म रुजन न्यौपाने, बिरामी बुवाको ATM प्रयोग गरेर यस नेपाल इन्भेष्टमेन्ट बैंकको मेशिनबाट पैसा निकाल्ने क्रममा अपुग रकम आएको भनी गुनासो गर्दा हालसम्म पनि कतैबाट पनि चित्तबुझ्दो जवाफ तथा नगद परिपूर्ति गरी नपाएको बेहोरा जानकारी गराउँदछु।
सबैभन्दा पहिले मैले यस बैंकमा कार्यरत कर्मचारीलाई जानकारि गराएँ। तर सुरुको अवस्थाबाटै यस समस्यालाई अटेर गरेर पन्छाउन खोजे। जब मैले इन्भेष्टमेन्ट बैंक पुतलिसडकमा कार्यरत कर्मचारिबाट चरम बेवास्ता सहितको उत्तर पाएँ, मैले मिति २०७३।०३।२७ गते नेपाल इन्भेस्टमेन्ट बैंकलाई चिठी लेखें। साथसाथै यो चिठ्ठी राष्ट्र बैंक तथा नेपाल पुलिसलाई पनि कार्बन कपि पठाएको थिएँ।
प्रमुख रुपमा उत्तर तथा आश्वासन प्राप्त गर्नुपर्ने ठाउँ नेपाल इन्भेष्टमेन्ट बैंकबाट करिब ११ दिनपछि बल्ल जवाफ आयो। त्यो पनि मैले फेसबुकमा नेपाल इन्भेष्टमेन्ट बैंकलाई मेन्सन गर्दै गरेको पोष्टपश्चात् मात्रै सामान्य फोनबाट समस्याको जानकारी लिने प्रयास भयो। मैले फोनमा सोध्नुहुने हरेक बैंकको कर्मचारीलाई पटक-पटक जानकारी गराएँ। साथसाथै अघिल्लो चिठीलाई पुनः प्राप्त गर्न माग गरिएकोले पुनः प्रेषित गरें।
मैले यतिबेलासम्म थाहा पाइसकेको थिएँ कि बैंकहरु अझै पनि पूर्ण व्यवसायिक छैनन्। मेरो चिठ्ठिको ब्यहोरा राम्रोसित अध्ययनै नगरी अन्धाधुन्द मेरो अर्कै ब्यक्तिगत खाताको कारोबार विवरण पो नियाल्न थालेका रहेछन् र मलाई त्यस खाताको बारेमा सोधपुछ हुनथालेछ। जबकि मेरो गुनासो मेरो बाबाको खाताको बारेमा थियो। उहाँहरुले मेरो फेसबुकको पोस्टलाई आधार बनाएको र मेरो फेसबुक नामको आधारमा बैंक खाताको विवरण हेर्न थाल्नुभएछ।
पछि मैले नै सामान्य रुपमा सम्झाइदिएँ कि तपाईँहरु अलि झुक्किनु भयो र चिठ्ठिको ब्योहोरा राम्रोसित अध्ययन गर्नु भएन।
मैले खेदको साथ लेख्नै पर्छ कि बैंकको कर्मचारी पूर्ण व्यवसायिक छैनन्। मलाई पटक-पटक फोन गर्दा “भाइ”, “तिमीले” जस्ता शब्दहरुको प्रयोगले सम्बोधन गरियो। मेरो बुझाईमा यो गलत हो। किनकि मलाई समस्या परिरहेको र मैले पैसा पूर्ण प्राप्त नगरिरहेको तिक्ततापूर्ण अवस्थामा तपाईहरुको यो सम्बोधन मलाई ठीक लागेन र मैले ठीक लागेन भन्न पाउने अधिकार छ। यसरी सम्बोधन गर्नुहुनेमा बत्तिसपुतली ब्रान्चको शाखा प्रमुख तथा पुतलिसडक शाखाको शाखा प्रमुख हुनुहुन्छ।
यस क्रममा पुतलिसडक शाखाको शाखा प्रमुखले मलाई शाखामा नै आई कुरा गर्नको लागि आग्रह गर्नुभयो। यसका लागि मैले आइतबारको समय पाएको थिएँ। यो दिन उहाँ बिरामी बिदामा बस्नुभएछ। यसबारे मलाई पूर्व जानकारी दिइएन। यो एक ग्राहकमाथि गरिने चरम लापारबाही हो। मेरो घर भक्तपुरबाट पुतलिसडकसम्म आवतजावत गर्न ठूलै कठिनाइ बेहोर्न पर्छ। त्यसैले १००० रुपैयाँको पूर्ति गर्न गएको मेरो अर्को पाँच सय प्रत्यक्ष रकम खर्च भइसक्यो। अब आफैं विचार गरौं किन म १००० रुपैयाको लागि लडिरहेको छु।
पछिल्लो दिन फोनबाट कुरा गर्दैगर्दा पैसा फिर्ता दिन सक्ने ठाउँ नभएको कुरा प्रष्ट पार्नुभयो जुन कुरा मेरो लागि मान्य हने कुरा भएन। मैले मेशिनबाट पैसा निकालेर, पैसा राखेर, पैसा अर्को अफिसमा गएर बुझाउँदा बन्डलको बिचको नोट पट्याएको थियो जुन गनेर लिनु हुने कर्मचारी बैंकलाई प्रमाणको रुपमा आवश्यक परेमा सहमतिमा कुरा गर्न सकिन्छ होला। उहाँ पनि अचम्मित हुनुभएको थियो बैंकको नोटको अवस्था देखेर र नगद अपुग आएकोमा आश्चर्य हुनुहुन्थ्यो।
सम्पूर्ण कुराहरुको जानकारी गराउँदा गराउँदै पनि बैंकले पैसा दिन नमिल्ने र ATM मा नगद गन्नुपर्थ्यो भनेर दाबी गर्छ भने मैले सिधा उत्तर दिनुपर्छ कि तपाँईहरुले ATM मा सूचना लेखेर राख्नुपर्दथ्यो कि “नगद रुजु गरेर जानुहोला” भनेर। तेस्तो सूचना कहीँ कतै राखिएको छैन र सामान्यतया कहिँकतै ATM को शुरुवात गर्ने राष्ट्रहरुमा पनि हुँदैन होला। यस अबस्थामा बैंकको कमजोरी भएको हुँदा मैले पाउनु पर्ने अपुग नगद बैंकले दिनुपर्छ जस्तो मैलै बुझेको छु। मेशिनी चिजबाट गडबडी हुनसक्छ वा हुन्छ भन्ने मान्नुको साटो उल्टै बैंकको शाखा प्रमुखबाट पैसा तपाईँले हराउन पनि त सक्नुभएको हुनसक्छ भन्ने आशय राखियो। त्यसपछि मैले मेरो अपुग रकम रु १००० बैंकलाई राख्नको लागि छोड्न अनुमति दिनै पर्ने भयो। मैले गुमाउनुनै पर्ने भयो, आखिर ऊ बलियो संस्था किनकि ऊनिहरुसँग साधन र स्रोत छ, म एक सामान्य निरीह नागरिक।
मैले आजसम्म पनि मेरो पैसा पूरा गरिदिनको लागि बैंकले कुनै वास्ता नगरेको र समस्यालाई पन्छाउन खोजेको सबैमा जानकारी गराउँदछु।
यस पटक मैले अलि बढी संस्थाहरुको साहारा लिनुपर्ने भयो। किनकि म स्वतन्त्र नागरिक र एउटा संस्थामा पैसा कारोबारको लागि यति ठूलो झमेला र मानसिक तनाव दिन सक्ने बैंक तथाा संस्थाहरु कार्यरत भएको अबस्थामा मेरो पक्षमा सहारा दिने कोही नभेटेकोले मैले थप संस्थालाई यो चिठ्ठीको कार्बन कपि पठाउनु पर्ने भयो।
कार्बन कपि
श्री नेपाल पुलिस
श्री नेपाल राष्ट्र बैंक
श्री कान्तिपुर मिडिया ग्रुप
श्री न्युज २४ नेपाल टिँभि
श्री गोरखापत्र पत्रिका
श्री सेतोपाटि डिजिटल न्युज
श्री मेरो संसार ब्लग
निबेदक
रुजन न्यौेपाने
भक्तपुर, नेपाल
Dear Rujan jee, Namaskar,
Your case reflects a lack of Ombudsman system in Nepal. I would like to share my experience, which was solved due to ombudsman system, I don’t know much about the ombudsman system and how it is governed, although i can say we need ombudsman system to solve and work on behalf of citizen to protect consumer(Customer) right.
उपभोक्ता र सामसुङ, यूके कम्पनीको झगडा
अन्ततः समासुङ कम्पनीले हार मानेछ । उसले हारखाँदासम्म मैले भने लामै हण्डर खाएँ । मेरो उद्देश्य भने कम्पनीलाइभन्दा पनि उसको प्रवृत्तिलाइ हार खुवाउनु थियो । उसको त्यो प्रवृत्ति मेरा लागि मात्र नभएर सवै उपभोक्ताका विरूद्ध हो भनेर मैले हण्डर खान पनि कम्मर कसेको हुँ ।
सामसुङको ग्यालेक्सी एस–फोर मोबाइल हातपरेको बाह्र दिनमा सिमकार्डले त्यस मोबाइलमा काम गर्न छाड्यो । मोबाइल चाही थ्री.को.यूके http://www.three.co.uk (थ्री वेवसाइट)बाट किनेको हुनाले थ्रीलाइ कम्प्लेन (गुनासो) गरेपछि अर्को सिमकार्ड पठायो तर त्यो सिमकार्डले पनि त्यो ह्याण्डसेटमा काम गरेन । त्यसपछि थ्रीले भनेअनुसार सामसुङलाइ मरम्मतको लागि १० जुन २०१४ मा त्यो ह्याणडसेट पठाएँ । यो चरणसम्म झगडा थिएन प्रकृया नै मानेको थएँ । तर, £ ९२ पाउण्ड तिरेको खण्डमा ह्याण्डसेट बनाएर पठाउने नतिरे नबनाइ पठाउने भनेर कोटेसन सहित सामसुङले पठाएको इमेल मेरो इनबक्समा प्राप्त भएपछि झगडा सुरू भयो ।
नगद नारायण तिरेर किनेको माल १४ दिन पनि नचलाउँदै बिग्रेपछि मरम्मत रकम तिर्न मनले पनि मानेन र कन्जुमर्स प्रोटेक्सन एक्टले उपचार देला भन्ने आशासमेत लाग्यो । त्यसैले थ्री र सामसुङ दुबैको कस्टोमर–सर्भिस नम्बरमा सम्पर्क गरेर कम्प्लेन नोट गर्न पठाएँ । तर, दुबै कम्पनीले कोटेसन अनुसारको रकम नतिरी मोबाइल नबन्ने उत्तर दिए । मैले लिखित रूपमा जवाफ माग्दा लिखित रूपमा जवाफ भने दिएनन् । मैले पनि मौखिक रूपमै मरम्मतका लागि रकम नतिर्ने बरू कम्प्लेन अगाडि बढाउने जानकारी उनीहरूलाइ दिएँ । दुवै कम्पनीले मेरो जिकिरको कुनै मतलब नै राखेनन् ।
त्यसपछि गुगलमा खोजेर अम्बुड्सम्यान सर्भिसेजको वेवसाइटमा मेरो कम्प्लेन लेखेर पठाएँ । दुइ बर्ष अघि एक इन्सोरेन्स कम्पनीले अनावस्यक रूपमा ३६ पाउण्ड चार्ज गर्दा अम्बुड्सम्यान सर्भिसेजमा कम्प्लेन गरेपछि रकम फिर्ता पाएको अनुभव पनि थियो मसंग । त्यसैले धेरै अलमल भएन ।
यता अम्बुड्सम्यानलाइ कम्प्लेन पठाएँ उता भोलिपल्ट मरम्मत नगरी पठाइएको सिमले काम नगर्ने त्यही मोबाइल हात पर्यो । केही दिनमा अम्बुड्सम्यानले मलाइ इमेलमा सम्पर्क गर्यो । इमेलमा मेरो कम्प्लेन अगाडि बढाउन ८ हप्ता कुर्नु पर्ने जानकारी थियो । तर, मेरो कम्प्लेन सुनुवाइ नहुने भनेर सम्बन्धित कम्पनीको लिखित जवाफ दिएको प्रमाण भए त्यो समय कुर्नु नपर्ने र प्रकृया अगाडि बढ्ने पनि जनाइएको पाएँ । साथै, लिखित जानकारी कम्पनीले नदिएको अवस्थामा लिखित रूपमा कम्प्लेन कम्पनीलाइ पठाउन पनि सुझाव गरिएको रहेछ । त्यसै अनुरूप मैले थ्रीलाइ लिखित ब्यहोराको पत्र पनि हुलाकबाट पठाएँ ।
अम्बुड्सम्यानले उक्त समय भित्र कम्प्लेन समाधान नभए छानविन गरिने पत्र कम्पनीलाइ पठाउने कार्यविधिकोबारेमा माथि उल्लेख गरे अनुसारको यस अघि इन्सोरेन्स कम्पनीसंगको झगडाबाटै मलाइ थाहा थियो । मेरो कम्प्लेन सुनुवाइ गर्नु पर्ने ठानेमा त्यस्तो पत्र सम्बन्धित कम्पनीलाइ अम्बुड्सम्यानले तत्काल नै पठाएको हुँदो रहेछ ।
नभन्दै मैले कम्प्लेन गरेको लिखित पत्र थ्रीलाइ पठाएको तीन दिनमा थ्री को कम्प्लेन हेर्ने टीमबाट फोन आयो । उसले त्यो खराब ह्याण्डसेट बनाउन सामसुङ कम्पनीमा फेरि पठाउन सुझाव गर्दै सामसुङलाइ मरम्मत खर्च (९२ पाउण्ड) तिरेको बिल पेस गरेपछि थ्रीले त्यो रकम मलाइ दिर्ने कबुल गरियो । सोही अनुरूप सामसुङलाइ फेरि त्यो ह्याण्डसेट पठाएँ । सामसुङबाट मोबाइल मरम्मत गरिएकोले फिर्ता पठाउने हुलाक खर्च ७ पाउण्ड ८० पेन्स माग्न फोन आयो र त्यो हुलाक खर्च तिरेपछि मैले मरम्मत भएको सही सलामत ह्याण्डसेट प्राप्त गरेँ । आखिर सामसुङले नै त्यो ९२ पाउण्ड मसंग लिएन । मैले थ्रीलाइ फोन गरेर ९२ पाउण्ड तिर्नु परेन भन्ने जानकारी गराएँ र हुलाक खर्च मात्र तिरेको बताएपछि हुलाक खर्च बापतको ८ पाउण्ड पनि थ्रीले मेरो एकाउण्टमा (पे–एज–यू–गो) मा टपअप गरीदियो ।
कम्पनीहरूले उपाभोक्तालाइ गर्ने यस्ता ब्यवहारमा ग्राहकहरू चुप्पलागेर सहेर बस्ने हो भने उनीहरूको ज्यादती बढ्दै जाने हुनाले हामी ग्राहकहरू थोरै रकमकै लागि पनि अन्याय सहेर बस्नु हुँदैन भन्ने मेरो राय छ । कम्पनीहरूको अन्यायपूर्ण ब्यवहार विरूद्ध सहेर बस्दा ब्यक्तिगत घाटा कम हुन सक्छ र कम्प्लेन गर्दा समय र दुखः बढी हुन सक्छ । तरपनि अन्याय विरूद्ध जगरूक भइयो भने आफूजस्ता अरू ग्राहकलाइ शोषण गर्नबाट कम्पनीहरू हिचकिचाउने हुन्छ । त्यसैले अन्याय विरूद्ध जुझारू हुँदा ब्यक्तिगत रूपमा धेरै फाइदा नभए पनि समग्र समाजलाइ फाइदा हुन्छ ।
कुनै कम्पनीको ब्यवहार अन्यायपूर्ण लागेमा के गर्नु पर्छ त भन्ने प्रश्न उठ्न सक्छ । त्यसका लागि सर्वप्रथम सम्बन्धित कम्पनीको कस्टोमर सर्भिसलाइ आफ्नो गुनासो जानकारी गराउनु पर्छ । चित्त बुझ्दो समाधान भएन भने सवै ब्यहोरा जनाएर कम्पनीले गुनासो सुनुवाइ समेत नगरेको ब्यहोरा अम्बुड्सम्यान सर्भिसमा लेखिपठाउनु पर्छ । त्यसका लागि वेवसाइटमा गुनासो कस्का विरूद्ध हो र ब्यहोरा के हो भन्ने लेख्ने ब्यवस्था गरिएको छ ।
त्यस्तो गुनासो (कम्प्लेन) प्राप्त भएपछि अम्बुड्सम्यानले सम्बन्धित कम्पनीलाइ ब्यहोरा साचो भए नभएको सोध्नका साथै उपभोक्ताको गुनासो उचित समयभित्र छानविन नभए अनुसन्धान र तहकिकात गरी कारवाही हुन सक्ने पत्र कम्पनीलाइ पठाउँछ । छानविन भएको खण्डमा कम्पनीका अरू कमजोरीहरू पनि खुलासा भएर फसादमा पर्ने डरले कम्पनीहरूले तत्काल गुनासो (क्म्पलेन) समाधान गर्न लागि पर्छन् ।
यस सम्बन्धमा उपभोक्ताहरू सचेत हुनुपर्छ भनेर मेरो अनुभव उल्लेख गरेको हुँ । मेरो कुरा अनुचित लागे कृपया मलाइ जानकारीसहित सचेत गराइदिनु भएमा आभारी हुने छु ।
धन्यबाद
– गोबिन्द वेल्वासे
http://flyktm.com/govind/fullarticle.aspx?WritingID=86
१७ जुलाइ २०१४
आफ्नो अपुग पैसा माग्दा, मलाई त एता बैंकले त कारबाहि गर्ने रे हजुर LGBIT अनुसार । मेरो फेशबुक प्रोफाईलमा गएर हेर्नुहोला नि बैंकले कारबाहिु गर्ने भनेर लेखेको छ । म चाँहि सक्दिन हजुर यतातिर अधिकारको लागि लड्न ।
रुजेन जी
तपाई बैंक मा गएर CCTV footage हेर्नुस र रेकॉर्द check गर्नुस. तपाई ले पैसा गन्नु पर्ने थियो . नगन्नु नै mistake हुन गयो. तपाइले पैसा निकाल्न साथ गनेर खबर गर्नु पर्ने थियो. आफ्नो गल्ति पनि स्वीकार्नुस . बैंक लै मात्र दोष दिनु अलि intentional देखिन्छ .
मैले पनि ATM बाट पैसा निकाल्दा आएन तर खाता मा deduct भयो जुन पछि इन्वेस्त्मेंट बैंक ले नै फोन गरेर confirm गरेर deposit गर्दियो.
१००० को लागि बैंक ले आफ्नो नाम खराब त नगर्ला नै जस्तो लाग्छ;
बाँकि हजुर को इच्छा,
रुजेन होईन रुजन हो ।
i have already disabled my account in investment bank. It is one of the worse bank who does dam care. So, I feel I need to do good bye. I have also had bad experience some years also for about nearly 40 thousand remit.
तपाईहरुले एउटा नागरिकको समस्यालाई जसरी मर्काए पनि वार्षिक अर्बौ आम्दानी गर्ने वैङ्कले एउटा नागरीकको समस्यालाई राम्ररी बुझी काम गर्नुपर्छ जस्तो लाग्छ मलाई । यहा त अझै पिडितलाई नङ्ग्याउने कुरा पो गरिदैछ बा । चेतना भयास् ।
तपाईहरु जसले जुनसुकै हिसावले उहाको समस्याको व्यहोरालाई मर्काउन खोजेपनि १००० रुपैयाको लागी जो कोहि पनि यसरी धाउदैनथ्यो होला यदि झुटो भएको भए । त्यसैले एउटा नागरीकको समस्या त्यो बार्षिक अर्बौ कमाउने वैङ्कले वूझ्नु पर्छ जस्तो मलाई लाग्छ ।
हामिले बैंँकमा गरेको कारोवारबाटै तलब तथा मनग्य बोनस खाने बैंकका कर्मचारीहरु व्यवभिचारी भइरहे्का छन् । यस्ता बैंकहरुलाई हामीले बहिस्कार गर्नुपर्छ ।
एटिएमबाट पैसा झिकेपछि फेरि गन्नु पर्ने त हामि नेपालीले मात्र हाेला है । नत्र त एटिएमबाट झिकेकाे पैसामा पनि बिश्वास नहुने भए त के मा बिश्वास गर्नु ।
Worst Bank I have ever dealt with, No professionalism at all. Not only in listed branch but also in all the branches they have some manner less employee.
नेपाल मा बैँक अस्पताल विदयलय भने को जनता मारा हो. किन बैँक को नाफा अर्बको हुन्छ?
Nabil and Investment bank expires my eBanking password every year and I have to pay additional Rs.200 to get it activated. What a shame.
We should fight back until we win if we think we are right. It should not matter how long does it take, it should not matter how much it costs. Unless we prove them wrong now, those institutions will keep continue doing this. If we leave it behind thinking it is just the matter of 1000 rupees, think about how much this impact for a person who doesn’t have it and works all day to feed the family. It seems like I am going far, but I would recommend to get the money from bank at any cost.
17600 रकम deposit गर्न मैले 18000 रकम teller लाई दिएको थिएँ NIBL putalisadak मा। teller ले मलाई slip मात्र दिइन् फिर्ता रकम दिइनन्। मैले नि लिन बिर्सेछु। bank बाट बाहिर निस्केर बानेश्वर पुगेपछि पो झल्यास्स याद आयो कि मैले 400 रुपैयाँ फिर्ता लिन बाँकी थियो भनेर।
teller/bank बाट call पनि आएन।
सोचेँ अब फर्केर गएर मैले पाउँदिन। तिनै teller लाई दान भो भन्दै घर फर्केँ।
उनले दिन बिर्सेको त मानविय गल्ति भन्न सकिएला तर तपाइले जानी बुझी फिर्ता नमाग्नु भएको कुरा बिचार गर्दा गल्ति तपाइकै हो भन्न सकिन्छ ! यसमा बैंक लाइ दोष देखाउनु पर्ने केहि देखिएन त ! अलिक होसियार रहनु होला पैसाको मामिला मा ! यदि रगत पसिना को कमाइ हो भने एक एक पैसा को हिसाब राख्नुपर्छ !
I also have a bad experience with investment bank. Though it is only 100 rs. When i tried to recharge my ntc prepaid number through NIBL MPos, the amount was debited from my account but there was no recharge. Next day, the amount was not credited to my account, so i wrote mail (from ebanking link). But there is no response yet. Since it is merely 100 rs, i didnot follow up after that. This is very much unprofessional behaviour of Investment bank.
I had similar incident at FNB in South Africa recently. While drawing cash from one of their ATM, there was one piece of paper in between the rest of cash. I realized that there was not enough cash but was a piece of paper only later. After a week I went to their bank and reported the incident and with in a week the amount was reversed into my account. I wish we had similar honesty and professionalism among us Nepalese and Nepalese Businesses.
Dhanna NIB walaa haru ‘professional’ rahenachhan. Natra, arka ko ATM use garera paisaa nikaalne laai paile karbaahi garnu parne. Tyo khaataa, teskaa cheque, ATM sabai block garera fraudulently use bhayeko ho ki haina yakin garera matra release garnu parne. Cheque use garnu ni!
Bank bata hos waa ATM bata paisaa nikaale pachhi ruju garnu saamaanya ‘practice’ ho. yesko laagi notice taasnu jaruri chhaina. Counter bata or ATM chamber bata bahira gaisakepachhi bank jimmewaar hunu jaruri chhaina. Counter maa or ATM chamber bhitra CCTV recording le dherai hud samma pramaan dinchha.
“मैले मेशिनबाट पैसा निकालेर, पैसा राखेर, पैसा अर्को अफिसमा गएर बुझाउँदा बन्डलको बिचको नोट पट्याएको थियो” what does this mean? Did Mr Neupane try to con (by topping up money, folding a note to half so that one note counts as two and making it a bundle) the other party where he wanted to pay, but got busted, and now creating a drama to save face?
Otherwise, what does he mean? Normally notes dispensed by ATM are not folded (other than minor folds in the corners).
tapaii ko bau arkaa holan, hamro ta dad mom bhaneko sabii afnaii hun. Birami dad ko atm chalako ho writer le.
SAM ज्यू , कति प्यारो मिठो मायालु शब्द बाबा आमा प्रति ।
तपाँईको शब्दले छोयो मलाई । हो मैले मेरो प्यारो बाबाको ATM कारणबस उँहाको अनुमतिमा प्रयोग गर्ने गर्छु ।
Very true. I once wanted to close my account they said the charge for closing is Rs 600 while Rs 500 was frozen in my account.
Also Once used ATM of Nabil bank to take cash out. they deducted 250 Rs, I cashed out Rs 500. I asked the reason for it. This is their standard charge if you use card of banks other than Nabil bank, i had Citizen Bank’s card.
Also these ATMs doesn’t state the charge of using ATM.
नेपालमा बैंक, इन्सुरंस को काम ठग्ने संस्था हो भन्दा केहि फरक पर्दैन , येस्तै कुमारी बैंकले जेरो deposit मा खाता भनेर ७०० रुपया चिलिम परेको थियॊ, चेक , ATM password अनि बार्षिक बैंक खाता को charge गरेर, के सब्बै ठग हैनन त?
एटिएमबाट झीकेको नोट कसरी बण्डल भयो? बण्डल आखिर केलाई भनिन्छ? र उहाँले कति रकम झिक्नु भएको भन्ने पनि छैन अनि एक पटकमा रू २०हजार भन्दा धेरै झिक्न पनि मिल्दैन हैन र ?
मैले मेशिनबाट पैसा निकालेर, पैसा राखेर, पैसा अर्को अफिसमा गएर बुझाउँदा बन्डलको बिचको नोट पट्याएको थियो जुन गनेर लिनु हुने कर्मचारी बैंकलाई प्रमाणको रुपमा आवश्यक परेमा सहमतिमा कुरा गर्न सकिन्छ होला।
धन्यबाद यहाँको जिज्ञासाको लागि । २५००० को दरले चार पटक झीकेपछि , १००००० हुनुपर्ने थियो , ९९००० भयो मैले तेसैलाई बन्डल भन्न खोजेको थिएँ , मैले ठिक नेपाली शब्दको प्रयोग गर्न नजानेकै हो ।
भन्नाले तपाँई चाँहि बैंकको पक्षमा होला होइनत ? ठिकै छ आ-आफ्नो बिचार राख्न पाईन्छ अनि बैंकको पक्ष लिन पनि तपाँईको स्वतन्रता भित्रै पर्दछ । धन्यबाद मेरो समस्या सबै पढिदिनु भएकोमा । धन्यबाद ।
ATM बाट पैसा झिके पछी गन्नु पर्दैन क्यमराको अगाडि ,गन्ननु होला भनी तपाईं को बा को ATM मा लेख्नु परो कि ।। तपाईं ले बैंक १००० रुपैयाँ मा खोलेको हो र अबौ को लगनी हुन्छ । अर्बै को । आफ्नो सोतन्त्रत हेर्दा अर्को को सोतन्त्रत हनन गर्ने । हो तपाईं कोही ठाउँ मा मrका म हुनुन्नछ होला तर बैंक को शोतन्त्रता र खयाती मा धब्ब लगाउनु भो नी
एटिएम मेसिन ले फोल्ड गरेको नोट लाइ २ चोटि गनेर १००० कम दियो भन्ने आसयको उजुरी ले नै तपाइको मुध्दा सबै भन्दा कमजोर भो Ruian Ji. बास्तबमा मेसिनले गल्तिनै नगर्ने होइन र एटिएम ले पैसा कम दिन नसक्ने भन्ने पनि म मान्दिन । तर फोल्ड भएको नोट लाई २ चोटि गनेर दिने, machine ko log report ma susccessful transaction देखाउने, Atm cash balance ra physical cash balance दुबै मिल्ने, यि सबै गल्ति एकै चोटि हुन सम्भब छैन ।
जहाँ सम्म बैक मेनेजर ले भेट्न बोलाएर बिरामी बिदामा बस्यो भन्नुभो नि, अलि लाजमर्दो तरिकाले नै भन्नु भो मलाइ जानकारी नै नदिइ बिदा बस्यो भनेर । कृपया जानकारी रहोस बिरामी पर्दा ग्राहकहरु लाइ अग्रिम सुचना दिने चलन दुनियामा कहि कतै छैन ।
पेसागत मर्यादा भित्र रहेर बैंकका करमचारी बाट जुन आदर, सम्मान , अनि छिटो सुनुवाइ पाइनु पर्ने तपाइले पाउनु पर्ने पाउनु भएन त्यसमा तपाइ पिढित हो . त्यो बैकको ठुलो गल्ति छ । पैसाको सवाल जहाँसम्म मेरो अनुभबमा यदि genuine complain भएको भए यति धैरै बल्झिनु पर्ने देख्दिन म ।
If machine had givevn less amount Machine must have shown error report and ATM technicians easily can find it.
प्रकाश जी ,
तपाईले भनेको आरु ठिक होला तर एक कुरा मा असहमत छु :
१) जहाँ सम्म बैक मेनेजर ले भेट्न बोलाएर बिरामी बिदामा बस्यो भन्नुभो नि, अलि लाजमर्दो तरिकाले नै भन्नु भो मलाइ जानकारी नै नदिइ बिदा बस्यो भनेर । कृपया जानकारी रहोस बिरामी पर्दा ग्राहकहरु लाइ अग्रिम सुचना दिने चलन दुनियामा कहि कतै छैन
==> यो गलत हो. तपाईले समय लिनु भएको छ भने त्यो दिन बिदा बस्दा सबै समय लिने हरुलाई जानकारी गराउने चलन सामान्य हो | बिकसित मुलुकमा ‘तपाई को आज को भेट सारिएको छ वा क्यान्सल भएको छ’ भनेर जानकरी गराउछन | त्यो ब्यबसायिक मर्यादा हो |
Mr. Prakash “…………..जहाँ सम्म बैक मेनेजर ले भेट्न बोलाएर बिरामी बिदामा बस्यो भन्नुभो नि, अलि लाजमर्दो तरिकाले नै भन्नु भो मलाइ जानकारी नै नदिइ बिदा बस्यो भनेर । कृपया जानकारी रहोस बिरामी पर्दा ग्राहकहरु लाइ अग्रिम सुचना दिने चलन दुनियामा कहि कतै छैन ।…..”
हरे मूर्ख, संसारको सम्पूर्ण करपोरेट कल्चर अध्ययन गरेको जसरी कुरा नगरौ । मान्छेलाई वोलाएर जानकारी नदिई विदामा वस्ने चलन संसारमा (तिम्रो वैंकमा वाहेक) कही हुदैन । यदि त्यो कर्मचारी साँच्चिकै हिड्न वा वोल्न नसक्ने अवस्थामा रहेकोमा वाहेक । मान्छे सवै तिमी जस्तै फाल्तु समय भएको हुँदैन । वोलाए पछि, यदी आफुले अफिस आउन नसक्ने जानकारी ग्राहकलाई दिन नसक्ने हो भने पनि अन्य स्टाफहरुवाट भए पनि जानकारी गराउनु पर्दछ ।
तपाँईलाई गाह्रो भयो भन्दैमा मेरो कमेन्ट हेरेर बैङ्ककै पक्ष हो भनेर कसरी भन्न् भो? तपाइले एकलाख भन्या भा पो कुरो बुझिन्थ्यो? नबुझेर सोधेको हो। मैले निकाल्दा २०हजार दिन्थ्यो तपाईले निकाल्ने ठाउँमा २५हजार दिने रहेछ अब थाहा भो। सबैलाई स्पष्ट होस भनेर भनेको मात्र हो म बैङ्कको पक्षधर हैन। जे सत्य र सहि हो त्यसैको पक्ष लिइन्छ।
यो कुरा पचाएर बस्ने नेपाल इन्भेस्टमेन्ट बैन्क काला माफिया भन्नलाई सुहाउछ। एउटा नागरिकको पैसा खान पल्केकाले अझै पनि कति ग्राहक्को सित्तैमा पैसा खाइरहेको होला? बेलैमा होस पुर्याउ, नत्र हामी तपाईले पनि बिन फोगट आफ्नो पसिना को कमाइ खुवाउनु पर्ला!
Yes indeed, I gave them money and not going to fight anymore to receive those money, today onward I will see my thousand rupees in every coat pant tie, AC room and CEO vehicle and so on … I am luck guy that i can donate them….
Dear Rujan,
You are lucky not because of you could donate them RS 1000 (as u mentioned above), it is because of you have a genuine and strong reason to fight for and great willing power to go for it. Be strong buddy.. don’t lose hopw. Now u are not fighting just for Rs 1000, u r fighting for your (and every common Nepali’s) right. You should teach lesson to Nepal Investment bank representing all sidha/sadha Nepali janata…..
Once again, you have gotten a beautiful opportunity in life to do something helpful for a big mass and don’t lose it…This is what I say is a inseparable part of life and you must struggle for it… U can’t lose hope…
Fight …fight…fight for it.
Shame on you Nepal Investment Bank…I spit on you for deceiving a customer for RS 1000…
Vicky Dev
VICKY DEV ज्यू , तपाँईको कमेन्ट सार्हैनै हौसला थप्ने किसिमको छ । म तपाँई प्रति आभारि छु ।
यो चाँहि मलाई मैले दुई पटक मेरो समस्याको बारेमा ईमेल गरेर जानकारि गराएको तर ईमेलकको कुनै जबाफ नगरि अपहेलना गर्ने बैंक NEPAL INVESTMENT बैंक ले मेरो निजि फेशबुक पोस्टमा आएर गरेको कमेन्ट । सम्भबत नेपाल ईन्भेष्टमेन्ट बैंकको फैशबुक पेज होला ।
कमेन्टको हुबहु पाठ …
“Nepal Investment Bank Ltd. यस सम्बन्धमा मिति २०७२ साल असार २६ गते दिउँसो १२ बजेर १३ मिनेटमा हाम्रो पुतलीसडक शाखामा रहेको ATM मेसिनबाट तपाईं, रुजन न्यौपाने, स्वंयमले आफ्नो खाताबाट रु २ हजार निकालेर आफ्नो पर्स (Money Bag) मा र अर्कै खातावालाको खाताको ATM कार्ड प्रयोग गरी रु २५–२५ हजार चारपटक – जम्मा रु एक लाख) निकाली आफुले लगाएको लुगाको खल्तीमा राख्नुभएको कुरा CCTV Footage बाट स्पष्ट रुपमा देखिएको छ । उक्त कारोवारमा तथा बैंकको हिसाब–किताब मिलान गर्दा कुनै पनि किसिमको कम भुक्तानी भएको देखिएको छैन । उक्त कुरा प्रष्ट पार्न पटक–पटक तपाईसँग सम्पर्क गर्दा पनि तपाईं सम्पर्कमा आउन नचाही बैंकको बारेमा बिभिन्न किसिमका नकारात्मक कपोल कल्पित तथा आपत्तीजनक सन्देशहरु Social मिडिया लगायतमा प्रचारवाजी भएकोमा हाम्रो ध्यानाकर्षण भएको छ । उक्त किसिमको नकारात्मक क्रियाकलापहरु जारी रहिरहेमा बैंक LIBEL प्रक्रियामा गई कारबाही गर्न बाध्य हुनेछ ।
August 12 at 10:24am
Nepal Investment Bank Ltd.
Nepal Investment Bank Ltd. यस सम्बन्धमा मिति २०७३ साल असार २६ गते दिउँसो १२ बजेर १३ मिनेटमा हाम्रो पुतलीसडक शाखामा रहेको ATM मेसिनबाट तपाईं, रुजन न्यौपाने, स्वंयमले आफ्नो खाताबाट रु २ हजार निकालेर आफ्नो पर्स (Money Bag) मा र अर्कै खातावालाको खाताको ATM कार्ड प्रयोग गरी रु २५–२५ हजार चारपटक – जम्मा रु एक लाख) निकाली आफुले लगाएको लुगाको खल्तीमा राख्नुभएको कुरा CCTV Footage बाट स्पष्ट रुपमा देखिएको छ । उक्त कारोवारमा तथा बैंकको हिसाब–किताब मिलान गर्दा कुनै पनि किसिमको कम भुक्तानी भएको देखिएको छैन । उक्त कुरा प्रष्ट पार्न पटक–पटक तपाईसँग सम्पर्क गर्दा पनि तपाईं सम्पर्कमा आउन नचाही बैंकको बारेमा बिभिन्न किसिमका नकारात्मक कपोल कल्पित तथा आपत्तीजनक सन्देशहरु Social मिडिया लगायतमा प्रचारवाजी भएकोमा हाम्रो ध्यानाकर्षण भएको छ । उक्त किसिमको नकारात्मक क्रियाकलापहरु जारी रहिरहेमा बैंक LIBEL प्रक्रियामा गई कारबाही गर्न बाध्य हुनेछ ।”
यस अबस्थामा म यहाँको प्रतिकृयाको आशा राख्दछु, मैले के गर्दा ठिक हुन्छ ?