरामा कस्तो डरलाग्दो घटना : लोग्ने स्वास्नीको झगडा परालको आगोमात्र रहेन”

  1. बिजय तामाङ says:
    August 18, 2016 at 8:37 am

    अन्धो प्रेम र अन्तरजातीय विवाह भएकोले सम्बन्ध टिकेन । युवतीले पारपाचुकेको लागि प्रक्रिया थालेपछि युवक अागेवमा अाएर घटना घटेको देखिन्छ ।

    Reply
  2. Bayan says:
    August 18, 2016 at 2:09 am

    This mean that they did not have a love but just only attraction. Most of the times it is like that in such a situation.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme