Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माछापुच्छ्रे कहिलेदेखि भारतको भएछ?

Posted on August 16, 2016 by Salokya

india
राजेश श्रेष्ठका अनुसार वार्साको भारतीय दूतावास अगाडि यो साइनबोर्ड राखिएको छ। फोटोमा माछापुच्छ्रे र नेपालको अन्नपूर्ण हिमशृङ्खला प्रष्टै देखिन्छ। तर त्यहाँ इन्क्रेडिबल इन्डिया पो लेखिएको छ। माछापुच्छ्रेे कहिलेदेखि भारतको भएछ?

यसो इन्टरनेटमा एकछिन खोजी हेर्दा त हिमाल र भूगोलबारे ज्ञान नभएकाहरुको काम रहेछ यो भन्ने प्रष्टै देखियो। कति लाज नभएकाहरु रहेछन् !

भुटानको साइटमा समेत यही फोटो राखिएको छ-

bhutan

खासमा यो सटरस्टकमा रहेको किनेर चलाउन पाउने फोटो रहेछ
shutterstock

योगा भनेको भारतकै हो भन्नेले इन्टरनेटमा खोजेर भारत र भुटानको विज्ञापन बनाउन यस्तो गरेका होलान् तर बिचराहरुको दिमागमा ठाउँ नेपालको हो भन्ने चाहिँ होसै भएनछ। बिचरा!

7 thoughts on “माछापुच्छ्रे कहिलेदेखि भारतको भएछ?”

  1. Gaurav says:
    August 17, 2016 at 6:53 pm

    म त केहि हानि होला जस्तो लाग्दैन । अनाबश्यक कोल्हाल गर्ने बानि नेपालीहरुको

    Reply
  2. प्रविण कुमार के.सी. says:
    August 17, 2016 at 1:14 pm

    केही हदसम्म मिडिया र संचारकर्मीहरुको पनि कमजोरी देखिन्छ । उनीहरुले हेपाहा प्रबृति देखाएर कहिले “गौतम बुद्ध भारतमा जन्मिएका” कहिले “सगरमाथा भारतमा पर्छ” आदी ईत्यादी लेख्‍न र प्रचार गर्ने गरेका छन् भने हामी पनि अनौपचारिक रुपमा संचालन हुने तर बिदेशीहरुले पनि देख्‍ने कार्यक्रममा ताजमहलको चित्र बनाएर “जङ्ग बहादुर राणाको गाई गोठ” महात्मा गान्धीको फोटो देखाएर चारमिनारको चित्र देखाएर “नेपालका मोबाईल टावर” अनि “नयाँ दिल्लिमा गोर्खालीको आक्रमण” जस्ता अनाव सनाब लेखिदिउ अनि तह लाग्छन कि भारतीयहरु।

    Reply
  3. Sunil, London says:
    August 17, 2016 at 7:56 am

    पुरा देश नै इंडिया भैसक्यो अनि माछापुछ्रे चै किन नहुनु ? बिस्तारै सगरमाथा, मकालु , कंचनजंघा, गोर्खा , मनांग सबै इंडिया मा पुर्याई दिन्छन यी नेता हरु ले !!!!

    Reply
  4. वल वहादुर वल says:
    August 16, 2016 at 8:22 pm

    मेरो विचारमा यो काण्डमा बुद्धको जन्मस्थल जस्तो दावी गरेर झुठ हो भनिरहन पर्दैन|

    बरु यसै बिज्ञापनलाइ नेपालले Young woman is practicing yoga agains NEPAL himalaya mountains भनेर अर्को बिज्ञापन थपे कसो होला? भारत र भुटानले समेत हाम्रो माछापुछ्रेलाई असाध्यै मन्पराएछन| एउटा पनि थपे हुन्थ्यो — our neighbours love our mountains so much that they use it in their ad….
    खोई कता गए हाम्रा पर्यटनका विदेश घुमन्ते हाकिमहरु?

    Reply
  5. Shankar says:
    August 16, 2016 at 4:54 pm

    नेपाल मा बचेखुचेको रास्त्रबाद्लाई खोक्रो भन्दै अझ उनीहरुलाई संकुचित र पहाद्बादी चिन्तन जस्तो देखाइन्छ | हालाकी रास्त्रबाद देश ब्यापी हुनुपर्ने थियो |
    माछापुछ्रे मात्र हैन , सरकार बदल्न देउवा इन्डिया जानु , प्रचण्ड भारत मुखी भएर अगि सर्नु , एता प्रचण्ड पी यम हुनु इन्डिया मा दिपाबली हुनु ले ;;इन्क्रिदिबल इन्डिया भित्र कुनै दिन पुरै नेपाल न आउला भन्न सकिन्न |

    Reply
  6. anjali basnet says:
    August 16, 2016 at 11:55 am

    होइन अरु ले जेसुअकै गरोस बिज्ञापन त हामीले पनि गर्न सक्छोउ त, खाली भारत को बिरोध गरो अनि आफु लै ओली को चम्चा बना यो , गफाडी ओली को गफाडी जनताहरु

    Reply
  7. Prakash Sunuwar says:
    August 16, 2016 at 11:49 am

    नेपाली भाषी भारतीय नागरिकलाई नेपालीले नेपाली भन्नु र नेपालको कुनै पनि खेलाडी होस्, स्थान होस् भारतको भन्छन । विवेक हिन हरु !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme