Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दुई कम्युनिस्ट नेताको दोहोरी खेल्ने ठाउँ जस्तो भो संसद : ओली सोध्ने, प्रचण्ड जवाफ दिने, फेरि ओलीको पालोमा दनक आउने भो

Posted on August 4, 2016August 4, 2016 by Salokya

IMG_9161 सात वर्षपछि प्रचण्ड पुनः प्रधानमन्त्री बनेका छन्। (कसैकसैले त ९ वर्ष लेखेका छन् भनेर निहुँ नखोज्नुस् फेरि। जसले ९ वर्ष लेखेका छन् उनीहरुले नै प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएको २०६६ वैशाख २१ गते लेखेका छन्। २०६६ मा ९ जोड्दा त २०७५ हुन जान्छ। अहिले त २०७३ साल मात्रै हो) प्रधानमन्त्री बन्नुअघि फेरि प्रचण्डले अस्ति नै ओलीको प्रश्नको जवाफ दिए। अविश्वास प्रस्तावमा छलफल हुँदा प्रचण्डलाई प्रम ओलीले जवाफ दिएका थिए। त्यो जवाफको जवाफ आज प्रचण्डले दिए संसदमा। एमालेले उम्मेदवार नउठाएको भएर हिजो एमालेका कसैले बोल्न पाएनन्। नत्र एमालेको पनि दह्रो जवाफ पक्कै आउँथ्यो होला। केही छैन अब ओली प्रमुख प्रतिपक्षी दलको नेता अर्थात् छायाँ प्रधानमन्त्री भएका छन्। माओवादी र कांग्रेस जस्तो लुरे प्रतिपक्ष पक्कै हुन्न होला। पक्कै जवाफ आउने नै छ। अहिलेलाई भने भिडियो हेर्नुस्- ओलीको प्रश्न र प्रचण्डको जवाफ दुई वटैका मुख्य अंश समेटेर सम्पादन गरिएको यो भिडियो।

रेल, फास्ट ट्रयाक बजेट आदि बारे प्रम ओलीले कडा प्रश्न राखेका थिए। त्यसको डिफेन्स गर्ने प्रयास प्रचण्डले गरेका छन्।

भिडियो नदेखिए युट्युबमा सीधै हेर्न यहाँ क्लिक गर्नुस्।

प्रचण्डको मन्तव्य पूरा हेर्न यहाँ क्लिक गर्नुस्

ओलीको मन्तव्य पूरा हेर्न यहाँ क्लिक गर्नुस्।

2 thoughts on “दुई कम्युनिस्ट नेताको दोहोरी खेल्ने ठाउँ जस्तो भो संसद : ओली सोध्ने, प्रचण्ड जवाफ दिने, फेरि ओलीको पालोमा दनक आउने भो”

  1. ashis says:
    August 5, 2016 at 1:50 pm

    आफुलाई जनमुक्ती सेना को supereme commander भन्ने को कस्तो निरासलाग्दो र निरिह अभिब्यक्ती । के आस गर्न सकिन्छ र अब एस्तो बाट ? Pessimistic

    Reply
  2. mahesh says:
    August 4, 2016 at 2:40 pm

    “हामी सँग बजेत छैन, तेसैले हुलकी मार्ग, फास्ट ट्र्याक, कर्णाली जल बिद्युत, को निर्माण जिम्मा ईन्डिया लाई दिन पर्छ” भन्ने कुरा को भूमिका बनाउदै छ यो प्रचन्दे

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme