Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राजदूतले नै माफी मागे अनि हटाए माछापुच्छ्रेको फोटो, भुटानको साइटमा भने कायमै

Posted on August 17, 2016 by Salokya

india
राजेश श्रेष्ठले पोल्यान्डको वार्सास्थित भारतीय दूतावास अगाडि रहेको माछापुच्छ्रे हिमाल नजिकै योगा गरिरहेकी केटीको फोटोमा इन्क्रेडिबल इन्डिया लेखिएको साइनबोर्ड फेसबुकमा पोस्ट गरेपछि उठेको विवाद अब समाधान भएको छ। पोल्यान्डका लागि भारतीय राजदूत अजय बिसारिया आफैले माफी मागेर त्यो फोटो हटाइएको जानकारी दिएका छन्।

@AnupKaphle @MEAIndia.Thanks, removed poster. Was an honest mistake, image provided by outsourced company. Apologies to friends in Nepal.

— Ajay Bisaria (@Ajaybis) August 16, 2016

राजदूतले यो फोटो फेसबुकमा पहिलो पटक राख्ने राजेशलाई पनि फेसबुकमै मेसेज पठाइ माफी मागेका छन्।
rajesh

स्टक फोटो राखिने वेबसाइट सटरस्टकबाट फोटो निकालेर बनाइएको रहेछ यो विज्ञापन। यही फोटो प्रयोग गरेर भुटानको एउटा वेबसाइटले पनि आफ्नो प्रचार गरिरहेको छ। त्यो अझै हटेको छैन। दूतावासले गरेको गल्ती त हट्यो, तर त्यो बिचरा भूगोलको ज्ञान नभएको भुटानीले गरिरहेको प्रचारले उसकै बेइज्जत भएको उसलाई थाहा होला कि नहोला?

bhutan

भुटानको प्रचारमा नेपालको माछापुच्छ्रे यहाँ क्लिक गरी हेर्न सकिन्छ

यसलाई पनि तपाईँहरुले दबाब दिएर हटाउन चाहने हो भने इमेल गर्नुस् उसले दिएको ठेगानामा [email protected]
Capture

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme