Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

किन कान्तिपुर टेलिभिजनले प्रधानमन्त्री निर्वाचनको लाइभ देखाउँदा नेपाल टेलिभिजन हुक गर्नुपर्‍यो

Posted on August 3, 2016August 3, 2016 by Salokya

kantipurtv
बुधबारको प्रधानमन्त्री निर्वाचन देशकै एउटा महत्त्वपूर्ण राजनीतिक घटनाक्रम थियो। त्यसैले सबै मिडिया यसको प्रत्यक्ष प्रसारणमा जुटेका थिए। तर निजी क्षेत्रको एउटा अग्रणी टिभी कान्तिपुर टेलिभिजनमा भने आज पहिलेभन्दा फरक खालको दृश्य देखियो। कान्तिपुरले यसअघि आफ्नो ओबी भ्यानबाटै आफ्ना संवाददातालाई राखेर प्रत्यक्ष प्रसारण गर्ने गर्थ्यो। बुधबार भने सरकारी टेलिभिजन नेपाल टेलिभिजनको दृश्यलाई साभार गरेर (प्राविधिक भाषामा यसलाई हुक गर्ने भनिन्छ) पो देखायो।

संसदमा कान्तिपुरका एक जना पनि संवाददाता नदेखिएको त्यहाँ गएका अन्य मिडियाका पत्रकारहरुले बताए। के कारणले यस्तो भयो त? चासो लागेर सोधखोज गर्दा यो सब न्युनतम पारिश्रमिकको लफडा रहेको बुझियो।

संसदमा प्रवेशका लागि संसद सचिवालयले क्यामेराम्यान र पत्रकारको छुट्टाछुट्टै पास बनाइदिने गर्छ। पास बिना पत्रकार त्यहाँ जान पाउँदैनन्। त्यो पास बनाउनका लागि सूचना विभागले बनाउने प्रेस पास (प्रेस प्रतिनिधि प्रमाणपत्र- जसलाई रातो कार्ड पनि भनिन्छ) आवश्यक हुन्छ।

अब तपाईँलाई लाग्यो होला- कुन ठूलो कुरा हो त- बनाए भयो नि त सूचना विभागको प्रेस पास। कुरो यहीँ अड्किएको छ। सूचना विभागले प्रेस पास तबसम्म दिँदैन जबसम्म सरकारले तोकेको न्युनतम पारिश्रमिक पत्रकारले पाएको कागजात सम्बन्धित मिडियाले पठाउँदैन। कान्तिपुर टेलिभिजनले त्यही पठाएन र नयाँ पास बन्न सकेन।

सरकारले असार २८ गतेको राजपत्रमा न्युनतम पारिश्रमिक तोकेर सूचना प्रकाशित गरिसकेको छ। जसअनुसार राष्ट्रिय टेलिभिजनका पत्रकारहरुले १९ हजार ५ सय तलब पाउनै पर्छ।
19500
14100

त्यसो त पुरानै पास भए पनि एक महिनासम्म संसदमा जान सचिवालयले रोक लगाएको भने थिएन। तर नयाँ पास नभएसम्म नजाने भने कि के हो कुन्नि केटिभीका पत्रकारहरुले, कोही पनि संसदमा देखिएनन्। त्यसपछि के गर्ने? सजिलो उपाय भनेको नेपाल टेलिभिजन ‘हुक’ गर्ने नै थियो। त्यही गरिदिए।
ntv

4 thoughts on “किन कान्तिपुर टेलिभिजनले प्रधानमन्त्री निर्वाचनको लाइभ देखाउँदा नेपाल टेलिभिजन हुक गर्नुपर्‍यो”

  1. Ram Babu Shrestha says:
    August 5, 2016 at 8:59 am

    अर्काको खोइरो गर्न सजिलो छ, आफैलाई पर्दा यस्तो भयो । कतिसम्मको शोसन रहेछ त यो िनजी संचालकहरुबाट संचार क्षेत्रमा देखिहाल्यो ।फुक्ने बेलामा चाही रेडियो राष्ट्रको र नानाथरी ब्यबहारमा श्रमजीबि चुस्ने नै रहेछ ।

    Reply
  2. बासु says:
    August 4, 2016 at 9:27 pm

    यसरी सरकारले चाह्यो भने अँठ्याउन सक्दो रहेछ नि | अरु क्षेत्रमा पनि यस्ता पासो धराप थाप्यो भने त ‘सिङ्गल आउट’ हुँदा रहेछन् | राम्रो काम | जानकारीकोलागि धन्यवाद उमेशजी |

    Reply
  3. rasmi says:
    August 4, 2016 at 8:05 am

    एह कुरा त तेस्तो पो रहेछ … मलाई पनि निकै खुल्दुली अनि अचम्म लागेको थियो हिज … धन्यबाद शालोक्य ज्यू

    Reply
  4. सिर्जने says:
    August 4, 2016 at 1:24 am

    हुक गर्न पनि नदिनुपर्ने हो, रातो कार्ड नपाउनेलाई /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme