Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘मुसाहरु’ हाम्फालेपछि ४२ सदस्यीय ओलीको जहाज डुब्न लाग्दा १४ जनामात्रै सँगै

Posted on August 3, 2016 by Salokya

last-cabinet
हरेक सरकारले आफू विदा हुन लागेको बेला अन्तिम मन्त्रिपरिषद् बैठकपछि सामूहिक फोटो सेसन गर्ने गर्छन्। यो ओली मन्त्रिपरिषद्को मंगलबार साँझको अन्तिम बैठकपछिको सामूहिक फोटो सेसन थियो। तर यहाँ हेर्नुस् त १४ जना मात्रै छन्। वास्तवमा जहाज डुब्न लाग्दा मुसाहरु हाम्फालेका कारण यस्तो स्थिति आइलागेको हो। नत्र ओलीले त मन्त्रालयसमेत टुक्राएर ४२ जनालाई मन्त्री बनाएका थिए। उपप्रधानमन्त्री त इतिहासमै सबैभन्दा बढी ६ जना थिए।

Last-Cabinet_Oli (5)
फोटो हेर्नुस् न फेरि, सब मन्त्रीहरु चिटिक्क परेर आएका छन्। अनि यहाँ मुनिको लहर उपप्रधानमन्त्रीहरु बसाउनु पर्ने थियो। आधा दर्जन उपप्रधानमन्त्री बनाएका उनलाई फोटो सेसनमा भने तीन जनाले मात्रै साथ दिए- सीपी मैनाली, कमल थापा र भीम रावल। खासमा चित्रबहादुर केसी पनि हुनुपर्ने हो। तर उनलाई के हतार भो कुन्नि, बैठकमा त बसे तर फोटो नखिचाई हिँडे। टोपबहादुर रायमाझी त माओवादी भएका कारण आउने कुरै भएन, विजयकुमार गच्छदार भने ओली जहाज डुब्न लाग्दा हाम्फाले।

Last-Cabinet_Oli (6)

Last-Cabinet_Oli (9)
यसरी बाई बाई गर्दै हिँडे हालका प्रधानमन्त्री केपी ओली।
Last-Cabinet_Oli (14)
अब नयाँ प्रधानमन्त्री आउने छन्। तर उनको पनि म्यादी कार्यकाल नै हो। फेरि यसरी नै फोटो खिच्नेछन् केही महिनापछि र यसरी नै बाहिरिने छन्।

4 thoughts on “‘मुसाहरु’ हाम्फालेपछि ४२ सदस्यीय ओलीको जहाज डुब्न लाग्दा १४ जनामात्रै सँगै”

  1. mankajee says:
    August 3, 2016 at 10:39 pm

    पुन : मुसीको भव : को खेला हो यो , कालान्तर देखि चलि आएको /

    Reply
  2. mankajee says:
    August 3, 2016 at 10:37 pm

    मुसा हरु सिंह दर्बार को सिम्हासन् मा विराजमान गर्दा सिंह हुन्छन , अनि पछि फेरि मुसै बन्छन / पुन : मुसीको भव : को खेल हो यो /

    Reply
  3. विराट says:
    August 3, 2016 at 8:03 am

    मुसाहरु पनि थरि थरिका छन्| अब अर्को जहाज प्वाल पार्न जाने भए| त्यही माथि खतरा मुसानायके कमल थापाले फेरी झन्डावाल गाडी चढ्न तयार गर्दै होला| के साह्रो पावर हंग्री हो!
    अर्को छुचुन्द्रो गच्छदार फाल तोडेर आएका छन् पावरमा सदाबहार झुमिरहन| सीपी मैनालीको वाममा जेजति इज्जत थियो त्यो पनि उनको दाइको सरह माटोमा मिल्यो| वाम भनेको हाम र झ्वाम बनाए| इनीहरुको मेडियाले खेदो खन्न परने हो|

    Reply
  4. Shankar says:
    August 3, 2016 at 7:28 am

    ओलीकै भासमा ”चोर गयो , चण्डाल आउदैछ |”

    दक्षिणी गङ्गा नुहाएका , आफनै घर धोस्त पार्ने कसम खाएका हरु |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme