Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बालुवाटार छिर्ने सुवर्ण मौका : प्रधानमन्त्रीलाई सम्मान गर्ने भन्नुस्- पसेर ग्रुप फोटो खिचाउनुस्

Posted on August 8, 2016 by Salokya

Rss_Images_1470554605869_PRO_KTM_160807_IMG_2996 कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमति अनुसार अब बाँकी १८ महिनामा पालैपालो दुवैले प्रधानमन्त्री पद बाँड्ने हो। यस अर्थमा यो म्यादी सरकार हो। तर प्रधानमन्त्री हुनु भनेको कम उपलब्धिपूर्ण कुरा होइन। त्यही पनि पहिलो र दोस्रो दललाई हेरेको हेर्‍यै बनाएर तेस्रो ठूलो दलको नेता प्रधानमन्त्री हुनु त गौरवकै विषय हो। त्यही भएर अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्मान थाप्न भ्याइनभ्याइ छ। भन्नलाई उनले म रिबन काट्ने, उद्घाटन गर्ने काममा समय नष्ट गर्दिनँ भन्याछन्। तर दिनदिनै उनको बालुवाटारस्थित निवासमा हुलका हुल छिरेर सम्मान दिइराछन्। प्रचण्ड पनि मख्ख, सम्मान थाप्न पाएकोमा। यो हेर्दा त अहिले बालुवाटार छिर्ने सुवर्ण मौका छ जस्तो लाग्यो। प्रधानमन्त्रीलाई सम्मान गर्ने भनेर एउटा कुनै समूह बनाउनुस्, बालुवाटार छिर्नुस् अनि पसेर ग्रुप फोटो खिचाउनुस्। त्यो फोटो सरकारी मिडियामा आउने पनि पक्का छ।

DSC_9059-848x478

शनिबार कर्मचारी संगठन र विज्ञहरुले प्रचण्डलाई भेटी बधाई दिए।

DSC_9085-848x478

शनिबारै उद्योग वाणिज्य महासंघ लगायत एक थरि उद्योग व्यवसायीहरुले बालुवाटारै गएर बधाई दिए अनि ग्रुप फोटो खिचाए।

Rss_Images_1470554365442_PRO_KTM_160807_IMG_2851

भोलिपल्ट अर्को ग्रुप उद्योगी व्यवसायी पुग्यो बालुवाटारमा बधाई दिन। कोभन्दा को कम?

Rss_Images_1470554419882_PRO_KTM_160807_IMG_2875

Rss_Images_1470554605869_PRO_KTM_160807_IMG_2996

कलाकार र संगीतकार झन् के कम, उनीहरु पनि आइतबारै बालुवाटार पुगे र ग्रुप फोटो खिचाइहाले।

Rss_Images_1470554502475_PRO_KTM_160807_IMG_3060

आइतबारै पुगेका कानुन व्यवसायी र अटेसमटेस गरी फोटो खिचाउँदै। अझ त्यहाँ हेर्नुस् त एउटा फुच्चे बाबुलाई पनि बालुवाटार घुमाउन लगेछन्।

यो क्रम सोमबार पनि जारी छ। सोमबार कास्कीको ढिकुरपोखरी–काठमाडौँ समाजले आयोजना गरेको सम्मान कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गरेको मिडियामा समाचार आएको छ।

ल है, तपाईँ पनि आफ्नो ठाउँ-काठमाडौँ समाज बनाएर गइहाल्नुस् प्रमलाई सम्मान गर्न। बालुवाटार पस्न र ग्रुप फोटो खिचाउन योभन्दा सुवर्ण अवसर फेरि फेरि आउँदैन होला।

5 thoughts on “बालुवाटार छिर्ने सुवर्ण मौका : प्रधानमन्त्रीलाई सम्मान गर्ने भन्नुस्- पसेर ग्रुप फोटो खिचाउनुस्”

  1. Ekraj says:
    August 9, 2016 at 7:17 pm

    It has been already clear that how Pranchanda a con artist is going to misuse his nine months of opportunity for loot. Then another useless lazy thug will repeat the story another nine months.
    Why Nepal even needs, ministry, PM and legislative assembly to waste resources for non-functional government.
    The secretariats enough to conduct all the administrative work in Nepal but these corrupts needs to watched by people. Nepal really does need layers of incompetent mob everywhere who have paralyzed whole system and looted everything and moved the country backward by decades.
    All these criminals and thugs only deserve complete ostracize from general public and society.

    Reply
  2. bijay says:
    August 9, 2016 at 8:33 am

    हामीले चुनाबमा भोट चाही येस्तै दिनहरु हेर्नलाइ दिने त होला नि हैन र ? आखिर जो चुनाबमा जिते पनि केहि फरक नपर्ने रहेछ क्यारे/ कुनी कुनी के …मत्यन्ग्रा सत्यनास भने जस्तै भयो /
    यौटा ले घरमा पाइपबाट ग्यास पुर्याएर गयो , अब अर्कोले के गर्ने हो हेरौं/

    Reply
  3. sushil says:
    August 9, 2016 at 6:06 am

    होस् गर्नुस प्रम ज्यु, राजीव गान्धीलाई जस्तो भिडभाडमा बमको माला लगाइदेलान फेरी!

    Reply
  4. सिर्जने says:
    August 8, 2016 at 10:42 pm

    “कहिँ नभा’को जात्रा बालुवाटारमा”

    Reply
  5. नीना says:
    August 8, 2016 at 2:03 pm

    जो जो, र जुन जुन संगठन, वा ग्रुप बधाई दिन भनेर गएका छन्, ती सबैले स्वार्थको पोको बोकेर गएका छ वा स्वार्थपूर्तिको तानाबाना बुन्दैछन | बाहिर वा सडकमा धारेहात लगाउने पनि यिनीहरु नै हुन् | बेसरमहरु |
    प्रचन्डले आफ्नो समय देश र जनताको उत्थानमा लगाऊ, बधाई भेट बन्द गर | १-२ दिन पो बधाई हुन्छ, महिनौंसम्म के को बधाई | माला र खडा प्रेमी बानी छाड प्रधानमन्त्रीज्यु | काम नगर्ने हो भने अहिले नै देउवालाई देऊ, किन समय बरबाद गर्ने ? तिम्रो फोटो त टाँसीइसकेको छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme