Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रचण्डको पुरानो भाषणले उनैलाई गरिरहेको व्यङ्ग्य

Posted on August 4, 2016 by Salokya

राजनीति सम्भावनाको खेल हो भनेर त प्रचण्डले संसदमै भनिसकेका छन्। त्यो दिव्यज्ञान नभएर होला दोस्रो संविधानसभाको चुनावमा लगातार जताततैबाट पराजयको खबर आउने क्रम सुरु भएपछि धाँधली भयो मतगणना नरोकिए संविधानसभामै जान्नौँ भनेर भन्ने पनि प्रचण्ड नै थिए। अघिल्लो संविधानसभामा तेस्रो दल भएको एमालेले दुई पटक प्रधानमन्त्री पड्काएको उनले बिर्सेछन् कि के हो। अहिले तेस्रो दल भएर पनि प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भए। आफूले बर्खास्त गरेको प्रधान सेनापति रुक्माङ्गद कटवाललाई राष्ट्रपति रामवरण यादवले थमौती गरेपछि पहिलो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले राजीनामा दिनुपरेको थियो। त्यतिबेला प्रचण्ड अहिले केपी ओली जस्तै राष्ट्रवादी थिए। चुनाव हारेका तर समानुपातिकबाट संविधानसभामा प्रवेश गराइएका माधव नेपाललाई प्रधानमन्त्री निर्वाचित गर्न लाग्दा प्रचण्डले संसदभा एउटा भाषण गरेका थिए। त्यसका केही अंशले अहिले उनैलाई व्यङ्ग्य गरिरहेको जस्तो देखिन्छ। हेर्नुस् भिडियो-

भिडियो माथि नदेखिए हेर्न यहाँ क्लिक गर्नुस्

त्यतिबेला उनले भनेका रहेछन्-

सरकारमा रहेका केही दलहरु भोलिपल्टै १८० डिग्रीमा परिवर्तन हुन थाले।
आत्मसमर्पण गर्ने, विश्वासघात गर्ने, कुर्सी त्याग्ने, नागरिक सर्वोच्चताको खिल्ली उडाउनेको पक्षपोषण तर राष्ट्रिय अडान नछाड्नेको विरोध
यो उल्टो गंगा बगाउने प्रयत्न नेपालमा कहिलेसम्म हुने हो

1 thought on “प्रचण्डको पुरानो भाषणले उनैलाई गरिरहेको व्यङ्ग्य”

  1. punya prashad says:
    August 4, 2016 at 2:20 am

    एस्तो ज्यानमारा लुटेरा लाइ प्रधानमन्त्री बनाउने बब्बाल जनता … हुन त के नै गर्न सक्छन र वास्तविक जनता ले … फोहोरी नेपाली राजनीति को रमिता हेर्नु बाहेक …

    थाहा छ सब नेता हरु लाइ पनि … यी भेडा हरु ले केहि ख्यासने होइनन भन्ने …

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme