Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओलम्पिकमा नेपालले पायो गोल्ड मेडल ! साँच्चैको हैन अनलाइनले जबर्जस्ती दिलाइदिएको

Posted on August 7, 2016August 7, 2016 by Salokya

fake
ओलम्पिकमा अहिलेसम्म नेपालले अहिलेसम्म एउटा पनि पदक जित्न सकेको छैन। तर जारी रियो ओलम्पिकमा भने एकै पटक झ्याम्मै गोल्ड मेडल दिलाइदियो एउटा अनलाइन अर्थसरोकार डट कमले। पौडीको हिट चरण अन्तर्गत तीन जना खेलाडी भएको एउटा हिटमा दुई जनालाई जितेको देख्ना साथ अजासुकारिता गर्नेलाई गोल्डमेडलै लेखिदिन हतार भयो।

यो अनलाइनले गल्ती पनि नस्वीकारी सुटुक्कै समाचार सच्याएर राख्न भ्यायो। तर उसले गरेको गल्ती भाइरल भइसकेको थियो। फेसबुकमा बधाईको लर्को लाग्न थालिसकेको थियो। हो कि होइन भन्ने थाहा नपाई सेयर गर्नेको भीड लागिसकेको थियो।

हुँदाहुँदा भर्खरै प्रधानमन्त्रीका स्वकीय सचिवमा नियुक्ति पाएका प्रकाश दाहालले समेत बधाई दिएको स्क्रिनसट सोसल मिडियामा देख्न पाइयो।
13900112_10210446543306003_4433362548134725572_n

फेसबुक पेजहरुले पनि सही कुरा पत्तै नलगाई यही समाचार सेयर गर्न थाले
fake1

नेपाललाई गोल्ड मेडल दिलाउने साइटले आफ्नो परिचय यसरी लेखेको रहेछ-
hamrobare

भएको के हो?
नेपालकी गौरिका सिंहले अन्तर्राष्ट्रिय मिडियामा निकै चर्चा पाइन्। किनकि उनी ओलम्पिकमा सहभागी खेलाडी मध्ये सबैभन्दा कान्छी थिइन्। उनी सहभागी भएको १०० मिटर ब्याकस्ट्रोकमा कूल ३४ जना खेलाडी थिइन्।

३४ जनालाई नै एउटै हिटमा राखेर खेलाउन सकिन्न। त्यसैले विभिन्न हिट बनाइएको थियो। त्यसमध्ये गौरिका हिट नम्बर १ मा थिइन्। उनीसँगै त्यो हिटमा कोसोभोकी रीता जेकिरीले लेन नम्बर ३ र समाओका एभेलिना अफोएले लेन नम्बर ५ मा प्रतिस्पर्धा गरेकी थिइन्। गौरिका बीचमा थिइन् लेन नम्बर ४ मा।

यो हिटमा गौरिका फर्स्ट भइन्। उनको समय रह्यो १ मिनेट ८.४५ सेकेण्ड। यसअघि उनको १ मिनेट ७.३१ सेकेण्डको राष्ट्रिय कीर्तिमान थियो। उनले आफ्नै रेकर्ड पनि तोड्न सकिनन्।

हिटमा जसले जिते पनि टाइमिङ महत्त्वपूर्ण हुन्छ। टाइमिङमा सबैभन्दा राम्रो गर्ने १६ जना मात्रै दोस्रो चरणका लागि छनौट हुने गर्छन्।

कूल ३४ खेलाडीमा उनी रहिन् ३१ औँ नम्बरमा। उनले जितेको भनेको आफ्नै हिटका दुई खेलाडी र २ हिटकी एक खेलाडीलाई मात्रै हो।
1total
माथिका खेलाडी छनौट भए। तलका खेलाडी आउट भए हिट चरणबाटै।
2total

यदि झुटो खबर लेख्ने प्रतिस्पर्धा पनि ओलम्पिकमा हुन्थ्यो भने पक्कै नेपालले पनि जित्थ्यो होला।

4 thoughts on “ओलम्पिकमा नेपालले पायो गोल्ड मेडल ! साँच्चैको हैन अनलाइनले जबर्जस्ती दिलाइदिएको”

  1. Resham says:
    August 8, 2016 at 12:07 pm

    तेसैले त म आजकल राष्ट्रिय स्तर को केहि चर्चित दैनिक र my sansar बाहेक अन्य उत्पत्यांग online हेरेर समय को बर्बाद गर्न छोडे को छु. सब केहि न केहि उद्देश्य लिएर भ्रम फैलाउन को लागि भएको पाइयो . अझै औसत नेपाली हरु को विज्ञता देखेर टिठ लाग्न थाल्यो जसले article को उद्देश्य नै नबुझी जथाभावी like ,share , comment गरि जान अनजान मा आफ्नै ल्याकत देखाई रहेका हुन्छन .

    Reply
  2. anjali basnet says:
    August 8, 2016 at 9:40 am

    ल बधाई छ / गौरीलाई / समाचार पनि के पी ओली जस्तै हावादारी भयो

    Reply
  3. asmita ray says:
    August 8, 2016 at 8:17 am

    हाहाह अचम्मै छ

    Reply
  4. Bikash says:
    August 8, 2016 at 5:36 am

    नेपाल हल्ला हरुको देश भनेको थहा छैन त? यस्ता गल्ति त हाम्रा पत्रकार को लागि खासै ठुलो होइन ।पहिले आफ्नु मिडिया मा आउनु परो सन्सनीपुर्ण समाचार जस्को लागि गल्ती समचार त के भोलि नेपाल ले मानव सहित अन्तरीक्ष यान को सफलतापुर्वक प्रक्षेपण गर्यो पनि लेखिदिन्छन।म त ईन्डिया का पत्रकार जस्ता कुबुद्दी, पत्रकारिताको नाम मा कलन्क हरुको झुन्ड हरु कुनै देश मा छैनन होला भन्थे नेपाल मा पनि रैछन ।अब फेशबुक को पेज का को त के कुरा गर्नु यिनी हरु लाई त ईन्डिया को मिडिया मा जागीर लाइदिनु पर्छ झुटकुरा हरु लेख्ने बिषय मा 6 महिना मा PHD गरेर आउछन आइसकेका छन।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme