-विक्रम-
भाटभटेनी सुपरमार्केट नेपालको नाम चलेको ब्रान्ड हो। एक दर्जनभन्दा बढी ठाउँमा यसको सुपरस्टोर छ। त्यही मध्येको एक कलंकीमा शनिबार सपिङ गर्दाको अनुभवबाट तपाईँलाई सचेत गराउँदैछु- ध्यान दिनुस् नत्र ठगिनु होला।
शनिबार राति सपिङ गर्ने क्रममा सामान लिँदालिँदै २५ थोक पुगेछ। स्टोर बन्द हुने बेला भइसकेको थियो। काउन्टरमा बसेकी कर्मचारीले एक-एक गर्दै सबै साामानको कोड रिडिङ गर्दै कम्प्युटरमा इन्ट्री गर्दै बिल निकालिन्- ११ हजार ४ सय ८९ रुपैयाँ ९६ पैसा।
हामीले डेबिट कार्डबाट भुक्तान गर्यौँ र सामान लिएर निस्कियौँ। भोलिपल्ट बिहान घर पुगेर बिल हेर्दा पो झसङ्ग भइयो।
बिलको २५ औँ नम्बरमा ४ हजार ८ सय ८४ रुपैयाँ ९६ पैसाको सामान रहेछ। एउटाको ४०७ रुपैयाँ पर्ने सामान १२ वटा के लिएछौँ भनेर अचम्मै लाग्यो। नाम चेक गर्दा थाहा भयो त्यो त शिशाको गिलास पो रहेछ।
यो गिलास ६ वटा भएको सेटको ४०७ रुपैयाँ ८ पैसा मूल्य हुनुपर्नेमा उसले त एउटाकै ४०७ रुपैयाँ इन्ट्री गर्दै छ/छ वटाको दुई सेटको १२ वटा बनाउँदै ४ हजार ८ सय ८४ रुपैयाँ बिल बनाएको रहेछ।
अर्थात् दुई सेटको ८१४ रुपैयाँ १६ पैसा हुनुपर्नेमा ४ हजार ७० रुपैयाँ ८० पैसा पो बढी बिल गरेको रहेछ।
भोलिपल्ट त्यहाँको अफिसमा फोन गर्दा बिल र सामान लिएर आउनुस् भनियो। साँझतिर त्यहाँ पुग्दा गल्ती भएको स्वीकार गरे उनीहरुले। यहाँसम्म त ठीकै थियो। अचम्म त के लाग्यो भने उनीहरुको गल्तीको सिकार हामी उपभोक्ता हुनुपर्ने रे। गल्ती हो, स्वीकार पनि भइसक्यो। तर त्यो उनीहरुले बढी लिएको रकम फिर्ता भने दिन मिल्दैन रे। त्यति नै रकमको सामान अरु लिइदिनुस् न रे। लानुपर्ने जति सामान हिजै लगिसकियो, अब के लाने? यसो भन्दा पनि भएन। उनीहरुको हिसाब मिल्दैन पो भन्न थाले।
त्यो हाम्रो समस्या हो? गल्ती उनीहरुको भएपछि र त्यसलाई स्वीकार पनि सकेपछि फेरि ग्राहकलाई नै त्यो गल्तीको भार बोकाउनु पर्ने के खालको नियम तपाईँहरुको हो यो? यस्तो नियमले तपाईँहरुप्रतिको विश्वास कायम रहन्छ भन्ने ठान्नुभएको छ?
[तपाईँहरुले पनि यस्तै दुःख, अप्ठेरो भोग्नुभएको छ भने हामीलाई [email protected] मा प्रमाणसहित लेखी पठाउनुस्। तपाईँले बाँडेको अनुभवले यस्ता संस्थाहरुलाई जिम्मेवार बनाउन सहयोग त गर्ने नै छ, अरु उपभोक्तालाई पनि सचेत बनाउन सघाउनेछ।]
भूल हाेस् नहाेस्, अाएकाे पैसा फिर्ता गर्नु नपर्ने र भूल कबूल भएपनि जरिबाना तिर्नु नपर्ने भएपछि अाेभर चार्ज का किस्सा दाेहाेरिरहनु स्वभाविक हाे । भाटभटेनी सँग मेरा पनि तेस्ता थुप्रै अनुभवहरू रहेका छन् । संख्या बढि देखाउने वा मूल्य बढि राख्ने घटना काे शिकार अघिल्ला सपिङ मा बेहाेरी सकेकाे थिएँ। पछिल्लाे चाेटि एउटा ब्राण्डेड थर्मस किन्दा पनि तेस्तै फन्दा मा परें । चाैबीस घण्टा सम्म पानी तातै रहने भनेर लेखिएकाे थर्मस घर लगेर पानी राख्दा बेलुका काे पानी बिहान निकाल्दा (करीब १० घण्टा मा) चिसाे भैसकेकाे भेटेपछि मैले थर्मस फिर्ता लिएर गएकाे थिंए । दिक्क लाग्दाे चेकजाँच गर्ने ड्रामा पछि सामान फिर्ता त हुने भयाे तर पैसा फिर्ता नअाउने भयाे । अर्काे मन पर्दाे र खाेजे जस्ताे थर्मस भेटिएन । मसँग तेहाँ झगडा गरेर बिताउने समय पनि थिएन र मन नपरी नपरी अरू थुप्रै सामान खरीद गरी हिड्नु परेकाे थियाे । भाटभटेनी सुन्याे कि ती अमिला सम्झनाहरू पेटै देखि बटारिंदै अाउँछन् र तिनका सपिङ सेण्टरहरू मा पाेखिन खाेज्छन् ।
बिदेसमा पनि एस्तो गल्ति चाहि नहुने होइन रहेछ l Black River, US मा छोरीको घरमा केहि समय रहंदा एक दिन सपरिवार Walmart Shopping गरेर घरमा आइयो l उक्त किनमेल गरेको तेश्रो दिनमा ज्वाई साहबको आँखा त्यो Shopping गरेको Receipt मा परेछ l हेर्दै जाँदा Kale नाम गरेको साग ३३ मुठा किनेको देखाएको रहेछ l छोरी ज्वाई आश्चर्यमा पर्दै हामीले कतिवटा किनेको हो भनि Discuss पर्दा ०३ वटा मात्र किनेको हो भन्ने निष्कर्षमा पुगे l जबकि त्यो साग पकाएर खाइ पनि सकेका थियौ l तुरुन्तै Walmart मा फोन वार्ता हुँदा तेस्लाई सामान्य गल्तीका रुपमा लिएर Receipt ल्याउदा हुन्छ भन्ने मेसेज दिएछ l तेस्को पनि २/३ दिन पछि पुनः किनमेल गर्न जाँदा बिना झन्झट त्यो हिसाब सहजै मिलान गरेको अनुभव मेरो पनि छ l फरक यत्ति हो कि त्याहा इमान्दारिताको कदर हुन्छ र ब्यापारी तर्फबाट ग्राहकलाइ दू:ख दिनु हुँदैन भन्ने परिपाटी बढी छ, नेपालमा न्यून l
I had the same problem years ago. I bought a electronic gadget with the battery back-up more than 8 hours but when i checked that in home, the thing was crape didn’t even work for half an hour. So i went there told them about the thing and they checked other pieces and found the same problem. So they told me to get other stuff instead of the crape i bought. But i denied and ask them to call the manager and eventually they refunded my money. Only stuff that are good to buy in Bhatbhateni are groceries rest (Rest in peace)
I am a regular shopper in bhatbhateni. The only thing that I have to say about it is it is overstaffed. Staffs most of them are either busy chatting in a group or filling their water bottle. If not all most of them are irresponsible., impolite and lack salesmanship. Like road side shop keeper they address customers dai,didi, uncle, aunt, aamai, baje and so on which is inappropriate for a department store.If this is checked then it is good store for shopping.
तपाइंको कमेन्टका बाँकी कुरा हरु मा सहमत भएनी overstaffed भन्नेमा सहमति जनौना सकिन. यस्तो बेरोजगारीले ग्रस्त अवस्थामा कसैले एक जनाले पुग्ने ठाउमा 3 जना राख्छ भने म उसको प्रसंशा गर्छु. हो बरु कामदारहरुलाई सकेसम्म प्रोफेसनल बनाउन कसरत चाही गर्नुपर्छ.
Dear Bhat Bhateni Management Team,
See customer complaints and try to rectify.
otherwise customer will boycott you.
Yo desh ma Dindadai yasto Hunccha- yasko dos Desh Hakne Neta hun Kinaki Harek Paper corruption Hunchha Kagajma Durusta Tar arkai Bat Bito Chalchha Ani yo Rakam Uthauna yaso Hunccha, Upabhoka Haru Thaginu Parchha.
Tyaso Huda Aba BYAPARI, UDHOGPATI, PRASASAN,NETA RA SARKARLAI sachet parne hamijasta pidit upavoktaharu nai Hau.
I want ti inquire one thimg. Do the price they have listed is not MRP ( maximum retail price). And how is it that MRP doesnt include VAT. If it is that, how can they add VAT at the end separately. Because if we buy this things from outside we get all the product at listed price and dont have to pay the added tax. Is this cheating??
Bidesh ma bhako bhaye, jun bank ley issue gareko ho tyo bank ley customer secure garekk huncha. If pasaley haruley phirta garna manena bhaney, DISPUTE process ma gayo bhaney customer always wins. NEPAL ma yeti dherai chyau jasto bank haru chan, kina secure gardaina transactions haru ?? PLASTIIC money lai badhi secure, more frequent use ma lyaunu parcha bhanney mero sochai ho ..:)
एधि बिदेशमा भएको भए त्यो समान निशुल्क दिने थियो
They sell crappy Chinese low quality product in high price. I guess they buy from street vendor and sell it back to public.
Have faced similar conning from Bhatbhateni Several times..Whoever said It is not a case of simple mistake but they deliberately put more amount of stuff on the bill anyhow,is totally right!!They pretend It’s a mistake but I have too often noticed & pointed it out to them also..They usually do it by adding more quantity of stuff in the bill than u have purchased,like If u have bought 2,they put 4 or more & the bill automatically goes up..This is pure cheating,customers should take a stand against this & they should be punished..
तपाईंले कार्ड वाट पे गर्नु भएको रहेछ, सम्वन्धित वैकमा कम्प्लेन गर्नुस, ठग्यो भनेर पुलिसमा पनि रिपोर्ट दर्ता गर्न सक्नुहुन्छ, आफ्नो अधिकार नछोड्नुस्, त्यस्को हिसाव मिलाउन किन हाम्रो पैसा बुझाउने?
malai pani SALEWAYS lagankhel ma shaman kindda2 Kg dal kinda 3 kg ko po bill rahy6 ghar ma aayra hyrda po thaha bhayo, ani bholi palta gada hame tapaie lai phon gar6u bvanyra patayo (hamro shestam ma check gar6u ) aaj shamma na phon 6 na ta shaman deny kura 6 thag ko pani had hun6
भाटभाटेनी बाट म त धेरै पटक कमसल सामान पायेको कारण त्यहाँ खरिदारी नै गर्न छाडेको छु। मैले पनि कति पटक समाजिक संजालमा यी कुराहरू राखिसकेको छु ।
Saves Time, Saves money: उनीहरुको theme…यो चाही खास मा
ignorant and rude sales person, over billing, and lack of problem solving skill-BBSM हुनु पर्ने। भाटभटेनी मा धेरै समस्या छ, मैले पनि भोगेको छु, बच्चालाई लुगा किनेको size सानो भयो, ठुलो size exchange गर्न जादा उनीहरुको stock मा रहेनछ, अरु लुगा लग भने , कुनै मनपरेन finally एउटा लिए जुनको rate, return गरेको को भन्दा कम थियो, बाकी पैसा retrun नगर्ने रे!
मलाई अरु केहि चाहिएकै छहिन भने,-होइन तेइ पनि जे भए नि लानुस रे!!!
Shoppipng पनि जबर्जस्ती हुन्छ र? उनीहरु required size को लुगा नदिने अनि हामी जबर्जस्ती forceful shopping गर्नु पर्ने रे ! तर मैले मेरो बाकी पैसा फिर्ता लिई छाडे, as a customer, त्यो मेरो अधिकार हो.
अनि बोल्ने तरिका उस्तै छ! company ले केहि training दिदैन जस्तो छ!
Salesperson (कोहि-कोहि बाहेक) को बोलि सुन्दा, response देख्दा Supermarket हो कि रिसबजार हो जस्तो लाग्छ।
Over billing-mistake हुन सक्छ, तर, mistake पछि को जुन किसिमको response BBSM related staff ले देखाऊछन्, तेस्ले BBSM को management philosophy, strategy लै धेरै not so customer focused देखाउछ।
सबै थाहा छ upper level staff र management लाई, तर पनि ignorant भएर customer लाई मानसिक र आर्थिक सोषण गरिरहेको छ!
BBSM:Bhat-Bhateni-Sucks-Money
BBSM:Bhat-Bhateni-Sucks-Mind
भाटभटेनि तथा नेपाल का येसता सुपर मार्केटहरू आफ़ैमा सामूहिक चोर बजार हो तर त्यों बुजदैनन हामी जनता , अब हामी जानी जानी ठगींन्छ भनेर गये पछि तपाई न ठगिएर को म ठगीनू त ? तपाई पैसावाले हरू फूठपाथ को समान किन्न लाज हूने, बुडा बूडि ले राखेको सागपात किन्न फोहोर धुलो हूने, फूठपाथ या सानो पसल मा किन्दा लाज लाग्ने हुंछ तपाई हरूलाई । येदी तपाईहरूले त्यों गल्लिको ठेलावालाको समान, फुटपाथमा राखेको समान कीनिदिए उनिहरूको साँझ बिहान को छाक टरछन , नानी बाबू को फ़ी तिरन सजिलो हुंछ !!के यो कुरा तपाईहरू मध्ये कसैले याद गर्नू भएको छ ?? येदी हो छैन भने तपाईहरू जस्ता पैसावाल हरूलाइ २,८ हज़ार त के लाखौ ठगे पनी तपाईहरूको यो राड़ो रूवाईमा म भने फिस्स हाँसी दिनछू ।।
Bhatbahteni Supper Market is become overwhelming to earn easy money from customers but, it is totally not fair. I bought already over 6 lakhs business from their stores but never paid me voucher from their member card.
Several times I found errors in the billing but never accept and their staffs are crazy stupid, not friendly, not public relationship trained, dealing capacity nastiest and lacking of business trained.
I found outdated foods from their store and returned then didn’t accept. They don’t have any systems like, Bank cards discount as their monopoly and sometime does and sometime refuse.
I announce to every one do not buy anything in Bhatbhateni Supper Market this not in Nepal life standard shopping center.
सुपरमार्केट संस्कृति खुब फस्टाएको अमेरिकामा कुनै सामान किनेर कैयौं हप्ता चलाएर मलाई मनपरेन भनी फिर्ता गर्न लैजादा किन भन्ने समेत नसोधी सामान लिएर पैसा फिर्ता गर्दा रहेछन् । उपभोक्तालाई प्राथमिकतामा राख्ने यस्तो चलन हामी कहाँ कहिले आउला ? कमसे कम नेपालमा सुपरमार्केट संस्कृति भित्र्याएको जस लिन खोज्ने भाटभटेनीले त उदाहरण बन्नुपर्ने नि !
This happened with us too…saman haru kinne kram ma euta DDC ko cheese pani kineko thyoun jun matra Rs 360 cost thiyo…however i always used to calculate the estimate cost of every stuff in total before i enter to the counter n that time also i was very sure how much i will have to pay…but they printed the bill of extra Rs 250 more…i was so shocked n checked all the items..but customer lai confuse parna katti sajilo vane ni… DDC cheese ko place ma Yak Cheese ko cost entry garera extra Rs 250 thagi garna khojyo….tehi bela nai i said the entry u have made of stuff is wrong n she said sorry…..this has happened to me twice…so be aware every single customer..coz its very easy for them to confuse customers on similar items…
Hey,
Its not a mall fault and nor a cheating by intention its just a software bug.I am also working in multinational company as a IT Professional in dubai still i m facing these types of issues…..hope u got the cash back…and i expect IT team of the mall rectified the issue…
Regards,
After reading the comments, it appears more of a fraud of over-billing rather than casual mistake. This case should be informed to the CBI to make a random check. If in number of random checks the mistake is repeated then this is a case of serious fraud by Bhatbhateni.
Return dincha manager sangan kura garyo bhane maile 57,000 ko saman return gareko thiye but card return garna 27 days lagayo , worst service
Its very difficult to earn money, and Bhatbateni store, pls dont think that our money is cheap and don’t have any value.
aaba sabaile vat vateni ma saman kinda hosiyar hunu paryo hai.
I had same bad experience with them though my amount was very small. I bought dogs accessory few month ago from Naxal branch, sales representitive advised me if size doesn’t fit you can come back for return. And really it didn’t fit to my dog and went back for return, guy over there guide me to Account counter at 2nd or 3rd floor I forgot, he did needful and asked me to purchase any other product on same day because of their account settlement issue. I was shocked and asked for manager he took nearly 20 min to arrive and impose his so called rules that they have no policy to cash return. It doesn’t matter what their sales girl told while selling the product. they do not even bother to listen customers views. And they are so arrogant. Finally, I’ll have to purchase things which I really don’t need.
मेरो भतिजको लागि 2073 ्साल जेष्ठ 31 गते भाउजुले chocolate cake 1 pd किन्रु भएको रहेछ तर केक पुरै सर्फ गनाउने परेछ,भोलिपल्ट complain गर्न गएको केक फ्रेस छ भने्र सारै जिद्दी गर्नु भयो पल्टाएर हेर्दा कुनैपनि केकमा production and expiry date उल्लेख गरेकै छैन त्यस पछि लामै छलफल पछि उह्री सामान लिने सर्त गरीयो यो पनि ठिक। तर सेल्स girls ले एक शब्द भने मन नपरे याहा shaping नगर्नुस अार्इन्द देखि, जुन शब्द म कहिल्यै विर्सीन्न किनकी उस्को बाउको पैसाले कीनेको कहा थियो र यो केक,फेरी भातभतेनी लार्इ यत्रो घमण्ड लाग्छ भने यो public market होर्इन भन्दीए भर्इ गयोनी। koteshwor bhatbhateni.
Ma dharan ma raheko bhatbhateni ko kura gardai xu, hajarau rupaiya ko saman kin mel garisake paxi bill tirna gayo saman ko bill tirda ta jhola ko pani bill ma paisa Katne rahexa yo kasto khal ko shoping center ho maile bujhna nasakeko kura ho .. Sayed bhatbhateni le upabhokta lai sarasar Agadi nai thagi ko kayra gari raheko xa jasto lagyo ..
you have covered very important issue. this is really a serious problem for every customer. if you buy anything from bhat bhateni supermarket and later if you need to exchange it, you must find another one or you must buy anything else in exchange for that price. this is absolutely unfair for a buyer. i have this bad experience several times. once i bought a cotton pant for my dad at home. later he tried it and found unfit. i went for exchange but couldn’t get the actual size i was looking for. then i was compelled to buy something else equal to the price i paid. this company must change their policy on this. we must do something.
यस्ता गल्ती हरु प्राय जसो सुपरमार्केटमा हुन्छन । ८-१० वटाको त म नै भुक्तभोगी भएँ होला । काउन्टरमा बस्ने क्यासियरको गल्ती होइन । सामानको ट्याग (TAG) लगाउने ब्यक्तीको गल्तीले यस्तो हुन्छ रे । नगद पैसा मैले पनि आज सम्म फिर्ता पाएको छैन, तर प्राय जसोले कि त अरु सामान किन्नुस भन्छन, कि उक्त रकम बराबरको सपिङ भौचर दिन्छन । म चाँही संधै सपिङ भौचर लिन्छु र अर्को पटकको सपिङ गर्दा त्यही भौचर बाट तिर्छु । त्यही पनि सुपरमार्केट बाट निस्किनु अगाडि सर्र एक पटक मोटामोटी बिल हेर्ने बानी बसल्दा फाईदै हुन्छ । कहिले काहीँ display मा एउटा price राखिएको हुन्छ, बिलमा अर्कै price आउँछ । #horrible
Mero ni same case maile 2 packet wayfar leko 4 ota entry handecha. Chakarpath ko store ma. Birami bhara jana sakena tyo din 6 din pachi gako tyesto mistake hudaina hami bata re supervisor le. Cctv herna ta bhanda 24 hrs samma ko mayrai huncha re record ani jabo tyeti paisa ko lai k yesta haru sanga discuss garnu bhanera choddeko. Tara flash garnu parne raicha yesto news.
Naked cheating, Tesai BHAT BHATENI hunchha, Cell Shahu
It happened to me as well in koteshwor bhatbhateni. Since then I’d stopped shopping in any bhatbhateni stores. They were not ready to return back money in case of purchase return instead forced to replace some other goods with the same amount. Wtf. Yesto ni huncha. Afulai nachahine saman byaddhya vayera kinnu paryo. On the other hand goods are based on quantity not quality. If u need low quality goods in high price then it’s right place for those.
Dherai ramro kura ho yo.. yesto kura sabai le post garnu parxa.. Ra Thagi ko aarop ma Police complain pani garnu parxa… Teska baje harulai…..
Normaly if u pay by Debit card or card they have to 3.5% amount pay to POS holder Bank so they didnot want to cash back to Customer.
मेरो पानि यस्तै अनुभव छ। किन्दै नकिनेको सामान बिलमा देखियो।घरमा गएपछि चेक गर्दा मात्र थाहा भयो।पछी काउन्टरमा भन्न जादाँ पैसा चाही फिर्ता पाए पुल्चोक भाटभटेनिबाट ।यसरि चेक नगर्ने धेरै ग्राहक हरुको कति पैसा खाइ सक्यो होला योे भाटभटेनिले।
That’s why i luv shopping outside bargaining and counting the pennys and saving a little more like fun its really awesome experience one can’t do that in foriegn countries ….
I also had bitter experiences on purchase at Bhatbhateni. I always check the details and verify the goods before I leave the store. I pointed out many times relating to this issue to Bhatbhateni.
We were also charged more when verified the bill & items. We had to take another item in substitute of the over charged amount. But billing was not correct as changed good. It is already 8/9 months ago.
Few years ago Saleways at Pulchowk charge more than the amount per glass mug. Next day I went to complain and it was found that billing was done another items. But they returned cash. From that they I have not gone there.
One has to be careful and need to verify
I have had the exact thing happen to me at bhatbhateni. We noticed it straight away but they refused to accept their mistake and we did not buy the glasses.
यो समस्या त मैले पनि भोगेको छु! भाट्भट्नीमा मात्र नभएर अन्न्य मर्केट्तिर पनि। जस्तै सेल्वेज सुपर मार्केट अनि बिग मार्ट तिर! त्यस्कारन आज भोली जतिसुकै आइटममा सामान लिए पनि काउन्टर मै बसेर कम्तिमा दुइचोटी बिल् मा कस्ट र सामान चेक गर्ने हर्छु तल माथी भएमा तुरन्त कम्प्लेन गरिहाल्छु! जति ठगिने ठगियो अब देखी त्यो गल्ती फेरि नदोहिर्याउने सोच्मा ।
पैसा फिर्ता दियो कि दिएन त?
Costomers लै प्राथमिकता नदिने ठाउँ मा किन शोप्पिंग गर्न नजादा नै ठिक होला ! उनीहरुको गल्ति भएसी customer le तेस्को बदलामा अरु समान किनोस नाकिनोस वा समाननै लैजान पर्छ भन्ने छैन उनीहरले तुरुन्त पैसा नै फिर्ता दिनु पर्ने हो , खोइ केभन्नु nepalma नाम भने supermarket रे costomers सुबिधा चै सुन्ने छ !
अनि त्यो नेट अमोउन्त = ११४८९.९६ बाट फिर्ता आएको चार पैसा कसरि हिसाब गर्छन ? कि ११४९० लिन्छन , चार पैसा खुद्रा छैन भनेर ? कसैलाई जानकारी भए भंदिनुस न !
राउण्ड अफ हुन्छ
क्या गजब ! तेसो भए त ,, यो ठगि मार्केट ले सब सब नेट अमोउन्त हरु “round-up” हुने बनाएको होला … सधै “up” फाइदा नै फाइदा ..
नेट अमोउन्त हेर्दा जैले पनि “up” हुने गरि निस्किन्छा होला …
कसैलाई “round-down” गरेको थाहा भए जानकारी पाउ है !
Bhatbhateni often does over billing …its not a mistake. We have found it 3 times already. Whenever your amount is higher than 4000 to 5000 you may see 1000 around extra things. They must be inquired ….
नया कुरा होइन /
नेपाल कुनै तेस्तो पसल थाहा छैन जसले आको पैसा फिर्ता गर्छ /
यस्तै गरि अर्को समान लियर जाउ भन्ने हो /
आको लक्ष्मी जान कहाँ दिन्छ र ?
Kati ramro.. yeso ta jati paisa afulai chahiyeko chha line ani pachhi complaints aayo bhane saman diyera pathaune. Ki kaso ? Thagne sajilo idea yahi huna sakxa.