Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुरु भयो कुर्सीको लफडा, कांग्रेसका दुई जना मात्रै पुगे शपथ लिन

Posted on August 5, 2016 by Salokya

13924905_725004140970649_939615582405370916_n
माओवादीका तीन जना र कांग्रेसका तीन जना राखेर सानो मन्त्रिपरिषद् बनाएर प्रधानमन्त्री प्रचण्डसँगै शपथ लिने तयारी भए पनि कांग्रेसमा कुर्सीको लफडा सुरु भएको छ। यसका कारण शपथ लिन कांग्रेसबाट दुई जना मात्रै पुगे। केपी ओलीले बनाएको ६ जना उपप्रधानमन्त्रीको गौरवशाली परम्परालाई पछ्याउँदै ६ सदस्यीय मन्त्रिपरिषदमा अहिले दुई जना उपप्रधानमन्त्री छन्। कांग्रेसका अर्जुननरसिंह केसी उपप्रम नदिएका कारण शपथ लिन गएनन् भन्ने सुनियो। उनलाई रक्षा मन्त्रालय वा स्वास्थ्य मन्त्रालय लिन भनिएको थियो। त्यो पनि उनलाई चित्त बुझेनछ।

IMG_0133
कांग्रेसबाट अर्का मन्त्री हुने भनी चर्चा भएका व्यक्ति थिए डा शेखर कोइराला। उनलाई परराष्ट्र मन्त्रालय दिने भनेर कुरा भए पनि खै किन हो शपथमा उनी पुगेनन्। लास्टमा उनलाई खबरै नगरिएको भन्ने पनि सुनियो। खबर नगर्नुको कारण के होला खबर भएन।

प्रचण्डले नेपालका कम्युनिस्टहरुको परम्परालाई कायम राख्दै ईश्वरको नाममा भन्ने शब्दमा चुप बसी शपथ लिए। यसअघि माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र केपी ओलीले पनि ईश्वरको नाममा शपथ लिन मानेका थिएनन्। कम्युनिस्ट नै भए पनि विद्यादेवी भण्डारीले भने राष्ट्रपति पदको शपथ लिँदा ईश्वरको नाममा पनि लिएका थिए।

ईश्वरको नाममा शपथ नलिए पनि उनीहरुले हस्ताक्षर गरेको शपथ पत्रमा भने ईश्वर पनि लेखिएको हुन्छ।
IMG_0039

शपथ लिनेहरुमा उपप्रधानमन्त्रीका रुपमा कांग्रेसका विमलेन्द्र निधि र माओवादीका कृष्णबहादुर महरा रहे। निधिलाई गृह र महरालाई अर्थ मन्त्रालय दिइएको छ।

IMG_0055(1)

शपथ लिने मन्त्रीहरु थिए- कांग्रेसका रमेश लेखक र माओवादीका दलजित श्रीपाइली तथा गौरीशंकर चौधरी।

रमेश लेखक मन्त्री भौतिक पूर्वाधार तथा यातायात
गौरीशङ्कर चौधरी मन्त्री कृषि विकास
दलजीत श्रीपाइली मन्त्री युवा तथा खेलकुद

prachanda_on_chair
सबैले आजै कार्यभार ग्रहण गरे। प्रचण्डले पहिलो क्याबिनेट बैठकबाट केही निर्णय गरे र चार वटा निर्देशन दिए-

first-cabinet

मन्त्रीपरिषद्को पहिलो बैठकले गरेको निर्णय-

जनयुद्ध, जनआन्दोलन, तराई मधेश लगायतका सबै आन्दोलनका सहिदहरु, गत वर्षको भूकम्प र हाल सालैको बाढी पहिरोमा परी ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै बाढी पहिरोका कारण घाइते भएका सम्पूर्णमा शिघ्र स्वास्थ्य लाभको कामना गर्ने

वर्तमान सरकार गठनका लागि सहयोग गर्ने सम्पूर्ण राजनीतिक दल, सभासद् एवं सम्पूर्ण शुभेच्छुकहरुमा कृतज्ञता ज्ञापन

बाढी पहिरोका कारण ज्यान गुमाएका मृतकका परिवारलाई रु. एक लाख दिने, सहिद तथा बेपत्ताका परिवारलाई पाँच लाख दिने पूर्ववर्ती सरकारको निर्णयलाई यथाशिघ्र कार्यान्वयन गर्ने

नेपाल सरकारका प्रवक्ताको जिम्मेवारी हालका लागि उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुरलाई दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले पदभार ग्रहण गरेपछि चार बुंदे निर्देशन
प्रधानमन्त्रीले गरीब घर परिवारको पहिचान गरी आय आर्जन, शिक्षा, स्वास्थ्य, बीमा, तालिम, प्रविधि हस्तान्तरण, रोजगार तथा स्वरोजगार, बैंक तथा बजारसँग एकीकरण र खाद्यसुरक्षा जस्ता महत्वपूर्ण कार्यक्रमहरु समावेश गरी ‘गरीबका लागि सरकार’ कार्यक्रम सञ्चालन गर्ने,

भूकम्प प्रभावित ३१ जिल्लाका ५ लाख ३३ हजार परिवारलाई ४५ दिनभित्र पहिलो किस्ता उपलब्ध गराई राहत र पूनर्निर्माणलाई तिब्रता दिने,

चिकित्सक नपुगेका प्राथमिक स्वास्थ्य केन्द्रहरु ३ महिनाभित्र एकीकृत र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने,

तोकिएको म्यादभित्र जन्म दर्ता गर्न आउने देशभरका दलित र कर्णालीका नवजात शिशुको जन्मदर्ताका लागि प्रोत्साहन स्वरुप रु. १००० प्रदान गर्ने

4 thoughts on “सुरु भयो कुर्सीको लफडा, कांग्रेसका दुई जना मात्रै पुगे शपथ लिन”

  1. नविन says:
    August 5, 2016 at 6:50 pm

    प्रचण्डले आफ्नो छोरोलाई स्वकीय सचिवमा नियुक्ति दिएछन| कम्प्युटर अपरेटरबाट बढुवा|
    प्रकाशेको नैतिक र भौतिक आचरण कुन धरातलमा छ त्यो नेपाली जनताले बुझेकै छन्|

    छोरा छोरी त् के नाता सम्म पर्ने पनि सरकारको तलब भत्ता खाएर वा कुनै सुविधा लिएर नियुक्ति दिन बन्द गर्नपर्ने हो| भ्रष्टचार र पुर्बाग्रह्को शुरुआत त्यसैमा छ|
    गिरिजाले सुजातालाई बकस उपप्रधान मन्त्रि दिएको जस्तै हो|
    बरु प्रकाशेलाई प्र म को व्यक्तिगत सुरक्क्षा हेर्ने बनाएको भए के कसो?
    प्रचण्डको शुरुकै निर्णय सही ढंगको देखिएन|
    संसदले कानुन बनाएर सरकारी खर्चमा नाता सचिव र एडभाईजर नियुक्ति गर्ने प्रथामा बन्देज लाउनपरो| नत्र जस्तापाता जस्ता काण्डहरु भैरहने छन्|
    माओवादी नेता प्रचण्ड अझ अटेरी भएर निस्क्यो| पुत्र मोहले मुलुकलाई डुबाउने भयो| पाठ सिकेका रहेनछन भन्ने प्रष्टै देखियो|

    Reply
  2. Ekraj says:
    August 5, 2016 at 11:56 am

    अब अल्छी चिहान बाट उठेर आएका कांग्रेस का ठग र ज्यान मारा टोलीका भाँड हरुले फेरि लुटेर खाने निश्चित भयो|
    कसले लुट्न पाउने भन्ने दहल फसलमा इनिहरुले अब लामै समय खेर फाल्दछन र थोरै समाएको लागि कशैको इशारा मा लुट्ने समूह बनाइञ्छ|
    तेस्पची भोकाएका हरु दिल्ली धाउने र लुटेर खान पौने मौकाको लागि प्रभु शरण मा लम पसार पर्छन | फेरि लुरेरा खाने को समूह फेरिन्छा र नेपाल को नियति नै यस्तै भएको छ|
    यो क्रम भंग नाभैन्जेल नेपाल मा जनताले केहि पनि पाउदैनन, र लुटेरा, ज्यानमारा र भ्रस्ट हरुले पालो पालो राज गर्छन|
    प्रचंडे आएर केहि पनि नया कुरा हुने वाला छैन| हेर्दै जाउँ, यसका जुँगाको तागत|
    धेरैको भनाइ छ यो पैहिलेइ बिकिसकेको छ|

    Reply
  3. Ekraj says:
    August 5, 2016 at 11:31 am

    These mad dogs will start barking to each other in no time.
    The new round of dirty game and fight for a rotten bone has already started between these thugs and the mad dogs. What people in Nepal think about these politicians. Corrupt and useless, good for nothing individuals like Arjun Narshing KC and Gachhedar still have a place in ministries.
    When the Nepalese politician will form any credible government with untainted and capable people. How long Nepalese people have to be ruled by most incompetent and rotten corrupts.

    Reply
  4. अभिषेक says:
    August 5, 2016 at 9:19 am

    प्रचण्डले भादगाउंलेसंग सुटप्यान्ट भन्दा दौरा सुरुवाल लाउँदा के बित्दो छ र? कमसेकम औपचारिक कार्यक्रम र विदेश भ्रमणमा त्यसो गर्नपर्छ| १७००० नेपालीको ज्यान फालेर लडेको के उनले सुटप्यान्ट लाउनलाई र सुकिला मुकिला भएर हिंडनलाई मात्र हो? आगामी चुनावमा यो मुद्दा बनाएर भोट माओवादीलाई नदिने आग्रह गरिनपर्छ| दौरा सुराल र चोली कोटमा सजिदैमा मन सबै नेपाली हुन्छ भन्ने किटान होइन तर यसले एउटा वहुभाषी, वहुसंकृति र वहुजाती हुँदा हुँदै पनि एउटा सिंगो नेपाल राष्ट्रको संकेत दिन्छ|
    दौरा सुरुवालमा गन्हाउने राजतन्त्रको सामन्ती र शोषकीय दुर्गन्धलाई समयको अन्तरालले हटाइसकेको छ|
    सबैले केहि गर्ला भनेर अपेक्षा गरेको नेपाली कांग्रेस भन्ने जन्तु खत्तम छ| बीपीको समाजवाद पोली खाएको छ| पति पत्नी, छोरी ज्वाईं ससुरा सानाबा ठुल्बा दाई भाई र मामा भान्जाको क्लब सरह बनाउन लागेको छन् पार्टी र मन्त्रि मण्डललाई| घुस खाएर झुस भएका जेल खेपेका र घुसले मोटाएका कांग्रेसी र पुर्ब मन्त्रिहरुको अझै बोलाबाला छ| अग्रपंक्तिमा आफुलाई राखेका कथित नेताहरुले आफु सत्तामा आउँन पाए पुग्यो| हुँदा हुँदा आरुजु लाई पनि मन्त्रि बनाउ भन्ने चम्चाहरु देखियो| सुजाता र शेखरको जन आन्दोलान, पंचायत र राजतन्त्र बिरुद्ध लड़नमा जिरो योगदान छ, कोईराला हुनुमा मात्र सीमित छ|
    माओवादीको र नेपाली कांग्रेसको केमेस्ट्री मिल्ने भनेको सत्ताको लोभले मात्रै हो| ओलीले
    जसरि अल्पावधिको सरकार भनेर जानेर खालि दुनिया भरिको प्रमिस मात्र गरे र त्यसको ब्याक अप प्लानिङ्ग केहि भएन| सुन्नेलाई ठिकै लाग्यो र तुक्कावालको तुक्कामा मात्र थुक्क रह्यो|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme