Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो रहेछ प्रचण्डको बायोडाटा (उनकै सचिवालयले मिडियालाई पठाएको)

Posted on August 3, 2016 by Salokya

IMG_9542
प‍ुष्पकमल दाहाल आज प्रधानमन्त्री निर्वाचित भए। उनले ३६३ मत पाए। उनको विपक्षमा २१० मत पर्‍यो। ५९५ सदस्य रहेकोमा ५७३ मत मात्रै खस्यो। पहिलो पटक २०६५ मा प्रधानमन्त्री निर्वाचित हुँदा नेपालको दोस्रो कम्युनिस्ट प्रधानमन्त्री भएका प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री निर्वाचित हुँदा एउटा अर्को रेकर्ड भने बनाए- दुई पटक प्रधानमन्त्री हुने नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री। दोस्रो पटक प्रधानमन्त्री निर्वाचित हुन उनलाई पहिलो पटक प्रधानमन्त्री हुँदा दिएको राजीनामापछि २ हजार ६४८ दिन लाग्यो। प्रम निर्वाचित भए लगत्तै उनको सचिवालयले मिडियालाई पठाएको बायोडाटा यस्तो छ-

नाम : पुष्पकमल दाहाल ‘प्रचण्ड’
बुबाको नाम : मुक्तिराम दाहाल
आमाको नामः भवानी दाहाल
जन्म स्थानः ढिकुरपोखरी गाविस, वडा नं. २ लेवाडे, कास्की ः
जन्म मितिः वि.सं. २०११ मङ्सिर २६, इ.सं. ः डिसेम्बर ११, १९४५
दाजुभाइ/दिदीबहिनीः १ भाइ, ६ दिदी बहिनी
वैवाहिक अवस्थाः विवाह सीता दाहालसँग, वैशाख २०२६

बाउ प्रधानमन्त्री हुने भएपछि चिटिक्क परेर संसदमा आएका छोरो प्रकाश दाहाल
बाउ प्रधानमन्त्री हुने भएपछि चिटिक्क परेर संसदमा आएका छोरो प्रकाश दाहाल

परिवार –
श्रीमतीः सीता दाहाल
छोरोः प्रकाश दाहाल
छोरीहरूः ज्ञानु दाहाल, रेणु दाहाल र गंगा दाहाल
बसाईसराईः वि.सं. २०१९ मा शिवनगर गाविस, चितवन बसाई सराई
शैक्षिक योग्यता –
साक्षरः ढिकुर पोखरी, कास्की
माध्यमिक तहः नारायणी विद्या मन्दिर मा.वि., शिवनगर, चितवन
आई.एस.सी.: २०२७–२०२९ पाटन बहुमुखी क्याम्पस, ललितपुर
बी.एसी.एजी.: २०३१–२०३३ कृषि क्याम्पस, रामपुर, चितवन
एम.पी.ए. (अधुरो) : त्रिभुवन विश्वविद्यालय, काठमाडौं

IMG_9378
सेवाः
शिक्षकः वि.सं. २०३० सालमा नारायणी विद्या मन्दिर माध्यमिक विद्यालय, शिवनगर
वि.सं. २०३० सालमा जना माध्यमिक विद्यालय, त्रिभुवनटार, नवलपरासी
वि.सं. २०३३–२०३५ सालसम्म भिमोदय माध्यमिक विद्यालय, आरुघाट, गोरखा

संक्षिप्त राजनीतिक पृष्ठभूमि
वि.सं. २०२८ सालमा पुष्पलाल समुहबाट पार्टी सदस्यता प्राप्त
वि.सं. २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश
वि.सं. २०३५ सालमा पूर्णकालीन कार्याकर्ता
वि.सं. २०३६ सालमा चितवन जिल्ला समिति सदस्य
वि.सं. २०३८ सालमा क्षेत्री ब्यूरो सदस्य
वि.सं. २०३८ सालमा अखिल नेपाल युवक संघको केन्द्रीय महासचिव
वि.सं. २०४१ सालमा नेकपा (मशाल)को केन्द्रीय समितिको सदस्य
वि.सं. २०४२ सालमा नेकपा (मशाल)कोे पोलिटब्यूरो सदस्य
वि.सं. २०४६ सालमा नेकपा (मशाल)को महामन्त्रीमा निर्वाचित
वि.सं. २०४६ सालमा नेकपा (एकता–केन्द्र)को महामन्त्रीमा निर्वाचित
वि.सं. २०५१ सालमा नेकपा (माओवादी) को महामन्त्रीमा निर्वाचित
वि.सं. २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा (माओवादी) को अध्यक्षमा निर्वाचित
वि.सं. २०५८ सालमा जनमुक्ति सेना, नेपालको सर्वोच्च कमाण्डर
वि.सं. २०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलनबाट सार्वजनिक
वि.सं. २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनबाट काठमाडौं क्षेत्र नं. १० र रोल्पा क्षेत्र नं. २ बाट संविधान सभा सदस्य निर्वाचित
वि.सं. २०६५ श्रावण ३१ गते गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित
वि.सं. २०६६ सालमा प्रतिपक्ष दलको नेता
वि.सं. २०६९ बृहत लुम्बिनी विकास निर्देशक समिति, अध्यक्ष
वि.सं. २०६९ एकताको सातौं राष्ट्रिय महाधिवेशनबाट एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को
अध्यक्षमा निर्वाचित
वि.सं. २०७० प्रतिपक्ष दलको नेता, एकीकृत नेकपा (माओवादी)
वि.सं. २०७१ विराटनगर राष्ट्रिय सम्मेलनबाट एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवदी), अध्यक्षमा निर्वाचित
वि.सं. २०७२ उच्चस्तरीय राजनीतिक समन्वय समित, संयोजक
वि.सं. २०७३ साल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), अध्यक्षमा निर्वाचित

प्रकाशित रचनाहरू :
नेपाली क्रान्तिका समस्याहरू (भाग १, २ र ३)
प्रचण्डका संकलित रचनाहरू (भाग १ र २)
प्रचण्डका संकलित सैन्य रचनाहरू
IMG_9481

7 thoughts on “यस्तो रहेछ प्रचण्डको बायोडाटा (उनकै सचिवालयले मिडियालाई पठाएको)”

  1. Pingback: परिपक्व भएँ भन्ने प्रचण्डले पहिलो हप्तामै गरेका यी गल्ती « Mysansar
  2. nabaraj neupane says:
    August 4, 2016 at 10:01 am

    प्रचण्डको बायोडाटा नै पूर्ण बनाउन नसक्ने प्रचण्डको सचिवालयले आगामी दिनमा कसरी गरी खालान ? प्रचण्डको बुहारीको नाम नै छैनन् । नातिनीको नाम पनि रहेनछ । प्रचण्डका कृतिहरु पनि पूर्ण छैनन्, प्रचण्डको प्रकाशित कृतिहरुमा छुटेका, ‘सांस्कृतिक चिन्तन र कलासाहित्यमा प्रचण्ड’, सम्पादन डा. ऋषिराज बराल । मशालको महामन्त्री भएको मिति समेत मिलेन । २०४३ सालमा मशालका महामन्त्री थिए, मोहन बैद्य किरण । सोही सालमा भएको सेक्टर काण्ड (२०४३ सालको पञ्चायती निर्वाचन ध्वस्त गर्ने भन्दै काठमाडौंका प्रहरी बिट जलाएपछि निर्मम दमन भयो । घटनाको जिम्मेवारी तत्कालिन महामन्त्री किरणले लिँदै महामन्त्री पद प्रचण्डलाई हस्तान्तरण गरेका थिए । नवनियुक्त प्रधानमन्त्री प्रचण्डको सचिवालयबाट प्राप्त बायोडाटामा २०४६ सालमा महामन्त्री बनेको उल्ल्ेख छ । प्रचण्डको सचिवालय समेत कम्युनिष्ट इतिहास नबुझेको बुज्रुक सचिवालय बन्न पुगेछ ।

    Reply
    1. अलका says:
      September 10, 2016 at 4:50 pm

      जन्ममिति : बिक्रम संबत २०११ मंसिर २६ गते भएपछि ईस्बी सन्
      १९५५ हुनु पर्ने होईनर किन १९४५ ?
      सचिवालयले यस्ता सानातिना कुरा भनेर १० बर्ष फरक पार्नु सुहाउछ ? एउटा सामान्य कुराको पनि ज्ञान रहेन छ !!!!!!

      Reply
  3. Tek Raj Timalsina says:
    August 4, 2016 at 5:08 am

    When writing CV these days it is important to present what you have achieved in various posts and responsibilities that you have taken. Merely listing the jobs you have done or posts you have taken is meaningless. You may have been in the post for a 2-3 years without achieving a thing or making any difference. Hence, the recruiter now wants to see what you actually achieved when you took those positions.

    As you can see here in Prachanda’s Biodata, he has listed so many positions he has taken in his life time. Now the important question is, what did he achieved by sitting in those positions. Prachanda, and every leaders for that matter, should reflect back on their biodata and list their achievements side-by-side the posts they took. It would be a good practice for them to reflect on what they did or what they did not do.

    Reply
  4. Sasta Ram Bista says:
    August 3, 2016 at 10:04 pm

    दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित क. पुष्पकमल दाहल प्रचण्डलाई बधाई छ

    Reply
  5. ratan says:
    August 3, 2016 at 9:35 pm

    english birth date galat bho ki ?? डिसेम्बर ११, १९४५ nabhai 1954-12-11 hunu parne hoina ra

    Reply
  6. Shankar says:
    August 3, 2016 at 8:51 pm

    प्रचण्ड लाइ पनि गाह्रै छ हो , बढी रास्त्रबादी बनौ , आफ्नो देश भनौ , मदन भण्डारी , बिरेन्द्र को बाटो जानुपर्ने बा अन्तरास्ट्रिय अदालत मा उभ्याइने धम्कि खान पर्ने , न बनौ त्
    उसै पनि इन्डिया को इसारामा नेपाल मा राजतन्त्र फालेको र र को खुंखार एजेन्ट भएको झन् प्रमाणित हुने | ( किनभने इन्डिया को अधिकांस चर्चित नेताहरुले नेपाल मा हामीले नै माउबादी आन्दोलन मा लगानी गरेम भनेर बोलिसकेको अबस्था हो )| अनि ति बाङ्गो माग राखेर समर्थन गर्ने लाइ त् पैसाले हानेर चुप बनाउला अनि आफ़्नोसिद्दन्त बिर्सेर लुट्न घुस्रेका कांग्रेसी लाइ कसरि चित्त बुझाउने ?
    इन्डिया ले कुन नदि दिने ? बा कुन सम्झौता गर्ने ? कि ताराइ नै दिने हो ?

    दारिवाल लेअर्थ मन्त्रि न पाए फेरी नेपाल को अर्थ तन्त्र धरासायी भन्न थाल्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme