Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

परिपक्व भएँ भन्ने प्रचण्डले पहिलो हप्तामै गरेका यी गल्ती

Posted on August 7, 2016August 7, 2016 by Salokya

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोस्रो प्रधानमन्त्री हुनुअघि भनेका थिए- पहिलो चोटी प्रधानमन्त्री हुँदा अनुभव थिएन। अहिले त परिपक्व भएँ। तर प्रधानमन्त्री भएको पहिलो हप्तामै उनले केही गल्ती गरेका छन्। यसो हेर्दा यीमध्ये केही सामान्य नै लागे पनि परिपक्व हुनेले गरिरहने गल्ती होइन यो।

१) छोरोलाई स्वकीय सचिव

बाउ प्रधानमन्त्री हुने भएपछि चिटिक्क परेर संसदमा आएका छोरो प्रकाश दाहाल
बाउ प्रधानमन्त्री हुने भएपछि चिटिक्क परेर संसदमा आएका छोरो प्रकाश दाहाल
प्रचण्डले प्रधानमन्त्रीको शपथ ग्रहण गरेको भोलिपल्ट आफ्नो छोरा प्रकाश दाहाललाई स्वकीय सचिव नियुक्त गरे। छोरो यत्तिकै पनि कुख्यात नै छन्। उनका ‘कर्तुत’हरु बारम्बार मिडियामा आइरहन्छन्। तेस्रो बिहे गर्दा देखाउनलाई घरनिकालासमेत गरेका थिए उनले छोरालाई। अहिले उनैलाई स्वकीय सचिव नियुक्त गरे। प्रचण्डभक्तहरुलाई लाग्ला, अनि के भो त, आफ्नै छोरालाई स्वकीय सचिव बनाउन नपाउने? पाउने हजुर पाउने। नपाउने भनेर संविधानमा लेख्या छैन। अलि नैतिकताको पनि कुरा गरौँ कि भनेको। ओली सरकारमा सहभागी सहभागी मन्त्रीहरूलाई भने आफ्ना नातेदारलाई स्वकीय र निजी सचिव राख्न नपाउने आचारसंहिता बनाएको चाहिँ बिर्सिहालेको? कि यो आचार संहिता भनेको अरु नेतालाई मात्र लाग्ने, अध्यक्ष कामरेडलाई नलाग्ने हो? आफ्नै नेता उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेशले घोषणै गरेर म स्वकीय सचिव बन्दिनँ भनेको पनि उदाहरणका रुपमा लिनुपर्ने हो।

२) गलाभरी माला
IMG_7904-848x478 (1)
प्रधानमन्त्री निर्वाचित भएकै दिन प्रचण्डको लाजिम्पाटस्थित निवासमा चिनियाँ राजदूत पुग्दा प्रचण्डकै सचिवालयले सार्वजनिक गरेको फोटो हो यो। फोटो हेर्ने मान्छेलाई नै अप्ठेरो लाग्ने गरी मुखै छोपिने गरी मालाले पुरिएको हेर्नुस् त। खादा पनि उत्तिकै। त्यसो त प्रचण्डको घाँटी छोटो भएकोले पनि यस्तो देखिने होला। तर माला धेरैले पुर्दैमा इज्जत धेरै हुने होइन। आफैलाई समेत अप्ठेरो पर्ने गरी यसरी मालाले पुरिनु भन्दा सहयोगीलाई भनेर माला लगाइसकेपछि फुकाल्दा राम्रो देखिने हो। विदेशतिरका नेताहरुको हाउभाउ र बडी ल्याङ्ग्वेजबाट पनि सिक्नु पर्ने हो।

३) शपथ नलिँदै निवासमा राजदूतहरुसँग भेट
चीनका मात्र होइन भारतका राजदूत रणजीत रेसित पनि प्रचण्डले लाजिम्पाटस्थित निवासमा शपथ नलिँदै भेटे। हुनत बधाई दिन लागेकाहरुलाई नआऊ भन्न मिलेन भन्ने तर्क गर्न सकिएला। तर प्रधानमन्त्रीले राजदूतहरुलाई घरमा भेट्ने होइन त्यो पनि शपथै नलिइसकेको अवस्थामा त भेट्ने नै होइन।

४) बडी ल्याङ्ग्वेजमा सतर्क भएनन्
social-media
यो फोटो सोसल मिडियामा गएको साता निकै भाइरल भयो। खासमा यो फोटो खिच्नेले कति बेला खिचेको भन्ने हिसाबमा यस्तो देखिएको हो। तर हामी नेपालीहरुलाई यस्तै विषयले छुन्छ। प्रचण्ड भारतीय राजदूतसँग झुके भन्ने हिसाबले यसको प्रचार भयो। पहिलो पटक प्रधानमन्त्री हुँदा पशुपतिमा भारतीय पूजारी हटाउने जस्तो ‘राष्ट्रवादी’ निर्णय पनि यस्तै प्रचारका सामु निस्तेज भएर लास्टमा उनले फिर्ता लिन बाध्य भएका थिए। यस्तै विषयमा कुप्रचार हुन्छ भन्ने थाहा पाएपछि यसमा सतर्क हुनु है भनेर सुझाव दिन त सकिन्छ नि। सल्लाहकारको काम त्यही त हो। यस्तो विषयमा पूर्व प्रम केपी ओलीसँग सिक्नुपर्छ। उनी भारत भ्रमणमा जाँदा मोदीसँगका केही भेट प्रत्यक्ष हेर्न पाएको थिएँ। शायद् उनलाई कसैले सुझाव दिएको थियो, या उनी आफै अलर्ट भएका हुन्। उनी आफ्नो ‘बडी ल्याङ्ग्वेज’ले यस्तो खराब सन्देश जाने केही देखिएला कि भनेर निकै नै सतर्क देखिन्थे।

५) मधेस आन्दोलनमा मारिएकालाई १० लाखको निर्णय
प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा बनेको मन्त्रिपरिषद्को शुक्रबारको बैठकले गत वर्षको मधेस आन्दोलनमा मारिएकाका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ दिने र घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गर्‍यो। तर १० लाख दिने निर्णय त ओली सरकारकै पालामा भएर केहीलाई त निकासा पनि भइसकेको हो। जस्तो यो जेठ महिनामा अर्थ मन्त्रालयले गरेको रकमान्तर हेर्नुस्-
madhesh
मिडियामा यस्तो सूची पनि आयो-
media
कसैलाई चेक गर्न मन लागे गृह मन्त्रालयले नै आर्थिक सहायता दिएको लिस्ट आफ्नो वेबसाइटमा राखेको छ, यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ।

त्यसो भए यो के थियो त ? जनता झुक्याउने काम कि १० लाख दिने निर्णय भइसकेकालाई फेरि १० लाख दिने निर्णय हो?

६) सचिवालयले पठाएको बायोडाटामा बुहारीको नाम छैन
प्रचण्ड प्रधानमन्त्री बने लगत्तै उनको सचिवालयले पठाएको प्रचण्डको बायोडाटामा छोरीको नाम छ। छोरोको नाम छ। तर बुहारी (हरु) को नाम छैन। न नातिको नाम नै छ। राष्ट्रपतिसँग खिचेको सामूहिक फोटोमा भने एक जना बुहारी देखिएकी छिन्। उनको हैसियत के हो? बुहारी हो कि हैन, बायोडाटामा नभएकोले थाहा भएन।
13900689_512862792243413_1575032339_n

सकारात्मक काम
– यो हप्ता प्रचण्ड सरकारले गरेका सकारात्मक कामहरुमा कार्यभार ग्रहण गर्ने बित्तिकै गरेको निर्णय पर्छ-
pressreleasepm1-page-001

DSC_8842-848x478
– त्यस्तै मधेसी मोर्चासहितको संघीय गठबन्धनसँग साउन २१ गते वार्ता भयो र समस्या समाधानका लागि सकारात्मक पहल भयो। यो पनि सकारात्मक काम नै भयो। एमालेलाई विश्वासमा नलिई समस्या समाधान हुन गाह्रो हुन्छ। अहिले एमाले बिना यो काम हुन लागेकोले एमालेलाई पनि सहमत गराउने चुनौति भने छ।

– त्यसो त प्रचण्डले भन्ने र गर्ने कुरामा फरक हुन्छ। तर यो साता उद्घाटन र रिबन काट्न अल्झने छैन भनेर उनले सकारात्मक कुरा भनेका छन्।

र, यो पनि निर्णय
प्रचण्ड सरकारले यो साता गरेको एउटा निर्णय भने राजनीतिक प्रकृतिको छ- राजनीतिक आधारमा सिफारिश गरिएका राजदूतहरुको निर्णय फिर्ता लिने। केपी ओली सरकारले परराष्ट्र सेवाका ८ सहित २२ देशका लागि राजदूत सिफारिस गरेको थियो। यसमा परराष्ट्र सेवाका सिफारिशलाई कायम राखी बाँकीको भने खारेज गर्ने निर्णय गरेको हो। यसरी मुखैमा आएको राजदूत पद गुमाउनेहरु हुन्-

एमालेबाट
महेन्द्रबहादुर पाण्डे – चीन
डा. खड्ग केसी – जापान
युवराज कार्की – दक्षिण कोरिया
नारद भारद्वाज – श्रीलंका
अलिअख्तर मिकरानी – साउदी अरेबिया
डा. शिवमाया तुम्बाहाम्फे – इजरायल

एमाओवादीबाट
युवनाथ लम्साल – डेनमार्क
लक्की शेर्पा – अस्ट्रेलिया
पदम सुन्दास – बहराइन
महेन्द्र सिंह – कतार

राप्रपा नेपालबाट
निरन्जन थापा – रसिया
भरतबहादुर रायमाझी – यूएई
खगेन्द्र बस्नेत – बंगलादेश

11 thoughts on “परिपक्व भएँ भन्ने प्रचण्डले पहिलो हप्तामै गरेका यी गल्ती”

  1. yubraj says:
    August 9, 2016 at 10:46 am

    अब फाईदा भनेकै भारतीय चोरहरुलाई छ!

    खुल्ला सिमा,चोरीपैठारी गर्न सजिलो,भाग्न सफल भए भागे,नत्र इन्काउण्टरमा मारिए,सिदै सहिद,दश लाख सुरक्षीत।

    Reply
  2. गौरव says:
    August 9, 2016 at 9:45 am

    महेन्द्र बहादुर पाण्डे र निरन्जन थापालाई राजदूतमा कुनै पनि हालतमा नियुक्ति दिनुहुँदैन| पाण्डेलाई एमालेको भागबण्डा चिट्ठा परेको हो परराष्ट्र मन्त्रिमा सुशीलको पालामा| उनले कुनै लायकको काम गरेनन| उनलाई कदापिं यो जागिर दिन हुँदैन| महेश मास्के जस्तोको तुलनामा उनी केहि होइनन|
    निरन्जन थापा र कमल थापालाई राजाको पालामा गरेको कर्तुतलाई दृष्टिगत गरेर नेपाली जनताले भविष्यमा कुनै पनि सरकारी नियुक्तिको लागि अयोग्य ठ हराउन पर्ने हो|
    पर राष्ट्रका कर्मचारीको नियुक्तिलाई पनि फेरी अवलोकन गरेर योग्यलाई मात्र पठांइन पर्छ| केवल यति महिना र यति बर्ष जागिर खाएको बरिष्टताको आधारमा मात्र राजदुत जस्तो पदमा पठाइन हुँदैन|

    Reply
  3. Niraan says:
    August 9, 2016 at 3:45 am

    All decisions he has made is bad & rediculous except Decision Number 5. One has to have basic bahaving manner concerning garlant/mala & khada. It is ridiculous. REALLY IT IS RIDICULOUS & SHAMEFUL.

    Reply
  4. Dhakal ji says:
    August 8, 2016 at 5:28 pm

    सालक्य जि !
    नुन पात्र को हैसियतमा भएकालाई ठिकै जस्तो लाग्ला ,क . हरुले चित्तनदुखाउनुस् सद्कर्म गर्नेका पछाडि हजारौं हुन्छन कुकर्मको पछाडि सिमित, अनपढ बेहकुफ जो हिजोकोदिन्मा कन्धमा बोकेकोबन्दुक्लाई योग्यता र क्षमत मान्ने हो भने शान्ति सम्झौता पछीका दिनमा राजनीतिमा बन्दुकेका दिन सिद्दिएकी जस्तो लाग्छ । मित्र जनहरुलाई बल भन्दा बुद्दिठुलो हुन्छ भन्नेकुराको हेक्का हुनुपर्नेहो ,जनयुद्दको नाम मा गरिएको प्रचन्ड युद्द के उनिका पुत्र र आसेपासे को लागि लाभको ठाउमा पुर्याउनकै लागि हो त ? एकताकेन्द्र को पार्टीमा स्वकीय सचिबका लागि प्रकाश भन्दा त्यगी , मोर्चका कमन्डर ,राजनैतीक बुद्दिजिबी, आकर्शक ब्यक्ती नपाएर होला त ? तपाईंलाई हेक्क छ , उपरस्ट्रपती, सभामुखका स्वकीय सचिब कस्का को हुन ? राजनैतीक पर्टिमा नेता भनाउदा हरुको कर्तुतले नाता बादको पराकस्ट ऐना जस्तै छ नि होइन र ?हो नीश्चयनै गल्ती गर्नु भ’ को’ हो /

    Reply
  5. Jeevan thapa says:
    August 8, 2016 at 2:23 pm

    शालोक्यलाई सोधेर सबै गर्नु पर्ने थियो गल्ति भयो। १ हप्ता नहुदै गल्तिमात्र देख्ने कस्तो पत्रकारिता?

    Reply
  6. जमल says:
    August 8, 2016 at 7:56 am

    जसरि गिरिजाको पुत्री मोहले डुबाइदियो उनको इज्जत, त्यसरी प्रचण्डको पुत्रमोहले सबैलाई चकित पारेको छ| कुनै गतिला भए हुन्थ्यो प्रकाश, पहिले नै बद्नाम भैसकेका|
    नातागोतावाद नभएको भए एनजीओमा क्लर्कमा पनि जागिर खाने क्षमता बारे प्रश्न उठ्न सक्छ|
    परिवार मोहमा चुर्लुम्म डुबेकोले कसरि जनयुद्ध गर्यो थाहा छैन|
    ओलीले साला सालीलाई यो पद र त्यो पदमा नियुक्ति दिए भनेर आलोचना गर्नेहरु किन चुप छन् प्रकाशको नियुक्तिमा?

    Reply
  7. Raamesh says:
    August 7, 2016 at 12:59 pm

    प्रचण्ड सुध्रिया भन्या पहिले जस्तो “बिदेशी प्रभु” भन्दै बुर्लुक्क राजिनामा दिन्न भन्या हो | मैले बिदेशी प्रभु लाइ राम्ररी चिने फेरी “एस म्यान हैन” भनेर बुरुक बुरुक पर्दिन भन्या हो … अरु सुध्रिन त तेस्तै हो ….
    now we need to understand

    Reply
  8. anita says:
    August 7, 2016 at 11:28 am

    मलाई २ number edam सहि लाग्यो. प्रचण्ड जी loves garlands .
    K सारो आफु लाई पुजनीय ठानेको होला,
    घर र office को सुभ चिन्तक हरु lei केहि भन्दैनन कि…..
    Trust me, if you check his photos in media, he never missed to keep on having Malas and Khadas unto his chin….So Odd, he barely can move his head,
    Should learn from leaders from aboard, how they pass on to their staffs…
    com’on, PA of Mr. PM, please do follow some practical norms…don’t make Nepali Janta ashamed….

    Reply
    1. Rajan says:
      August 7, 2016 at 3:40 pm

      How is that your problem? If he likes that…

      Reply
      1. rajan says:
        August 7, 2016 at 6:21 pm

        Because he represents me. If you hold public office, learn to behave.

        Reply
      2. Shyam says:
        August 7, 2016 at 8:57 pm

        मलाई पनि उचित लागेन। कहा देशमा संपूर्ण देशबासीले दुख पाइरहेको बेला।

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme